काठमाडौं : विश्वबजारमा स्मार्टफोन बिक्रीका हिसाबले ओप्पो चौथो स्थानमा उक्लिएको छ। इन्टरनेसनल डाटा कर्पोरेसनले सन् २०१७ को पहिलो त्रैमासमा स्मार्टफोनको बजार अध्ययन अनुसार बिक्री र इयर अन इयर ग्रोथका आधारमा ओप्पो चौथोमा उक्लिएको हो। कर्पोरेशनको प्रतिवेदन अनुसार यो अवधिमा ओप्पोको २ करोड ५६ लाख मोबाइल बिक्री भएका छन्। चिनियाँ बजारमा मध्यम वर्गीय ओप्पोको आरनाइन एसले विशेष भूमिका खेलेको प्रतिवेदनमा छ।…
सुरुङ्गा (झापा) : प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले आज बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन। सुन कसको हो? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए। यसअघि शुक्रबार प्रहरीले चन्द्रगढी विमानस्थलबाट एक…
काठमाडौँ : गायक शिव भुषालको 'किन तानेको मेरो पछ्यौरी मखमली' बोलको गीत सार्वजनिक भएको छ। रोमान्टिक भाव भएको यस गीतमा मोडल एलिसा राई र पुष्पल खड्काको अभिनय रहेको छ। भिन्न शैलीमा ग्रामीण परिवेशमा अभिनय गरिएको यस गीतमा गायिका अञ्जु पन्तले गायक भुषाललाई स्वरमा साथ दिएकी छिन्। गीतकार तथा गजलकार नृपेश उप्रेतीका शब्द सिर्जनामा संगीतकार अर्जुन पोखरेलले संगीत भरेको छन् भने…
काठमाडौं : नेपाल एथ्लेटिक्स एशोसिएसनले २०७४ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। शनिबार नेपाल एथ्लेटिक्स एशोसिएसन एनएए अवार्ड सेरेमोनीको आयोजना गर्दै एशोसिएसनले वर्ष २०७४ को कार्यक्रम सुरु गर्दै खेल तालिका समेत सार्वजिनक गरेको छ। कार्यक्रममा कीर्तिमानी धावक, कोच र भेट्रान धावकहरुलाई नगदसहित सम्मान समेत गरियो। विभिन्न प्रतियोगिताको विभिन्न स्पर्धामा कीर्तिमान रचेका यामसाजन सुनार, दिलमाया कार्की, सविता चौधरी, प्रमिला रिजाल, वृन्दा श्रेष्ठ,…
काठमाडौं : कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ काव्य ‘भरियाको भूगोल’ सार्वजनिक भएको छ। अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै सार्वजनिक गरेका थिए। प्राज्ञ मुकारुङले भने, ‘हाम्रो पुस्ताले कविता लेख्न प्रारम्भ गर्दा तत्कालीन ठूलो स्कुलमध्येको एउटा दिनेश दाई पनि हुनुहुन्थ्यो,’ अधिकारीको पुस्तक यसरी ग्रहण गर्दाको सुखद् अप्ठेरोपना व्यक्त गर्दै थपे, ‘उहाँहरु मध्येमा पनि गद्य कविताको…
डा. पुष्करराज भट्ट प्रक्रिया “आज त जसरी पनि काम गराएर छाड्छु, जे पर्ला–पर्ला” उसले दृढ अठोट गर्यो। पहिलेकै फाँटमा गयो। आशाका नजरले कर्मचारीको मुखतिर हेर्यो। ङिच्च दाँत देखायो, छोराको उमेर सरहको फाँटवाला कर्मचारीलाई नमस्कार गर्यो। “केही काम थियो की?” बूढाको आकृति र पोशाकतिर नजर लगाउँदै उपेक्षासाथ बोल्यो कर्मचारी। “हजुर, मेरो काम.....म धेरै दिन भयो यो कामले आएको। पैसा पनि सकियो।…
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी स्थानीय तह निर्वाचनमा खटिने पर्यवेक्षकले कसैप्रति पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न सुझाव दिएका छन्। निर्वाचन आयोगमा आज आयोजित ‘पर्यवेक्षणसम्बन्धी राष्ट्रिय सङ्घसंस्थासँगको अभिमुखीकरण तथा अन्तक्र्रियामा उनले निर्वाचनमा हिमाल, पहाड र तराईमा स्वतन्त्र र निष्पक्ष ढङ्गबाट पर्यवेक्षणको कर्तव्य पूरा गर्न आग्रह गरे। प्रमुख आयुक्त यादवले भने– ‘निर्वाचनको साक्षीका रूपमा मतदातामाझ…
काठमाडौं : संरक्षकभूषण बज्राचार्य र इरा रावत पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्समा शनिबार च्याम्पियन बनेका छन्। डिफेन्डिङ च्याम्पियन संरक्षकले पुरुषतर्फ फाइनलमा जितेन्द्र परियारलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे। यता महिलातर्फ नयाँ च्याम्पियन बन्ने क्रममा इराले उपाधि भिडन्तमा माहिका राणालाई ६–२, ५–७, ६–३ को सेटमा हराइन्। दुवै समूहमा पहिलो र दोश्रो हुनेले…
काठमाडौँ : कवि डा. नवराज लम्सालको ‘धरा’ महाकाव्य सार्वजनिक भएको छ। प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवस, डा. जगमान गुरुङ, डा गोविन्दराज भट्टराई, प्राज्ञ भुवन ढुङ्गाना पत्रकार धर्मेन्द्र झालगायतले महाकाव्य सार्वजनिक गरेका हुन्। नेपाली साहित्यमा ‘कर्ण’ महाकाव्यको सिर्जना गरिसकेका कवि लम्सालले यस महाकाव्यको सिर्जना १० वर्ष लगाएर गरेका हुन्। विमोचन समारोहमा बोल्दै कवि दिवसले भने, ‘धरा’ मा टुक्रा टुक्रा नभई सिङ्गै…
कप्तान विराट कोहलीले अर्धशतक बनाएपनि अन्य खेलाडीले दोहोरो अंक समेत छुन नसकेपछि रोएल च्यालेन्जर्स बैंगलोरले आइपीएलमा सातौँ हार बेहोरेको छ। शनिबार भएको पहिलो खेलमा बैंगलोर राइजिङ पुने सुपर जायन्ट्ससँग ६१ रनले पराजित भएको हो। १० खेल खेलिसक्कदा ७ खेल हारको बैंगलोरको प्लेअफ पुग्ने सम्भावना समेत कठिन बनेको छ। कोहलीको टिमले अब प्लेअफमा स्थान बनाउने हो भने बाँकी रहेका ४ खेल…
काठमाडौँ : व्यवस्थापिका–संसदमा सरकारले दर्ता गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव दर्ता गरिएको छ। संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिन १५ मिनेट बाँकी रहँदा सत्तारुढ दलका तर्फबाट पाँच बुँदामा संशोधन प्रस्ताव दर्ता भएको हो। सत्तारुढ दलको तर्फबाट मधेसकेन्द्रित दलहरुको सहमतिमा संशोधन प्रस्ताव ल्याउन साँझ ६ बजेदेखि बैठक बसेको थियो। सत्तारुढ दलहरु माओवादी केन्द्र, नेपाली…
काठमाडौँ : संसदमा रहेको संविधान संशोधन विधेयक पारित गर्न सहयोगका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आव्हान गरेका छन्। प्रधानमन्त्री प्रचण्डले दिउँसो ३ बजे बालुवाटारमा सर्वदलीय बैठक राखेका हुन्। संसदमा सैद्धान्तिक छलफल पछि स्वीकृत भएको संविधान संशोधन विधेयक १७ गतेको संसद बैठकबाटै पारित गर्ने तयारी सरकारको छ। संविधान संशोधनका लागि दुई तिहाई आवश्यक हुने भएपनि संशोधनको पक्षमा खुलेरै दुई…
भारतीय टिमका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोएल च्यालेन्जर्स बैंगलोरले आइपीएलमा छैटौँ हार बेहोरेको छ। बिहिबार भएको खेलमा गुजरात लायन्ससँग ७ विकेटले पराजित भएपछि बैंगलोरको शीर्ष चारमा रहदै प्लेअफ पुग्ने सम्भावना समेत कठिन बनेको छ। ९ खेल खेलिसक्दा २ खेलमा मात्र जित हात पारेको बैंगलोर ५ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। हैदरावदसँगको खेल वर्षाले रद्ध भएपछि बैंगलोरले अंक बाँडेको…
प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेड बीचको डर्बी खेल बराबरीमा सकिएको छ। गएराती भएको खेलमा 'म्यानचेष्टर डर्बी' मा सिटी र युनाइटेडले गोलरहित बराबरी खेल्दै १/१ अंक बाँडेका छन्। सिटीको घरेल मैदान एतिहाड स्टेडियममा भएको खेलमा युनाइटेडका माराउने फेलाइनीले ८४औं मिनेटमा सिधै रातो कार्डको सामना गरे। त्यसपछि दश खेलाडीमा झरेको युनाइटेड विरुद्ध सीटीले फाइदा उठाउन सकेन। सर्जियो अगुएरोलाई टाउकोले…
बहुप्रतिक्षित बलिउड फिल्म बाहुबली द कन्क्लुसन आजबाट रिलिज भएको छ। सन् २०१५ मा रिलिज भएको बाहुबली द बिगिनिङको दोस्रो भागको रुपमा बनाइएको फिल्म बलिउडमा अहिलेसम्मकै सबैभन्दा महँगोमा बनेको फिल्म हो। एसएस रामोलीले निर्देशन गरेको फिल्ममा प्रभास, राना दग्गुबत्ती, अनुष्का सेट्टी, तमन्ना लगायतको अभिनय छ। आखिर कटप्पाले बाहुबलीलाई किन मारे भन्ने विषय नै फिल्मको मुख्य केन्द्रविन्दुको विषय बनेको छ। त्यसको जवाफ…
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा जित हात पार्दै सेभियाले तेस्रो स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ। सेभियाले घरेलु मैदानमा १० खेलाडीमा झरेको सेल्टाभिगोलाई २-१ ले पराजित गर्दै एथ्लेटिको समान ६८ अंक जोडेको हो। बराबर अंक जोडेपनि गोलअन्तरमा पछि परेको सेभिया चौथो स्थानमा यथावत छ। दुवै टिमले ३४ खेल खेलिसकेका छन् भने बार्सिलोना र रियल मड्रिड भन्दा १०…
काठमाडौं : हिमालयन टाइगर उपनामले चर्चित नेपाली रेस्लर भरत बहादुर बिसुराल काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिने भएका छन्। यही बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि बिसुरालले स्वतन्त्र उम्मेदारको रुपमा उम्मेदवारी दिने विज्ञप्तीमा उल्लेख छ। नेपाली रेस्लिङको संस्थापक समेत रहेका बिसुरालको चुनावी नारा सुन्दर सभा र हराभरा- सभ्य भव्य हाम्रो काठमाडौं नगरपालिका रहेको छ। नेपालि सेनामा समेत एक…
काठमाडौँ : प्रदेश ३, ४ र ६ मा निर्वाचनका लागि ठिक पन्ध्र दिन बाँकी रहँदा दलहरुले प्रचार तीव्र पारेका छन्। संसदमा रहेका प्रमुख दलहरु मध्येका नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने प्रचार समेत बढाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टीले भने घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन्। निर्वाचनको समय निकै…
काठमाडौं: नयाँ वर्षको तेस्रो हप्ता पनि कुनै नेपाली फिल्म प्रदर्शनमा आएनन्। पहिलो हप्ता तीन फिल्म राधे, घामपानी र लभ लभ लभ एकसाथ पर्दामा उत्रिएका थिए। तर दोस्रो हप्तासम्म यिनै फिल्मको प्रदर्शन चलिरहेको थियो र हलमा कुनै नयाँ नेपाली फिल्म प्रदर्शनमा आएनन्। तेस्रो हप्तामा प्रवेश गर्नु अघिसम्म पनि सिंगल स्क्रिनमा राधे र मल्टिप्लेक्सका केही पर्दामा लभ लभ लभ र घामपानी प्रदर्शनरत…
काठमाडौं: चैत ११ गते सार्वनजिक भएको दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म 'लप्पन छप्पन' बेलायतमा प्रदर्शन हुने भएको छ। नेपालमा एक करोड ग्रस कलेक्शन गरेको 'लप्पन छप्पन' अब विदेश प्रदर्शन लागेको हो। फिल्मले बेलायतबाट विदेश प्रदर्शन सुरु गर्न लागेको हो। ३२ बक्स नामक समुहले प्रिन्सेल हल अल्डरसटमा आगामी ७ मे, आइतबार र हयारो सफारी सिनेमा हलमा १३ मे शनिवार…