PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

  • ८८ किलो सुन तस्करी प्रकरणः थप दुई चालक समातिए, मालिक अझै फरार

    ८८ किलो सुन तस्करी प्रकरणः थप दुई चालक समातिए, मालिक अझै फरार

    काठमाडौं : प्रहरीले ८८ केजी सुन तस्करी प्रकरणमा संलग्न थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गाडी चालक रहेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाले तस्करीमा प्रयोग भएको गाडी रसुवाबाट केरुङ लैजाने र केरुङबाट रसुवा हुँदै काठमाडौं ल्याउने चालक पक्राउ गरेको हो। पक्राउ पर्नेमा चालकद्वय दाम्पा तामाङ र दिलीप खड्का रहेका छन्। ८८ केजी सुन काठमाडौंसम्म ल्याउन अन्य थप गाडी र चालकसमेत…

    विस्तृतमा पढ्नुस्

  • नयाँ नोट : कर्मचारीले आजदेखि साट्न पाउने, सर्वसाधरणले एक हप्ता कुर्नुपर्ने

    नयाँ नोट : कर्मचारीले आजदेखि साट्न पाउने, सर्वसाधरणले एक हप्ता कुर्नुपर्ने

    काठमाडौं : नेपाल राष्ट्र बैंकले सरकारी कर्मचारीलार्इ आजदेखि नयाँ नोट सट्ने व्यवस्था मिलाएकाे छ। कर्मचारीले आफू कार्यरत कार्यालयको सिफारिस पत्रअनुसार राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट नयाँ नोट साट्न पाउनेछन्। कर्मचारीलाई राष्ट्र बैंकले भदौ ३० गतेसम्म नयाँ नोट उपलब्ध गराउनेछ। सर्वसाधरण नागरिकले भने भदौ २८ बाट नयाँ नोट साट्न पाउनेछन्। सर्वसाधरणलार्इ मुद्रा व्यवस्थापन विभाग थापाथली काउण्टर र अन्य तीन सरकारी बैंकमा नोट साट्ने व्यवस्था मिलाएकाे…

    विस्तृतमा पढ्नुस्

  • पितृको सम्झनामा आजदेखि सोह्रश्राद्ध सुरु

    पितृको सम्झनामा आजदेखि सोह्रश्राद्ध सुरु

    काठमाडौं : आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिन गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ। प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ। आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ। पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ। यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय…

    विस्तृतमा पढ्नुस्

  • त्रिविले नै सुनसान भेट्यो नेशनल मेडिकल कलेज

    त्रिविले नै सुनसान भेट्यो नेशनल मेडिकल कलेज

    काठमाडौं : नेशनल मेडिकल कलेज सम्बन्धनका विषयमा अध्ययन गर्न त्रि विकाे विद्या परिषदले गठन गरेको छानविन कमिटीले बुधबार कलेजको अनुगमन गरेको छ। अनुगमनमा क्रममा अध्ययन टोली कलेज पुग्दा प्रशासनका सम्पर्क व्यक्ति, डाक्टर र बिरामी केही पनि भेटेन। निरीक्षणका क्रममा सबै बेड खाली थियाे। नेशनलको सम्बन्धनबारे चौतर्फी विरोध भएपछि गत शनिबार त्रिविले सनत देवकोटाका संयोजकत्वमा छानविन कमिटी गठन गरेको थियो। समितिमा पर्शुराम कोइराला र…

    विस्तृतमा पढ्नुस्

  • गायक अमर विरही गुरुङकाे एकल साँझ

    गायक अमर विरही गुरुङकाे एकल साँझ

    लोक गायक अमर विरही गुरुङले यही भदौ ३१ गते राष्ट्रिय प्रज्ञा भवन कमलादीमा एकल साँझ प्रस्तुत गर्ने भएका छन्। तमु गुरुङ कलाकार संघको आयोजनामा हुन लागेको कार्यक्रममा उनले आफ्नो जीवनमा रचना गरेका चर्चित गीतहरु प्रस्तुत गर्नेछन। चार दशकभन्दा लामो सांगीतिक यात्रा गरेका उनका गैरी पर्यो ताल, खोलि रसायो, काठमाडौं सिंह दरबार, गोर्खा कालिका, गोगन पानीमा, काँचो सुरति लगाएत दर्जनौँ गीतहरु नेपाली…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारी मनोनयन दर्ता उत्साहपूर्ण : निर्वाचन आयोग

    उम्मेदवारी मनोनयन दर्ता उत्साहपूर्ण : निर्वाचन आयोग

    काठमाडौंः असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर २ का ८ वटा जिल्लाका १३६ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता उत्साहपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ। बिहान १० बजेदेखि आठ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेद्वारी मनोनयन दर्ता गराउन फाराम  लिने तथा दर्ता गर्नेहरुको भीड लागेको आयोगले जनाएको छ।  निर्वाचन आयोगको…

    विस्तृतमा पढ्नुस्

  • बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु

    काठमाडौं : कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोला नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ ।  कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको छ ।  कीर्तिपुर नगरपालिका–२ स्थित उक्त क्षेत्रमा गरिएको भौगोलिक सर्भेक्षणबाट बन्जी जम्पका लागि उपर्युक्त देखिएपछि नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध एयरको चितवन–पोखरा–भैरहवा उडान तयारी पूरा, भरतपुर–पोखराको भाडा ३ हजार ६ सय ५० रुपैयाँ

    बुद्ध एयरले भरतपुर–पोखरा, भैरहवा–पोखरा उडानको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पर्यटकीय क्षेत्रका रुपमा सौराहा र लुम्बिनी पुग्ने पर्यटकहरु तथा नारायणगढ–मुग्लिन सडकको दुरावस्थाबाट पीडित बनेका यात्रुलाई लक्षित गरी आगामी भदौ ३० गतेदेखि नियमित उडानको सबै तयारी पूरा भएको बताइएको छ । भरतपुर विमानस्थलमा पत्रकार सम्मेलन गर्दै राजधानी जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडकखण्डको यात्राबाट समस्या भोगिरहेका यात्रुहरुले राहत महसुस गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अन्जु पन्तको पहिलो सोलो कन्सर्ट, फाइदाको रकम शिक्षामा सहयोग

    अन्जु पन्तको पहिलो सोलो कन्सर्ट, फाइदाको रकम शिक्षामा सहयोग

    काठमाडौं: गायिका अन्जु पन्त पहिलो पल्ट एकल साँझमा प्रस्तुत हुन लागेकी छिन्। अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जुको एकल गायन हुन लागेको हो। कार्यक्रममा अन्जुले आफ्ना आधा दर्जन गीत सुनाउने जानकारी दिइएको छ। जसका लागि २७ जना वाद्यवादकको टोलीले उनको साथ दिनेछन्। कार्यक्रमको तयारीमा व्यस्त उनले भनिन्,'दुई दशक लामो सांगीतिक यात्रामा पहिलोपटक सोलो कन्सर्टको अनुभव संगाल्ने तयारीमा…

    विस्तृतमा पढ्नुस्

  • यो साता नेपाल आइडलमा भोट गर्न नि:शुल्क

    यो साता नेपाल आइडलमा भोट गर्न नि:शुल्क

    काठमाडौं: गत साता कुनै प्रतिस्पर्धी  एलिमिनेट नभएपछि सामाजिक सञ्जालमा कार्यक्रम 'नेपाल आइडल'को विरोध भयो। अधिवक्ता यज्ञमणी न्यौपानेले त कार्यक्रम विरुद्ध मुद्दा नै दर्ता गरे। यो साता भने कार्यक्रम युनिटले यो साता नि:शुल्क भोट गर्न मिल्ने व्यवस्था गरेको छ। नेपाल आइडलको मोबाइल एप डाउनलोड गरी भोट गर्न मिल्ने बनाइएको हो। एसएमएसमार्फत पनि नि:शुल्क भोट गर्न मिल्नेछ। यसबारे नेपाल आइडलको आधिकारिक फेसबुक…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको फिल्म 'अनुराग'मा किन अभिनय नगर्ने भए ऋषी धमला?

    श्रीमतीको फिल्म 'अनुराग'मा किन अभिनय नगर्ने भए ऋषी धमला?

    काठमाडौं: एलिजा गौतम धमलाले फिल्म बनाउने निश्चित भएको छ। ऋषी धमलाकी श्रीमतीको रुपमा चिनिएकी गौतम अब फिल्म निर्मात्री एवं अभिनेत्री हुने भएकी छिन्। फिल्म क्षेत्रमा डेब्यु बारे भनिन्,'म धमला पत्नीको रुपमा चिनिदा पनि धेरै खुसी छु। तर अब मेरो प्यासन रहेको फिल्म क्षेत्रमा आफै कोही गरेर छुट्टै पहिचान चाहन्छु। एलिजा गौतमको निर्माण रहने फिल्म 'अनुराग'को बुधबार औपचारिक घोषणा भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • नेफ्टाले गर्यो प्राविधिक र संचारकर्मीलाई सम्मान प्रदान

    नेफ्टाले गर्यो प्राविधिक र संचारकर्मीलाई सम्मान प्रदान

    काठमाडौं: चलचित्र प्राविधिक संघको अठारौं साधारण सभामा संघले प्राविधिक र संचारकर्मीलाई सम्मान प्रदान गरेको छ। बुधबार सम्पन्न साधरण सभामा दुबईमा सम्पन्न नवौं नेफ्टा फिल्म अवार्डमा योगदान दिने संचारकर्मीलाई सम्मान साथै नेपाली फिल्मको अन्तराष्ट्रिय विस्तार बारे छलफल भयो। संघले पेशागत हितसँगै नेपाली फिल्मको विस्तार थप सशक्त बनाउने निर्णय गरेको छ। कार्यक्रममा भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितको प्रमुख आतिथ्य रहेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • हङकङ विरुद्धको खेलका लागि १८ खेलाडी छनोट, को को परे?

    हङकङ विरुद्धको खेलका लागि १८ खेलाडी छनोट, को को परे?

    काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङ विरुद्ध हुने खेलका लागि १८ सदस्यीय नेपाली क्रिकेट टोली को छनोट गरिएको छ। नेपालले आगामी अक्टवबर १३ र १५ हङकङसँग उसैको मैदानमा खेल्दैछ। प्रारम्भिक चरणमा प्रशिक्षणका लागि बोलाइएका २५ खेलाडीबाट पारस खड्काको कप्तानीमा १८ खेलाडी छनोट गरिएको हो। कप्तान पारस र मुख्य प्रशिक्षक जगत टमाटा सम्मिलत छनोट समितिली नेपाली टोली छनोट गरेका…

    विस्तृतमा पढ्नुस्

  • भारतीय पत्रकार गौरी लंकेशको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

    भारतीय पत्रकार गौरी लंकेशको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन

    काठमाडौंः  भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशलाई गोली हानी हत्या गरेको विरोधमा नेपालका पत्रकार र लेखकहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।  हत्याको विरोधमा नेपालका पत्रकार तथा लेखकहरूले माइतीघर मण्डलामा विरोध पदर्शन गरेका हुन्। विरोध प्रदर्शनमा लेखक सिके लालले यो घटना लंकेशमाथि मात्र नभएर सारा कलमकर्मीमाथिको आक्रमण भएको बताए। उनले भने, ‘उनले हिन्दूत्वको विरोधमा समाचार तथा लेख लेखेकै कारण मारिएकी हुन्।’ सिके…

    विस्तृतमा पढ्नुस्

  • सुनसान दरबारमार्ग : अनुगमनका कर्मचारीमाथि हातपातको प्रयास, व्यापारीको नाराजुलुश

    सुनसान दरबारमार्ग : अनुगमनका कर्मचारीमाथि हातपातको प्रयास, व्यापारीको नाराजुलुश

    वसन्तराज उप्रेती   काठमाडौं : दरबारमार्गका ब्राण्डेड पसलको ठगी धन्दा रोक्न सरकारले गरेको अनुगमनमा व्यापारीले अवरोध गरेका छन्। आपूर्ति व्यवस्थापन विभागबाट आएको चार वटा टोलीले दरबारमार्गमा रहेका ब्राण्डेड पसलमा अनुगमन गर्न खोज्दा व्यवसायीले अवरोध गरेका हुन्। व्यापारीले अनुगमनका कर्मचारीमाथि समेत हातपातको प्रयास गर्दै  अवरोध गरेका थिए। अनुगमनलार्इ रोक्न व्यापारीले 'राज्य आतंक बन्द गर' भन्दै नाराजुलुश गरेका थिए। अनुगमनमा कर्मचारी आउने बित्तिकै दरबारमार्गका धेरै पसल बन्द…

    विस्तृतमा पढ्नुस्

  • सुनिललाल जोशीको स्मृतिमा स्ट्रोङ्गेस्ट भारोत्तोलन च्याम्पियनसिप हुने

    सुनिललाल जोशीको स्मृतिमा स्ट्रोङ्गेस्ट भारोत्तोलन च्याम्पियनसिप हुने

    काठमाडौं : स्व. सुनिललाल जोशीले नेपाली भारोत्तोलन क्षेत्रमा पूर्‍याएको योगदानको कदर गर्दै प्रथम नेपाल स्ट्रोङ्गेस्ट सुनिललाल जोशी स्मृति भारोत्तोलन च्याम्पियनसिप आयोजना भएको छ। काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा यही भदौ २८ र २९ गते प्रतियोगिता गर्न लागेको आयोजकले बुधबार पत्रकार सम्मेलन गर्लै जानकारी दिएको हो। दुई दिन सञ्चालन हुने प्रतियोगिता ललितपुरस्थित बालकुमार बैँक्वेटमा हुनेछ। प्रतियोगितामा महिला र पूरुष दुवैको सिनियर…

    विस्तृतमा पढ्नुस्

  • वर्मामा फुटेको कर्म : देश छाड्नुपर्दाका ६ दृश्य 

    वर्मामा फुटेको कर्म : देश छाड्नुपर्दाका ६ दृश्य 

    म्यानमारमा बुद्धिस्ट र मुस्लिम समुदायबीच हिंसा भड्किएको पनि लामो समय भइसकेको छ। मुस्लिमको रोहिंगा समुदायका मानिसहरु हिंसाकै कारण मुलुकबाटै विस्थापित भइसकेका छन्। बंगलादेश, थाइल्याण्ड, साउदी अरेविया, पाकिस्थान र मलेसियाजस्ता देशहरुमा उनीहरु शरणार्थीका रुपमा पुगेका छन्। उनीहरु नेपालसम्म आइसकेका छन् शरण लिन। यो पनि पढ्नुस : म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन वंगलादेशमा सबैभन्दा धेरै शरण लिन…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा प्रवास विभागको प्रमुखमा खड्कालाई मनोनयन

    राप्रपा प्रवास विभागको प्रमुखमा खड्कालाई मनोनयन

    काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको विधान वमोजिम प्रवास विभागको प्रमुखमा विजय खडका(दोलखा) लाई मनोनयन गरेका छन्। अमेरिका, बेलायत, वेल्जियम,पोर्चुगल,नेदरल्यान्ड, जर्मन, जापान, दक्षिण कोरिया, युएई, कतार, हङकङ, आयरल्याण्ड, मेक्सिकोलगायत विश्वका २५ देशमा प्रवासी नेपाली एकता समाज नामको राप्रपाको भातृ संगठन सकृय छ। प्रवासमा राष्ट्रियता, राष्ट्रिय पहिचान, हिन्दुत्व, नेपालको धर्म ,संस्कृति, पहिचान तथा प्रवासमा रहेका नेपालीको समस्याको विषयमा संगठनले…

    विस्तृतमा पढ्नुस्

  • सडक बालबालिकाको फुटबल लिग काठमाडौंमा सुरु, खुसी नेपाल र थ्री एन्जल्सले दोहोरो जित

    सडक बालबालिकाको फुटबल लिग काठमाडौंमा सुरु, खुसी नेपाल र थ्री एन्जल्सले दोहोरो जित

    काठमाडौं : सेल्टर आश्रय नेपालको आयोजनामा नेपालमै पहिलो पटक राष्ट्रिय सडक बालबालिका फुटबल लिग शुरु भएको छ। बुधबारदेखि काठमाडौंको त्रिपुरेश्वरमा शुरु भएको फुटबल लिगमा पहिलो दिन खुसी नेपाल र थ्री एन्जल्सले दोहोरो जित हात पारेका छन्। आ–आफ्नो समुहमा दोहोरो जित हात पारेपछि दुबै टिमले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन्। समुह ए अन्तर्गतको खेलमा खुसी नेपालले आयोजक सेल्टर आश्रय नेपाल…

    विस्तृतमा पढ्नुस्

  • १८ हजार २ सयको उम्मेदवारी दर्ता

    काठमाडौं : तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला, दलितलगायत उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए। साँझ ६:३० बजेम्म तेस्रो चरणमा निर्वाचन हुने स्थानीय तहका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell