काठमाडौं: फिल्म रुद्रप्रियाको पहिलो गीती भिडियो सार्वजनिक भएको छ। गत आइतबार सार्वजनिक गीत 'मेरो माया छ भने' बोलको भिडियो बुधबार युट्ट्युबमार्फत सार्वजनिक भएको हो। गीतमा केही अघि चर्चामा आएको सेटको प्रयोग देख्न सकिन्छ। रेखा थापाले उक्त स्टेजको मात्र बजेट २० लाख रहेको बताएकी थिइन्। भिडियोमा सात वर्षपछि एकसाथ पर्दामा देखिन लागेका कलकार रेखा थापा र आर्यन सिग्देलको फिचरिङ रहेको छ।…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माणको काम छिटो सक्न निर्देशन दिएका छन्। व्यापक जनगुनासोपछि आफैं सडक अनुगमनमा निस्किएका प्रधानमन्त्री देउवाले दासढुंगा पुगेर सडक निर्माणमा हेलचक्राई गर्ने ठेकेदार र कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका हुन्। ‘यो सडक मुलुकको लाईफ(लाईन हो, तपाईहरुले यो सडकमा कुनै ढिलासुस्ती गर्नुभयो भने त्यो सहन सकिदैन,’ प्रधानमन्त्रीले आयोजना पुमुख र ठकेदारहरुला अगाडि राखेर भने, ‘कामको गतिलाई…
काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज दिउँसो साढे १ बजे थाइ एयरवेजको विमानबाट बैँकक प्रस्थान गरेका छन्। पूर्वराजा र पूर्वरानी दुई सातासम्म उतै बस्ने कार्यक्रम छ। पूर्वयुवराज्ञी हिमानी, छोरा ह्रदयेन्द्र र छोरीहरु पूर्णिका र कृतिका पनि असार २२ गते नै थाइल्यान्ड गइसकेका छन्। भ्रमणको उद्देश्य पारिवारिक घुमघाम रहेको छ। पूर्व युवराज पारस शाह भने थाइल्यान्ड गएका…
काठमाडौं : गृहसचिव लोकदर्शन रेग्मीले केही दिनभित्रै प्रदेश नम्बर दुईको निर्वाचनका लागि सुरक्षा रणनीति तयार हुने बताएका छन्। निर्वाचन आयोगले भरतपुर १९ को निर्वाचन सुरक्षा तथा प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचन सुरक्षाका विषयमा छलफलका लागि डाकेको बैठमा गृहसचिव रेग्मीले यस्तो जानकारी दिएका हुन्। उच्चस्तरीय सुरक्षा समितिका संयोजक आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा बसेको बैठकमा प्रमुख निर्वाचन आयुक्त…
काठमाडौं : नेकपा माओवादी केन्द्रले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनको प्रचारप्रसार अभियानमा शीर्ष नेताहरुलाई खटाउने भएको छ। लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आज बसेको केन्द्रीय कार्यालय बैठकले असोज २ गते हुने २ नम्वर प्रदेशको निर्वाचनमा पार्टीका शीर्ष नेताहरुलाई खटाउने निर्णय गरेको हो। बैठकले अध्यक्ष प्रचण्डलाई सिरहा, नारायणकाजी श्रेष्ठलाई सर्लाही, रामबहादुर थापालाई धनुषा, हरिबोल गजुरेललाई रौतहट, दीनानाथ शर्मालाई पर्सा,…
शरद शर्मा काठमाडौँ: जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ। हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन थालिएको हो। गुनासो प्रत्यक्ष सम्बन्धित अधिकारीलाई सुनाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्नका लागि ल्याउन ‘कलसेन्टर’ ल्याउन थालिएको ‘हेलो सरकार’ कार्यक्रमका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले…
काठमाडौं: त्रिभुवन विश्वविद्यालय र भारतको प्रसिद्ध शैक्षिक संस्था चन्डिगढ युनिभर्सिटीबीच उच्च शिक्षा, अनुसन्धान, विद्यार्थी तथा फ्याकल्टी आदानप्रदानका लागि समझदारी भएको छ । यो समझदारीले दुवै देशका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि बाटो खुलेको चन्डिगढ युनिभर्सिटीका उपकूलपति आर.एस. बाबाले बताए। छिमेकका विश्वविद्यालयहरुसँग घनिष्ट सम्बन्ध राख्ने उद्देश्य बोकेर चण्डिगढ विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयसँग हातेमालो गरेको हौं, मंगलवार आयोजित पत्रकार सम्मेलनमा उपकुलपति बाबाले…
काठमाडौँ: अनसनरत डाक्टर गोविन्द केसीको मागमा सरकारले बेवास्ता गरेको भन्दै महाराजगन्ज शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टरहरुले आजबाट ओपिडी सेवा बहिस्कार गरेका छन्। नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसन, आइओम नेपालले डाक्टर केसीका माग तत्काल पूरा गर्न दबाब दिँदै ओपिडी सेवा बहिस्कार गरेको जनाएको छ। पठनपाठन र ओपिडी सेवा बहिस्कार गरेका उनीहरुले केसीका माग तत्कालै पूरा नगरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका…
काठमाडौँ: निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एकल चिन्ह लिई निर्वाचनमा भाग लिन चाहने दलहरुलाई दल दर्ताको निवेदन दिने आह्वान गरेको छ। आयोगले भदौ ११ गतेसम्म आयोग केन्द्रीय कायालयमा निवेदन दिन आह्वान गरेको हो। दुई वा सोभन्दा बढी दलहरुले चुनावमा भाग लिँदा मोर्चा बनाई एकै चुनाव चिन्ह लिन चाहे दल दर्ता गर्नुपर्ने राजनीतिक दलसम्वन्धी ऐनमा व्यवस्था छ। ऐनको दफा…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रदेश नं.२ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार, पृष्ठभूमि र सम्भावना रहेको बताएका छन्। धनुषाको जनकपुरधाममा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले पार्टीलाई पहिलो पार्टी बनाउन निर्वाचन अभियानलाई युद्धस्तरमा अगाडि बढाउनुपर्ने बताए। अध्यक्ष प्रचण्डले भने, ‘भ्रम चिरियो र सत्य स्थापित भयो भने माओवादीले जित्छ। अरु…
काठमाडौं: फिल्म 'झ्यानाकुटी'ले पुन: एकपटक रिलिज मिति पर सारेको छ। यो फिल्म युनिटले टार्गेट गरेको तेस्रो रिलिज टार्गेट हुनेछ। यसअघि भदौ ८ गते बिहिबारबाट नै र भदौ ३० गतेबाट फिल्म प्रदर्शन हुने भन्ने दुईपटक घोषणा भइसकेको छ। तर अब फिल्म कार्तिक १७ गतेलाई फिल्म प्रदर्शन मिति सरेको हो। फिल्म सार्वजनिक मिति सर्नुको कारण पोस्ट प्रोडक्शनको काम बाँकी रहनु बताइएको छ।…
नारायण न्यौपाने काठमाडौँ: निर्वाचन आयोगले राष्ट्रियसभा तथा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा कस-कसको कति मतभार हुने भन्ने विषयमा केन्द्रित रहेर राजनीतिक दलसँग परामर्श शुरु गरेको छ। आयोगले राष्ट्रियसभा निर्वाचन तथा राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी विधेयकको मस्यौदा तयार गरी दलसँग छलफल प्रारम्भ गरेको हो। नेपालको संविधानमा ५९ सदस्यीय एक स्थायी सदनका रुपमा रहने राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष…
काठमाडौँ: अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ। पदपूर्ति समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि व्यवसायिक कार्ययोजनासहितको दरखास्त माग गरेको हो। छनोट समितिले मंगलबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। दरखास्त दिन चाहने उम्मेदवारले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखामा यही साउन ३१ गतेसम्म दरखास्त दिनु पनेछ। अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य वा कानुन विषयमा स्नात्तकोत्तर…
इस्लामाबाद: पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन गर्न मंगलबार हुने निर्वाचनका लागि सोमबार छ जनाले उम्मेदवारी दिएका छन्। निवर्तमान प्रधानमन्त्री नवाज सरिफलाई अदालतले भ्रष्टाचारी ठहर गरेपछि उनले राजीनामा दिएका थिए। राजीनामासँगै नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएको हो। सरिफको पार्टी पाकिस्तान मुस्लिम लिगको तर्फबाट सहिद खाक्वान अब्बासीले प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रियसभा र तल्लो सदनका सदस्यहरुले मतदान गरेर…
दुनै: साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन्। जिल्ला समन्वय समितिको निर्वाचनमा निर्वाचित हुने संयोजक, उपसंयोजकलगायत नौ सदस्यीय समिति सबै निर्वाचनअगावै निर्विरोध निर्वाचित भइसकेकाले २० साउनमा डोल्पामा निर्वाचन नहुने नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य हंशबहादुर शाहीले जानकारी दिए। शाहीका अनुसार निर्वाचित हुनेमा एमालेको तर्फबाट संयोजकमा काइके गाउँपालिकाका शेरबहादुर बुढा, उपसंयोजकमा ठूलीभेरी…
दाङ: दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ। राप्ती गाउँपालिका–१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन। अन्दाजी २५ देखि ३० वर्ष उमेरको पाँच फिट एक इञ्च उचाई भएकी महिलाको बायाँ हातको माझी औँलामा पहेँलो औँठी, साइँली औँलामा फलामको औँठी, नाकमा फूली,…
बनियानी: भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जानकारी दिए। …
पोखरा: जिल्ला समन्वय समिति, कास्कीको संयोजकमा नेकपा एमालेका बैनबहादुर क्षेत्री अधिकारी निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले आठ दिनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सोमबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको भए पनि अन्य दलबाट कुनै पनि मनोनयन नपरेपछि पोखरा लेखनाथ महानगरपालिका–२८ का क्षेत्री निर्वाचित भएका हुन्। समन्वय समितिको उपसंयोजकमा एमालेबाटै पोखरा लेखनाथ–३१ का सावित्री भण्डारी, सदस्यहरुमा मादी गाउँपालिकाका बृहस्पति सापकोटा, माछापुच्छ्रे गाउँपालिकाका…
गौशाला: महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए। गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी/बहिनी गौशाला नगरपालिका–२ बस्ने…
काठमाडौं : युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अनुगमन गरेका छन्। नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालाको अवस्था अहिले दयनिय अवस्थामा छ। नवनियुक्त मन्त्री केसीसँग मन्त्रालयका सचिव महेश प्रसाद दाहाल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले अनुगमनका क्रममा विभिन्न खेल संधका पदाधिकारी साथै प्रशिक्षकलाई समेत भेटेका छन्। भूकम्पपछि अस्थव्यस्त बनेको दशरथ रंगशाला…