काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको राखेप च्याम्पियनसिपअन्तर्गत विभिन्न खेलमा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई राखेपले नगद पुरस्कार दिने भएको छ। व्यक्तिगत स्पर्धामा कीर्तिमान रच्नेलाई राखेपले १५ हजार नगद पुरस्कार उपलब्ध गराउने राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी गराए। त्यस्तै टिमतर्फ उत्कृष्ट घोषित हुने खेलाडीलाई पनि १५ हजार नगदबाट पुरस्कृत गरिने छ। अमृत र छिरी क्वाटरफाइनलमा पश्चिमाञ्चलका…
काठमाडौँ : वाम गठबन्धनका युवा नेताले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वर्तमान गतिरोध अन्त्य गर्न आग्रह गरेका छन्। युवा नेताले बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटगरी राष्ट्रियसभा गठन अध्यादेशमा दलबीचको मतान्तरलाई आपसी संवादबाट जतिसक्दो चाँडो समाधान गरी नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गराउन आग्रह गरेका हुन्। नेकपा एमाले का युवा नेता योगेश भट्टराई र ठाकुर गैरे, नेकपा माओवादी केन्द्र का…
काठमाडौँ : नेपाल आयल निगमले मुलुकभर सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलता र पूर्व सावधानीबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ। निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले हाललाई महानगरपालिका र उपमहानगरपालिकामा सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलताबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा गठित कार्यदलको सदस्यमा निगम…
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पुस १८ गतेदेखि राति यातायात बन्द गरिने भएको छ। सडक विस्तारको काम भइरहेको सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो। काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय भरतपुरमा बुधबार भएको सरोकारवालाहरुको बैठकले राति पाँच घण्टा र…
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्गबीच बुधबार भारतको नयाँ दिल्लीस्थित ऊर्जा मन्त्रालयमा सम्झौताको नवीकरण भएको हो। बुधबार बिहानै सझौता नवीकरणका लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको उच्चस्तरीय टोली…
विराटनगर : बिनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताएका छन्। प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा पोखरेलले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएको स्पष्ट पारे। वाम गठबन्धनलाई फुटाउने षडयन्त्र पनि भइरहेको भन्दै पोखरेलले वाम गठबन्धनबाहेकको सरकार जनादेश विपरीत हुने बताए। निर्वाचनको परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिक आधारमा राजीनामा दिनुपर्ने उनले बताए। …
काठमाडौं : भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) को क्वालिफायर्समा प्रवेश गर्ने दोस्रो टिम बनेको छ। मंगलबार भएको खेलमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले पहिलो क्वालिफायर्समा विराटनगर वारियर्ससँगको भेट पक्का गरेको हो। विराटनगर लिग चरणका सबै पाँच खेल जित्दै शीर्ष स्थानमा रहेर क्वालिफायर्सका लागि छनोट भइसकेको छ। लिग चरणमा विराटनगरसँग मात्र पराजित भएको भैरहवाले ५ खेलबाट ८ अंक…
काठमाडौ : देशको केन्द्रीय प्रशासन कार्यालयहरु रहेको सिंहदरबारबाट गाडीको चार वटा टायर चोरेर फरार भएका सिन्धुपाल्चोक भोटेचौरका चन्द्रबहादुर मोक्तान अझै पक्राउ परेका छैनन्। महानगरीय प्रहरी बृत सिहंदरबारले टोली नै बनाएर खोजी गरेपनि मोक्तान पत्ता लागेका छैनन्।प्रहरीले मोक्तानको गाउँ भोटेचौर पुगेर खोजी गर्दा उनी लामो समयदेखि गाउँ नगएको खुलेको छ। मोक्तानको गतिविधि पहिलेदेखि नै शंकास्पद र चोरीमा जोडिएकाले गाउँकै नाम ‘चोर गाउँ’…
राकेश कुमार मिश्र नेपालगञ्ज : गत साउन अन्तिम साताको बाढीबाट विस्थापित भई सामुदायिक वन क्षेत्रमा खुल्ला आकाशमा बस्दै आएका बाँकेका बाढीपीडितलाई चिसोले सताउन थालेको छ। राप्ती नदीको बाढीबाट विस्थापित बाढीपीडित चिसो र शीतलहरबाट पीडित भएका छन् । पुसको चिसो र शीतलहरले शरीर दुख्ने, हातखुट्टा झमझमाउने, टाउको दुख्ने, निमोनिया, रुघाखोकी र ज्वरोको संक्रमणसमेत देखिएको छ। राप्तीसोनारी ७ मण्ढपुवा सामुदायिक वनमा बस्दै आएकी…
शुक्रबार रिलिज फिल्म 'टाइगर जिन्दा हे'ले सन् २०१७ मा बलिउडमा हुन नसकेको धमाका मच्चायो। फिल्म रिलिज भएको तीन दिनमा नै सय करोडमाथिको ग्रस कलेक्सन गरेको हो। फिल्मले तेस्रो दिन आइतबार मात्रै ४५ करोडभन्दा बढी कमाइ गर्यो। जसलाई बलिउड समीक्षकले तेस्रो दिन भएको सर्वाधिक कमाइ भनेका छन्। समीक्षकहरुले फिल्मलाई क्रिसमस बिदाले व्यवसायिक साथ दिएको जनाएका छन्। सलमान खानको १०० करोड क्लबमा…
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताएका छन्। कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आज आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदहरुको सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताए। प्रचण्डले भने, ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल…
काठमाडौः नेपाल प्रहरीमा कार्यरत इन्सपेक्टर भोजराज पाण्डेले अब गीतकार पनि भएका छन्। उनले पहिलोपटक 'बिते कति रात' बोलको गीतमा शब्द दिएका हुन्। गीतलाई प्रियसी म्युजिकले बजारमा ल्याएको हो। पाण्डेको शब्द रहेको गीतमा गायिका मेलिना राईले स्वर दिएकी छिन् भने संगीत नविन श्रेष्ठको रहेको छ। गीतकार भोजराज पाण्डेका अनुसार पश्चिम नेपालको पहाडी जिल्लाहरुमा बोलिने मौलिक भाषालाई गीतमा प्रस्तुत गरिएको छ। भने,'पेशागत जिम्मेवारीसँगै गीत…
मस्को : रुसका विपक्षी नेता एलेक्से नभाल्नीले रुसमा आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा सहभागी नहुन र मतदान बहिस्कार गर्न रुसी जनतासमक्ष अपिल गरेका छन्। निर्वाचन आयोगले उनलाई राष्ट्रपतिमा उठ्न वञ्चित गरेको छ। आफूलाई भ्लादिमिर पुटिनका विरुद्धमा चुनावमा उठ्न वञ्चित गरेपछि उनले अरुलाई पनि निर्वाचन बहिष्कार गर्न अपिल गरेका हुन्। उनले प्रमुख विपक्षी विनाको चुनावको वैधानिकता पनि नहुने बताएका छन्। त्यसैले…
चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि हात्ती महोत्सवको १४ औं संस्करण सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको सौराहामा महोत्सवको उद्घाटन गरेका छन्।मंगलबार दिउँसो सौराहाको बाघमारा चौरमा आयोजित सभामा प्रधानमन्त्री देउवाले दीप प्रज्वलन गरी महोत्सव उद्घाटन गरेका हुन्। ‘समाज, संरक्षण र समृद्धि’ नाराका साथ सुरु भएको महोत्सव १५ गते सम्म चल्नेछ। महोत्सवमा हात्ती वनभोज, छावाहरुको फुटबल प्रतियोगिता, हात्तीपोलो खेललगायतका आकर्षक रहने…
काठमाडौं : शरद भेषावकरलाई घरेलु प्रतियोगितामा सफल कप्तानको रुपमा चिनिन्छ। उनको कप्तानीमा पञ्चकन्या तेजले एनपिएल र इपीएलको पहिलो संसकरणको उपाधि जितेको थियो। इपीएलको दोस्रो संस्करणमा पनि शरदको कप्तानीमा रहेको भैरहवाले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। ६ टिम सम्मिलित प्रतियोगितामा ४ खेलमा जित तथा १ हारको नतिजासहित भैरहवा क्वालिफायर्समा पुगेको छ। लिग चरणमा जित्न नसकेको टिम विराटनगर वारियर्ससँग भैरहवाले बुधबार पहिलो क्वालिफायर्समा…
'बर्म गए कर्मसँगै।' नेपाली राजनीतिको रंगमञ्चमा यो उखान सदावहार सावित भइरहेको छ। राजनीतिक दृश्यमा पात्रहरु जति सजिलै फेरिएका छन् त्यसको साटो स्थिर छ प्रवृत्ति। धेरै राजनीतिक दल र तिनीहरुको गठजोड फुस्किने र जोडिने प्रकृयामै पछिल्ला समयहरु बिते। टुट्ने र जुट्नेक्रमले राजनीति सधै अस्थित बन्यो। सत्ताहरु फेरिइरहे। त्यसैको परिणाम थियो – फरक मतादेश। निर्वाचनका अगाडि नै '५ वर्ष स्थिर सरकार'को नारा…
काठमाडौँ : नेकपा माओवादी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताएका छन्। चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको १२५औँ जन्म दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै वैद्यले क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘सिंगो विश्वका साथै नेपालमा पनि क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी…
काठमाडौं : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनमा आधारित यूरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका प्रतिनिधिबीच मंगलबार भेटवार्ता भएको छ। चीनमा लगानी गरिरहेका यूरोपियन-अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपालसँगको व्यापारका बारेमा कुराकानी गर्नुका साथै नेपालमा उत्पादित कच्चा पदार्थको चीनमा पर्याप्त सम्भाबना रहेकोले त्यसमा सहकार्य गरी अघि…
भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ स्थित ओदालीमा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणको तयारी भइरहेको छ। गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपछि पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन कार्य तीव्र गतिमा गरिरहेको छ। निर्माण कम्पनीले पुल निर्माणस्थल छेउमा क्रसर जडान, श्रमिकका लागि आवास, कार्यालय स्थापनाका साथै बालुवा÷ढुंगा र गिट्टी संकलन गरेको छ।…
नेपालमा चर्चित विषय हो स्मार्ट सिटी। चुनावी नारामा यसलाई सबै राजनीतिक दलले क्यास गर्ने प्रयास गरेका छन्। व्यवहारमा भने स्मार्ट सिटी कहिले तयार हुन्छ कुनै खाका छैन। पर्याप्त सूचना प्रविधिको प्रयोग हुने स्मार्ट सिटीजस्तै स्मार्ट हाइवे पनि हो। चीनले यसमा उल्लेख्य सफलता हासिल गरिसकेको छ। पूर्वी चीनको याङ्सी प्रान्तमा रहेको मिलिङ नेसनल फरेस्ट पार्क नजिकै स्मार्ट पर्यटकीय राजमार्ग तयार भएको…