कल्पना पौडेल काठमाडौँ : सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानुनीरुपमा सेवाशुल्क लिँदै आएका छन् । निजीस्तरमा सञ्चालित नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका नाम बिरामीसँग विभिन्न शीर्षकमा गैरकानुनी १३ प्रतिशतभन्दा बढी शुल्क लिने गरेको पाइएको हो। दुई महिनायता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका…
बनेपा : काठमाडौँ विश्वविद्यालय कम्प्युटर साइन्स तथा इन्जिनीयरिङ डिपार्टमेण्टल क्लवको आयोजनामा २ दिने आइटी मिट हुने भएको छ। यही पुष २१ र २२ गते काभ्रेको पनौतीमा रहेको सूचना प्रविधि (आइटी) पार्कमा हुने आइटी मिटमा कम्प्युटरको हार्डवेयर र सफ्टवेयरसम्बिन्धी प्रदर्शनी हुने छ। उक्त मिटमा ४० देखि ४२ घण्टासम्म नसुतेरै एउटा प्रोजेक्ट विकास गरिने कोअर्डिनेटर प्रतित्राज गिरीले जानकारी दिए। उक्त प्रोजेक्टलाई ह्याकाथन…
काठमाडौं: 'मिस शेर्पा २०१७' को उपाधी सोनाम डोल्मा शेर्पाले जितेकी छिन्। यो शेर्पा समुदाय केन्द्रित सौन्दर्य प्रतियोगिताको चौथो संस्करण हो। सोलुखुम्बु दुधकुण्डकी सोनामले १२ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष विजेता बनेकी हुन्। शनिबार भएको फिनालेमा डोल्माले ताजसहित ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार पाइन्। उनलाई ताज सन् २०१२ की मिस शेर्पा छिमी शेर्पाले ताज पहिराइन्। प्रतियोगितामा ल्हमु शेर्पा र मिङ्मा याङ्जी शेर्पा…
काठमाडौँ : नेपाल पुलिस र सुदूरपश्चिमाञ्चलले १६औँ राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेका छन्। जिसतपछि समूह ए मा रहेका दुवै टोलीले ३-३ अंक जोडेका छन्। राखेप च्याम्पियनसिप अन्तर्गत एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार सुरु च्याम्पियनसिपमा पुलिसले मध्यमाञ्चललाई ६-२ ले पराजित गर्यो। पुलिसको जितमा निर्मला विक एक्लैले ४ गोल गरिन्। यस्तै पुलिसका लागि अमृता जैसी र कप्तान घिमकुमारी गुरुङले १-१ गोल…
काठमाडौ : भोलिदेखि अंग्रेजी नयाँवर्ष २०१८ सुरु हुँदैछ। २०१७ को विदाइ र नयाँवर्षको स्वागतमा उपत्यकाका विभिन्न स्थानमा आज राति कार्यक्रम हुने गरेका छन्। ‘न्यू इयर इभ’ मनाउने चलनको विकास भएसँगै प्रहरीलाई सुरक्षा चुनौती पनि थपिएको छ। प्रहरीले चुनौती देखिएका देखिएका राजधानीका केही स्थानमा सुरक्षा व्यवस्था कडा बनाएको छ। राजधानीको ठमेल, दरबारमार्ग, लाजिम्पाट तथा ललितपुरको झम्सीखेल र भक्तपुरको दरबारस्क्वायर क्षेत्रमा सुरक्षा व्यवस्था…
नैरोबी : केन्या र मेक्सीकोमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ। केन्यामा आइतबार बिहान भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन्। मध्य केन्याको एउटा सडकमा बस र मिनिट्रक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। उनले स्थानीय समयअनुसार बिहान तीन बजे नाकुरु नजिकै दुर्घटना भएको रिफ्ट भेली ट्राफिक प्रहरी प्रमुख जिरो…
दमौली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महामानव विपी कोइरालाको नीति, आदर्श र सिद्धान्तलाई मनन गर्न नसक्दा यस पटकको चुनावमा पार्टीले हार व्यहोरेको बताएका छन्। ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस व्यास नगर समिति तनहुँद्वारा आइतबार दमौलीमा आयोजित कार्यक्रममा पौडेलले विपी कोइरालाको आदर्श, सिद्धान्त र नीतिलाई काँग्रेसले आत्मसात् गर्न नसक्दा निर्वाचनमा हार व्यहोर्नु परेको बताए। पौडेलले कांग्रेस भित्रबाटै…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा अनुशासन सहितको मेलमिलाप आवश्यक भएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाल विद्यार्थी संघले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले पार्टीमा बढेको अनुशासनहीनताले निर्वाचन परिणाम अपेक्षा गरेअनुसार नआएको बताए। प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही नभएका कारण प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अन्तर्घात झन् बढेको भन्दै भने,‘आफ्नै पार्टीमा मेलमिलाप गर्न नसक्नेले कसरी मुलुकमा राष्ट्रिय…
इन्जुरी टाइममा एडरसनले पेनाल्टी बचाएपछि म्यानचेष्टर सिटी प्रिमियर लिगमा सम्भावित हारबाट जोगिएको छ। लगातार १८ खेलको जितपछि सिटीलाई क्रिस्टल प्यालेसले गोलरहित बराबरीमा रोकेको हो। इन्जुरी टाइमको पहिलो मिनेटमा प्यालेसले पेनाल्टी पाएपनि लुका मिलिभोजेभिकको प्रहार गोलकिपर एडरसनले क्लियर गरेपछि सिटी हारबाट जोगियो। त्यसअघि २३ औँ मिनेटमा चोट लागेपछि सिटीका फरवार्ड गाब्रीएल जेससले मैदान छाडेका थिए। प्रिमियर लिगमा यस सिजन सिटीको यो…
काठमाडौं : तेश्रो दक्षिण एसियाली रोल बल च्याम्पियनसिपको महिला र पुरुष दुवैको उपाधि भारतले जितेको छ। शनिबार सम्पन्न प्रतियोगितामा नेपालको दुवै टोली दवस्रो भएका छन्। नेपाल पुरुष र महिला दुवैमा दोश्रो भएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा भारतले नेपाललाई ९–१ गोलले पराजित गर्यो। महिलामा भारतले नेपाललाई ६–० ले हरायो। नेपाल रोल बल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो चाँडो सरकारको नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको बताएका छन्। तमू ल्होसारको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्य राजनीतिक दलहरूले भनेजस्तो आफूलाई सरकारमा बसिरहने चाहना नभएको प्रस्ट पारे। प्रधानमन्त्री देउवाले लोकतान्त्रिक इतिहास बोकेको कांग्रेसले लोकतन्त्र स्थापनासँगै संघीय संविधान जारी गरी ऐतिहासिक निर्वाचन सम्पन्न गरेको सन्दर्भमा कांग्रेसलाई शंका नगर्न आग्रह गरे। प्रधानमन्त्री देउवाले…
इटालियन सिरी ए अन्तर्गत गएराती भएको एक मात्र खेलमा नेपोलीले क्रोटोनलाई १-० ले पराजित गरेको छ। नेपोलीलाई सिजनको १५औँ जित दिलाउन कप्तान मारेक ह्यामसिकले एक मात्र निर्णायक गोल गरे। क्रोटोनको मैदानमा भएको खेलमा ह्यामसिकले १७औँ मिनेटमा एलानको पासमा गरेको गोल नै ३ अंक दिलाउन निर्णयाक बनेको हो। जितपछि नेपोलीले १९ खेलबाट ४८ अंक जोड्दै दोस्रो स्थानको युभेन्ट्समाथि ४ अंकको अग्रता…
आकांक्षा बस्यालको गीत ‘तिमीलाई छुँदै’ सार्वजनिक भएको छ । प्रेम र प्रेमको रमाइलो पक्षलाई कैद गरिएको म्युजिक भिडियोमा जीवन भट्टराई र आस्मा घिमिरेको रोमान्टिक जोडी देख्न सकिन्छ । म्युजिक भिडियो वीरगंजमा छायाँकन गरिएको हो। गायिका बस्यालले गाएको गीतमा संगीतकार राजु सिङको संगीत र डीपी खनालको शब्द रहेको छ। निकेश खड्काले गीतको म्युजिक भिडियो निर्देशन गरेका हुन्।
काठमाडौं : केकी अधिकारी अभिनित सामाजिक चलचित्र गाउँकी छोरी को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा केकी गाउँपालिका अध्यक्ष बनेकी छिन्। स्थानीय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई चलचित्रमा देखाइएको छ। पढ्नका लागि शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनीतिमा प्रवेश गर्छिन्। स्थानीय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन् र गाउँको सेवा गर्छिन्। नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको सामाजिक चलचित्र…
काठमाडौँ : प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ। प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सूचनापाटी तोडफोड गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिए। महासचिव झाले कार्यालय तोडफोडप्रति भत्सर्ना गर्दै घटनाबारे छानबिन गरी दोषीलाई पार्टीले कारबाही गर्ने बताए।…
साहिँला तामाङ - मनिला, फिलिपिन्स : नेपालको चित्रकलाले छुट्टै महत्व बोकेको सरोकार भएकाहरुले बताएका छन् । ललितपुरको सौगलमा स्थापित योङ पिकासो संस्थाद्वारा फिलिपिन्सको दगुपान पाङ्गासिनान, मंगलदान नेशनल हाइस्कुलमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी सो स्कुलका प्रधानाध्यापक लियो इ ब्लाकिरले नेपाली चित्रकलाले समुदायलाई आकर्षण गर्नसक्ने विश्वास व्यक्त गरे। मंगलबारदेखि शुरु भएको प्रदर्शनीको अन्तिम दिन शुक्रबार उनले आफ्ना विद्यार्थीलाई समेत नेपालको चित्रकला विषय…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पुरा भएपछि कांग्रेसले सरकार छाड्ने बताएका छन्। भिएस निकेतन बुथ समितिले आज काठमाडौं महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारले पाएको जिम्मेवारी पूरा गरेपछिमात्र सत्ता हस्तान्तरण हुने बताए। “बाम गठबन्धनका नेताहरु कांग्रेसले सत्ता छोड्न मानेन भन्ने हल्ला चलाउनुभएको छ, त्यो हल्लाको पछाडि नलाग्नुहोस्,…
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएको फाइनलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्सलाई १५० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको हो। विराटनगरका लागि अंशुमन रथले सर्वाधिक ४१ रन बनाए। यस्तै कप्तान रस खड्काले २७ रन योगदान गरे। अनिल कुमार शाहले २२ तथा प्रनित थापा मगरले १४…
काठमाडौःधनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको प्रमुखको जिम्मेवारीमा रहेका सहायकरथी गोकुल भण्डारीले नेपाली सेेनाको प्रवक्ताको जिम्मेवारी पाएका छन। हालका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्रको कमाण्डरको जिम्मेवारी पाएपछि सेनाले प्रवक्तामा भण्डारीलाई ल्याएको हो।
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलको उपाधिका लागि अहिले विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबीच खेल भइरहेको छ। शनिबारको दिन भएका कारण फाइनल खल हेर्न कीर्तिपुरस्थित टीयू मैदानमा उल्लेख्य संख्यामा दर्शक आइपुगेका छन्। अन्य दिन सोचेजती दर्शक नआएपनि फाइनल खेलमा भने दर्कको घुँइचो लागेको हो। दर्शकहरु नेपालको राष्ट्रिय झण्डा विराटनगर र भैरहवा टिमको जण्डा तथा विभिन्न ब्यानरहरुसिहत खेल हेर्न उपस्थित छन्। पारस खड्काको…