भीष्मराज ओझा/कालिका खड्का काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रियसभा निर्वाचनको बाटो खुलेको छ। अध्यादेश जारी भएसँगै प्रमुख दलहरुबीच पछिल्लो समयमा पेचिलो बन्दै गएको निर्वाचन प्रणालीसम्बन्धी विवादको राजनीतिक गाँठो फुकेको छ। यसअघि निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको पूर्ण मतपरिणाम सार्वजनिक गर्न अप्ठ्यारो पर्ने जनाएको थियो। सोही कारण संघीय व्यवस्थापिका र नयाँ सरकारको गठनमा ढिलाइ हुँदै…
बर्दिवास : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार भएकाले यस विरुद्ध सङ्गठित प्रयत्नको खाँचो रहेको बताएका छन्। महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित आयोगको प्रशासनिक भवनको आज शिलान्यास प्रमुख आयुक्त बस्न्यातले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको सहभागिता आवश्यक रहेको बताए। प्रमुख आयुक्त बस्न्यातले आयोगले आफ्नो तहबाट भ्रष्टाचारविरुद्ध अभियान चालेको भन्दै भ्रष्टाचार सबै क्षेत्रको साझा प्रयत्नले मात्र निर्मूल गर्न सकिने…
पासाङ ठकुल्ला - काठमाडौं : लामो समयदेखि विवादित विषय बन्दै गरेको राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धित अध्यादेश आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि धेरैले नयाँ सरकार गठनको गाँठो फुकेको अनुमान गरेका छन्। राष्ट्रपतिले राष्ट्रिय सभा गठन सम्बन्धित अध्यादेश जारी नगर्दा राष्ट्रिय सभा गठन हुन सकेको थिएन। त्यसको असर नयाँ सरकार गठनसम्मै जोडिएको छ। अध्यादेश जारी भए पनि सरकार निर्माण र…
झापा : झापाको पाडाजुँगी–गौरादह सडकखण्डमा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मे१त ४५०१ नम्बरको ट्याक्टरको ठक्करबाट मे८प ४०८७ नम्बरको मोटरसाइकल चालक गौरादहका २८ वर्षीय भानु थापाको मृत्यु भएको हो। ट्याक्टरको ठक्करबाट घाइते भएका थापाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।रासस
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको समानुपातिकतर्फ तीन सदस्यको नाम छनोट गरेको छ। राप्रपाले प्रदेश १ मा इन्दिरा राई, ३ मा रीता माझी र ६ मा सोशीला शाहीको नाम छनोट गरेको हो । प्रदेश १, ३ र ६ मा राप्रपाले एक/एक सिट पाएको छ ।
काठमाडौँ : नेकपा माओवादी केन्द्रले प्रदेशसभातर्फका समानुपातिक सदस्यको टुंगो लगाएको छ। ललितपुरको खुमलटार स्थिति पार्टी अध्यक्ष प्रचण्ड निवासमा बसेको केन्द्रीय कार्यासमितिको बिस्तारित बैठकले ७ वटै प्रदेशका सदस्य चयन गरेको हो। प्रदेशसभा सदस्यहरुको नामवली शुक्रबार नै कार्यालय सचिव प्रल्हाद बुढाथोकीले निर्वाचन आयोगमा बुझाएका छन्। माओवादी केन्द्रले प्रदेशसभा निर्वाचनमा प्राप्त मतका आधारमा ३५ जना सांसद् चयन गरेको हो। यी हुन् माओवादीको समानुपातिकतर्फका सदस्य…
काठमाडौं : १६औँ राष्ट्रिय महिला लिग फुटियोगिता पर्सी देखि हुने भएको छ। राखेप च्याम्पियनसिप अन्तर्गत महिला लिग पुस १६ देखि २७ गतेसम्म एन्फा कम्प्लेक्स सातदोंबाटोमा हुने अखल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। प्रतियोगितामा पाँच विकास क्षेत्रसहित तीन विभागीय टोली गरी कूल ८ टीमको सहभागिता हुनेछ। सहभागि टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ। जसअनुसार समूह ए मा नेपाल पुलिस, पूर्वाञ्चल, मध्यमाञ्चल…
गोरखा : जन्मजात अपाङ्गता भएका गोरखा शहीद लखन गाउँपालिका–७ कोटडाँडाका एकै घरका तीन जनालाई आज घरमै पुगेर नागरिकता दिइएको छ। वडा सचिव शरण श्रेष्ठको पहलमा धनबहादुर श्रेष्ठका दुई छोरी र एक छोरालाई घरमै पुगेर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत डिल्लीप्रसाद श्रेष्ठ, नायब सुब्बाद्वय मीनप्रसाद लामिछाने र हरिराम श्रेष्ठले नागरिकता प्रदान गरेका हुन्। विसं २०४५ मा जन्मिएकी लीला श्रेष्ठ, २०५९ सालमा जन्मिएकी…
बलिउडका लागि सन् २०१७ मिश्रित खाले भयो। केही फिल्मले राम्रै सफलता हासिल गरे भने केही अपेक्षाकृत टिकेनन्। जे भए पनि सलमान खानको पछिल्लो एक्सन इन्टर्टेनर 'टाइगर जिन्दा है' ले भने बक्स अफिसमा आफ्नो जादु कायम राखेको छ। सलमान र कैटरिना कैफको यो फिल्मले अत्याधिक सफल फिल्मको सूचीमा आफूलाई स्थापित गरेको छ। फिल्मले दर्शक तान्नेक्रम रोकिएको छैन। फिल्मले २ सय करोड…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाट जारी भएको अध्यादेशप्रति असन्तुष्टि जनाएका छन्। नेपाल पर्वतारोहण संघको २७ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले दवावमा राष्ट्रपतिले अध्यादेश जारी गरेको बताए। ओलीले भने,‘अध्यादेश आएकोमा हाम्रो असहमति छ, यो अनुचित ढंगले चौतर्फी दवावबाट आएको अध्यादेश आफैं असंवैधानिक छ, राष्ट्रपतिको कदम भने असंवैधानिक होइन।’ निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएर आगामी सरकारको…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवलगायत आयोगका आयुक्तहरुसँग भेटी राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गरेका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवासमक्ष आयुक्तहरुले राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश प्रमुखको नियुक्ति चाँडोभन्दा चाँडो गर्नुपर्ने सुझाव दिएका थिए। शुक्रबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै अड्केको राष्ट्रियसभाको निर्वाचनको बाटो खुलेको थियो। भेटमा प्रधानमन्त्री देउवासमक्ष प्रदेश सभाको परिणाम…
काठमाडौं : नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार विरुद्ध सर्वोच्च अदालतमा हालेको उजुरीमा सर्वोच्व अदालत गनिएका मतपत्र मगाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी चौधरीले पुनः मतगणना हुनुपर्ने माग गर्दै गत बुधवार अदालतमा निवेदन हालेकी थिइन्। सर्वोच्चको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा चौधरीले गच्छादारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र…
काठमाडौं : नेपाल आर्मी क्लब र मध्यमाञ्चलले राखेप च्याम्पियनसिपअन्तर्गत तेश्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन्। रेगु स्पर्धाको पुरुषमा आर्मी र महिलामा मध्यमाञ्चल पहिलो भएका हुन्। टुडिखेलमा भएको पुरुष फाइनलमा आर्मीले पूर्वाञ्चललाई २१–१३, २१–१७ को सोझो सेटमा पराजित गर्यो। अनिल जर्घा मगरको कप्तानीमा रहेको आर्मीबाट शैलेश दाहाल, सूर्य चौधरी, मुकुन्द गौतम र दिपेश थापाले प्रतिस्पर्धा गरेका थिए। पूर्वाञ्चलको टोलीमा…
धरान : नेपाल नम्वर वान गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि जितेका छन्र पार-७० निर्भाना गल्फ क्लबमा शुक्रबार भएको प्रतियोगिताको तेस्रो दिन २ अन्डर ६८ स्कोर गरेका शिवरामले कूल ७ अन्डर २०३ स्कोर गर्दै च्याम्पियन बनेका हुन्। उनले अमेच्योरद्वय शुक्र बहादुर राई र टंक बहादुर कार्की लाई एक स्ट्रोको अग्रता कायम गर्दै उपाधि जितेका हुन्। च्याम्पियन बनेका शिवरामले…
काठमाडौं : पश्चिमाञ्चलका अमृत थापा मगर र मध्यमाञ्चलका अरहान्तकेशर सिम्ह राखेप च्याम्पियनसिप–२०७४ अन्तर्गत १०औं राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्। पुरुष-महिला दुवैको फाइनल पश्चिमाञ्चल र मध्यमाञ्चलबीच हुनेछ। सेमिफाइनलमा अमृतले मध्यमाञ्चलका राजेन्द्र शाकयलाई ११–६, ११–८, ११–६ तथा अरहान्तले मध्यमाञ्चलका छिरी लामालाई ११–६, ११–३, ११–६ को सोझो सेटमा पराजित गरे। महिला सिंगल्समा पश्चिमाञ्चलकी कृष्णा थापा र मध्यमाञ्चलकी भावना…
काठमाडौ : तस्करले नयाँ नयाँ शैली अपनाउन थालेपछि प्रहरीलाई पछ्याउनै हम्मे पर्न थालेको छ। एक भारतीय त्यस्तै नयाँ शैलीको तस्करीकै क्रममा समातिए। उनले ३२ लाख रुपैयाँको भोटो लगाएर प्रहरीलाई झुक्याउँदै थिए। प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित एक भारतीयलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले रौतहटबाट काठमाडौं आइरहेको ना ७ ख २७७६ नम्बरकोको बसमा सवार भारतको सितामडीका सोनुकुमार…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश सभा तर्फको समानुपातिक तर्फको १० जना समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाएको छ। आजै निर्वाचन आयोगमा पठाइने नामावली यसप्रकारको छ: १. बविता चौधरी २. निलम देवी भुमिहारिन ३ अन्जु कुमारी ४ पुनम यादव ५ विभा ठाकुर ६ डिम्पल झा ७ राम नरेश राय ८ जानकी शरण साह ९. राम प्रवेश बैठा १० लैला खातुन
काठमाडौं : नेपाली कांग्रेसले प्रदेशसभा सदस्य समानुपातिक सूची साँझ ६:३० बजेसम्म पनि बुझाउन भ्याएको छैन। निर्वाचन आयोगमा समानुपातिक सूची केही बेरमै बुझाउने कांग्रेस केन्द्रीय कार्यालयका सूचना अधिकारी केशव रिजालले जानकारी दिए। शुक्रबार समानुपातिकतर्फ प्रदेशसभा सदस्यको नाम बुझाउने अन्तिम दिन हो। समानुपातिक सदस्य छान्न बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो। बैठक ढिला सम्पन्न भएकाले सूची बुझाउन…
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुका लागि ६ महिना कुलिङ पिरियड तोकेको छ। राष्ट्र बैंकले शुक्रबार निर्देशन जारी गर्दै प्रमुख कार्यकारी अधिकृतहरु जुनसुकै कारणले आफ्नो सेवाबाट निबृत्त भएपछि कम्तिमा ६ महिना अवधि बाहिर रहेर मात्र फेरि बैंकमा फर्किन पाउने भएका हुन्। राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो…
काठमाडौं : नेपाल रोल बल संघको आयोजनामा तेश्रो दक्षिण एसियाली रोल बल च्याम्पियनसिप शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ। पहिलो दिन नेपाल दुवै खेलमा पराजित भयो। पुरुषमा भारतले नेपाललाई ६–४ ले पराजित गर्यो। भारतका हिमान्शु लाम्बा र आकाश सिंहले २–२ तथा आकाश गणेश वारे र जय सेडाकरले १–१ गोल गरे। नेपालबाट आशय विसीले २ तथा मनोज वज्राचार्य…