PahiloPost

Sep 2, 2025 | १७ भदौ २०८२

  • राष्ट्रियसभामा एकल संक्रमणीय कि बहुमतीय? आज सर्वोच्चमा हुँदैछ सुनुवाइ

    राष्ट्रियसभामा एकल संक्रमणीय कि बहुमतीय? आज सर्वोच्चमा हुँदैछ सुनुवाइ

    काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश तत्काल जारी गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको आज सुनुवाइ हुँदैछ। रिट निवेदन न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेशी तोकिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश तत्काल जारी गर्न, राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाको समानुपातिक सिट बाँडफाँट नगर्न समेतका माग गर्दै अधिवक्त यज्ञमणि न्यौपानलेले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।  रिटमा प्रदेश प्रमुख तत्काल नियुक्त…

    विस्तृतमा पढ्नुस्

  • बालोन डे ओर अवार्ड जित्ने युरोप बाहिरका पहिलो खेलाडी जर्जे वेह बने लाइबेरियाको नयाँ राष्ट्रपति

    बालोन डे ओर अवार्ड जित्ने युरोप बाहिरका पहिलो खेलाडी जर्जे वेह बने लाइबेरियाको नयाँ राष्ट्रपति

    इंगलिस क्लब चेल्सी, र म्यानचेष्टर सिटी तथा इटालियन क्लब एसी मिलानका पूर्व स्ट्राइकर जर्ज वेह अफ्रिकन राष्ट्र लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। ५१ वर्षिय वेहले सन् १९९५ मा बालोन डेओर अवार्ड जितेका थिए र उनी यस्तो उपलब्धी हात पार्ने युरोप बाहिरकै पहिलो खेलाडी बने। फुटबल करियरलाई २००३ मा विश्राम दिदै राजनीतिमा प्रवेश गरेका वेह त्यसपछि लाइबेरियाको संसद सदस्य बने। लाइबेरियाको…

    विस्तृतमा पढ्नुस्

  • युद्धको नेतृत्व गर्नेलाई शान्तिको महत्व सबैभन्दा बढी थाहा हुन्छ : प्रचण्ड

    युद्धको नेतृत्व गर्नेलाई शान्तिको महत्व सबैभन्दा बढी थाहा हुन्छ : प्रचण्ड

    ललितपुर :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमुख एजेण्डा भएको बताएका छन्।  शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचन अघि जनतामाझ गरेका प्रतिवद्धता पूरा गर्ने बताए। उनले भने,‘हामीले जनताका बीचमा स्थिरताको प्रतिवद्दता व्यक्त गरेका छौं, विकासको प्रतिवद्धता गरेका छौं। त्यसलाई मैले शान्ति, सुशासन र समृद्धिका रुपमा परिभाषित गर्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: पर्दामा दुई नयाँ नेपाली फिल्म

    फ्राइडे रिलिज: पर्दामा दुई नयाँ नेपाली फिल्म

    काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म रिलिज भए। फिल्म 'ह्याप्पी न्यू इयर' र 'मन त परदेशी' प्रदर्शनमा आएको हो। देवकुमार श्रेष्ठ लिखित तथा निर्देशित फिल्मले न्यू इयरको दिन घट्ने एक घटनाले सिर्जना गर्ने अवस्थाहरु प्रस्तुत गर्छ। जसमा त्रिकोणात्मक प्रेम कथा केन्द्रमा रहेको छ। अस्ट्रेलियामा खिचिएको फिल्ममा कुशल थापा, सन्ध्या केसी, पुकार गौतमको मुख्य अभिनय रहेको छ। रती थापाले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण

    राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण

    काठमाडौँ: लामो विवादपछि अन्तत्: राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँगको भेटपछि राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेकी हुन्।  राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए।    राष्ट्रपतिको भनाई उद्रृत गर्दै अधिकारीले भने ‘राजनीतिक दलबीचको विवाद मिलाउन प्रयास गर्दा पनि दलीय सहमति नभएपछि संवैधानिक दायराभित्र रहेर विधेयक प्रमाणीकरण गरेकी…

    विस्तृतमा पढ्नुस्

  • पश्चिम रुकुममा पखालाको प्रकोप

    रुकुम :  रुकुम पश्चिममा पखालाको प्रकोप देखिएको छ। जिल्लाका विभिन्न ठाउँमा दैनिक बिरामी बढिरहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। बिहीबारसम्म जिल्ला अस्पताल सल्लेमा मात्र २५ जना पखालाका बिरामीले नियमित उपचार गराइरहेका छन्।  जिल्लामा अहिले दुई वर्षमुनिका बालबालिकामा पखालाको संक्रमण बढेको जिल्ला अस्पतालका डा यज्ञप्रसाद विसीले जानकारी दिए। पखालाका कारण अहिलेसम्म कसैको मृत्यु भने भएको छैन। अहिले देखापरेको पखाला नसर्ने भएको विसीले बताए। …

    विस्तृतमा पढ्नुस्

  • २५ वर्षपछि नेपथ्यको पहिलो गीत ‘आँगनै भरि’को भिडियो रिलिज

    २५ वर्षपछि नेपथ्यको पहिलो गीत ‘आँगनै भरि’को भिडियो रिलिज

    काठमाडौं: लोक पप ब्यान्ड नेपथ्यले आफ्नो पहिलो गीतको भिडियो सार्वजनिक गरेको छ। स्थापनाको २५ औं वर्ष मनाउँदै ‘आँगनैभरि हिउँ नै झरे, आरुफूल है टिपि राखे है’ बोलको गीतको भिडियो रिलिज भएको हो। ‘आँगनैभरि हिउँ नै झरे' नेपथ्यको पहिले रेकर्ड भएको गीत हो। उक्त एल्बम सन् १९९३ को अप्रिल एक तारिखमा रिलिज भएको थियो। त्यसैले १ अप्रिललाई नेपथ्यको स्थापना दिवस पनि…

    विस्तृतमा पढ्नुस्

  • युरोपबाट फर्किदै 'लिलिबिली' युनिट, नेपाल छायांकन बाँकी

    युरोपबाट फर्किदै 'लिलिबिली' युनिट, नेपाल छायांकन बाँकी

    काठमाडौं: फिल्म 'लिलिबिली'को युरोप छायांकन सकिएको छ। लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर फिल्मको युरोप इन्डक्ल्याप भएको हो। स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्कीमो फिचरिङ रहेको गीतको छायांकन भयो। निर्देशक मिलन चाम्सका अनुसार अब केहि प्रतिशत छायांकन भने नेपालमै हुनेछ। भने,'अब नेपाल आएर बाँकी काम निर्धारित समयमै सकाउने छौं।'  युरोपियन देशमा छायाँकन सकिन झन्डै ५० दिन लाग्यो। मिलन चाम्स निर्देशित…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी, प्रदेशसभा समानुपातिक सदस्य टुङ्ग्याइदै

    कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी, प्रदेशसभा समानुपातिक सदस्य टुङ्ग्याइदै

    काठमाडौं :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे सुरु भएको बैठकमा प्रदेशसभा समानुपातिक सूची, सरकारले राष्ट्रपति कार्यालयमा पेश गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेशबारे छलफल सुरु भएको थियो। छलफल चल्दै गर्दा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रियसभा विधेयकबारे छलफल गर्न राष्ट्रपति निवास जानुपरेकाले बैठक केहीबेर रोकिएको थियो।  भेटलगत्तै राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले…

    विस्तृतमा पढ्नुस्

  • स्कुटर चोरी गर्दै गर्दा जडीबुटीबाट एक जना पक्राउ

    स्कुटर चोरी गर्दै गर्दा जडीबुटीबाट एक जना पक्राउ

    काठमाडौं : पार्किङ गरी राखेको स्कुटर चोरी गर्दै गरेको बेला प्रहरीले जडीबुटीबाट एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ओखलढुंगा रगानीका ३० वर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।  महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट मोवाइल गस्तीमा खटिएको प्रहरी टोलीले शेर्पालाई गएराति जडीबुटीस्थित स्माईला डान्सबार अगाडि पार्किङ गरी राखेको बा.५०प १७७ नम्वरको स्कुटर चोरी गर्दै गरेको बेला पक्राउ गरेको हो।   

    विस्तृतमा पढ्नुस्

  • सोल्टीको रिसोर्ट उद्घाटन गर्न पूर्वराजा नेपालगञ्जमा, हिमानी पनि पुगिन्

    सोल्टीको रिसोर्ट उद्घाटन गर्न पूर्वराजा नेपालगञ्जमा, हिमानी पनि पुगिन्

    काठमाडौं :  नेपालगञ्जमा निर्माण भएको सोल्टी होटलको शाखा उद्घाटन गर्न पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगञ्ज पुगेका छन्। सोल्टी होटलमा ज्ञानेन्द्रकोसमेत लगानी छ। होटलको सोल्टी शिवविक्रम होटल एण्ड रिसोर्ट नाम राखिएको छ। काठमाडौंमा सोल्टी होटल स्थापना भएको ५० वर्षपछि नेपालगञ्जमा पनि चार तारे होटल निर्माण गरिएको हो। ८१ बेडरुमको होटल डिसेम्बर २० देखि बुकिङ खुल्ला गरिएको थियो। अङग्रेजी नयाँ वर्षमा विशेष कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • लालबाबु पण्डितले भने-अपराध न्यूनिकरणको उपाय मसँग छ

    लालबाबु पण्डितले भने-अपराध न्यूनिकरणको उपाय मसँग छ

    भक्तपुर :  नेकपा एमालेका नेता लालबाबु पण्डितले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भइरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दावी गरेका छन् ।  रफत सञ्चार क्लबमा पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनिकरणको उपाय आफूसँग भएको बताए। उनले कार्यनीति र रणनीतिकासाथ अघि बढे अपराध न्यूनिकरण जुनसुकै मन्त्रीले गर्न सक्ने बताए। हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके…

    विस्तृतमा पढ्नुस्

  • शहरी विकास मन्त्री गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कमल थापाको पत्र

    शहरी विकास मन्त्री गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई कमल थापाको पत्र

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई पत्र पठाएका छन्।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा नै सचिव नियुक्तिको विषयलाई लिएर चर्काचर्की भएको थियो। राप्रपाका एक नेताले पहिलोपोस्टसँगको कुराकानीमा भने,‘ हामीले मन्त्री गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाइसकेका छौं।’  

    विस्तृतमा पढ्नुस्

  • भारतको मुम्बइमा आगलागीबाट १४ जनाको मृत्यु, १२ घाइते

    भारतको मुम्बइमा आगलागीबाट १४ जनाको मृत्यु, १२ घाइते

    मुम्बई :  भारतीय शहर मुम्बइको कमला मिल्समा आज बिहान भएको आगलागीबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। घाइतेहरुको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालमा उपचार भइरहेको छ। आगलागीको कारण पत्ता लागेको छैन। आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि प्रकटगर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिवारका सदस्यजप्रति समवेदना व्यक्त गरेका छन्। रासस/एएनआई   

    विस्तृतमा पढ्नुस्

  • किन बढ्दै छ एसियामा आप्रवासी समस्या ?

    किन बढ्दै छ एसियामा आप्रवासी समस्या ?

    किरण भट्टराई काठमाडौँ :  पछिल्ला वर्षहरुमा विकराल समस्याको रुपमा बढ्दै गएको अवैध आप्रवासी र शरणार्थी सङ्ख्या सन् २०१७ मा केही घटेको देखिएको छ, तर यो समस्याले सम्रग विश्वलाई तरङ्गित बनाउन भने छोडेको छैन ।  सम्बन्धित मुलुकको आवश्यकताअनुसार आप्रवासीलाई आफ्नो मुलुकमा प्रवेश दिनु सामान्य भएपनि बलजफ्ती र जोखिमपूर्ण रुपमा अन्य देशमा प्रवेश गर्नुपर्ने आप्रवासी र शरणार्थीको बाध्यता भने संसारकै साझा चिन्ताको विषय…

    विस्तृतमा पढ्नुस्

  • ’शत्रु गते’को गीत ’रुपै मोहनी’मा तीन पुस्ताको प्रेम

    ’शत्रु गते’को गीत ’रुपै मोहनी’मा तीन पुस्ताको प्रेम

    काठमाडौं: फिल्म ’शत्रु गते’को पहिलो गीत सार्वजनिक गरिएको छ। ’रुपै मोहनी’ बोलको गीत शुक्रबार भिडियोसहित युट्युब भएको हो। सार्वजनिक गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने संगीत टंक बुढाथोकीले दिएका छन्। गीतलाई टंकले मीना निरौलासँग संयुक्त रुपमा गाएका हुन्। कविराज गहतराजको निर्देशनमा रहेको गीतको भिडियोलाई दिर्घ गुरुङले खिचेका हुन्। हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका…

    विस्तृतमा पढ्नुस्

  • २ सय करोड क्लबमा छिर्दा सलमानको 'टाइगर जिन्दा है' का ७ रोचक तथ्य

    २ सय करोड क्लबमा छिर्दा सलमानको 'टाइगर जिन्दा है' का ७ रोचक तथ्य

    बलिउडका लागि सन् २०१७ मिश्रित खाले भयो। केही फिल्मले राम्रै सफलता हासिल गरे भने केही अपेक्षाकृत टिकेनन्। जे भए पनि सलमान खानको पछिल्लो एक्सन इन्टर्टेनर 'टाइगर जिन्दा है' ले भने बक्स अफिसमा आफ्नो जादु कायम राखेको छ। सलमान र कैटरिना कैफको यो फिल्मले अत्याधिक सफल फिल्मको सूचीमा आफूलाई स्थापित गरेको छ। फिल्मले दर्शक तान्नेक्रम रोकिएको छैन। फिल्मले २ सय करोड…

    विस्तृतमा पढ्नुस्

  • बढ्यो सिमेन्ट उद्योगमा वैदेशिक लगानी

    बढ्यो सिमेन्ट उद्योगमा वैदेशिक लगानी

    रमेश लम्साल  काठमाडौँ :  नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन सुरु गरेको छ। होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट उत्पादन सुरु गर्ने तयारी गरिरहेको बेला, चिनियाँ कम्पनी ह्वासिनले पनि वैदेशिक लगानी भित्र्याउन लागेको हो। यस्तै नाइजेरियाको सिमेन्ट डाङ्गोटेले पनि सिमेन्ट उद्योगमा लगानी भित्र्याउन लागेको छ।  होङ्सी शिवम्ले उद्योगमा ३६ अर्ब लगानी गरेको छ। नवलपरासीको सर्दीमा कारखाना स्थापना गरेर…

    विस्तृतमा पढ्नुस्

  • भोटोमा लुकाएर ल्याएको ३२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

    भोटोमा लुकाएर ल्याएको ३२ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

    काठमाडौ :  प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले रौतहटबाट काठमाडौं आइरहेको ना ७ ख २७७६ नम्बरकोको बसमा सवार भारतको सितामडीका सोनुकुमार चौधरीलाई ३२ लाख रुपैयाँसहित पक्राउ गरेको हो। चौधरीले शरीरमा कपडाको भोटो बनाएर रकम लुकाएर ल्याएका प्रभागका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए। चौधरीलाई महानगरीय वृत्त थानकोटमा राखी आवश्यक अनुसन्धान भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • क्षयरोगको बास्तविकता पत्तालगाउन  ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ गरिने

    क्षयरोगको बास्तविकता पत्तालगाउन  ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ गरिने

    भक्तपुर :  राष्ट्रिय क्षयरोग केन्द्रले नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ सुरु गर्ने भएको छ।   केन्द्रले आगामी जनवरीदेखि सुरु गर्न लागेको सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्थावारे जानकारी लिन सक्ने केन्द्रका निर्देशक निर्देशक डा केदार नरसिंह केसीले जानकारी दिए।  केसीले भने,‘देशभरका हिमाल, पहाड र तराईलाई समेटने गरी ५५ जिल्लाका ९९ वटा क्लष्टर छुट्याइ करिब ५७ हजार ६१०…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell