जापानीहरुको चाड गोल्डेन विकको अवसरमा प्रवासी नेपालीहरु माझ 'साकुरा नाईट २ जापान' हुने भएको छ। सुर्य कर्पोरेसनद्वारा यो बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ। साकुरा नाइट आउँदो मे महिनाको पहिलो हप्तामा जापानको मुख्य शहरहरुमा हुँदैछ। गायक प्रमोद खरेल, कमेडिएन सन्दिप क्षेत्रि र गायिका नलिना चित्रकारको प्रस्तुति रहनेछ। कार्यक्रम गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिकका दिन टोक्योबाट हुनेछ र…
काठमाडौं: कमेडी स्टार सन्दिप क्षेत्री अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। 'तीते करेली' बोलको गीत म्युजिक भिडियो सहित युट्युब मार्फत रिलिज भएको हो। भिडियोमा सन्दिपसँगै सन्ध्या भट्टराई र सुनिल क्षेत्रीले अभिनय गरेका छन् । सागर राजले निर्देशन गरेको भिडियोले कमेडी कथा प्रस्तुत गर्न खोजिएको छ। सिर्जना थापा परियारको स्वर रहेको गीतमा शब्द संगीत निर्देशक सागर राजकै रहेको छ। चितवनमा छायाँकन…
काठमाडौं : निर्वाचन आयोगले मतपरिणाम समेत अपडेट गर्नेगरी मोबाइल एप सार्वजनिक गरेको छ। आयोगले निर्वाचनको ठीक १५ दिनअघि एप लञ्च गरेको हो। त्यस्तै आयोगले निर्वाचन सम्बन्धि सूचना र जानकारीका लागि कल सेन्टरको समेत स्थापना गरेको छ। के के छ मोबाइल एपमा? मोबाइल एपमा निर्वाचन सम्बन्धि कार्यतालिका राखिएको छ। त्यस्तै मतदाता विवरण तथा मतदान स्थल र केन्द्रको विवरण राखिएको आयोगले जनाएको…
काठमाडौं : संरक्षकभूषण वज्राचार्य र मायांका राणाको जोडीले पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि शुक्रबार जितेका छन्। उपाधि भिडन्तमा संरक्षक र मायांकाको जोडीले इरा रावत र श्रीराम मगरको जोडीलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरे। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान पुरुष सिंगल्समा प्रदीप शाहले दोहोरो उपाधि जिते। ५५…
आइपीएल अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा कोलकता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७ रनले पराजित गरेको छ। सिजनको सातौँ जितपछि कोलकताले दोस्रो स्थानको मुम्बईमाथि २ अंकको स्पष्ट अग्रता समेत बनाएको छ। ९ खेलबाट कोलकताको १४ अंक भएको छ। कप्तान गौतम गम्भिर र रोविन उथापा ब्याटिङ तथा नाथल कल्टर नाइल बिलङमा मा चम्केपछि कोलकताले १६१ रनको लक्ष्य १६.२ ओभरमा ३ विकेट…
कोलकता नाइट राइडर्स आइपीएलको शीर्ष स्थानमा उक्लेको छ। बुधबार भएको खेलमा राइजिङ पुने सुपरजायन्ट्सलाई ७ विकेटले पराजित गर्दै ८ खेलबाट १२ अंक जोडेको कोलकताले नेट रन रेटमा मुम्बई इन्डियन्सलाई पछि पारेको हो। दुवै टोलीले ८ खेल खेल्दै समान ६ खेल जितेका छन्। हारका बावजुत पनि ८ खेलबाट ८ अंक नै जोडेको पुने चौथो स्थानमा यथावत छ। कोलकताले पुनेले दिएको १८३ रनको…
स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना र दोस्रो स्थानको रियल मड्रिडले फराकिलो जित हात पारेको छन्। गएराती भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७-१ तथा रियलले डेपोर्टिभा ला कुरानालाई ६-२ ले हरायो। घरेलु मैदानमा बार्सिलोनाका लागि लियोनल मेसी, आन्द्रे गोमेज, फ्रान्सिस्को अल्कासेरले २-२ गोल गरे भने ज्याभिएर मास्केरानोले एक गोल गरे। ओसासुनाका लागि रोबर्टो टोरेसले सान्त्वना गोल फर्काए। २ गोलपछि ला…
क्रिस्टियन एरिक्सनले गरेको एक मात्र गोलको मद्दतमा टोटनहमले प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दै शीर्ष स्थानको चेल्सीसँग अंक दूरी ४ मा झारेको छ। टोटनहमलाई स्पष्ट ३ अंक दिलाउन एरिक्सनले ७८औं मिनेटमा निर्णायक गोल गरे। जितपछि टोटनहमको ३३ खेलबाट ७४ अंक भएको छ। समान खेलबाट चेल्सीको ७८ अक छ। एक खेल बढी खेल्दै ६६ अंक जोडेको लिभरपुल तेस्रोमा छ।…
बलिउडका चर्चित कलाकार विनोद खन्नाको ७० बर्षको उमेर निधन भएको छ। केहि बर्षदेखि क्यान्सरका कारण अस्वस्थ रहेर उपचार गराईरहेका खन्नाको बिहिवार मुम्बईस्थित एचआर रिलायन्स हस्पिटलमा निधन भएको हो। खन्नाले सयभन्दा बढि चलचित्रहरुमा अभिनय गरेका छन्। सन् १९६८ बाट उनले अभियन शूरु गरेका थिए। १९७० देखि ८० सम्म विनोद खन्ना चर्चित चलचित्रहरु प्रर्दशनमा आएका थिए। मेरा आप्ने चलचित्रबाट उनि चर्चामा आएका…
काठमाडौं : संघीय गठबन्धन र सत्तारुढ दलको बैठक विनानिष्कर्ष टुङ्गिएको छ। केही समयअघि प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा संसद सुचारु र संविधान संशोधन विधेयकका बारेमा छलफल भएको थियो। बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षमान पुन र गठबन्धनका शीर्ष…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'नेपाल म्यागेजिन'को कभर प्रति कटाक्ष गरेका छन्। कान्तिपुर पब्लिकेशनको 'नेपाल' साप्ताहिकले ३ वैशाखमा 'कमरेड मैमत्त' भन्दै कभर स्टोरी प्रकाशित गरेको थियो। नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा ओलीले समाचार लेख्ने पत्रकारको नाम भने आफूलाई याद नभएको बताए। एक वर्षअघि ओलीलाई नेपाल म्यागेजिनले 'वर्ष व्यक्ति' को रुपमा चुनेको थियो। त्यसको ठीक एक…
लुम्बिनी : सिमेन्ट उत्पादनका लागि आवश्यक किलिङ्कर तथा अन्य कच्चा पदार्थको अभावका कारण रुपन्देहीमा सञ्चालित विभिन्न सिमेन्ट उद्योग समस्यामा परेका छन्। भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त मात्रामा कच्चा पदार्थ नपाउँदा करिब ६० प्रतिशत उत्पादन घटाउनु परेको छ। मुलुकमा राष्ट्रिय गौरवका आयोजनासँगै पुनःनिर्माणले गति लिइरहेका बेला उद्योगमा देखिएको समस्याका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। भारतरबाट आयात…
काठमाडौं : व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले कर फछ्र्योट आयोगको नाममा कर छुट दिइएको भन्दै छानबिन प्रक्रिया अगाडि बढाउने भएको छ। समितिको आजको बैठकले कर फछ्र्योट ऐन, २०३३ अनुसार कर छुट दिइएको भन्दै तत्काल कर छुटसम्बन्धी विवरण उपलब्ध गराउन अर्थमन्त्रालय, राजस्व विभाग र तत्कालीन कर फछ्र्योट आयोगका पदाधिकारीलाई निर्देशन दिएको छ। आयोग गठन गरेर राज्यलाई प्राप्त हुने राजस्व हिनामिना गरिएको र…
इन्टरनेशनल क्रिकेट काउन्सिल आईसीसीले नयाँ आर्थिक मोडेल र नयाँ विधान पास गरेको छ। विश्व क्रिकेटको सर्बोच्च निकाय आईसीसीको दुबईमा ५ दिनसम्म चलेको बोर्ड र कमिटि बैठकले विभिन्न निर्णयहरु गरे, जसमा नयाँ अर्थिक मोडल र नयाँ विधान समेत छन्। भारतीय क्रिकेट बोर्डको विरोधकाबीच पनि बहुमतले उक्त निर्णयहरु पास भएका हुन्। बैठकले सन् २०१४ मा तयार पारेको आर्थिक मोडललाई परिवर्त गर्दै नयाँ…
काठमाडौं : नेकपा एमालेको नेतृत्वमा रहेको प्रतिपक्षी गठबन्धनले सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई असफल पार्ने रणनीति लिने भएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले अगाडि बढाएको संविधान संशोधनमाथि नै अर्को संविधान संशोधन राखेर प्रक्रियामा सहभागिता जनाउने निर्णय गरेको हो। बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्वाङले भने, 'हामी संशोधनमाथि संयुक्त र छुट्टाछुट्टै संशोधन राख्छौँ। आफूले राखेको संशोधन पारित गराउने प्रयसा…
काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गरेका छन्। एमाले मुख्यालय धुम्रबाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा विद्यमान राजनीतिक गतिरोध, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा विचार विमर्श भएको थियो। रासस
काठमाडौँ : स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालनका लागि स्वीकृति प्रदान गरेकी छिन्। निर्वाचनका लागि ठीक १६ दिनको समय बाँकी रहँदा सेना परिचालन भएको हो। संविधानको धारा ६६ को उपधारा २ मा सेना परिचालनको निर्णय राष्ट्रपतिबाट हुने उल्लेख छ। मन्त्रिपरिषद्ले वैशाख ३१ गतेको निर्वाचनको सुरक्षाका लागि २०७३ चैत २९ गते सेना परिचालनका लागि राष्ट्रपतिलाई…
काठमाडौ : मानव बेचबिखन तथा ओसार पसारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले सिन्धुपाल्चोक सिपा पोखरी-४ घर भइ हाल जोरपाटी बस्ने ३८ वर्षीय सरोज भन्ने तोक बहादुर तामाङ, झापा जुरोपानी वडा नं. ५ घर भइ बागबजार बस्ने ४८ वर्षीय मेदनी प्रसाद प्रसाई र सिन्धुपाल्चोक मार्मिङ गाविस घर भइ हाल गोकर्णेश्वर-८ बस्ने ३६ वर्षीय निमा…
काठमाडौं : न्यायपरिषद्ले संवैधानिक इजलासलाई पूर्णता दिएको छ। प्रधान न्यायाधीशको नेतृत्वमा संवैधानिक विवाद निरुपणका लागि संविधानले संवैधानिक इजलासको व्यवस्था गरे पनि न्याय परिषद्ले न्यायाधीश सिफारिस नगर्दा पूर्णता पाउन सकेको थिएन। कल्याण श्रेष्ठले प्रधान न्यायाधीशबाट अवकाश पाएपछि इजलासले पूर्णता पाएको थिएन। प्रधान न्यायाधीश सुशीला कार्की भएपछि इजलास बस्न सकेको छैन। इजलास गठनमा ढिलाइ भएपछि २०७३ चैत १० गते सर्वोच्चले तत्काल इजलास…
काठमाडौं : विभिन्न विद्यार्थी संगठनले सरकारले तोकेको मापदण्ड विपरित शुल्क उठाउने निजी विद्यालय विरुद्ध विभिन्न आन्दोनका कार्यक्रमहरु घोषणा गरेको छन्। बिहीबार नेविसंघको कार्यलयमा बसेको बैठकले वैशाख १५ गतेदेखि १८ गतेसम्मको लागि आन्दोलनको कार्यक्रम तय गरेको छ। आन्दोलनको कार्यतालिका अनुसार १५ गते शिक्षा विभाग र देशभरका जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने, १७ गते शिक्षामन्त्री, शिक्षा कार्यलयका पदाधिकारी र निजी विद्यालय संचालक…