काठमाडौं : जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा दोश्रो जेष्ट राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता –२०७४ बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। बशुन्धारास्थित एकेडेमीको आफ्नै प्राङ्गणमा हुने प्रतियोगितामा पुरुष एकलको खेलमा सेनाका रत्नजित तामाङ, एपीएफका विजित थापा र सुदीप सेंढाई, पुलिसका गौतम कठायत र बिष्णु कटुवाल, शेर्पा ट्रेडर्सका सुनिल जोशी र प्रिन्स दाहाल, पुलिसका दिपेश धामी र दीपक बोहरा, कम्पिट हेल्थ क्लबका जीवन आचार्य…
काठमाडौं : नेपालले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुवात गरेको छ। राउन्ड रोविन लिगको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ९६–३८ ले सहजै हरायो। भुटानको भने लगातार दोश्रो हार हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले पहिलो क्वाटरमा २६–१० को अग्रता लिएको थियो। दोश्रो क्वाटरमा भने नेपाल १३–१४ को अन्तरले पछि पर्यो। बाँकी दुई क्वाटर नेपालले क्रमशः २६–६ र…
काठमाडौं: अखिल नेपाल फुटबल संघले पहिलो पटक आयोजना गरेको राष्ट्रिय फुटसल लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ। सहभागि १६ टिमलाई दुई समूहमा विभाजन गरेर लिग खेलाएपछि क्वाटरफाइनलका खेलहरु हुने भएको हो। दुवै समूहमा शीर्ष ४ स्थानमा रहने टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। जसमा समूह ए बाट किक अफ फुटसल, बिजी फुटसल, धनवन्तरी फुटसल र स्वयम्भू फुटसल क्रमश: पहिलो, दोस्रो, तेस्रो…
नुवाकोट : नेपाली कांग्रेसकाे नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीलाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी परेको छ। बेलकोटगढी नगरपालिकाका प्रमुखसहितका कांग्रेस उम्मेदवारले स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको आरोप लगाउँदै जिल्ला सभापतिसहितलाई कारवाहीको माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी गरेकाे हाे। बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्यासी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारवाही गर्न केन्द्रीय कार्यालयमा…
बैगलोर : पत्रकार एवम् एक्टिभिस्ट गौरी लंकेशको गोली हानी हत्या भएको छ। मंगलबार राति ५५ वर्षीया पत्रकारलाई उनकै घर बाहिर गोली हानिएको हो। प्रारम्भिक रिपोर्ट अनुसार मोटरसाइकलमा आएका तीन जनाले उनीमाथि आक्रमण गरेका थिए। कम्तिमा पनि सात राउन्ड गोली हानिएको छ। त्यतिखेर उनी घरको मुल ढोका खोल्दै थिइन्। तीन गोली उनको टाउको, घाटी र छातीमा लागेको छ। ४ गोली भित्तामा…
एसियाली राष्ट्र दक्षिण कोरिया दशौँ पटक विश्वकप फुटबलका लागि छनोट हुन सफल भएको छ। एसियाली छनोटअन्तर्गत समूह अन्तिम चरणको समूह ए को खेलमा उज्वेकिस्तानसँग गोलरहित बराबरी खेलेपछि दक्षिण कोरिया सिधै विश्वकपमा छनोट भएको हो। सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको कोरियाले १९८६ यता निरन्तर विश्वकप खेल्दै आएको छ। यसअघि नै रसिया विश्वकपका लागि एसियाबाट इरान र जापन छनोट भइसकेको…
काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाल यू-१९ ले भोली बुधबार भुटान यू-१९ सँग खेल्दैँछ। पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो भने भुटान सिंगापुरसँग ९ विकेटले हारेको थियो। नेपालको जितमा अनिल शाहले ९१ रन बनाएका थिए भने प्रनित थापा मगरले अर्धशतक प्रहार गरेका थिए। यस्तै बलिङमा सन्दीप लामिछाने ६ रन मात्र…
बेइजिङ : भारतको विदेश मन्त्रालयले आज प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच द्वीपक्षीय वार्ता तय भएको पुष्टि गरेको छ। ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी चीनको सियामिनमा छन्। दोक्लम इस्युले चिसिएको एसियाका दुई शक्तिशाली मुलुकबीच साइडलाइन वार्ता हुन लागेको हो। 'आज बिहान सियामिनमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपतिबीच द्वीपक्षीय वार्ता हुने भएको छ,' भारतीय विदेश मन्त्रालयका अधिकारीलाई उदृत गर्दै…
काठमाडौं : मंसिर १० र २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ खस आर्य समुदायले ३१ प्रतिशत आरक्षण पाउने भएका छन्। संवैधानिक व्यवस्था अनुसार पहिलो पटक खस आर्य समुदाय तथा थारु र मुस्लिमको छुट्टै समूह बनाइएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक सोमबार संसदबाट पारित भइसकेको छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लागू हुनेछ। सांसद् सचिवालयले सोमबार नै आनुषङ्गिक सुधार गरी…
काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले विभिन्न ७ खेलका ८ खेलाडीलाई खेलकुद राष्ट्रिय प्रतिभा सम्मान– २०७४ बाट सम्मान गरेको छ। खेलाडीसहित २ प्रशिक्षक र १ राष्ट्रिय खेल संघलाई पनि नगदसहित सम्मान गरियो। सम्मानित हुने खेलाडीमा एथलेटिक्सका हरिकुमार रिमाल, फुटबलका किरण चेम्जोङ, पारा तेक्वान्दोकी सीता भण्डारी, जुडोकी ममिता श्रेष्ठ प्रधान, आर्चरीका जितबहादुर मोक्तान, ब्याडमिन्टनकी नङशल तामाङ तथा भलिबलका इमबहादुर राना मगर…
युरोपियन राष्ट्रद्वय जर्मनी र इंगल्याण्ड अर्को वर्ष रसियामा हुने विश्वकपको नजिक पुगेका छन्। गएराती भएको युरोपेली छनोटको खेलमा दुवै टोलीले जित हात पार्दै समूहमा शीर्ष स्थानमा रहेका छन् भने दोस्रो स्थानमा रहेको टिमसँग ५ अंकको अग्रता लिएका छन्। अब छनोटमा दुई खेल मात्र हुन बाँकी छ। यस्तोमा एक एक अंक हासिल गरे पनि यी दुई राष्ट्रले विश्वकपमा स्थान बनाउनेछन्। समूह सी…
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका विभिन्न अस्पताल अगाडिबाट मिटरमा जान नमान्ने र बढी भाडा उठाउने ट्याक्सीलाई नियन्त्रणा लिई कारबाही गरेको छ। महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले सोमबार १८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको हाे। महाशाखाबाट खटिएको टोलीले यात्रुलाई गन्तव्यमा पुर्याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने साथै बहाना बनाई यात्रुलाई सेवा दिन नमान्ने ट्याक्सीलाई कारबाही गरेको हो।
काठमाडौं: फिल्म 'ऐश्वर्य'को पहिलो पोस्टर सार्वजनिक भएको छ। फिल्मले कथाको थिम प्रस्ट्याउन सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य तीन पात्र रमेश उप्रेती, दीपिका प्रसाईं र प्रशान्त ताम्राकारको फिचरिङ रहेको छ। फिल्म प्रचारका लागि पोस्टर अघि टिजर र गीत सार्जजनिक छन्। टौवा क्रियसनको डिजाइन रहेको पोस्टरमा पात्रहरु बीचको द्वन्देव केन्द्रमा छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनय क्षेत्रको दुई पुस्ता…
वर्षको अन्तिम ग्राण्ड्सलाम युएस ओपन टेनिसको पुरुषतर्फ क्वाटरफाइनल समिकरण पूरा भइसकेको छ। अन्तिम आठमा पुग्नेमध्ये शीर्ष वरीयता प्राप्त राफेल नाडाल, रोजर फेडेरर र हुँवान मार्टिन डेल पोर्टोले मात्र यसअघि युएस ओपनको उपाधि जितेका छन्। यी तीनै खेलाडी एकै पुलमा छन्। यसअर्थ फाइनल पुग्ने अर्को खेलाडी अहिलेसम्म ग्राण्ड्सलाम नजितेको खेलाडी हुन पक्का छ। शीर्ष वरीयताका स्पेनी खेलाडी नाडालले क्वाटरफाइनलमा रसियाका टिनएज…
काठमाडौं: टेलिश्रृङ्खला 'जिरे खर्सानी' पुन: प्रशारण हुने खबर सार्वजनिक भएको थियो। सिरियलको टाइटल गीत छायांकन भएको थियो। यही भदौ २२ गतेबाट टेलिश्रृङ्खला सुरु हुने बताइएको छ। मिडिया हबको आन्तरिक समस्याका कारण बन्द रहेको हाँस्य टेलिश्रृङखला 'जिरे खुर्सानी'का निर्माण युनिट एवं कलाकार फिल्म क्षेत्र र स्टेज कार्यक्रममा सक्रिय रहेका थिए। फिल्म युनिटको सहकार्यमा बनेको छक्कापञ्जा ब्लकबस्टर साबित भयो र हाल सोही…
काठमाडौं : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले पार्टीका एजेण्डा सार्वजिनिक गरेको छ। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टीले बौद्ध, किराँत, मसुलमान तथा अन्य सबै धर्मको सम्मान गर्दै नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने, राष्ट्रपतिको रुपमा राजसंस्थाको उपस्थिति कायम गर्ने, भ्रष्टाचारको उन्मूलन अभियान सुरु गर्ने, स्वदेशमै रोजगारी सिर्जना गर्नेलगायतका एजेण्डा सार्वजनिक गरेको हो। पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले माथिल्लो संसदमा समानुपातिका…
काठमाडौं : ठूला चाडपर्व नजिकिँदै गर्दा राजधानी र वरपरबाट ठूलो मात्रामा तस्करी भएर भित्रिएको सुन प्रहरीले समात्न थालेको छ। प्रहरीले सोमबार मात्र राजधानीको क्षेत्रपाटी ८८ किलो सुन बरामद गर्यो। अवैध रुपमा भित्र्याएको सुन राज्यले के गर्छ? धेरै मनमा प्रश्न उठेको हुन सक्छ। प्रहरीले अनुसन्धान सकेपछि सुन राजश्व अनुसन्धान विभागलाई बुझाउँछ । राज्यले अवैध तरिकाले भित्रिएको सुन नेपाल राष्ट्र बैंकलाई बिक्री गर्छ।…
काठमाडौं : निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा असोज दुईको स्थानीय तह निर्वाचनका लागि भोलि हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन दलहरुलाई आह्वान गरेको छ। प्रदेश नम्बर दुईको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारीमा आयोगले आज पत्रकार सम्मेलन गरी दलहरुलाई उम्मेद्वारी मनोनयनमा सहभागी हुन आह्वान गरेको हो। ‘प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचनमा भाग लिन उत्साहपूर्वक उम्मेद्वारी…
काठमाडौं : एएफसी एसियन कप २०१९ को छनोटअन्तर्गत नेपाल र ताजिकिस्तानबीचको खेलमा नेपाल २ गोल अन्तरलेपछि परेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा ताजिकिस्तानले पहिलो हाफको खेलमा २ गोलले अग्रता राखेको हो। ताजिकिस्तानले ५ मिनेटको अन्तरमा दुई गोल गरेको छ। दोस्रो गोल नेपालका गोल किपरले क्लियर गर्न नसक्दा भएको थियो ।
काठमाडौं : ठूला चाडपर्व नजिकिँदै गर्दा राजधानी र वरपरबाट ठूलो मात्रामा तस्करी भएर भित्रिएको सुन प्रहरीले समात्न थालेको छ। प्रहरीले सोमबार मात्र राजधानीको क्षेत्रपाटी ८८ किलो सुन बरामद गर्यो। अवैध रुपमा भित्र्याएको सुन राज्यले के गर्छ? धेरै मनमा प्रश्न उठेको हुन सक्छ। प्रहरीले अनुसन्धान सकेपछि सुन राजश्व अनुसन्धान विभागलाई बुझाउँछ । राज्यले अवैध तरिकाले भित्रिएको सुन नेपाल राष्ट्र बैंकलाई बिक्री गर्छ।…