काठमाडौं : उपप्रधान तथा स्थानीय विकास तथा संघीय मामिला मन्त्री कमल थापाले सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गरेको महाअभियोग प्रस्तावप्रति आपत्ति जनाएका छन्। मन्त्री थापाले ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेस/माओवादीबाट प्रधानन्याधिशविरुद्ध महाअभियोग दर्ता हुनु आपत्तिजनक भनेका छन्। 'प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण,' उनले ट्वीटमा लेखेका छन्, 'न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण।' थापाको…
काठमाडौं : प्रधानन्यायाधीस सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित २४९ जना सांसद्ले हस्ताक्षेर गरेका छन्। त्यसमध्ये देउवासहित १८९ जना कांग्रेस सांसद छन् भने ६० जना सांसद माओवादी केन्द्रका छन्।प्रधानमन्त्री पुष्पकमल दाहालको भने महाअभियोगको प्रस्तावमा हस्ताक्षर परेको छैन।
काठमाडौँ: नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता गरेको महाअभियोग प्रस्तावप्रति आपत्ति जनाएका छन्। महाअभियोग दर्ता भएको केही समयमा नै सामाजिक संजालमा ट्वीट गर्दै भट्टराईले सरकारलाई महाअभियोगको दुरुपयोग गरेको आरोप लगाएका छन्। त्यस्तै, उनले महाअभियोगको दुरुपयोगले लोकतन्त्र कसरी सुरक्षित हुन्छ भन्दै प्रश्नसमेत गरेका छन्। उनले भनेका छन्, ‘महाभियोगको हतियार यसरी दुरूपयोग हुँदै गए लोकतन्त्र…
काठमाडौः सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएसँगै गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन्। गृहमन्त्री निधिले राजीनामा दिएको उनको स्वकीय सचिवले बताए। उनले भने, 'राजीनामा दिइसक्नु भएको छ। गृहमन्त्रीले संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलाई लिएर राजीनामा दिएको स्रोतको दाबी छ।
आइपीएल अन्तर्गत किंग्स एलेभेन पञ्जाव र दिल्ली डेयरडेभिल्सबीचको खेल हुनु अघि दिल्लीको बलिङ बेस्ट (उत्कृष्ट) र पञ्जावको बलिङ वर्स्ट (खराब) भनेर व्याख्या गरिएको थियो। तर दिल्लीको इनिङ्स सकिने बित्तिकै उक्त भनाइ गलत सावित भयो। कारण पञ्जावका बलरले टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीलाई १७.१ ओभरमा ६७ रनमा अलआउट गर्यो। जवाफमा पञ्जावले ७.५ ओभरमा लक्ष्य पूरा गर्दै १० विकेटको जित हासिल…
काठमाडौँ : सत्तारुढ दलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएको विषयलाई लिएर राप्रपाले सरकार छोड्ने भएको छ। राप्रपाका एक नेताले पहिलोपोष्टसँगको कुराकानीमा भने 'हामीसँग छलफल नै नगरी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएको यो सरकारलाई हाम्रो समर्थन हुँदैन।' राप्रपाले सोमबार ११ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गर्ने छ।
सूर्य खड्का आइतबार अपरान्ह आफूविरुद्ध संसद्मा महाअभियोग लाग्दै गर्दा प्रधानन्यायधीश सुशीला कार्की बहुचर्चित ‘सुडान घोटाला’ मुद्दामा फैसला सुनाउँदै थिइन्। मुद्दा दायर भएको पाँच वर्षपछि सर्वोच्च अदालतले उक्त मुद्दामा फैसला सुनाउने न्यायमूर्तिमा प्रधानन्यायधीश कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलास थियो, जसले तत्कालीन वरिष्ठ अधिकारीहरुलाई दुई वर्ष कैद हुने फैसला सुनाएको छ। तर, यसरी भ्रष्टलाई कारबाहीको फैसला सुनाएर घर पुग्न नपाउँदै प्रधानन्यायाधीश…
काठमाडौँ : सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्की महाभियोगबाट निलम्बनमा परेसँगै बरिष्टतम् न्यायाधीश गोपाल पराजुली कार्यवाहक प्रधान न्यायाधीश बनेका हुन्। साँझ पाँच नबज्दै कार्की निलम्बनमा परेकी थिइन्। रिक्त रहेको प्रधान न्यायाधीशमा पराजुली स्वत: कार्यवाहक बनेका हुन्। साँझ ७ बजेपछि पराजुलीले सर्वोच्चमा कार्यवाहक प्रधान न्यायाधीशको रुपमा पदभार सम्हालेका हुन्। उनी २०७१ को बैशाख देखि सर्वोच्च अदालतमा न्यायाधीश थिए।
प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले दोस्रो स्थानको टोटनहममाथि पुन: ७ अंकको अग्रता बनाएको छ। आइतबार भएको खेलमा एभरटनलाई ३-० ले पराजित गर्दै चेल्सीले उपाधि यात्रा बलियो बनाएको हो। टोटनहमले आइतबारै छैटौँ स्थानको आर्सनलसँग घरेलु मैदान खेल्दैछ। चेल्सीको जितमा पेड्रो, विलियन र कप्तान ग्यारी काहिलले दोस्रो हाफमा गोल गरे। जितपछि चेल्सीको ३४ खेलबाट ८१ अंक भएको छ भने एक खेल कम…
काठमाडौँ : प्रधान न्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोगका प्रस्तावक हुन् कांग्रेस सांसद मीनबहादुर विश्वकर्मा। कांग्रेस सभापति शेरबहादुर देउवा निकटका सांसद विश्वकर्माले आइतबार पत्रकारहरुसँग महाभियोगको कारण खुलाए। उनले कार्यपालिका माथिको हस्तक्षेप सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गरे। न्यायपालिका भित्र शक्ति पृथकीकरणको सिद्धान्त पुरै उल्लंघन गर्नुभयो। कार्यपालिकाको क्षेत्राधिकार भित्र हस्तक्षेप। योग्य व्यक्तिलाइ अयोग्य भनि फैसला गर्नुभयो। न्यायपालिका भित्र पनि समुह र…
काठमाडौँ : नेपाली सेनाले प्रधान न्यायाधीश सुशीला कार्की माथि महाभियोग प्रस्ताव दर्ता भएपछि आकस्मिक बैठक गरेको छ। सेनाको पि एस ओज को बैठकले मुलुकको सुरक्षा अवस्थाबारे बैठक गरेको हो। नेपाली सेनाको हेडक्वाटर जंगी अड्डामा भएको बैठकमा देशमा विकसित घटनाक्रमबारे समिक्षा भएको उल्लेख छ। निर्वाचनका लागि गत १५ गते देखि नेपाली सेना परिचालन भैसकेको छ। सेनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ…
आइपीएल अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा सनराइजर्स हैदरावादले किंग्स एलेभेन पञ्जावलाई २६ रनले पराजित गरेको छ। तीन खेलाडीको अर्धशतक मद्दतमा २०७ रन बनाएको हैदरावादले पञ्जावलाई १८१ रनमा रोक्दै यस सिजनको पाँचौ जित हासिल गरेको हो। पञ्जावको भने यो पाँचौ हार हो। जितपछि ९ खेलबाट ११ अंक जोडेको हैदरावाद तेस्रो स्थानमा यथावत छ। ८ खेलबाट ६ अंक मात्र रहेको पञ्जाव छैटौँ…
डा. सुधा शाही सबथोक छ जिन्दगीमा हिसाब आधा–आधा कहिले उतार अनि कहिले चढाव आधा–आधा केही तिम्रा कुरा केही मेरा कुरा तिम्रो मेरो कहानीको किताब आधा–आधा कहिले म अल्झाउँछु कहिले तिमी अल्झाउनु यसै गरी होस् मायाको कसाव आधा–आधा अन्तिम पाइलासम्म तिमीसँगको सफरमा तिमीले मैले टेक्ने पढाव आधा–आधा ।
प्रा.डा. निर्मोही व्यास एकाबिहानै चियापानपछि लागियो नवनिर्मित कर्णाली राजमार्गलाई पछ्याउँदै दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकालाई गन्तव्य बनाएर। सहयात्री हुनुहुन्थ्यो कथाकार मित्र डा.अमर शाह र उहाँकी धर्मपत्नी प्राध्यापक पुष्पा शाह। अझ यसो भन्नु पो उचित होला- शाहदम्पतीका सहयात्री बनेका थियौँ निर्मोही व्यास र वीणा पोखरेल। किनभने, हामी दम्पतीले शाहदम्पतीको सौहार्द र सौजन्यपूर्ण निम्तोमा उहाँहरूसित उहाँहरूकै गाडीमा त्यस यात्राको सुनौलो अवसर पाएका…
खजुरा (बाँके) : जिल्लाको डुडुवा गाउँपालिका–१ होलियाको छिटाइपूर्वामा गए राति भीषण आगलागी भएको छ। एक्कासि भएको आगलागीले फुसले छाएको करिब ६० कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। त्यहाँका स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट भएको क्षति विवरण पूर्ण रुपमा नआएको प्रहरीले जनाएको छ। रासस
काठमाडौँ : साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश महर्जन तथा शोभा शाक्यले ललितपुर महानगरपालिकाको मेयर तथा उपमेयरका लागि उमेदवारी घोषणा गरेका छन्। मेयरमा उमेदवारी घोषणा गरेका ५३ वर्षीय रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुन्। उनी नेपाल चेम्बर अफ कमर्सको कार्य समितिका सदस्य पनि हुन्। उपमेयरमा उमेदवारी घोषणा गरेकी ५४ वर्षीय शोभा शाक्य धार्मिक तथा सामाजिक…
काठमाडौँ : नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा प्रिन्टर जडान गर्ने काम तीव्र गतिमा सुरु गरेको छ। ट्याक्सीले उपभोक्तालाई निरन्तर ठगिरहेको गुनासो आएपछि गत पुसदेखि विभागले हरेक ट्याक्सीमा अनिवार्य रुपमा प्रिन्टर मेसिन जडान गर्नुपर्ने व्यवस्था गरेको थियो। सोहीअनुसार २०७४ साल साउनको पहिलो हप्तासम्म कामसक्ने गरी तीव्रगतिमा काम भइरहेको विभागकी प्रवक्ता रोमी मानन्धरले जानकारी दिए। “विभागले शुक्रबारसम्म तीन हजार ५००…
काठमाडौं : नेपाली कांग्रेसका सभापतिसहितका नेताहरुको टोली ओली निवास बालकोट पुगेर एमाले अध्यक्षसँग भेटवार्ता गरेका छन्। सानेपामा पर्टीको धारणा सार्वजनिक गर्दा नै संविधान संशोधनमा एमालेलाई सहमत गराएर तोकिएको मितिमा निर्वाचन गराउने घोषणा गरेको कांग्रेसका नेताहरु तोकिएको मितिमै चुनाव गराउन संशोधनमा सहमति माग्न ओली निवास पुगेका हुन्। भेटमा देउवाले ओलीलाई संविधान संशोधन गरेपछि चुनावमा जाने वातावरण बन्ने भन्दै चुनावले स्थानीय सरकार…
काठमाडौं : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस बाहेकका दलहरुले आफू बलियो हुँदासमेत देशको समस्या समाधानमा भन्दा देशलाई नै अप्ठ्यारो पार्ने भूमिका खेलेको आरोप लगाएका छन्। कांग्रेसको प्रचार समितिले पत्रकारसँग राखेको अन्तरक्रियामा नेता पौडेलले देशलाई आफूलाई बलियो दाबी गर्ने दलहरुले राष्ट्र निर्माणका लागि काम नगरेको आरोप लगाएका हुन्। 'यो देशका आफूलाई बलियो दाबी गर्ने दलहरुको उर्जा देशलाई अप्ठेरो पार्ने काममा…
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले एमालेलाई राष्ट्रवादको ठेकेदार बनाएर आफूलाई मात्र प्रस्तुत नगर्न चेतावनी दिएका छन्। कांग्रेस कार्यलयमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नेता थापाले आफूलाई मात्र राष्ट्रवादी भन्दै हिँड्दा त्यसको मूल्यांकन जनताले पनि गर्ने दाबी गरे। 'एमाले यसरी प्रस्तुत भइरहेको छ मानौँ राष्ट्र र राष्ट्रियताको हामीलाई चिन्तै छैन यतिञ्जेल पनि उसले नै थेगिदिएको हो,' थापाले भने, 'यसरी दाबी…