काठमाडौं: ११ पटकको सम्पादनपछि फिल्म 'कोहलपुर एक्सप्रेस'को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा बुधबार कार्यक्रम आयोजना गरी ट्रेलर रिलिज गरियो। उक्त कार्यक्रममा निर्देशक विशाल भण्डारीले फिल्म युनिटका सबै सदस्यको चित्त नबुझुन्जेल ट्रेलर काटिएको हो। डार्क कमेडी जनरामा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ। ट्रेलरमा मुख्य कलाकार प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायत फिचर्ड…
काठमाडौं: सामान्य अवस्थामा रहेको मानिसको शरीर कहिलेकाही बैचैन हुन्छ। हाच्छिँउ आउँछ। शरीर चिलाउँछ। डा आशिष खनालकाअनुसार मेडिकल भाषामा त्यसलाई नै एलर्जी भनिन्छ। डा खनालकाअनुसार हामीले खाएको खाना तथा वातावरणले आन्तरिक वा बाह्य रुपमा प्रतिक्रिया भई शरीरमा बेचैन हुनु नै एलर्जी हो। 'एलर्जी हुनलाई कुनै कारण चाहिन्न। जुन सुकैबेला शरीरका जुनसुकै ठाउँमा पनि हुन्छ,' उनले भने, 'एलर्जी क्षणिक समस्या हो। कसैलाई बिहान…
काठमाडौँ : अर्को वर्ष सरकारी कर्मचारीहरुले यो वर्षभन्दा २२ दिन बढी काम गर्नुपर्ने भएको छ। मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सार्वजनिक विदा कटौति गर्ने निर्णय गरेको जानकारी सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले दिए। १६२ भन्दा बढी दिन विदा हुने गरेकोले उत्पादकत्व घटिरहेको महसूस गर्दै सरकारले लिएको समृद्धिको लक्ष्यलाई पूरा गर्न यस्तो निर्णय गरिएको बाँस्कोटाले बताए। उनका अनुसार २०७५ सालमा सबैलाई हुने सार्वजनिक विदा…
काठमाडौँः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी शैक्षिकसत्र २०७५ मा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले कक्षा १ देखि ५ सम्म जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र ६ देखि १० सम्म निजी क्षेत्रले यही चैत २५ गतेभित्र सबै जिल्ला सदरमुकाममा पाठ्यपुस्तक पुर्याीइ सक्ने निर्णय गरेको…
काठमाडौँः संसदमा सांसद्हरुले उठाएका प्रश्नमा सरकारले जवाफ नदिने क्रम बढेपछि प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले जवाफका लागि समय नै तोकेको छ। मस्यौदा समितिले सांसद्हरुले शून्य समयमा उठाएका विषयमा ढिलामा तीन दिनभित्र जवाफ दिनुपर्ने व्यवस्थामा सहमति गरेको छ। जारी नियमावली छलफलमा समितिले शून्य समयमा उठाइएका प्रश्नको जवाफ विभागीय मन्त्री वा मन्त्रालयले तीन दिनभित्र सभामुखमार्फत दिनुपर्ने व्यवस्था गरेको हो। प्रश्न उठाएपछिको तीन दिनभित्र संसद् बैठक…
जितपुरः यहाँको शिवराज नगरपालिका–३, मदवाको उत्तरपट्टिको बीच जंगलमा सोमबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ। पुरुषको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको छेउमा तीनवटा सोंफीको बोत्तल र सेल्फासको बट्टा भेटिएकाले रक्सीसँगै बिष सेवन गरेको हुनसक्ने प्रहरी निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए। शवको प्रकृति हेर्दा एकदिन अघि मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ। मृतकको पहिचान अझै नखुलेको…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विभिन्न देश र नियोगका राजदूतहरुलाई आज समसामयिक विषय तथा वाम सरकारका नीति र योजनाबारे ब्रिफिङ गर्ने भएका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज १२ बजे बालुवाटारमा प्रधानमन्त्रीले राजदूतहरुलाई ब्रिफिङ गर्दै छन्। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका विषयमा युरोपियन युनियनले सार्वजनिक गरेको प्रतिवेदनबारे सरकारले आलोचना गरिरहेका बेला प्रधानमन्त्रीले राजदूतहरुलाई ब्रिफिङमा बोलाएका हुन्। परराष्ट्र मन्त्रालयको संयोजनमा काठमाडौस्थित सबै देश…
काठमाडौंः एसईई परीक्षामा चिट चोर्न नपाएको भन्दै मुगुमा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको छ। झडपमा ४ प्रहरीसहित केही विद्यार्थी घाइते समेत भएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर र केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ। मुगुको छायाँनाथ नगरपालिका वडा नम्बर ११ रोवा माविमा रहेको परीक्षा केन्द्रमा प्रहरीले चिट चोर्न नदिएको भन्दै सोमबार राति करिब ९ बजेतिर…
बाँकेः नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले वाम ध्रुवीकरणामा सहभागी नहुने स्पष्ट पारेका छन्। उनले वाम गठबन्धनलार्इ पानीको संज्ञा दिँदै पानीमा नमिसिने समेत बताए। नेपालगञ्जमा आयोजित प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षण कार्यक्रममा उनले भने ‘हामी दुध हौं, अरु पानी हुन् अरुमा मिसिन जाने भनेको पानीमा दूध मिसाउनु जस्तै हो, जसको अर्थ हुँदैन।' 'अलिकति…
काठमाडौँः ललितपुरको भैसेपाटीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन्। पाटन अस्पताल ललितपुरमा कार्यरत चिकित्सक विजय जैसवालको घरमा काम गर्ने १८ वर्षीय मन्तु भन्ने प्रियङ्का यादव झुन्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। 'सोमबार राति उनी झुन्डिएको अवस्थामा फेला परेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ' चन्दले भने। यादव ४ महिनादेखि चिकित्सक जैसवालको घरमा काम…
बेइजिङ : उच्च सुरक्षा सतर्कताकाबीच बेइजिङमा देखिएको एउटा रेलले विश्वको ध्यान तानिरहेको छ। सन् २०११ मा विश्व भ्रमणमा निस्किँदा उत्तर कोरियाका दिवंगत नेता किम जोङ इलले प्रयोग गरेको जस्तो रेल एक्कासी बेइजिङमा देखा परेको हो। उच्च सुरक्षा सतर्कताबीच उत्तरबाट आएको रेलका अतिथिहरुलाई डियाओयुताई राज्यको आवास गृहमा राखिएको छ। यस आवास गृहमा यसअघि उत्तरका नेता इल समेत बसेका थिए। प्रहरीले ती अतिथि…
काठमाडौं: सर्वाधिक सिक्वेल सार्वजनिक नेपाली फिल्म‘नाईँ नभन्नू ल ५’मा स्वस्तिमा खड्का अभिनय रहने भएको छ। शीर्ष भूमिका रहने भएको छ। सोमबारदेखि औपचारिक सुटिङ सुरु भएको फिल्ममार्फत दुई नयाँ कलाकार अभिषेक नेपाल र सेड्रिना शर्माले पनि डेब्यु गर्दैछन्। झापा र इलाममा खिचिने फिल्मको झापास्थित सालबारी पोखरीबाट फिल्मको सुटिङ सुरु भयो। पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले सट दिएका थिए। अभिषेक…
काठमाडौं: लाठी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ काउलेका मकरध्वज राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। राईले मादक पदार्थ सेवन गरेको भन्दै उनकी श्रीमती ५० बर्षीया आइसरी राईले बाँसको लाठीले हिर्काएपछि सोही लाठी खोसेर श्रीमतीलाई टाउकोमा प्रहार गर्दा आइसरीको घटनास्थलमै मृत्यु भएको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं: सर्वनाम थिएटरले अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गर्ने भएको छ। विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्सवहरु आयोजना गरेको सर्वनामले सन् २०१८ अप्रिल २ तारिखदेखि ५ तारिखसम्म एक सप्ताह अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको आयोजना गर्ने भएका हो। उत्सवमा बेलायत, फ्रान्स, भारत, बङ्ग्लादेश, हङ्कङ, जर्मनी, फिलिपिन्स, स्कटल्याण्ड, नेदरल्याण्ड लगायत विश्वका धेरै भन्दा देशका साथै नेपालका प्रस्तुतिहरु रहने बताइएको छ। करिब एक दर्जन…
काठमाडौं: फिल्म 'लम्फू'को गीत 'सुको नहोस् यार'को कभर डान्स प्रतियोगिता घोषणा गरिएको छ। बैशाख २८ गते रिलीज हुने 'फिल्म'को डिजिटल अधिकार लिएको हाइलाईट्स नेपालले कभर डान्स प्रतियोगिताको आयोजना गरेको हो। कभर भिडियो बनाउनेले info@hightlightsnepal मा २०७५ बैशाख २० गते सम्ममा पठाउन पर्नेछ। गीत हाइलाइट्स नेपालको आधिकारीक यूट्युब च्यानलमा उपलब्ध छ। उक्त गीतको कभर भिडियोको विजेताले नगद पचास हजारको साथमा अन्य…
काठमाडौं: नेकपा एमालेक पुर्व अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालले प्रदर्शनरत फिल्म 'शत्रु गते' हेर्ने इच्छा व्यक्त गरेपछि उनको सचिवालयले फिल्मको विशेष सो आयोजना गर्यो। सोमबार बागबजारमा रहेको सिटी म्याक्स हलमा उनि सहित भिम रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठले फिल्म हेरे। फिल्म हेरेर निस्किएका झलनाथ खनालले भने,'फिल्म निकै रमाइलो बनेको छ। मौलिक कथा आधुनिक शैलीमा देखाइएको फिल्मले हसाएर…
काठमाडौं : राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले सामाजिक सञ्जालहरुको नियमनका लागि कानुन बन्नुपर्ने माग राखेका छन्। राष्ट्रिय सभाको आजको बैठकलाई सम्बोधन गर्दै सांसद बिडारीले यस्ता सञ्जालहरुको नियमन गर्ने कानुन नबने देशलाई नोक्सान पुग्ने चिन्ता प्रकट गरे। 'हिजोआज फेसबुक एकाउन्ट नहुने मान्छे नै छैन, ट्वीटर, ह्वाट्स एपका कुरै छाडौं, सबैले जथाभावी चलाइरहेका छन्,' बिडारीले भने, 'यसका लागि नियमन गर्ने कानुन भएन भने…
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले ईयूको प्रतिवेदन गलत रहेको भन्दै कांग्रेसले यसको भर्त्सना गर्नुपर्ने माग गरेका छन्। आजको केन्द्रीय समितिमा आफ्नो धारणा राख्दै गुरुङले भने, 'बैठकको पहिलो दिन ९ गते ईयूको प्रतिवेदनको पार्टीले भत्सर्ना गर्नुपर्छ भनेको थिएँ। तर, भएन। ईयूको प्रतिवेदनले नेपालको संविधान र नेपालीको स्वाभिमान माथि प्रहार गरेको छ। जातीय,क्षेत्रीय र धार्मिक द्वन्द्व भड्काउने ईयूको प्रतिवेदन प्रति…
काठमाडौं : काठमाडौं जिल्लामा कार्यरत प्रहरीले प्रत्येक महिना ५० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउने भएका छन्। उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना प्रहरीलाई प्रत्येक महिना नगद पुरस्कार दिनेगरी मंगलवार महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल बंगलादेश बैकबीच सहमति भएको छ। सहमतिपत्रमा हस्ताक्षर गर्दै परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले ड्युटीमा खटिएका प्रहरीको मनोबल बढाउन यस्तो व्यवस्था गरिएको बताए। एसएसपी पोखरेलले भने, 'पुरस्कारले…
काठमाडौं : युरोपेली संघ (ईयू) निर्वाचन पर्यवेक्षण प्रतिवेदनका विषयमा राष्ट्रिय सभाका सदस्य पनि विभाजित भएका छन्। सत्तापक्ष सहित नेपाली कांग्रेसका सांसदहरुले ईयूको प्रतिवेदनको आलोचना गरेका छन् भने राजपा र फोरमकाले त्यसको समर्थन गरेका छन्। ईयूले खस आर्यलाई नै विस्तापित गर्न खोजेको आरोप कांग्रेसका सांसदहरुले लगाए भने राजपाका सांसदले सुझावलाई हस्तक्षेपका रुपमा लिन नहुने बताए। कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले…