काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। दुई नेताहरुको भेटवार्ता बालकोटस्थित ओली निवासमा भएको हो। भेटमा नयाँ सरकार गठनको लागि बाटो खुल्ला गर्न देउवा सरकारलाई आग्रह गर्ने, निर्वाचन आयोगलाई समानुपातिक मत परिणाम छिटो सार्वाजनिक गर्न आग्रह गर्ने र एक वा दुई दिनभित्र पार्टी एकता संयोजन समितिको बैठक बस्ने…
अच्युत रेग्मी काठमाडौँ : दशैँमा दुई लाख ९० हजार रुपैयाँमा किनेको २२० सिसीको पल्सर मोटरसाइकल हराएर खिन्न हुनुभएका प्रदीपकुमार चौधरी आज मोटरसाइकल भेटाउँदा प्रसन्न मुद्रामा थिए। पुस १ गते नयाँसडकमा पार्किङ गरेर काममा गएका चौधरीको बा८५प १८२२ नम्बरको मोटरसाइकल बाहिर आउँदा हराएपछि खोजविनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखामा निवेदन दिए। जनकपुर घर भई हाल कोटेश्वर बस्दै आएका २२ वर्षीय चौधरी निवेदन…
बेइजिङ : आउँदो जनवरीमा हुने चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को केन्द्रीय समिति बैठकमा संविधान संशोधनको मुद्दा प्रमुख एजेन्डा हुने भएको छ। जनवरीमा पैचिङमा पार्टीको १९ औं केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक बस्न लागेको हो। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले आज गरेको निर्णयअनुसार १९ औं सिपिसीको मुल मुद्दा संविधान संशोधन रहने भएको हो। आजको बैठकमा सन् २०१८ का योजनासँगै…
काठमाडौँ : सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने भएको छ। सरकारको मुख्य आम्दानीको स्रोत राजश्व संकलनलाई सरल बनाउन आगामी वैशाखदेखि प्रविधिमा आधारित भुक्तानी प्रणाली प्रयोगमा ल्याउन लागेको हो। आन्तरिक राजश्व विभागलाई पूर्णरुपमा कार्यान्वयन गरेर अगाडि बढ्ने तयारी भइरहेको अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले जानकारी दिए। उक्त प्रविधि कार्यान्वयनमा आएपछि…
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच तत्काल पार्टी एकता हुने बताएका छन्। बुधबार रिपोर्टर्स क्लबमा महतोले फोरमसँग एकता प्रक्रिया तत्काल सुरु गर्ने बताए। उनले भने,‘राजपा र फोरमबीच एकता हुन्छ, यसमा कुनै दुई मत छैन, कुरा मिलेको दिन एकता हुन्छ, अहिलेको जनमत पनि दुई वटा पार्टी एकताको लागि नै हो, एकता…
वासिङ्टन : संयुक्त राज्य अमेरिकाले दुई जना उत्तर कोरियाली अधिकारीहरुमाथि अन्तर्राष्ट्रियरुपमा प्रतिबन्ध लगाएको छ। ती अधिकारीले आणविक क्षेप्यास्त्र निर्माणको काममा उत्तर कोरियामा अगुवाई गरेको भन्दै अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाएको जनाएको छ। उनीहरुलाई प्रतिबन्ध लगाउन गत साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिफारिश गरेको थियो। उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनेसम्बन्धी प्रस्तावमा सूचिकृत पनि संयुक्त राष्ट्रसंघले नै गरेको थियो। यसअघि संयुक्त राष्ट्रसंघले शुक्रबार मात्र पनि…
काठमाडौं: नामको विवाद टुङ्गिनु अघि फिल्म 'गाँजाबाजा' युनिटले एउटै गीत दुईपटक रिलिज गर्यो। 'ह्याप्पी ह्याप्पी मुड' बोलको गीत बुधबार दोस्रोपटक सार्वजनिक गरेको हो। यसअघि मंसिर २२ नै उक्त गीत भिडियोसहित रिलिज भएको थियो। जुन कन्टेन्ट अहिले हटाइएको छ। निर्देशक गणेशदेव पाण्डेका अनुसार गीत सम्पादन गरेर औपचारिक रुपमा सार्वजनिक गरिएको हो। भने,'पहिले हामीले हाम्रै च्यानलबाट अपलोड गरेका थियौं। त्यो हटाइयो। त्यसैले…
वासुदेव पौडेल पोखराः ‘रहन सहन वा भाषा भेष फरक भए तापनि यो देश । सबको प्यारो मंगल माली यसका जनता हामी नेपाली ।।; परापूर्वकालदेखि मिलेर बसेको नेपाली समाजमा पछिल्ला समयमा विभिन्न भाषाभाषी तथा जातजातिका नाममा विभाजनका रेखा कोरिन थालेको वास्तविकतामा कवि शिरोमणि लेखनाथ पौड्यालले रचना गरेको यो पंक्ति वर्तमानमा निकै सान्दर्भिक देखिन्छ। सामाजिक चेतनाका साथै नेपालीबीचको सद्भाव र एकतालाई मजबुत…
काठमाडौं : पोखरा राइनोजलाई पराजित गर्दै ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को दोस्रो क्वालिफायरका लागि छनोट भएको छ। बुधबार भएको एलिमिनेटर खेलमा ललितपुरले पोखरालाई २७ रनले पराजित गरेको हो। १३९ रनको लक्ष्य पछ्याएको पोखराले अलआउट हुँदै १११ रन मात्र बनाउन सक्यो। ललितपुरले अब बिहीबार हुने दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा विराटनगर वारियर्ससँग पराजित…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन परिणामबारे छलफल गर्न चाँडै केन्द्रीय समिति बैठक डाक्ने भएका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको पदाधिकारीसँगको भेटमा निर्वाचन परिणामबारे समीक्षा गर्न केन्द्रीय समिति बैठक डाक्ने मनस्थितिमा देउवा पुगेका बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवाले बिहान पार्टीका केही पदाधिकारीसँग अनौपचारिक भेट गरी केन्द्रीय समितिको बैठकबारे पनि छलफल गरेका थिए। भेटमा राष्ट्रियसभा…
नेत्र तामाङ र पासाङ ठकुल्ला - काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गत असोज १८ गते ‘सबै वाम एक ठाम’ भन्ने नाराका साथ निर्वाचनमा तालमेल गरी जाने निर्णय गरे। राष्ट्रिय सभागृहमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसँगै उभिएर निर्वाचनमा तालमेल गरी जाने र निर्वाचन लगत्तै पार्टी…
ललित बसेल सुर्खेत : प्रदेश नम्बर ६ का गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरुले सरकारले तत्काल कर्मचारी समायोजन गरी नपठाएमा स्थानीय सेवा ऐन तर्जुमा गरी गाउँपालिकाले आफैं आवश्यक दरवन्दी अनुसार कर्मचारी भर्ना गर्ने चेतावनी दिएका छन्। सुर्खेतमा बुधवार सम्पन्न प्रदेश नं. ६ का सबै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको दुई दिने भेलाले कर्मचारी नपठाए आफैं भर्ना गर्ने चेतावनी दिएको हो। ९ बुँदे सुर्खेत घोषणापत्र…
काठमाडौं : शिव राम श्रेष्ठ र अमेच्योर टंक बहादुर कार्कीले सूर्य नेपाल इस्टर्न गल्फ ओपनको पहिलो दिन अग्रता बनाएका छन्। पार-७० निर्वाना गल्फ क्लबमा बुधबार सुरु भएको प्रतियोगितामा श्रेष्ठ र कार्कीद्ये समान ४ अन्डर ६६ स्कोर गरे। यस्तै ४ अन्डर ६७ स्कोर गरेका सन्जय लामा तेस्रो स्थानमा रहे। यस्तै जयराम श्रेष्ठ, रामे मगर र अमेच्योर सुक्र बहादुर राई समान २…
जनकपुर : मधेश आन्दोलनका पीडितहरुले मधेश आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। बुधबार जनकपुरमा मधेश आन्दोलनका पीडितले विज्ञप्ती जारी गरी पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्। शहिद नितु यादवका बुवा श्रीनारायाण यादव, घाइते शैलकुमारी यादव, सुशील कर्णलगायतले प्रतिवेदन सार्वजनिक गर्न र पीडकलाई कारबाहीको माग गरेका…
उत्तरी चीनको हेवेइ प्रान्त स्थित होङ्यागुमा सीसाबाट बनाइएको झोलुङ्गे पुल पर्यटकका लागि यसै साताबाट खुला गरिएको छ। ४ सय ८८ मिटर लामो सीसाको झोलुङ्गे पुल आइतबार बाट सर्वसाधारणका लागि खुला गरिएको हो। हेर्नुस् धेरैलाई चकित बनाउने झोलुङ्गे पुल। फोटो : सिन्ह्वा
काठमाडौं : पारस खड्काको कप्तानी रहेको विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो क्वालिफायर्समा भैरहवा ग्लाडिएर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगरले फाइनलमा स्थान बनाएको हो। विराटनगरको जितमा बाबर हायतले अर्धशतक प्रहार गरे। यस्तै कप्तान पारस खड्काले नटआउट ४२ रनको योगदान गरे। लिग चरणमा सबै ५ खेल जितेर अपराजित बन्दै विराटनगरले १० अंक जोडेको थियो।…
काठमाडौं : पोखरा राइनोजलाई पराजित गर्दै ललितपुर प्याट्रिओट्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को दोस्रो क्वालिफायरका लागि छनोट भएको छ। बुधबार भएको एलिमिनेटर खेलमा ललितपुरले पोखरालाई २७ रनले पराजित गरेको हो। १३९ रनको लक्ष्य पछ्याएको पोखराले अलआउट हुँदै १११ रन मात्र बनाउन सक्यो। ललितपुरले अब बिहीबार हुने दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा विराटनगर वारियर्ससँग पराजित भएपछि…
पोखरा : विभागीय टिम एपीएफ र नेपाल पुलिसले राखेप च्याम्पियनसिप अन्तर्गत २१औं महिला तथा ३१औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिन पनि दोहोरा जित हासिल गरेका छन्। २१औं राष्ट्रिय महिला भलिबलमा एपीएफले कान्छो विभागीय टिम आर्मीलाई २५–९,२५–१९, २५–७ को सेटमा हराउँदा पुलिसले पुर्वाञ्चललाई २५–१७,२५–१५, २५–१६ को सेटमा पराजित गर्यो। त्यस्तै ३१औं राष्ट्रिय पुरुष भलिबलमा एपीएफले मध्यापश्चिमाञ्चललाई २५–१०,२५–९, २५–२० को सेटमा…
काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापा बुधवार एभरेष्ट प्रिमियर लिग इपीएल हेर्न कीर्तिपुरस्थित टीयू मैदानमा पुगे। उनले ललितपुर प्याट्रिओट्स र पोखरा राइनोजबीचको खेल केही बेर हेरेका थिए। थापाले खेल सकिएपछि विजयी टिम ललितपुरका सन्नी पटेललाई म्यान अफ दि म्याच चेक प्रदान गरे। यस्तै बुधवारकै पहिलो खेल हेर्न कलाकार दिपक राज गिरी पुगेका थिए। उनले विजयी टिम विराटनगरका ब्याट्म्यान बाबर…
काठमाडौं : सर्वोच्च अदालतले बाटो खोलिदिएपछि एनसेलका लगानीकर्ता लाभांश रकमको सटही सुविधा माग गर्दै बुधवार नेपाल राष्ट्र बैंक पुगेका छन्। उनीहरुले पछिल्लो दुई आर्थिक वर्षको लाभांश लैजानका लागि राष्ट्र बैंकसँग स्वीकृति माग्दै निवेदन दर्ता गराएका हुन्। 'लाभांशका लागि एनसेलले पहिले पनि स्वीकृति मागेको थियो,' राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, 'आज पनि लाभांशका लागि स्वीकृति माग गरेको छ।' …