काठमाडौँ : रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका पदाधिकारीको संयुक्त बैठकले मल्लकालीन स्वरुप र शैलीअनुरुप नै निर्माण गर्ने निणर्य गरेको हो। मंगलबार प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीच निर्माणको विषयलाई लिएर विवाद भएपछि आज बसेको बैठकले पुनः निर्माणका लागि अध्ययन गरी १५ दिनभित्र…
काठमाडौंः विवेकशील साझा पार्टीले समानुपातिकतर्फ प्रदेश नम्बर ३ मा पार्टी केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौडेलको नेतृत्वमा तीन सदस्य पठाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले रमेश पौडेल, शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो। विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठूलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ। यस प्रदेशमा पार्टीले समानुपातिकतर्फ एक लाख…
'टाइगर जिन्दा हे'मा देखिएको सलमान खान र कट्रिना कैफको जोडी 'दबङ्ग टूर रिलोडेड'मा पनि सँगै देखिने भएका छन्। सलमानको म्युजिकल टूरमा कैफ पनि रहने खबर बलिउड हंगामाले जनाएको छ। कार्यक्रमको इन्टरनेसनल प्रोमोसन कम्पनी साहिल प्रोमोसनका भावेश पटेलले उक्त जानकारी दिएका हुन्। 'सलमान र कट्रिनाले फिल्म ब्लकबस्टर भएको खुशी एकैसाथ मनाउन लागेका हुन्', उनले भने,'स्क्रिनमा देखिएको यो जोडीलाई फ्यानले स्टेजमा लाइभ…
नयाँदिल्ली : पश्चिमी भारतीय राज्य महाराष्ट्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको छ। नासिक जिल्लाको सिम्ली गाउँमा मलेयाआन सताना सडकमा एक अटोरिक्सालाई ट्रकले ठक्कर दिएको थियो। ठक्करबाट अटोरिक्सामा रहेका चालकसहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ती यात्रु अटोरिक्सामा दुर्घटनास्थलबाट करिब ५० किलोमिटर टाढा रहेको एक मेलामा जान लागेका थिए। प्रत्यक्षदर्शीहरुका अनुसार उच्च गतिमा रहेको ट्रकले…
रमेश लम्साल काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ। प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आर्थिक वर्षको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच हजार ५७१ युनिट विद्युत्मा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत् बिक्री गरेको छ। पाँच करोड ३८ लाख ७० हजार ७७९ युनिट विद्युत्…
काठमाडौं : रोहित कुमार पौडेलले शानदार प्रशर्न गरेपछि भैरहवा ग्लाडिएटर्सले ललितपुर राइनोजलाई ३ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लग इपीएलको फाइनलमा प्रवेश गरेको छ। जितका लागि अन्तिम ओभरमा १३ रन आवश्कय थियो र रोहितले अन्तिम ओभरको सुरुवाती २ बलमा लगातार छक्का प्रहार गरे भने तेस्रो ओभरमा १ रन लिदै जित दसलाए। १३३ रनको लक्ष्य भैरहवाले ७ विकेट गुमाएर १९.३ ओभरमा…
कृष्ण अधिकारी काठमाडौं : बढ्दो जनसंख्या, औद्योगीकरण र जैविक इन्धन स्रोतको प्रयोगका कारण कार्बन उत्सर्जनमा वृद्धिले शताब्दीको अन्त्यसम्ममा विश्व ठूलो वातावरणीय जोखीमको अवस्थामा धकेलिने खतरा बढ्दै गएको छ। कार्बन उत्सर्जन तथा अन्य हरित ग्यास उत्सर्जनलाई घटाउन नसके पृथ्वीको वाष्फीकरण बढ्न गई जलवायु परिवर्तनको समस्या जटिल बनी अनेक चुनौती थपिनेछ। हरित गृह ग्यास उत्सर्जनमा झण्डै १७ प्रतिशत हिस्सा ओगट्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड…
काठमाडौं : कृषिमन्त्री रामकृष्ण यादवले बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका १७ टन भन्दा बढी माछा मरेकोप्रति दुःख व्यक्त गर्दै उचित क्षतिपूर्तिको लागि आफूले पहल गर्ने आश्वासन दिएका छन्। रिपोर्टर्स क्लबमा फर्मका सञ्चालक युवराज पाण्डेलाई क्षतिपूर्ति उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन्। बजार अभावका कारण माछा मरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएका छन्। मन्त्री यादवले माछाको उचित बजार व्यवस्थाको लागि आफूले पहल…
चितवन : चितवनका ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी १२ अर्ब भित्रिने गरेको छ। नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। एशोसिएसनका महासचिव प्रह्लाद दाहालले नेपालमा दैनिक ४८ लाख लिटर दूध उत्पादन हुने गरेको जानकारी दिए। सरदर ५२ प्रतिलिटर किसानले पाउने भन्दै उनले वार्षिक ९१ अर्ब हाराहारीको दूध किसानले बिक्री गर्नेमा…
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम…
बैतडी : बैतडी र दार्चुलामा आज अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताका अनुसार बिहीबार दिउँसो १ बजेर ३० मिनेटमा बैतडी र दार्चुलाको सीमा क्षेत्र गोकुलेश्वरवाट ३० किलोमिटर उत्तर केन्द्रविन्दु भएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का महसुस गरिए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ।रासस
भक्तपुर : राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगको अत्याधुनिक उपचार विधि ‘छोटो अवधि उपचार विधि’ (एसटिआर) सुरु गरेको छ। यसअघि बहुऔषधि प्रतिरोधी उपचार विधि अपनाउँदै आएको केन्द्रले सन् २०१८ देखि एसटिआर उपचार विधि अपनाउने क्रममा आजदेखि एसटिआर सुरु गरेको हो। एसटिआर उपचार विधिमा क्षयरोगीलाई दुई चरणमा विभाजन गरी नौ महिनासम्म उपचार गरिने केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले जानकारी दिए। पहिलो चरण चार महिना…
काठमाडौं : नेपाल नम्वर वान खेलाडी शिव राम श्रेष्ठलाई पछि पार्दै एमेच्योर गल्फर टंक बहादुर कार्कीले सूर्य नेपाल इस्टर्न गल्फ ओपनको दोस्रो दिन अग्रता लिएका छन्। दोस्रो दिन ३ अन्डर ६६ स्कोर गर्दै टंकले शिवराम र अर्का एमेच्योर खेलाडी शुक्र बहादुर राईमाथि माथि २ स्ट्रोकको अग्रता बनाएका छन्। पार-७० निर्भाना गल्फ क्लबमा पहिलो दिन ४ अन्डर ६७ स्कोर गरेका टंकले…
काठमाडौं : भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग इपीएलको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर प्याट्रिओट्सलाई ३ विकेटले पराजित गर्दै फाइनल पुगेको हो। भैरहवालाई जितका लागि अन्तिम ओभरमा १३ रनको आवश्यक थियो र रोहित पौडेलले २ छक्कासहित १३ रन प्रहार गर्दै ३ बल अगावै जित दिलाए। भैरहवाले अब फाइनलमा विराटनगर वारियर्ससँग शनिबार खेल्नेछ। विराटनगर यसअघि पहिलो क्वालिफायरमा भैरहवालाई…
काठमाडौं : राखेप च्याम्पियनसिप-२०७४ अन्तर्गत भइरहेकव १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला तथा पुरुस एकलको सेमिफाइनल समिकरण पूरा भएको छ। पश्चिमाञ्चलकी कृष्णा थापा र मध्यमाञ्चलकी भावना सुनुवार सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। मध्यमाञ्चलकाद्वय विपना ब्लोन र स्वस्थानी श्रेष्ठले बनाए। क्वाटरफाइनलमा कृष्णाले मध्यमाञ्चलकी सपना ब्लोनलाई ११–४, ११–५, ११–०, भावनाले पूर्वाञ्चलकी मुस्कान राउतलाई ११–१, ११–२, ११–३, विपनाले मध्यमाञ्चलकी श्रीमाया लामालाई ११–३, ११–२…
काठमाडौं : नेपाल आर्मी क्लब र पूर्वाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत तेश्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगिताको पुरुषतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्। आर्मी र पूर्वाञ्चल समूह ‘ए’ को क्रमशः विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन्। समूह ‘ए’ को लिगमा आर्मी र पूर्वाञ्चलले समान १ जित र १ हार व्यहोरे पनि अंकका आधारमा आर्मी विजेता बनेको हो। पश्चिमाञ्चललाई २–० ले पराजित गरेको आर्मी…
काठमाडौँ : नेकपा एमालेले प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले सात वटै प्रदेशमा गरी ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। एमालले प्रदेश नं. १ मा १५, प्रदेश नं २ मा ७, प्रदेश नं ३ मा १६, प्रदेश…
पोखरा: राखेप च्याम्पियनसिपअन्तर्गत २१औं महिला तथा ३१औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ। बिहीबार सम्पन्न समूह चरणका खेलपछि २१औं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफले पश्चिमाञ्चल तथा मध्यामञ्चलले पुलिससँग सेमिफाइनलमा भेट पक्का गरेका छन्। त्यस्तै ३१औं राष्ट्रिय पुरुष भलिबलतर्फको सेमिफाइनलमा आर्मी र पुलिसबीच विभागीय भिडन्त हुनेछ एपीएफले पश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्नेछन्। पोखरा रंगशालमा बिहीवार भएको महिलातर्फको लिग खेलमा मध्यामञ्चलले…
शुक्रबार रिलिज फिल्म 'टाइगर जिन्दा हे'ले सन् २०१७ मा बलिउडमा हुन नसकेको धमाका मच्चायो। फिल्म रिलिज भएको तीन दिनमा नै सय करोडमाथिको ग्रस कलेक्सन गरेको हो। फिल्मले तेस्रो दिन आइतबार मात्रै ४५ करोडभन्दा बढी कमाइ गर्यो। जसलाई बलिउड समीक्षकले तेस्रो दिन भएको सर्वाधिक कमाइ भनेका छन्। समीक्षकहरुले फिल्मलाई क्रिसमस बिदाले व्यवसायिक साथ दिएको जनाएका छन्। सलमान खानको १०० करोड क्लबमा…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमनले मुलुकको हित र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि एमाले–माओवादी केन्द्रबीचको वाम गठबन्धन तत्काल टुट्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा नेता सुमनले आफूहरुको चाहना अहिलेलाई कम्तिमा वाम गठबन्धन टुटोस् भन्ने रहेको बताए। यद्धपी उनले लोकतन्त्रमा जनमतको सम्मान गर्नुपर्ने भएकाले अहिलेको जनमतलाई आफूहरुले पूर्ण रुपमा सम्मानगर्नेसमेत बताए। मुलुकमा कम्युनिष्ट शासनआयो भने न्यायलय, प्रेस स्वतन्त्रता, कलकारखाना सबैमा…