मस्को: रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ। ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो। पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको समाचारमा जनाइएको छ। शुरूमा अमेरिकाले दुई बेलायती नागरिकमाथि रासायनिक…
काठमाडौं: धुर्मुस सुन्तली फाउण्डेसनले नेपालमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेसँगै मैदानको लागि जग्गा खोज्न शुरु गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान नाम दिइएको प्रोजेक्टको लागि भक्तपुरमा ठाउँ हेरेका हुन्। निर्माण स्थलको खोजीका लागि फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा ४ भ्रमण गरेका हुन्। धुर्मुस सुन्तलीले पहेनडोलमा रहेको करिब १…
काठमाडौं: गत फागुन १ गतेदेखि अहिलेसम्म महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न अपराधमा अदालतले कैद सजाय सुनाएका १९ जनालाई पक्राउ गरेको छ। विभिन्न अपराधमा संलग्न ३ सय ७२ मध्ये डेढ महिनामा १९ जना पक्राउ परेका हुन्। यसरी पक्राउ पर्नेहरुमा बैकिङ कसुरका ७ जना, ठगी ४ जना, लागु औषध २ जना, मानव बेचविखन १ जना, जबरजस्ती करणी १ जना, ज्यान मार्ने…
काठमाडौं: नेपाली कांग्रेसले पूर्व महामन्त्री खुमबहादुर खड्काको निधनमा पाँच दिन शोक मनाउने निर्णय गरेको छ। आइतबार बसेको आकस्मिक बैठकले खड्काको निधनप्रति दुःख व्यक्त गर्दै पारित उक्त निर्णय गरेको हो। 'दिवंगत नेता खुमबहादुर खड्काप्रति उच्च सम्मान प्रकट गर्दै २०७४ चैत्र १८, १९, २०, २१ र २२ गते पाँच दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भ्रातृ, शुभेच्छुक एवं विदेश स्थित…
काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ विवाद सम्बन्धी रिटमा निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीका उमेर सम्बन्धमा भएका निर्णय माग गरेको छ। अवकाशप्राप्त प्रधानन्यायाधीशबाट लिएको शपथ बदरको मागसहित दर्ता रिटमा सर्वोच्चले पराजुलीको उमेर सम्बन्धमा न्याय परिषदबाट भएको निर्णय माग गरेको हो। न्यायाधीश केदारप्रसाद चालिसेको इजलासले उमेरसम्बन्धी निर्णय माग गरेको हो । यस्तै, इजलासले पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय पनि…
काठमाडौंः खानेपानी तथा सरसफार्इ मन्त्री बिना मगरले क्यान्सर विरुद्ध देशभर स्वास्थ्य शिविर सञ्चालन गरिने बताएकी छिन्। क्रान्तिकारी महिला सञ्जालले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा अयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्। क्यानसरबाट कुनै महिलाले अकालमा ज्यान गुमाउन नपरोस भनेर नै देशभर क्यान्सर परीक्षण शिविर सञ्चालन गर्ने उनले बताइन्। क्यान्सरकै कारण कसैको पनि ज्यान नजाअोस भन्ने अफ्ना…
काठमाडौं: सार्वजनिक यातायातमा गीत बजाउँदा निश्चित रकम रोयल्टी बापत तिर्नु पर्ने भएको छ। सोमबारबाट यो व्यवस्था देशभरबाट एक साथ कार्यान्वयन गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ। विकसित देशहरुमा यस्तो व्यवस्था १ सय बर्षभन्दा पहिलेदेखि नै रहेता पनि नेपालमा भने पहिलो पटक लागु गर्न लागिएको विभागको दावी छ। एफएम, क्यासेट प्लेयर जुनसुकै माध्यमबाट गीत बजाउँदा पनि रोयल्टी तिर्नुपर्ने हुन्छ।…
काठमाडौं : विदेशी खेलाडी पुनित मेहराको अलराउण्ड प्रदर्शन मद्दतमा धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत आइतवार भएको खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्सलाई ३३ रनले पराजित गरेको छ। पारस खड्काको कप्तानीमा रहेको विराटनगर विरुद्ध जित दिलाउन विनोद भण्डारीको नेतृत्वमा रहेको महेन्द्रनगरका लागि मेहराले ब्याटिङमा नटआउट ३८ रन बनाउनुका साथै बलिङमा २ विकेट लिए। धनगढीस्थित एसएसपी क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको…
काठमाडौं: रामेछापमा बा ३ ख २६९५ नम्बरको बस दुर्घटना भएको छ। गोकुलगंगा गाउँपालिकास्थित ठोसे भन्ने स्थानमा अरनिको सुपर एक्सप्रेस बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजकुमार श्रेष्ठले बताए। दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय उमाकुण्ठ गाउँपालिकाका सुवास गजुरेल रहेका छन्। अन्य ११ जना घाइते भएको निरीक्षक श्रेष्ठले बताए। बसमा ३५ जनाभन्दा बढी…
काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चैत २२ गते अजरबैजान जाने भएका छन्। असंलग्न राष्ट्रहरूको मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री ज्ञवाली अजरबैजान जान लागेका हुन्। चैत २२ र २३ गते हुने सम्मेलनमा नेपालबाट प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अजरबैजान जान लागेका हुन्। सम्मेलनमा सहभागी हुन नेपालका तर्फबाट संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टरार्इ, कन्सुलर सुरेन्द्र थापा…
काठमाडौं: संयुक्त राष्ट्र संघकी उपमहासचिव इजुमी नाकामित्सु नेपाल भ्रमणमा आएकी छिन्। तीन दिने नेपाल भ्रमणका क्रममा उपमहासचिव नाकामित्सुले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा संयुक्त राष्ट्र संघीय एसिया प्यासिफिक क्षेत्रीय शान्ति तथा निशस्त्रीकरण केन्द्र रहेको छ। नेपालले अन्तर्राष्ट्रिय शान्ति तथा निशस्त्रीकरणमा सहयोग पुर्याएको छ। सन् २०१७…
काठमाडौं: लेजेन्ड्री म्युजिसियन विजय वैद्यको निधन भएको छ। निमोनिया लागेपछि दुई साताअघि टिचिङ अस्पतालमा भर्ना भएका उनको आज बिहान ५ बजे मृत्यु भएको हो। ५२ वर्षीय वैद्य पछिल्लो केही वर्ष यता बिरामी थिए। सन् १९९१ मा स्थापना भएको 'सुरसुधा' साङ्गीतिक ब्यान्ड'को संस्थापक सदस्य रहेका उनी उक्त समूहबाट बाहिरिएर 'सोलो आर्टिस्ट'को रूपमा काम गरेका थिए। शास्त्रीय वाद्ययन्त्र सितारको आवाजलाई विद्युतीय माध्यमबाट…
काठमाडौंः काठमाडौंस्थित ट्रमा सेन्टरमा एक विदेशी नागरिकले हाम फालेर आत्महत्या गरेका छन्। ५४ वर्षिय अमेरिकन नागरिक जोनले हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी विश्वराज पोखरेलले जानकारी दिए। उनलार्इ अध्यागम विभागले भिषा सकिएर नेपालमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अध्यागमनको नियन्त्रणमा रहेका उनले अाफैले घाँटी रेटी घाइते भएका थिए। घाइते जोनलाई उपचारको लागि आइतवार ट्रमा लगिएको थियो। प्रहरी…
काठमाडौं: फिल्म ‘हैरान’ को शिर्ष गीतको छायाँकन सकिएको छ। राजधानीस्थित एनएफडिसीमा सेट लगाएर यसको छायाँकन गरिएको हो। गीतको भिडियोमा फिल्मका सम्पूर्ण कलाकारलाई फिचर्ड छन्। जेठ ४ गते रिलिज हुने फिल्मको अब सम्पूर्ण छायाँकन सकिएको छ। उक्त गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य र स्वरूपले सरगम आचार्य र बबिता मनाधरसंग मिलेर गाएका छन्…
काठमाडौं: फिल्म 'ब्ल्याक'को दोस्रो गीत रिलिज भएको छ। 'पलपल हलपल' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। सार्वजनिक गीतमा महेश खड्काको संगीत र सुगम पोखरेलको स्वर रहेको छ। डाक्टर कविराज बान्तवाको शब्दमा बनेको गीतको भिडियो रामजी लामिछानेले कोरियोग्राफ रहेका हुन्। प्रदीप श्रेष्ठले निर्देशन ‘ब्ल्याक’को यसअघि एक गीत र पोस्टरहरु सार्वजनिक…
हेटौँडाः प्रदेश नं ३ को संसद् बैठकमा सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी विधेयक र आर्थिक कार्यविधि नियमित गर्न बनाइएको विधेयक संशोधनसहित सर्वसम्मत पारित भएको छ। शुक्रबार साँझ बसेको संसद् बैठकमा दुई विधेयक चार संशोधनसहितका प्रस्तावमाथि छलफल भएर पारित भएको हो। सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा सत्तारुढ दलका माधवप्रसाद पौडेल र दीपक निरौलाले संशोधन प्रस्ताव पेश गरेका थिए। संशोधन प्रस्तावको जवाफमा आन्तरिक मामिला तथा…
काठमाडौं: उपचारका क्रममा निधन भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको शव आज राति ल्याइदैछ। शव बुझ्न प्रशासनिक प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले शव राति मात्र आइपुग्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। खड्काको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा हिजो निधन भएको हो। उनको शवलाई आइतबार अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ। 'दिवंगत नेता खड्काको शव…
नुवाकोटः विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले घर निर्माण गरिरहेका छन्। घर बनाउन भनी पहिलो किस्ता लिएकामध्ये अझै २० हजार परिवारले घर बनाउन शुरु समेत गरेका छैनन्। जिल्ला आयोजना कार्यान्वय इकाइकाअनुसार प्रभावितमध्ये शुक्रबारसम्म ४४ हजार ४८५ परिवारले जग बसालेर घर निर्माण शुरु गरेका छन्। जिल्लाका ६९ हजार २८९ परिवार लाभग्राहीमध्ये सरकारी अनुदान प्रक्रियामा समावेश हुन प्राविधिक सहयोग…
इस्लामावादः नोवेल शान्ति पुरस्कार विजेता मलला युसफजार्इ पाँच वर्षपछि आफ्नो गृहनगर पुगेकी छन्। दुर्इ दिन अगाडि मात्र पाकिस्तान फर्किएकी उनी शनिवार आफ्नो गृहनगर स्वात उपत्यका पुगेकी हुन्। उनको साथमा राज्यकी सञ्चारमन्त्री मारियम अाैरंगजेबसमेत स्वात पुगेकी हुन्। उनले आफ्नो गाउँसँगै त्यहाँको क्याडेट कलेजसमेत पुगेकी छन्।
गाजाः गाजा क्षेत्रमा प्यालेष्टिनी समूहले गरेको प्रदर्शनमा इजरायली सेनाद्वारा चलाएको गोली लागि कम्तिमा १५ जना प्यालेष्टिनी नागरिकको मृत्यु भएको छ। प्यालेष्टिनी स्वास्थ्यमन्त्रालयका अनुसार सीमा नजिकैको गाजा क्षेत्रका विभिन्न स्थानमा गरिएका प्रदर्शनमा इजरायली सेना र प्यालेष्टिनी समूहहरूबिच भएका झडपमा परी १५ जना प्यालेष्टिनीको मृत्यु भएको छ। झडपमा परी एक हजार ४०० भन्दा बढी घाइते भएको मन्त्रालयले जनाएको छ। छ हप्ता लामो…