PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

  • निर्माता बनेकी केकी अधिकारीको चार पोज

    निर्माता बनेकी केकी अधिकारीको चार पोज

    काठमाडौं: अभिनेत्री केकी अधिकारी अब निर्माता पनि बनेकी छिन्। फिल्म 'कोहलपुर एक्सप्रेस'बाट उनले निर्माण डेब्यु गरेकी हुन्। केकी अधिकारीले फिल्ममा अभिनय समेत गरेकी छिन्। श्रवण शक्ति कमजोर भएकी र जसरी हुन्छ पैसा कमाउने होडमा रहेकी युवतीको भूमिका निभाएकी छिन्। बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर रिलिज गरियो। कार्यक्रममा केकीले आफू फिल्म र दर्शक दुबैप्रति आफू उत्तिकै आशावादी रहेको बताइन्।…

    विस्तृतमा पढ्नुस्

  • शेयर बजारबारे कांग्रेस केन्द्रीय समिति: ओरालो लाग्नु चिन्ताजनक

    शेयर बजारबारे कांग्रेस केन्द्रीय समिति: ओरालो लाग्नु चिन्ताजनक

    काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरुले शेयर बजार ओरालो लागेको सम्बन्धमा चिन्ता प्रकट गरेका छन्।   बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार ओरालो लाग्नु सुखद् नभएको बताए। निर्वाचन समीक्षा बैठकमा कांग्रेस नेता डा रामशरण महतले पनि शेयर बजार ओरालो लागेको सम्बन्धमा चिन्ता व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्षपछि पाकिस्तान फर्किएकी मललालाई प्रधानमन्त्री अब्बासीले गरे सम्मान

    पाँच वर्षपछि पाकिस्तान फर्किएकी मललालाई प्रधानमन्त्री अब्बासीले गरे सम्मान

    इस्लामाबादः नोबेल पुरस्कार विजेता मलला युसुफजाई ५ वर्षपछि घर फर्किएकी छन्। सन् २०१२ मा तालिवान लडाकुले आक्रमण गरेपछि निर्वासित भएकी उनी आज स्वदेश फर्किएकी हुन्।  उनलाई बिहीबार इस्लामावादमा पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासीले सम्मान गरेका छन्।  ५ वर्षपछि स्वदेश फर्किएकी उनले स्वदेश फर्किन पाउँदा खुसी भएको भन्दै शिक्षा सम्बन्धी आफ्नो अभियानलाई निरन्तरता दिने घोषणा समेत गरेकी छन्।  पाकिस्तानको प्रधानमन्त्री कार्यालयमा…

    विस्तृतमा पढ्नुस्

  • धुर्मुस सुन्तली फाउन्डेसनको अबको लक्ष्य 'अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला'

    धुर्मुस सुन्तली फाउन्डेसनको अबको लक्ष्य 'अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला'

    काठमाडौं: सामाजिक कार्यमा सक्रिय रहेका कलाकार दम्पत्ती सिताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले 'अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला' निर्माणको लक्ष्य लिएको छ। सिताराम कट्टेलले आफ्नो व्यक्तिगत फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने घोषणा गरेका हुन्। चारवटा नमूना बस्ती निर्माण गरेका धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा आफूहरुले संयोजन गर्ने बताएका छन्। फेसबुकमा लेखेको स्टाटसमा उनले केही समयमै रंगशाला निर्माण समिति गठन गर्ने र…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसदमा राष्ट्रपति भण्डारीको १५ मिनेट सम्बोधन: भ्रष्टाचार, दमन र उत्पीडन अन्त्य गर्न आह्वान

    संघीय संसदमा राष्ट्रपति भण्डारीको १५ मिनेट सम्बोधन: भ्रष्टाचार, दमन र उत्पीडन अन्त्य गर्न आह्वान

    काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले समुन्नत समाज निमार्णको अभियानमा लाग्न सबैलाई आह्वान गरेकी छिन्।   आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक संविधान सभाबाट संविधान जारी भइ मुलुक समृद्धिको दिशामा अगाडि बढेको बताइन्।  ‘संविधान कार्यान्वयनका लागि भएका तीन तहका निर्वाचनले संविधान कार्यान्वयनसँगै समृद्ध नेपाल निर्माण गर्ने ढोका खुला गरेको छ,’ राष्ट्रपति  भण्डारीले भनिन्, ‘हामीमाझ असाधारण सम्भावनाको ढोका खुला…

    विस्तृतमा पढ्नुस्

  • दमकमा 'सांस्कृतिक संक्रमण र फेरिँदो सौन्दर्य'माथि अन्तरक्रिया

    दमकमा 'सांस्कृतिक संक्रमण र फेरिँदो सौन्दर्य'माथि अन्तरक्रिया

    दमक: बुधबार दमकमा 'सांस्कृतिक संक्रमण र फेरिँदो सौन्दर्य' माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। आयोजक संस्था युथ नेटवर्कको कार्यालयमा सिर्जनशील अराजकताका अभियन्ताद्वय राजन मुकारुङ र उपेन्द्र सुब्बाको उपस्थितिबिच छलफल भएको हो। मदन पुरस्कार विजेता आख्यानकार राजन मुकारुङले वर्तमान राजनीतिक परिवेशमा समृद्धिको नारालाई जनताले अभिमत दिएको स्पष्टोक्तिसहित कार्यक्रम सुरु भएको थियो। मुकारुङले सांस्कृतिक मनोविज्ञान अनुसारले सौन्दर्य चिन्तन विकास हुने तर्क राखे। भने,‘यथास्थितिवादी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ का मुख्यमन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट

     प्रदेश ७ का मुख्यमन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट

    काठमाडौँः भारतीय राजदूत मञ्जिभ सिंह पुरीले प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट सँग शिष्टाचार भेट गरेका छन्।  नेपाल भारत भैत्री समाज धनगढीको कार्यक्रममा सहभागी हुन पुगेका राजदूतले मुख्यमन्त्री भट्टसँग शिष्टाचार भेट गरेका हुन्।  परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेट भएको मुख्यमन्त्री भट्टले पहिलो पोस्टलाई जानकारी दिए।  पछिल्लो समय परराष्ट्र मन्त्रालयले कूटनीतिक भेटघाटलाई ‘लगाम’ लगाउँदै भेटघाट पूर्व परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्ने निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • 'काठमाडौँमा ४० दिनमा २६ बलात्कारका घटना'

    'काठमाडौँमा ४० दिनमा २६ बलात्कारका घटना'

    काठमाडौँः प्रहरीले आइतबार एक युवकलाई बलात्कार गरेको अभियोगमा पक्राउ गर्‍यो । धनुषा  धनौजी गाउँपालिका ५ का सुधीर कुमार कापर पक्राउ परे।  कपारले गत साउन ११ गते विदेश जाने सिलसिलामा काठमाडौँको गौशालामा रहेको न्यू सिरहाली गेष्टहाउसमा बस्न आएकी एक महिलालाई जवर्जस्ती करणी गरेको उजुरीमा उनलाई पक्राउ गरेको थियो। बलात्कृत भएपछि ती महिलाले विष सेवन गरेकी थिइन। विष सेवनपछि अचेत भएकी उनलाई…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहलाई करारमा कर्मचारी राख्ने बाटो खुल्यो, यस्तो छ परिपत्र

    स्थानीय तहलाई करारमा कर्मचारी राख्ने बाटो खुल्यो, यस्तो छ परिपत्र

    काठमाडौँः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका निश्चित सेवामा करारमा कर्मचारी राख्न पाउने व्यवस्था गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मंगलबार स्वीकृत गरेको करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार स्थानीय तहले इन्जिनियरिङ, कृषि, वन, पशु र स्वास्थ्य सेवामा करारमा कर्मचारी राख्न पाउनेछन्।  करारमा कर्मचारी नियुक्त गर्दा तोकिएको योग्यता परीक्षण र अन्तर्वार्ता समेत हुनेछ। जिल्ला समन्वय…

    विस्तृतमा पढ्नुस्

  • उदयपुरमा ट्याङ्कर दुर्घटनाः दुईको मृत्यु, तीन गम्भीर घाइते

    उदयपुरमा ट्याङ्कर दुर्घटनाः दुईको मृत्यु, तीन गम्भीर घाइते

    उदयपुरः  सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारीबाट घुर्मीतर्फ जाँदै गरेको ना ६ ख ३२३१ नम्बरको तेल बोकेको ट्याङ्कर आज बिहान कटारी नगरपालिका–११, गहुँबारी भन्ने स्थानमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बारा जिल्लाको अमलेखगञ्जका २३ वर्षीय चालक पूर्णप्रसाद खनाल र…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तर, होला कार्यान्वयन?

    संसदमा प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तर, होला कार्यान्वयन?

    काठमाडौँः २०७३ पुस २५ गते तत्कालीन रुपान्तरित संसदले प्रधानमन्त्री तथा मन्त्रीसँगको सिधा सवालजवाफ गर्नेगरी कार्यविधि पारित ग¥यो। नियमावलीमा रहेको समसामयिक विषयमा प्रश्न गर्न सक्ने नियममा टेकेर संसद्ले प्रश्नोत्तर कार्यविधि पारित गरेको थियो। कार्यविधि पारितपछि दुई सरकार फेरिए तर, संसदले प्रधानमन्त्री र मन्त्रीसँगको सवालजवाफ सुरु गर्न सकेन। तत्कालीन सभामुख ओनसरी घर्तीले कार्यविधि कार्यान्वयनका लागि तत्कालीन प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवासँग पनि…

    विस्तृतमा पढ्नुस्

  • 'कांग्रेसको छायाँ सरकारपछि नयाँ शक्तिको वैकल्पिक सरकार’, यी हुन् सरकार प्रमुख र मन्त्री

    'कांग्रेसको छायाँ सरकारपछि नयाँ शक्तिको वैकल्पिक सरकार’, यी हुन् सरकार प्रमुख र मन्त्री

    काठमाडौँः केपी ओली नेतृत्वको सरकारलाई खबरदारी गर्न डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले वैकल्पिक सरकार गठन गरेको छ। नयाँ शक्तिले प्रदेश ५ को वैकल्पिक सरकार प्रमुखमा कर्णध्वज केसीलाई चयन समेत गरेको छ।  यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारका काम कारबाहीमा निगरानीका लागि भन्दै छायाँ सरकार बनाउने निर्णय गरेको थियो।  नयाँ शक्तिको प्रदेश ५ को नेपालगञ्जमा सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • पोखराको गगनगौंडामा बस दुर्घटना, दशभन्दा बढी यात्रु घाइते

    पोखराको गगनगौंडामा बस दुर्घटना, दशभन्दा बढी यात्रु घाइते

    पोखराः पोखराबाट चितवनको लागि छुटेको मिनी बस पोखरा लेखनाथ महानगरपालिकाको तल्लो गगनगौंडाको लामे आहालमा दुर्घटना भएको छ। भरतपुरको लागि छुटेको पृथ्वी राजमार्ग बस व्यवसायी समितिद्धारा सञ्चालित ना ५ ख ३४१ नम्बरको बस बिहान पौने आठ बजे दुर्घटना भएको हो। दुर्घटनामा परी बसमा सवार दशभन्दा बढी यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाली नेता किमको गोप्य चीन भ्रमणः 'किम सामु राष्ट्रपति सीका चार प्रस्ताव'

    उत्तर कोरियाली नेता किमको गोप्य चीन भ्रमणः 'किम सामु राष्ट्रपति सीका चार प्रस्ताव'

    बेइजिङः चिनियाँ राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बेइजिङ भ्रमण गरी स्वदेश फर्किएका छन्। तीन दिनको राजकीय भ्रमण क्रममा बेइजिङ पुगेका उनको भ्रमणलाई चीनले गोप्य राखेको थियो। भ्रमण सकेर किम स्वदेश फर्किएपछि चिनियाँ सञ्चारमाध्यमले भ्रमणलाई पुष्टि गर्दै राष्ट्रपति सीसँग भेटवार्ता गरेको समाचार सार्वजनिक गरेका छन्। बेइजिङमा सोमबार साँझ उत्तर कोरियाली नेता किमको हरियो रेल देखिएपछि…

    विस्तृतमा पढ्नुस्

  •  फिल्म ‘भैरे’को गीत ‘सनम माया लाको'मा सुरक्षासँग दयाहाङले मर्काए कम्मर

     फिल्म ‘भैरे’को गीत ‘सनम माया लाको'मा सुरक्षासँग दयाहाङले मर्काए कम्मर

    काठमाडौं: जेठ १८ गते सार्वजनिक हुने फिल्म ‘भैरे’को दोस्रो गीत सार्वजनिक भएको छ। निर्माण टिमले मंगलवार राजधानीमा कार्यक्रमका आयोजना गरी ‘सनम माया ला'को’ बोदको गीत भिडियोसहित रिलिज गरेको हो। यम बराल र अञ्जु पन्तको स्वर रहेको गीतमा एभरेष्ट सूर्य बोहराको शब्द रहेको छ। त्यस्तै गीतमा यम बरालले संगीत दिएका हुन्। गीतको भिडियोमा दयाहाङ राई र सुरक्षा पन्त फिचर्ड छन्। जसलाई कोरियोग्राफ…

    विस्तृतमा पढ्नुस्

  • ‘स्वर्ग मेरो गाउँ’को दोस्रो रिलिज टार्गेट तय

    ‘स्वर्ग मेरो गाउँ’को दोस्रो रिलिज टार्गेट तय

    काठमाडौं:  माघ १२ गतेको रिलिज टार्गेट पुरा गर्न नसकेको फिल्म 'स्वर्ग मेरो गाउँ'ले नयाँ रिलिज मिति जुराएको छ। अभिनेता नरेन खड्काको मुख्य अभिनय रहने फिल्म बैशाख ७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको हो। अब बैशाख ७ गतेबाट फिल्मको रिलिज डेट फेरबदल नहुने निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले बताए। फिल्मले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा…

    विस्तृतमा पढ्नुस्

  • बिहीवार हुँदैछ 'बुगी वुगी' प्रिमियर

    बिहीवार हुँदैछ 'बुगी वुगी' प्रिमियर

    काठमाडौं: डान्स रियालिटी सो 'बुगी वुगी'को टेलिभिजन प्रिमियर हुने भएको छ। चैत पन्ध्र गते बिहीवारबाट सो प्रशारण हुने भएको हो। बुगी वुगी नेपालको लागि पहिलो अन्तराष्ट्रिय डान्स रियालिटी कार्यक्रम हो। भारतमा सन् १९९६ मा नावेद जाफरी र रवी भेलले पहिलोपटक सुरु गरेको कार्यक्रमको फ्रेन्चाइजमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका छन्। बिहिबार बेलुकी ८…

    विस्तृतमा पढ्नुस्

  • 'कृ'का निर्माता गिरीसँग प्रधानले मागे ११ लाख 

    'कृ'का निर्माता गिरीसँग प्रधानले मागे ११ लाख 

    काठमाडौं: मंगलवार पक्राउ परेका कृ चलचित्रका निर्माता सुवाससँग निर्माता शम्भु प्रधानले ११ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। दुई दशक अगाडि निर्माण भएको सम्झना फिल्मको गीत 'उकालीमा अघिअघि..' गीत चोरी गरी आफ्नो फिल्ममा राखेकोमा कारबाहीका लागि उजुरी परेपछि 'कृ'  प्रहरीले सुवास गिरी पक्राउ परेका थिए।  प्रतिलिपि अधिकार हनन् भएको दाबी गर्दै क्षतिपूर्तिको मागसहित प्रधानले उजुरी दिएका थिए। अहिले दुईपक्षविच सहमतिका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस प्रदेश ३ को प्रमुख सचेतकमा राधा घले, सचेतकमा छिरिङ लामा

    कांग्रेस प्रदेश ३ को प्रमुख सचेतकमा राधा घले, सचेतकमा छिरिङ लामा

    काठमाडौं: नेपाली कांग्रेस ३ नम्बर प्रदेशको संसदीय दलको प्रमूख सचेतकमा राधा घले चयन भएका छन्। घले समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। आज संसदीय दलका नेता ईन्द्र बानियाँको हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो। त्यस्तै सचेतकमा छिरिङ दोर्जे लामा चयन भएका छन्। संसदीय दलको सदस्य सचिवमा निमा लामा र अनुशासन समिति संयोजकमा बिजुला बर्मालाई चयन गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सदनमा कसरी बस्ने? क्यानडाका पूर्वमन्त्रीले दिए राजपाका सांसदलाई प्रशिक्षण

    सदनमा कसरी बस्ने? क्यानडाका पूर्वमन्त्रीले दिए राजपाका सांसदलाई प्रशिक्षण

    काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई क्यानडाका पूर्वमन्त्रीले संसदीय अभ्यासबारे प्रशिक्षण दिएका छन्। काठमाडौंको कुपन्डोलस्थित एक होटलमा पूर्वमन्त्री एवं सांसद जेरारड ल्याटिलिपले राजपाका १७ जना सांसदलाई प्रशिक्षण दिएका हुन्। युएसएड र एनडीआईको आयोजनामा बुधबार भएको उक्त कार्यक्रमको उद्घाटन राजपाका संयोजक महन्थ ठाकुरले गरेका थिए। उक्त कार्यक्रममा क्यानडाका पूर्वमन्त्री जेरारडले सांसदहरुलाई सदनमा कसरी बस्ने,  कस्तो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell