स्टार खेलाडीहरु रहेको फ्रान्स विश्वकप छनोटको खेलमा १३६औँ वरीयताको टिम लक्जेमजर्गसँग बराबरी रोकिएको छ। अर्को वर्ष हुने विश्वकपकव युरोपेली छनोटअन्तर्गत समूह ए को खेलमा फ्रान्स गोलरहित बराबरीमा रोकिएको हो। यसै समूहको अन्य खेलमा स्वीडेन र नेदरल्याण्ड्स विजयी भएका छन्। स्वीडेनले बेलारुसलाई ४-० ले हरायो भने नेदरल्याण्ड्सले बुल्गेरियालाई ३-१ ले पराजित गर्यो। फ्रान्सको बराबरीको फाइदा उठाउँदै जित निकालेका दुवै टोलीको विश्वकप…
काठमाडौं: फिल्म 'बटरफ्लाई'को पनि रिलिज मिति तय भएको छ। फिल्म आउँदो पुस २८ गतेबाट सार्वजनिक हुने भएको हो। द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म ‘बटरफ्लाई’मा प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका रहेको छ। फिल्ममा ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको छ। फिल्मको पोस्ट प्रोडक्सनको काम भैरहेको फिल्म युनिटले जनाएको छ। रमेश प्रजापति कार्यकारी निर्माता रहेका…
पाकिस्तानलाई आधार देश बनाउँदै आतंकवादी गतिविधिमा सक्रिय रहँदै आएको लस्कर ए तोइवा र जैस ए मोहम्मदलाई इस्लामिक स्ट्टेटजस्तै संगठन भएको पहिचान ब्रिक्स सदस्य मुलुकहरुले गरेपछि भारतरले लगाउँदै आएको आक्षेपलाई बल मिलेको छ। भारतले सधैं उठाउँदै आएको अन्तर सीमा अपराधको विषयलाई ब्रिक्स वक्तव्यले साथ दिएको छ। पाँच देशले जारी गरेको संयुक्त वक्तव्यमा भारतविरुद्ध सक्रिय रहँदै आएको लस्कर र जैस जस्ता समूहलाई…
टिकेट काउन्टरमा सफल सुरुवात गरेको अजय देवगानको फिल्म बादसाहोले तीन दिनमा ४३ करोड रुपैयाँ कमाएको छ। आइतबार १५ करोड १० लाख रुपैयाँ बटुल्दै फिल्मले तेस्रो दिनको आम्दानी ४३ करोड ३० लाख पुर्याएको हो। फिल्ममा अजय देवगानका अतिरिक्त इमरान हासमी, इशा गुप्ता र इलियना डीक्रुज प्रमुख भूमिकामा छन्। सोमबार बिहान ट्विट गर्दैं बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शले ओपनिङ सप्ताहन्तमा फिल्मले राम्रो…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धि विधेयक संसदले आजै पारित गर्ने भएको छ। राज्य व्यवस्था समितिले संसदमा लगेका विधेयकहरु आजै पारित गर्न लागिएको हो। त्यसका लागि संसदका तीनवटा बैठक राखिएको छ। संसद्को दोस्रो बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धि विधेयकको प्रतिवेदन संसद्मा पेश गरेका हुन्। दफावार छलफलका लागि संसदले गत साउन…
जापानकी एक राजकुमारीले 'सर्वसाधारण'सँग बिहे गर्न शाही पदवी त्याग गरेकी छिन्। सामान्य नागरिकसँग प्रेममा रहेकी उनी प्रणयसुत्रमा बाँधिन राजकीय पद त्याग गर्न तयार भएकी हुन्। जापानी राजा अकिहितोकी नातिनी तथा राजकुमारी माको ले केइ कोमुरोसँग बिहे गर्दैछिन्। २५ वर्षकी राजकुमारीले टोकियोको इन्टरनेसनल क्रिस्चियनका सहपाठीसँग बिहे गर्न लागेकी हुन्। त्यसो त जापानमा महिलालाई गद्दीको उत्तराधिकारी मानिँदैन। बिहे पछि शाही पहिचान गुमाउने…
अस्कर अवार्ड-२०१८ अन्तर्गत विदेशी भाषा विधाका लागि नेपालबाट छनोट भएको फिल्म सेतो सूर्यको अमेरिकामा नियमित प्रदर्शनी हुने भएको छ। सेप्टेम्बर ६ तारिखबाट अमेरिकी शहरहरुमा फिल्म देखाइने बारे निर्देशक दीपक रौनियारले ट्विटमार्फत जानकारी दिएका हुन्। 'सेतो सूर्य' ६ सेप्टेम्बरदेखि नियमित न्यूयोर्कको म्युजियम अफ मोडर्न आर्टको तितस हलमा प्रदर्शन हुनेछ। त्यस्तै न्यूयोर्क पछि लसएन्जलसमा फिल्मको प्रदर्शन २९ सेप्टेम्बारबाट सुरु हुनेछ। अमेरिका प्रदर्शनको…
काठमाडौं : सूर्यकुमार क्षेत्री दोश्रो अन्तर मिडियाकप फुटसल प्रतियोगिताको उपाधी नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले जितेको छ। सोमबार भएको फाइनलमा मञ्चले माउण्टेन टेलीभिजनलाई ५–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हों। मञ्चको जीतमा दिल तामाङले २ तथा निशान राई, सुवास हुमगाईं र दिपेन्द्र पोख्रेलले १-१ गोल गरे। माउण्टेन टेलिभिजनका लागि सुमन चौधरीले सान्तोवना गोल फर्काए। सोमबार बिहान भएको सेमिफाइनलमा मञ्चले नेपाल…
वसन्तराज उप्रेती काठमाडौं : दरबारमार्गमा रहेका ब्राण्डेड शपले 'सेल'का नाममा ठगी गरेको पाइएको छ। दरबारमार्गमा सबैतिर ५० प्रतिशतभन्दा बढी छुटका बोर्ड राखेका छन्। तर मूल्य भने ५० प्रतिशतभन्दा बढी थपेर सेलका नाममा ठगी गरेको पाइएको हो। आपूर्ति व्यवस्थापन विभागले सोमबार गरेको अनुगमनमा सेलको नाममा उपभोक्तालार्इ बढी रकम असुलेर सामान बिक्री गरेको पाइएको हो।विभागका महानिर्देशक कुमारप्रसाद दाहालले दुर्इ सय प्रतिशतसम्म मुनाफा…
काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट भदौ २८ गतेबाट वितरण गर्ने भएको छ। यसपाली राष्ट्र बैंकले तीन सरकारी बैंकमार्फत् पनि सटही सुविधा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइने छ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटप्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ। यसअघि…
काठमाडौं : एएफसी एसियन कप क्वालिफारअन्तर्गत नेपाल र काजकिस्तानबीच भोली मंगलबार घरेलु मैदानमा खेल हुँदैछ। क्वालिफायरमा दुवैको यो तेस्रो खेल हो। दुवै देशका प्रशिक्षकले सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा जितका लागि खेल्ने बताए। नेपाल र ताजकिस्तान बीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे शुरु हुनेछ। यसअघि खेलिएका दुई खेलबाट नेपालले एक अंक जोडेको थियो भने दुबै खेल हारेको ताजकिस्तान अंकविहिन छ।…
काठमाडौं : भारतबाट भन्सार छली काठमाडौं ल्याइएका विभिन्न कम्पनीका १ सय ३४ थान मोबाइल र केही कपडासहित प्रहरीले ३ जनालाई पक्रेको छ। विशेष सुचनाका आधारमा महानगरीय अपराध महाशाखाले स्वयम्भूमा पार्किङ गरी राखेको दिल्ली काठमाडौं चल्ने बस चेकजाँच गर्दा गाडीको डिक्की र छतमा फल्स बटम बनाइ लुकाइछिपाइ राखिएका विभिन्न कम्पनीको मोबाइल बरामद गरेको हो। प्रहरीले चालक सर्लाही, हरिवन नगरपालिका १० का…
काठमाडौं: स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि विद्यासुन्दर शाक्यले गत जेठ १७ गतेबाट कार्यभार सम्हाले। उनले निर्वाचित भएको दिनदेखि १०० दिनभित्र जनताको घरघरमा गएर १०१ काम गर्ने घोषणा पत्र नै सार्वजनिक गरे। उनको घोषणा पत्रमा रहेको एउटा बुँदा थियो 'काठमाडौंलाई १०० दिनमा उत्कृष्ट शहर बनाउने'। तपाईँले तीन वर्षभित्र मोनो रेल संचालन गर्छु भन्नु भएको थियो। पूरा गर्नुहुन्छ त?…
काठमाडौं : प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचन विधेयक पारित भएको छ। आजको संसदको दोस्रो बैठकमा राज्यव्यवस्था समितिले प्रस्तुत गरेको प्रतिवेदन संसद्को तेस्रो बैठकबाट पारित भएको हो। गृहमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक पारित गरियोस् भनी क्रममा राखेको प्रस्ताव संसदको बहुमतबाट पारित गरेको हो। राष्ट्रिय जनमोर्चा, नेमकिपा सहितका साना दलहरुले विधेयकको विपक्षमा आफ्नो मत प्रस्तुत गरेका थिए। गृह मन्त्रीले…
काठमाडौं : संसदले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन विधेयक पारित गरेको छ। पारित विधेयकहरुले प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा एक दशमलव पाँच प्रतिशत 'थ्रेस होल्ड'को व्यवस्था गरेको छ। तर, विधेयकले प्रस्ताव गरेको प्रत्यक्षतर्फ कम्तिमा एक सिट नजितेमा समानुपातिक तर्फ प्राप्त मतबाट प्रतिनिधित्व नहुने विषय भने हटाएको छ। संसदको राज्य व्यवस्थाम समितिले त्यो व्यवस्था हटाएको हो। समितिले हटाएको विषय विधेयकबाट हटेपछि अब…
काठमाडौं : सामाखुशी फुटसल राष्ट्रिय फुटसल लगमा समूह बी को शीर्ष स्थानमा उक्लेको छ। सोमबार भएको खेलमा रजिनि फुटसललाई ८-७ ले हराउदै सामाखुशीले ४ खेलबाट १० अंक झोडेको हो। यस्तै समूह बी को अन्य खेलमा शंखमुलले फुटसल भिलेजलाई ७-० ले हरायो भने स्तुपाले चउर रिक्रिएसनललाई ९-३ ले पराजित गर्यो। यस्तै समूह ए को खेलमा किप अफले खुमलटारलाई १०-०, हरिसिद्धिले बिजी…
बेइजिङ : भारतको विदेश मन्त्रालयले भोलि प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भोलि द्वीपक्षीय वार्ता तय भएको पुष्टि गरेको छ। ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी चीनको सियामिनमा छन्। दोक्लम इस्युले चिसिएको एसियाका दुई शक्तिशाली मुलुकबीच साइडलाइन वार्ता हुन लागेको हो। 'भोलि बिहान सियामिनमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपतिबीच द्वीपक्षीय वार्ता हुने भएको छ,' भारतीय विदेश मन्त्रालयका अधिकारीलाई उदृत…
काठमाडौं : नेपाली कांग्रेसले २ नं प्रदेशका स्थानीय तहको नेतृत्व गर्न मुस्लिम समुदायका अगुवाहरुलाई अगाडि सारेको छ। नेपाली कांग्रेसले सोमवार सार्वजनिक गरेको नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरुमा मुस्लिम समुदायका महिला र पुरुष दुवै परेका छन्। कांग्रेसले रौतहटको इस्नाथ नगरपालिकामा कौशिल्यादेवी, परोहा नगरपालिकामा प्रमुखमा शेख वकिल, राजपुर नगरपालिका प्रमुखमा मो. सकिल अख्तर र गुजरा नगरपालिका प्रमुखमा शेष दाउदलाई उम्मेवार…
बिष्णुहरि घिमिरे - पेन्सिलभेनिया : आरोप प्रत्यारोप, विवाद र विभिन्न किचलो छिचोल्दै अन्तत: गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन एनसीसी) अमेरिकाको निर्वाचन प्रकृया आइतवारदेखि शुरु भएको छ। विवादका मुख्य पात्र टेक्सासका ब्यापारी गौरी जोशी सबै प्रक्रिया बाट पछाडि हटेपछि एनआरएनमा सबै भन्दा धेरै सदस्य रहेको अमेरिकाको निर्वाचनका लागि बाटो खुलेको हो। गौरी जोशी एनआरएन एनसीसी अमेरिकाको अध्यक्ष पदमा…
काठमाडौं: मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ। मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबारमार्ग स्थित जामे मस्जिद, काश्मीरी मस्जिद लगायत…