PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

  • कांग्रेस नेता खड्काको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

    कांग्रेस नेता खड्काको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति दु:ख व्यक्त गरेका छन्। आज साँझ सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री ओलीले खड्काको निधनले स्तब्ध भएको जनाएका छन्।   नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको खवरले म स्तब्ध भएको छु । स्वर्गीय खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गर्दछु । — K P Sharma…

    विस्तृतमा पढ्नुस्

  • 'प्रधानमन्त्री कार्यालयले कर्णाली प्रदेशलाई दियो ९८ हजार किमी गुडेको थोत्रो गाडी'

    'प्रधानमन्त्री कार्यालयले कर्णाली प्रदेशलाई दियो ९८ हजार किमी गुडेको थोत्रो गाडी'

    हेमन्त के सी  सुर्खेतः कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरू हैरान भएका छन्। केन्द्रले पठाएका गाडीहरू मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरू हैरान भएका हुन्। प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्बरको स्कार्पियो गाडी दिइएको छ।  उपलब्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ। ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्या भएको,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले संघीय संसदलाई आज सम्बोधन गर्ने 

    राष्ट्रपतिले संघीय संसदलाई आज सम्बोधन गर्ने 

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन। राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसदका दुबै सदन (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) को संयुक्त बैठक आज ४ बजे बोलाइएको छ। सांसदहरुलाई अपराह्न ३ः३० बजे नै सभाहलमा प्रवेश गर्न निर्देशन दिइएको छ। औपचारिक वा संसद् कार्यसञ्चालन नियमावलीले तोकेको आफ्नो मौलिक पहिचान झल्कने पोशाकलाई अनिवार्य गरिएको छ। संविधानको धारा ९२ को व्यवस्था अनुसार…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला न्यायाधीश परीक्षाको अन्तिम नतिजा सार्वजनिकः ‘सबै वकिल फेल, मागभन्दा आधा कम उत्तीर्ण’

    जिल्ला न्यायाधीश परीक्षाको अन्तिम नतिजा सार्वजनिकः ‘सबै वकिल फेल, मागभन्दा आधा कम उत्तीर्ण’

    काठमाडौँ ः न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक परिणाम अनुसार मागभन्दा आधामात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। कूल ३० जनाको लागि भएको परीक्षामा १६ जनामात्र उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेमा अधिकांश न्याय सेवाका कर्मचारी छन्। १४ जना न्याय सेवाका कर्मचारी उत्तीर्ण हुँदा तीन जना सरकारी वकिल समूहका कर्मचारी उत्तीर्ण भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको छालासहित दाङमा एकजना पक्राउ

    चितुवाको छालासहित दाङमा एकजना पक्राउ

    दाङ प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ। अवैध दुर्लभ छाला ओसारपसार तथा बिक्री वितरण गर्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक धनदेव साउदको कमाण्डमा खटिएको विशेष प्रहरी टोलीले घोराही उपमहानगरपालिका—१७ चौघेरामा डेरा गरी बस्ने २० वर्षीय सुनील सुनारलाई एकथान चितुवाको छाला र आठवटा दाँतसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयले बुधबार अभियुक्त सार्वजनिक गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • होर्डिङ बोर्ड हटाउन महानगरको ताकेता, नहटाए कारबाही गर्ने

    होर्डिङ बोर्ड हटाउन महानगरको ताकेता, नहटाए कारबाही गर्ने

    काठमाडौंः काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ। एक वर्षअघि नै अभियानका रुपमा जथाभावी राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाइसकेको कामनपामा पुनः विज्ञापन देखिएकाले सुन्दर शहरको परिकल्पनासहित उक्त कार्य सुरु गरेको कामनपाले जनाएको छ। यदि कसैको भरोसामा उक्त कार्य गरिएको प्रमाण फेला परे कानुनी रुपमा नै कारबाही गरिने पनि कामनपाका निर्देशक नवराज ढकालले प्रष्ट पारे। कामनपाका राजस्व विभाग प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक बिदा कटौतीः ‘बाबुरामले भने सकरात्मक, कमल थापाको टिप्पणी दुर्भाग्यपूर्ण’

    सार्वजनिक बिदा कटौतीः ‘बाबुरामले भने सकरात्मक, कमल थापाको टिप्पणी दुर्भाग्यपूर्ण’

    काठमाडौँः सरकारले आगमी वर्षदेखि लागू हुनेगरी गरेको सार्वजनिक बिदा कटौतीको निर्णयप्रति राजनीतिक दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। १६२ भन्दा बढी दिन विदा हुने गरेको भन्दै मन्त्रिपरिषदको बुधबारको बैठकले २२ दिन बिदा कटौती गरेको थियो। सरकारको निर्णयलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सकरात्मक रहेको टिप्पणी गरेका छन्। भट्टराईले ट्वीट लेख्दै अब रातो पासपोर्ट बाहकको संख्या घटाउन, भीआइपीहरुका लागि…

    विस्तृतमा पढ्नुस्

  • फर्पिङमा बस दुर्घटनाः २४ जना घाइते, चार जनाको अवस्था गम्भीर

    फर्पिङमा बस दुर्घटनाः २४ जना घाइते, चार जनाको अवस्था गम्भीर

    काठमाडौंः काठमाडौंको फर्पिङमा बस दुर्घटना भएको छ। दक्षिणकालीबाट पुरानो बसपार्क आउँदै गरेको बा १ ख ९९९९ नम्बरको बस दुर्घटना भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • फर्पिङ बस दुर्घटनाः गम्भीर घाइते दुई जनाको मृत्यु

    फर्पिङ बस दुर्घटनाः गम्भीर घाइते दुई जनाको मृत्यु

    काठमाडौँः दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस फर्पिङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा १ ख ९९९९ नम्बरको बस दुर्घटनामा गम्भीर घाइते भएका चारमध्ये दुईको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका ५ का ४२ वर्षीय मञ्जु बस्नेत र सोही नगरपालिका ३ वस्ने २५ वर्षीय सुनील श्रेष्ठ रहेका छन्। तस्वीरः उमेश जी'को फेसबुकबाट…

    विस्तृतमा पढ्नुस्

  • विकिलिक्सका संस्थापक असान्जेलाई दिइँदै आएको इन्टरनेट सुविधा कटौती

    विकिलिक्सका संस्थापक असान्जेलाई दिइँदै आएको इन्टरनेट सुविधा कटौती

    लण्डनः इक्वेडले विकिलिक्सका संस्थापक जुलियन आसान्जेलाई दिइँदै आएको इन्टरनेटको सुविधा कटौती गरेको छ। लण्डनस्थित इक्वेडरको दूतावासमा विगत ६ वर्ष देखि शरण लिइरहेका असान्जेलाई दिइएको इन्टरनेट सुविधा कटौती गरिएको इक्वेडरको परराष्ट्र मन्त्रालयले जनाएको छ।  उनले इक्वेडरसँग गरेको सहमतिको उल्लंघन गरेको भन्दै उनको सुविधामा कटौती गरिएको बताइएको छ। उनले अन्य देशकाको मामिलामा कुनै पनि सन्देश सार्वजनिक नगर्ने सहमति  गरेका थिए।  उनलाई ६…

    विस्तृतमा पढ्नुस्

  • भेनेजुएलामा हिंसात्मक झडप हुँदा ६८ को मृत्यु

    भेनेजुएलामा हिंसात्मक झडप हुँदा ६८ को मृत्यु

    भ्यालेन्सियाः भेनेजुएलाको काराबोबो प्रान्तको भ्यालेन्सिया सहरमा भएको हिंसात्मक झडपमा परी ६८ जनाको मृत्यु भएको छ।  घटनाको बारेमा तत्काल अनुसन्धान सुरु गरिने राज्यका मुख्य न्यायाधिवक्ता तरेक सआबले ले जनाएका छ।  त्यहाँको प्रहरी चौकीमा आगजनी भएको छ। कैदीहरुले प्रहरी चौकीमा आगजनी गरेपछि सुरु भएको हिंसाका क्रममा ६८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।  पछिल्लो समय भेनेजुएलाले चरम आर्थिक संकट व्यहोरिरहेको छ। त्यहाँका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको संसद सवारी: यी ठाउँमा हुनेछन् सवारी प्रभावित 

     राष्ट्रपतिको संसद सवारी: यी ठाउँमा हुनेछन् सवारी प्रभावित 

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो ४ बजे संघीय संसदलाई सम्बोधन गर्न संसद भवन नयाँ बानेश्वर जाँदैछिन्। राष्ट्रपति नयाँ बानेश्वर जाँदा १५ मिनेट र फर्किदाँ १५ मिनेट सवारी रुट प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएपी उमेश रञ्जितकारले बताए।  'राष्ट्रपतिको सुरक्षालाई ध्यान दिदै आउने र जाने  समयमा करिब १५ मिनेट सवारी बन्द गरिने छ,' एसएपी रञ्जिकारले भने। शीतल निवासबाट लाजिम्पाट,…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा अध्यादेश संसदमा दर्ता : आगामी बैठकमा छलफल हुने

    चिकित्सा शिक्षा अध्यादेश संसदमा दर्ता : आगामी बैठकमा छलफल हुने

    काठमाडौं: चिकित्सा शिक्षा अध्यादेश संसदमा दर्ता भएको छ। आज शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संसदमा अध्यादेश दर्ता गरेका हुन। अध्यादेश आगामी बैठकमा छलफल भएको छ। चिकित्सा शिक्षा अध्यादेश कातिक २४ गते जारी भएको थियो। मूल विधेयक संसदमा छलफलकै क्रममा संसद्को कार्यकाल सकिएपछि अध्यादेश जारी भएको थियो। मूल विधेयकको केही दफामा दलहरूको फरक मतका कारण विधेयक पारित हुन सकेको थिएन।  तत्कालीन प्रधानमन्त्री शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • 'डि सिने अवार्ड २०७५'का लागि फिल्म दर्ताको आह्वान

    'डि सिने अवार्ड २०७५'का लागि फिल्म दर्ताको आह्वान

    काठमाडौं: 'डि सिने अवार्ड'को १० औं संस्करणको लागि फिल्म दर्ता आह्वान गरिएको छ। २०७४ को बैशाख १ देखी चैत ३० सम्म सार्वजनिक भएका फिल्मले सहभागिता जनाउन पाउनेछन्। सहभागिता जनाउन चाहने फिल्मकर्मीले यही चैत महिनाभित्र दर्ता गर्नु पर्नेछ। र अवार्ड वितरण भने जेठको दोस्रो साता हुने कार्यक्रम संयोजक मणीराज गौतमले बताए। आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियका अनुसार दुई वर्ष लगातार…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरको आवरणमा पूर्व सैनिकको धन्दा: अस्पताल पुगेकालाई गेस्ट हाउस लगेर जबरजस्ती

     डाक्टरको आवरणमा पूर्व सैनिकको धन्दा: अस्पताल पुगेकालाई गेस्ट हाउस लगेर जबरजस्ती

    काठमाडौं: चैत ६ गते मेनुका आचार्य(नाम परिवर्तन) बिरामी आमालाई लिएर गंगालाल अस्पताल पुगिन्। अस्पताल पुगेपछि उपचारका लागि कहाँ जाने कुन डक्टरलाई भेट्ने उनी अन्योल थिइन्। त्यतिकैमा उनी नजिकै एक व्यक्ति आइपुगे। 'म सन्तोष घले। पेशाले डाक्टर हुँ।' उनले यति भनेपछि मेनुका ढुक्क भइन्। उनले आमाको उपचारमा सहयोग गर्ने र चिनेको डाक्टरलाई रिफर गर्ने बताए। मेनुकालाई ढुङगा खोज्दा देउता मिले जस्तै…

    विस्तृतमा पढ्नुस्

  • बेइजिङमा किम सवार बख्तरबन्द रेलको विशेषता: आरामदायी बैठककक्ष, मदिराले भरिएको बार

    बेइजिङमा किम सवार बख्तरबन्द रेलको विशेषता: आरामदायी बैठककक्ष, मदिराले भरिएको बार

    बेइजिङः सोमबार साँझ बेइजिङमा देखिएको हरियो रंगको रेलले विश्वको ध्यान केन्द्रित गर्‍यो। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई प्योङ्याङबाट बेइजिङ र बेइजिङबाट प्योङ्याङ पुर्‍याएको रेलको विशेषता अरू रेलभन्दा फरक थियो। हरियो रंगमा पहेंलो घेरा भएको बख्तरबन्द रेल विशेष धातुले बनाइएको छ। ‘आर्मोरेड’ रेल यसअघि २००० मा चीन पुगेको थियो। उनका पिता किम जोङ इल चिनियाँ नेता जियाङ जेमिनको निमन्त्रणामा…

    विस्तृतमा पढ्नुस्

  • अन्तरकोरियाली शिखर सम्मेलन अप्रिल २७ मा 

    अन्तरकोरियाली शिखर सम्मेलन अप्रिल २७ मा 

    सोलः उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीचको भेटवार्ताको मिति तय भएको छ। दुई देशका नेताहरू कोरियाली पर्याद्वीपमा भएको विवाद समाधानका लागि शिखर सम्मेलनमा भेट्ने तयारी गरेका हुन्।   अप्रिल २७ मा दुई देशको सीमा रहेको पान्मुन्जोम गाउँमा दुई नेताहरूबिच भेट हुने दक्षिण कोरियाले बिहीबार घोषणा गरेको एपीले जनाएको छ।  दुई देशका अधिकारीहरूबिच पान्मुन्जोममा…

    विस्तृतमा पढ्नुस्

  • ‘ड्रिम गर्ल’ आउँदो असारमा

    ‘ड्रिम गर्ल’ आउँदो असारमा

    काठमाडौं: निर्देशक ऋषिराज आचार्यको फिल्म ‘ड्रिम गर्ल’को रिलिज टार्गेट तय भएको छ। फिल्म असार २९ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने भएको हो। आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतको अभिनय रहेको फिल्म काठमाडौं, मुस्ताङ तथा थाइल्याण्डमा छायांकन भएको छ। फिल्मलाई निर्देशक ऋषिराजले नै निर्माण गरेका हुन्। आरबि मुभीजको ब्यानरमा बनेको प्रेमकथा बोल्ने फिल्ममा अर्जुन…

    विस्तृतमा पढ्नुस्

  • विदेशमै तीन छोरा गुमाउन पर्दा रोका परिवारमा बज्रपात

    विदेशमै तीन छोरा गुमाउन पर्दा रोका परिवारमा बज्रपात

    म्याग्दीः जिल्लाको मालिका गाउँपालिका-२ बेली, रुमका धन बहादुर रोका र लिलमती रोकालाई आशा थियो वैदेशिक रोजगारीमा गएका छोराहरूले पठाएको सम्पतीले बुढेसकालको जीवन सुखसयलमा बित्ला। तर सोजे जस्तो कहाँ हुन्थ्यो र?  रोका दम्पतीका तीन छोराले वैदेशिक रोजगारीकै सिलसिलामा ज्यान गुमाउनुपरेको छ। धन कमाउन विदेश पुगेका तीनै छोराको निधन भएपछि यति बेला रोका दम्पती सन्तान, सहारा र सम्पत्तिविहीन बनेका छन्।   रोजगारीको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ फिल्म 'नेप्टे'को तेस्रो गीत

    यस्तो छ फिल्म 'नेप्टे'को तेस्रो गीत

    काठमाडौं: फिल्म 'नेप्टे' युनिटले प्रचारको लागि तेश्रो गीत सार्वजनिक गरेको छ। भिडियोसहित 'आँखा छ चिम्रो' बोलको गीत युट्युब रिलिज भएको छ। सार्वजनिक गीतमा विषण राई र दिपा लामाको स्वर रहेको छ भने शब्द र संगीत नायक तथा निर्माता रोहित रुम्बाको रहेको छ। गीतमा रोहितसँगै बुद्धी तामाङ, अर्जुन गुरुङ र नायिका पुर्णिमा लामा फिचर्ड छन्। गरिएको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell