PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

  • स्वर्ण विजेता सम्मानित

    स्वर्ण विजेता सम्मानित

    काठमाडौं : नेपाल राष्ट्रिय मुवाँथाई संघले प्रथम विश्व कुन खेमर च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ। कम्बोडियाको नोम्फेनमा डिसेम्बर ८ देखि १० तारिखसम्म भएको प्रतियोगितामा स्वर्ण जितेका दुई खेलाडीलाई सम्मान गरिएको हो। पुरुषको ५५ केजी तौलसमूहमा राहुल थोकर लामा तथा महिलाको प्रोफेसनल ६७ केजीमा अनिशा खड्काले नेपाललाई स्वर्ण दिलाएका थिए। दुवैले कम्बोडियाका खेलाडीलाई पराजित गर्दै…

    विस्तृतमा पढ्नुस्

  • इपीएलको दोस्रो क्वालिफायरमा भिड्दै भैरहवा र ललितपुर, विजेताले फाइनलमा विराटनगरसँग खेल्ने

    इपीएलको दोस्रो क्वालिफायरमा भिड्दै भैरहवा र ललितपुर, विजेताले फाइनलमा विराटनगरसँग खेल्ने

    काठमाडौं : एरेभष्ट प्रिमियर लिग (इपीएल) को फाइनल प्रवेशका लागि आज दोस्रो क्वालिफायर खेल हुँदैछ। जसमा भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिओट्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ। भैरहवा पहिलो क्वालिफायरमा विराटनगर वारियर्ससँग ८ विकेटले पराजित भएको थियो। ललितपुरले भने पोखरा राइनोजललाई एलिमिनेटरमा २७ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाएको हो। लिग चरणमा भैरहवाले…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : स्टर्लिङको निर्णायक गोलमा म्यानचेष्टर सिटीको लगातार १८औँ जित

    प्रिमियर लिग : स्टर्लिङको निर्णायक गोलमा म्यानचेष्टर सिटीको लगातार १८औँ जित

    लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राख्दै लगातार १८औँ जित हात पारेको छ। गएराती भएको लिगको एक मात्र खेलमा सटीले न्यूकासल युनाइटेडलाई १-० ले हरायो। सिटीको जितमा रहिम स्टर्लिङले एक मात्र गोल गरे। स्टर्लिङले ३१औँ मिनेटमा केभिन डे ब्रुएनाको पासमा गरेको गोल नै सिटीलाई ३ अंक दिलाउन निर्णायक बनेको हो। जितपछि २० खेलबाट ५८ अंक जोडेको सिटीले दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • अहिले साहित्य कम र हल्ला बढी लेखिन थालेको छः अनुपम रोशी

    अहिले साहित्य कम र हल्ला बढी लेखिन थालेको छः अनुपम रोशी

    साहित्यकार अनुपम रोशीका उपन्यासहरु कुमारी आमा, नाङगो मान्छे र कालो छायाँ प्रकाशित छन्। सामाजिक यथार्थवाद र महिला केन्द्रित मुद्दा उनले उठान गर्ने विषय हुन्। २०७४ का लागि उनले युवा वर्ष मोती पुरस्कार समेत पाइन्। उनका छोटा कथा र कविताहरु पनि पाठकले रुचाएका छन्। यसैबीच यसै महिनामा उनी आफ्नो पहिलो कथा संग्रह 'मध्यान्तर' सार्वजनिक गर्दैछिन्। बिएन पुस्तक संसारले उनको कथा संग्रह…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघका दुई समूहले गरे क्याम्पसमा तालाबन्दी

    नेविसंघका दुई समूहले गरे क्याम्पसमा तालाबन्दी

    कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन्। नेपाल विद्यार्थी संघका दुई समूहले छुट्टाछुट्टै माग अघि सार्दै तालाबन्दी गरेका हुन्। संस्थापन पक्षले क्याम्पस प्रमुखको नियुक्ति र देउवा समूहले शुल्क वृद्धि घटाउने, प्रयोगशाला, लाइब्रेरी, खेलकुद सामग्री, पर्खाल निर्माणको माग अघि सारेर तालाबन्दी गरेका छन्। क्याम्पस प्रमुख र प्रशासन कार्यकक्षमा तालाबन्दी गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • लेखनाथ साहित्य पुरस्कार डा. जगमान गुरुङलाई

    लेखनाथ साहित्य पुरस्कार डा. जगमान गुरुङलाई

    पोखरा: लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कार—२०७४ संस्कृतिकर्मी एवं साहित्यकार डा. जगमान गुरुङलाई प्रदान गरिने भएको छ। कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारद्वारा स्थापित पुरस्कारको राशि रु ५० हजार, ताम्रपत्र र दोसल्ला रहेको छ। नेपाली संस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत डा. गुरुङलाई सो पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • दक्षिणी सुडानमा भएको जातीय दंगामा २० जनाको मृत्यु

    दक्षिणी सुडानमा भएको जातीय दंगामा २० जनाको मृत्यु

    जाबा: दक्षिण सुडानको जोङले राज्यमा एक आपसमा विरोधी दुई समुदायका बीचमा भएको झडपमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। घटनामा परी अन्य १८ जना घाइते भएको स्थानीय सरकारका अधिकारीहरूले जानकारी दिएका छन्। जोङले राज्यका सूचनामन्त्री जाकोब अकेच डेङले एउटा ठाउँको नाम परिवर्तन गर्ने विषयलाई लिएर भएको झडपमा उनीहरूको मृत्यु भएको बताए। पानविल भन्ने ठाँउको नाम एउटा समुदायले त्यही राख्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • श्रीमान् श्रीमती विवादले आगो लगाउँदा घर जल्यो

    श्रीमान् श्रीमती विवादले आगो लगाउँदा घर जल्यो

    ताप्लेजुङ :  ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा बुधबार राति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ।  राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर नष्ट भएको हो। स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा दुई लाखभन्दा बढीको क्षति भएको बताइएको छ।  राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कलाकारलाई भारतमा २० दिने तालिम

    नेपाली कलाकारलाई भारतमा २० दिने तालिम

    काठमाडौं: नेपालका २५ कलाकार भारतमा अभिनय तालिमका लागि जाने भएका छन्। नेपाल चलचित्र बिकास बोर्डले भारतीय दुतावाससँगको सहकार्यमा पुनेमा हुने तालिममा पठाउन लागेको हो। निकिता पौडेलको अध्यक्षता रहेको बोर्डले बुधबार अभिनेता तथा अभिनेत्री पठाउने बारे जानकारी सार्वजनिक गरेको हो। 'स्क्रिन अभिनय फाउन्डेसन कोर्स' कार्यक्रमलाई पुनेको भारतीय फिल्म तथा टेलिभिजन संस्थामा आयोजना गर्न लागिएको हो। तालिमका लागि इच्छुक कलाकारले पुस १४…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै श्रीमानका औंला काटेर खाइन् दाङकी रिसमी महतराले

    आफ्नै श्रीमानका औंला काटेर खाइन् दाङकी रिसमी महतराले

    काठमाडौं :  दाङमा एक महिलाले आफ्नै श्रीमानको चारवटा औंला काटेकी छन्। बुधबार राति तुलसीपुर उपमहानगरपालिका वडा १ भम्केछोटेकी ६४ वर्षीया रिसमी महतराले श्रीमान चन्द्रबहादुर महतराको दाहिने हातका ४ वटा औंला काटी पोलेर खाएको प्रहरीले जनाएको छ। प्रहरीले महतरालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ। घाइते चन्द्रबहादुरलाई भने  अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ।  

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसम्पादन समिति बैठक

    कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसम्पादन समिति बैठक

    काठमाडौं :  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेका छन्। बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइरालालगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • हिसिला महर्जन बनिन् 'लिरिल फ्रेस फेस २०१७'

    हिसिला महर्जन बनिन् 'लिरिल फ्रेस फेस २०१७'

    काठमाडौं: लिरिल फ्रेस फेसको चौथो संस्करण हिसिला महर्जनले जितेकी छिन्। बुधबार भएको फिनालेमा उत्कृष्ट तीनमा रहेका अन्य दुई प्रतिस्पर्धी श्रद्धा मैनाली र पूजा प्रधानलाई पछि पार्दै उनी विजेता घोषित भएकी हुन्। महर्जनल स्कुटी र एक लाख नगद रकमसहित पुरस्कृत भइन्। ७ हप्ता लामो चलेको प्रतियोगितामा ७०० भन्दा बढी युवतीले सहभागिता जनाएका थिए। कार्यक्रममा फेसन फोटोग्राफर किशोर कायस्थ, मोडल तथा कोरियोग्राफर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति–प्रचण्ड भेटः अध्यादेश र नयाँ सरकार गठनबारे छलफल

    राष्ट्रपति–प्रचण्ड भेटः अध्यादेश र नयाँ सरकार गठनबारे छलफल

    काठमाडौ :  राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज विहान भेटवार्ता भएको छ।  राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुबीच करिव डेढ घण्टा छलफल भएको थियो।  भेटमा राष्ट्रियसभा अध्यादेश र राजनीतिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।  राष्ट्रपति भण्डारीले अध्यादेशको बिषयमा ठूला राजनीतिक दलहरुबीच  सहमति गर्न प्रचण्डलाई सुझाव दिएकी छन्।  त्यस्तै, सरकार निर्माणपछि…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाली राष्ट्रपतिले भने–सम्झौताबाट यौनदाशी मुद्दा समाधान हुँदैन

    दक्षिण कोरियाली राष्ट्रपतिले भने–सम्झौताबाट यौनदाशी मुद्दा समाधान हुँदैन

    सोल :  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशी राखेको विषयमा सन् २०१५ मा भएको सम्झौताबाट समस्याको समाधान नहुने बताएका छन्।  जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाका महिलालाई यौनदाशी राखेको विषयमा यी दुई देशबीच लामो समयदेखि विवाद हुँदै आएको छ।  जसका कारण यी दुई देशबीच सन् २०१५ मा एक सम्झौता भएको थियो । त्यस सम्झौतामा अन्य…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद बैठकः रानीपोखरी पुरातत्वको मापदण्डअनुसार निर्माण गर्न निर्देशन, स्वास्थ्य सचिवमा चौधरी नियुक्त

    मन्त्रिपरिषद बैठकः रानीपोखरी पुरातत्वको मापदण्डअनुसार निर्माण गर्न निर्देशन, स्वास्थ्य सचिवमा चौधरी नियुक्त

    काठमाडौं :  सरकारले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ। आज बसेकोे मन्त्रिपरिषद्को बैठकले डा चौधरीलाई सचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए। यसअघि स्वास्थ्य सचिव रहेका डा किरण रेग्मीले मंसिर १८ मै अनिवार्य अवकाश पाएपछि चौधरीले निमित्त सचिवको जिम्मेवारी सम्हालेकी थिइन्।  त्यसैगरी बैठकले रानीपोखरी पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुसार निर्माण गर्न काठमाडौं महानगरपालिकालाई…

    विस्तृतमा पढ्नुस्

  • पार्टी अब नयाँ जनवादी क्रान्तिको तयारीमा : मोहन वैद्य

    बुटवल :  नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकीकरण र ध्रुवीकरण हुनुपर्ने बताएका छन्।  बुटवलमा आज आयोजित कार्यक्रममा वैद्यले सच्चा क्रान्तिकारीलाई गोलबन्द गर्न पार्टीले अगुवाई गर्ने बताए।वैद्यले पार्टी एकीकरणका लागि विप्लव, ऋषि कट्टेल र मसालसँग छलफल चलिरहेको जानकारी दिए। मुलुकमा प्रतिक्रान्तिको अध्याय सुरु भएको भन्दै वैद्यले नयाँ जनवादी क्रान्तिको तयारीमा पार्टी जुटेको बताए। उनले वाम र लोकतान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • अशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णय

    अशक्त बिरामीलाई मासिक पाँच हजार भत्ता दिने सरकारको निर्णय

    काठमाडौँ : सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ ।  सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुवै मिर्गौलाको काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।  बैठकले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको प्रथम चरणको असल अभ्यासलाई संस्थागतरुपमा…

    विस्तृतमा पढ्नुस्

  • एमाले स्थायी कमिटीको बैठक : पार्टी एकता, सरकार गठनलगायत विषयमा छलफल

    एमाले स्थायी कमिटीको बैठक : पार्टी एकता, सरकार गठनलगायत विषयमा छलफल

    काठमाडौं :  नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ। भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बसेको हो। निर्वाचनपछिको समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बसेको एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।  बैठकले प्रदेश सभातर्फको समानुपातिक सदस्यहरुको नामावली टुङ्ग्याउने बताइएको छ। त्यसैगरी बैठकमा सरकार गठन, राष्ट्रियसभा गठन अध्यादेशबारे पनि छलफल गरिने छ।  सचिव श्रेष्ठका अनुसार बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • माघ पहिलो साता नयाँ सरकारः सचिव ज्ञवाली 

    माघ पहिलो साता नयाँ सरकारः सचिव ज्ञवाली 

    भक्तपुर : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार गठन हुने बताएका छन्।   रफत सञ्चार क्लबमा सचिव ज्ञवालीले माघ पहिलो साताभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने बताएका हुन्।  ज्ञवालीले एमाले र माओवादीबीच  बृहत छलफल र बहस भइरहेका कारण सरकार गठन लगत्तै पार्टी एकीकरण हुने उनले बताए। पार्टी एकीकरणमा कुनै शंका नगर्न…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : ललितपुरलाई हराउँदै भैरहवा फाइनलमा, विराटनगरसँग उपाधि भिडन्त

    इपीएल : ललितपुरलाई हराउँदै भैरहवा फाइनलमा, विराटनगरसँग उपाधि भिडन्त

    काठमाडौं : भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग इपीएलको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर प्याट्रिओट्सलाई ३ विकेटले पराजित गर्दै फाइनल पुगेको हो। भैरहवालाई जितका लागि अन्तिम ओभरमा १३ रनको आवश्यक थियो र रोहित पौडेलले २ छक्कासहित १३ रन प्रहार गर्दै ३ बल अगावै जित दिलाए। भैरहवाले अब फाइनलमा विराटनगर वारियर्ससँग शनिबार खेल्नेछ। विराटनगर यसअघि पहिलो क्वालिफायरमा भैरहवालाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell