फोटोमा हेर्नुस् डा. केसीका पक्षमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीदेखि कृष्ण पहाडीसम्म सडकमा
काठमाडौं: दुबै हातले एकैपटक चित्र कोर्न सक्ने कलाकार उपकार घमालको पहिलो एकल चित्रकला प्रदर्शनी भैरहेको छ। ‘नेगेटिभ पोजेटिभ’ नाम दिइएको प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत बिहिबारदेखि सुरु भएको हो। उदघाटन समारोहमा अतिथिका रुपमा पुगेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले उपकारको कला सम्मानयोग्य रहेको बताइन्। उनले निर्माण भैरहेको फिल्म छक्कापञ्जा सिक्वेलको लागि उपकार घमाललाई एउटा पोस्टर डिजाइन गर्न लगाउने बताइन्।…
काठमाडौं : राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य र प्रेरण कोइरालाले प्रथम एएनएलटीए/जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा उपाधि शनिबार जितेका छन्। संरक्षक ब्वाइज र प्रेरणा गर्ल्समा पहिलो बन्न सफल दुवैले दोहोरो स्वर्ण पनि जिते। ब्वाइज फाइनलमा संरक्षक र प्रणव खनालले १–१ सेट जितेको अवस्थामा प्रणव लडेर घाइते भएपछि रिटायर्ड हर्ट हुन पुगे। पहिलो सेट प्रणवले ६–१ र दोश्रो सेट संरक्षकले…
काठमाडौं : डिफेन्डिङ च्याम्पियनद्वय अरहान्तकेशर संह र भावना सुनुवारले दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। अरहान्त पुरुष र भावना महिला सिंगल्समा च्यामिपयन बनेका हुन्। पुरुष सिंगल्स फाइनलमा अरहान्तले पुरानै प्रतिद्वन्द्वी अमृत थापा मगरलाई १३–११, १२–१०, ११–५ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे। अरहान्तले १८ हजार र अमृतले १० हजार नगद पुरस्कार पाए। महिला…
काठमाडौं : नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्। एपीएफका पुरुषोत्तमले फाइनलमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदको टेबलटेनिस पुरुष सिंगल्स १६ वर्षको कलिलो उमेरमा राष्ट्रिय च्याम्पियन बन्दै सनसनी मच्चाएका नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठलाई ‘बेस्ट अफ सेभेन’ को फाइनलमा ७–११, ११–९, १०–१२, ११–९, ११–९, ११–८ को सेटमा…
रत्ननगर: चितवनको भरतपुरस्थित जिल्ला कारागारमा एकजना कैदीको बिहीबार मृत्यु भएकोछ। विराटनगर घर भएका ४२ वर्षीया कैदी अम्बिका कामतको स्तन क्यान्सरका कारण मृत्यु भएको जिल्ला कारागार चितवनका जेलर कमल काफ्लेले जानकारी दिए। उनका अनुसार रोगबाट गम्भीर भएपछि क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालले नसकिने भनेर पठाएपछि फर्काइएकी कामतको भरतपुर अस्पतालमा ल्याएपछि मृत्यु भएको हो। कर्तव्य ज्यान मुद्दामा उनलाई २० वर्षको कैद सजाय…
बर्दिवास: महोत्तरी जिल्लाको बर्दिवास नगर क्षेत्रमा एक साताभित्रै विषालु सर्पको टोकाइबाट तीनजनाको मृत्यु भएको छ। गत आइतबारदेखि आजसम्ममा बर्दिवास नगरपालिका–१ को मुख्यचोक आसपासमै तीनजनाको सर्पको टोकाइबाट मृत्यु भएको हो। बिहीबार बर्दिवास–१ कै १९ वर्षीया रबिना गौतमको सर्पको टोकाइबाट मृत्यु भएको छ। जनता बहुमुखी क्याम्पस बर्दिवासमा स्नातक तहमा अध्ययनरत गौतमलाई बिहीबार बिहान विषालु सर्प करैतले डसेको थियो। यसअघि मङ्गलबार बर्दिवास–१ कै औरहीरोडमा…
रुकुम वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन्। श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ। यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताए। एकजना उच्च माध्यमिकमा पढ्ने र १३ जना १ देखि १० कक्षासम्म…
चितवनः बिहीबार साँझ एकतर्फी रुपमा सुचारु गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः ठप्प भएको छ। २४ घन्टापछि बिहीबार साँझ एकतर्फी रुपमा सडक सञ्चालन गरी बीचमा फसेका सवारीसाधन पास गरिएको थियो। तर, रातिदेखि नै पहिरोका कारण बाटो पुनः अवरुद्ध भएको हो। कालीखोलादेखि ९ किलोसम्मका क्षेत्रहरुमा पहिरो खसेको कारण राजमार्ग पुनः ठप्प भएको सडक निर्माणका साइड इञ्चार्ज राजन दाहलले जानकारी दिए। उनले ९ किलोमा…
अन्तत: नेमार विश्व कीर्तिमानी रकममा सरुवा भएका छन्। ब्राजिलियन फरवार्ड नेमारलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजीले) विश्व कीर्तिमानी रकम २२२ मिलियन युरोमा बार्सिलोनाबाट अनुबन्धन गरेको छ। जुन २०१६ मा म्यानचेष्टर युनाइटेडले पउल पोग्वालाई किनेको रकमको दोब्बर भन्दा बढी हो। लिग वान क्लब पुगेपछि नेमार विश्वकै महँगा खेलाडी बनेका छन् नै उनले एक वर्षमा ४५ मिलयन युरो कमाउनेछन्। यस्तै एक…
चितवनः विद्युत प्रसारण लाइनमा आएको खराबीका कारण चितवनको ग्रामीण भेग माडीका सर्वसाधरण दुई सातादेखि अन्धकारमा बस्न बाध्य भएका छन्। ‘अन्डरग्राउन्ड’ माध्यमबाट सञ्चालित विद्युत सेवा सुरु भएको एक वर्षमा नै पटक-पटकको समस्याका कारण माडीबासी मारमा परेका हुन्। समस्याबारे सम्वन्धित निकायको ध्यानाकर्षण गरे पनि बेवास्ता गरिएको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए। अन्डरग्राउन्डमा तामाको तार जडान गर्नु पर्नेमा आल्मुनियमको तार जडान गरिएको…
ब्राजिलियन २५ वर्षिय फरवार्ड नेमार फ्रान्सका पउल पोग्वालाई पछि पार्दै विश्वकै महँगा खेलाडी बनेका छन्। नेमारलाई फ्रान्सेली क्लब पिएसजीले विश्व कीर्तिमानी रकम २२२ मिलियन युरोमा बार्सिलोनाबाट क्लब भित्राएको हो। पेरिसियन क्लब पिएसजीले नेमारलाई अनुबन्ध गर्न पोग्वाको ट्रान्सफर रकमको दोब्बर भन्दा बढी रकम तिर्नुपर्यो। नेमार महाँगा खेलाडी बनेपछि पोग्वा दोस्रो स्थान झरेका छन्। यसअघि सान्तोसबाट स्पेन पुग्दा नेमार बार्सिलोनाका महँगा खेलाडीका…
काठमाडौं : राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य, प्रेरणा कोइराला, संरक्षकका भाइ सम्यकभूषण र रायना शाह प्रथम एएनएलटीए-जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन्। आ–आफ्नो स्पर्धामा च्याम्पियन बनेका संरक्षकले यु–१८ ब्वाइज सिंगल्स, प्रेरणा यु–१४ गर्ल्स सिंगल्स, सम्यकले यु–१४ ब्वाइज सिंगल्स तथा रायनाले यु–१२ गर्ल्स सिंगल्समा पहिलो भए। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको यु–१८ ब्वाइज सिंगल्सको राउन्ड रोविन लिगको आफ्नो अन्तिम खेलमा संरक्षकले…
चीनमा बिहीबारबाट औपचारिक समारोहसहित विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाको निर्माण अघि बढेको छ। जिनसा नदीमा बन्ने बेहतन प्रोजेक्ट आयोजना उत्तर-पश्चिम चीनको सिचवान र युनान प्रान्तको बीचमा पर्छ। १६ हजार मेगावाट क्षमता छ आयोजनाको छ। सन् २०१५ मा बेइजिङले खपत गरेको विद्युतको यो दुई तिहाई हिस्सा हो। आयोजनाले सन् २०२१ बाट विद्युत उत्पादन थाल्ने अपेक्षा गरिएको छ भने पूर्ण रुपमा सञ्चालनमा…
काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलका शीर्ष नेताको बैठक डाकेका छन्। चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनशनरत केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गर्दा देउवाले छलफलका लागि दलका नेताहरु डाकेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा अहिले चार बजे प्रतिपक्षी तथा सत्तारुद्ध दलका नेतालाई डाकेका हुन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली…
विश्व कीर्तिमानी रकममा स्पानिस क्लब बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन फरवार्ड नेमारले आफूलाई चुनौती चाहिकोले फ्रान्सेली क्लब गएको बताएका छन्। पिएसजी पुगेपछि नेमारले सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो सन्देश लेख्दै उक्त खुलासा गरेका हुन्। यस्तै उनले आफ्ना बाबुको आग्रह इन्कार गरेकोमा क्षमा समेत मागेका छन्। नेमारले टेक्स्ट समेत राखेर उक्त भिडियो इन्स्टाग्राममा राखेका छन्। La vida de…
काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका शिक्षकहरुलार्इ ‘जबलेस मास्टर’को संज्ञा दिएका छन्। अनेरास्ववियु केन्द्रीय शैक्षिक विभाग र संघीय मामिला तथा कानुन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शिक्षकहरु कतै जागिर नपाएर शिक्षण पेशामा लागेको भन्दै नेपालका शिक्षकहरुलार्इ ‘जबलेसमास्टर’को संज्ञा दिएका हुन्। ‘बीए, एमए, पास गरेर जागिर पाइँदैन, केहीले सुसाइड गर्छन् सुसाइड गर्न नसकेका मानिस शिक्षक बन्छन्,’ अलीले भने। ओलीले…
चन्द्रकान्त खनाल बुटवलः रुपन्देहीको मणिग्रामस्थित सिरिया मार्वलका संञ्चालक दुर्गालाल भण्डारीमाथि गोली प्रहार भएको छ। भण्डारीलाई लक्षित गरी गोली प्रहार भएपनि उनी सुरक्षित छन् । आज दिउसो भण्डारीमाथि गोली प्रहार भएको हो। गोली प्रहारको मनोज पुनले जिम्मा लिएका छन् । चन्दा नदिएपछि उनीमाथि गोली प्रहार गरेको पुनले भण्डारीका छोरा दीपकलाई टेलिफोन गरी बताएका हुन्। ३० लाख चन्दा मागेको तर नदिएका कारण गोली…
चितवन : बुधवार साँझबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड आज दिउसो दुई बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ। उक्त सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार पहिरोले बगाएको भालुढुंगाबाहेक अन्य ठाउँमा दुईतर्फी सडक सञ्चालनमा आएको हो। आयोजनाका इन्जिनियर खनालका अनुसार नारायणगढबाट २७ किलोमिटर दूरीमा रहेको भालुढुंगामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको…
धेरै नै प्रचार र चर्चाबीच बलिउडका किङ शाहरुख खानको फिल्म जव ह्यारी मेट सेजल रिलिज भएको छ। फिल्म मेकिङमा भन्दा मार्केटिङमा केन्द्रित हुँदै गइरहेको बलिउडको यो फिल्मले असहज झट्का बेहोरेको छ। शाहरुख खान नामै काफी छ बलिउडका लागि। तर, पछिल्लो समय दक्षिण भारतीय फिल्मले बलिउडलाई गाँज्दै ल्याउँदा बलिउडका ताराहरुको चमक पनि फिका हुन थालेका छ। यसअघि सलमान खानको फिल्म ट्युबलाइट…