PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

  • मनकामना केबलकार दुई दिन बन्द हुने, चन्द्रागिरी भने भाइटीकामा मात्रै नचल्ने

    मनकामना केबलकार दुई दिन बन्द हुने, चन्द्रागिरी भने भाइटीकामा मात्रै नचल्ने

    काठमाडौं : मनकामना केबलकार तिहारमा दुई दिन बन्द हुने भएको छ।   नेपालीहरुको दोस्रो ठूलो चाड शुभ दिपावलीलाई मध्यनजर गर्दै कात्तिक १५ र १६ गते केबलकार सेवा बन्द गरिने भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए।   १७ गतेबाट भने केबलकार पुन: नियमित सञ्चालनमा आउनेछ। कात्तिक महिना देवीको पूजा गर्न उत्तम मानिने भएकाले दैनिक हजारौं दर्शनार्थी मनकामना जाने…

    विस्तृतमा पढ्नुस्

  • नोबेल पुरस्कार घोषणाको तीन सातामा बबले खोले मुख

    नोबेल पुरस्कार घोषणाको तीन सातामा बबले खोले मुख

    साहित्यमा नोबेल पुरस्कार जितेपछि बब ड्यालन खुसी छन् कि छैनन् भन्ने कौतुहलता मेटिएको छ। बबले नोबेल पुरस्कार घोषणा भएको तीन सातापछिमात्रै यसबारे मुख फोरेका छन्। अमेरिकी गायक तथा गीत लेखक बबको मौनतासँगै नोबेल पुरस्कारमाथि धेरै चर्चा चल्यो। 'यो सम्मानका लागि म हार्दिक आभार व्यक्त गर्छु,' लिजेन्ड्री संगीतकारले स्विस एकेडेमीका स्थायी सचिव सारा डेनुअसलाई फोनमा उनले भने। उनी सम्पर्कमा आएलगत्तै नोबेल…

    विस्तृतमा पढ्नुस्

  • महाभियोगको पक्षमा कांग्रेसले निर्णय नलिए सरकारबाट हट्नुपर्छ : धनराज गुरुङ

    महाभियोगको पक्षमा कांग्रेसले निर्णय नलिए सरकारबाट हट्नुपर्छ : धनराज गुरुङ

    चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाभियोगको पक्षमा कांग्रेस नबोले सरकारमा बस्नुको औचित्य नहुने बताएका छन्। आज चितवनमा बोल्दै गुरुङले महाभियोगको पक्षमा कांग्रेसले चाँडै निर्णय नलिए सरकारबाट बाहिरिनुपर्ने अडान राखे।   'लोकमान जाँदैमा अख्तियार जाँदैन,' उनले भने, 'अख्तियार व्यक्तिको होइन संस्था हो।' नवलपरासीको कार्यक्रममा सहभागी हुन आएका गुरुङले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कांग्रेस…

    विस्तृतमा पढ्नुस्

  • उपाध्याय मन्त्रीस्तरको कुटनीतिक दर्जाका साथ भारत र पौड्याल चीनको राजदूत नियुक्त

    उपाध्याय मन्त्रीस्तरको कुटनीतिक दर्जाका साथ भारत र पौड्याल चीनको राजदूत नियुक्त

    काठमाडौँ : छिमेकी देश भारत र चीनका लागि राजदूत नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै दुई देशमा राजदूत नियुक्त भएको जानकारी दिएको थियो।  संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिश अनुसार दीपकुमार उपाध्यायलाई मन्त्रीस्तरको कुटनीतिक दर्जा दिई भारतको लागि र लीलामणि पौड्याललाई चीनको लागि राजदूत पदमा राष्ट्रपतिले नियुक्त गरेका हुन्।  

    विस्तृतमा पढ्नुस्

  • बक्स अफिसमा पहिलो दिन कलेक्सन : ए दिल है मुसकिललाई १३.३० करोड र सिवायलाई १०.२४

    बक्स अफिसमा पहिलो दिन कलेक्सन : ए दिल है मुसकिललाई १३.३० करोड र सिवायलाई १०.२४

    बलिउड बक्स अफिसमा ए दिल है मुसकिल अगाडि देखा परेको छ। धेरैले प्रतीक्षा गरेको बलिउड बक्स अफिसको पहिलो दिनको ग्राफ सार्वजनिक भएको छ। जसमा करन जोहरको ए दिल है मुसकिलले अगाडि देखिएको हो। बलिउडका ट्रेड एनलिस्ट तरण आदर्शले ट्विट गर्दै फिल्मले १३ करोड ३० लाख कलेक्ट गरेको जनाए।   #ADHM Fri ₹ 13.30 cr. India biz... EXCELLENT at plexes... Note:…

    विस्तृतमा पढ्नुस्

  • बहिर्गमित जनसेनाको माग- 'अयोग्य'को बिल्ला हटाऊ, गणतन्त्रका योद्धा घोषणा गर

    काठमाडौं : बहिर्गमित जनमुक्ति सेनाले देशमा आमूल परिवर्तनका लागि आफूहरुले ज्यानको बाजी थापेर मुक्तिको लडाइँ लडेको भन्दै आफूहरुमाथि लागेको अयोग्यको बिल्ला तत्काल हटाउन माग गरेका छन्।   अयोग्य पदावलीको प्रयोग गर्न बन्द गरी आफूहरूको कदर गर्दै गणतन्त्रका योद्धा घोषणा गर्न सरकारसँग माग गरेका छन्।   जनमुक्ति सेनाका सुनिल लिम्बू, रमेश बसेल, सोमलाल घलान, प्रदीप कार्की, सम्राट, कोपिला किराँती तथा रश्मि…

    विस्तृतमा पढ्नुस्

  • सुनको सिक्री लुटेर भाग्ने ६१ वर्षका वृद्ध पक्राउ

    काठमाडौँ : काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकमा फलफुल किन्दै गरेको अवस्थामा सुनको सिक्री लुटेर भाग्ने एक वृद्ध पक्राउ परेका छन्।   जडीबुटी बस्ने दोलखाकी  ३० वर्षीया पल्फा तामाङले घाँटीमा लगाएको करीव ५८ हजार रुपैयाँ मुल्य पर्ने १ तोलाको सुनको सिक्री लुटेर  भाग्ने क्रममा नुवाकोट नागुर–७ घर भएका ६१ वर्षीय छेङगोले गुरुङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट गस्तीमा खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको…

    विस्तृतमा पढ्नुस्

  • यसकारण बिग्रिएछ लोकमान र प्रधानमन्त्रीको सम्बन्ध

    यसकारण बिग्रिएछ लोकमान र प्रधानमन्त्रीको सम्बन्ध

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँगको सम्बन्ध कहिलेदेखि बिग्रिएको भन्ने बारे शनिबारको पत्रकार भेटघाटमा केही खुलाएका छन्।  लोकमानलाई प्रचण्डकै पहलमा प्रमुख तीन दलको सहमतिमा चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सिफारिशमा तत्कालीन राष्ट्रपति रामवरण यादवले नियुक्त गरेका थिए।  प्रधान न्यायाधीश सुशीला कार्कीको इजलासले अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिमा उनको योग्यताबारे प्रश्न उठाइएको मुद्दा पुनरावलोकन गर्ने फैसला गरेको केही…

    विस्तृतमा पढ्नुस्

  • ​भुजि रनिङ शिल्ड फुटबलको उपाधिका लागि लेसु खोला र बेथलेहेम भिड्ने

    ​भुजि रनिङ शिल्ड फुटबलको उपाधिका लागि लेसु खोला र बेथलेहेम भिड्ने

    काठमाडौं : रामेछापको भुजीमा जारी जिल्लाकै सर्बाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता भुजि लिग रनिङ शिल्डको उपाधिका लागी भुजीकै लेसु खोला लघु जलबिद्युत आयोजना र काठमाडौंको बेथलेहेम फुटबल क्लब भिड्ने भएका छन्।  विहिबार भएको सेमिफाईनलमा आआफ्नो खेलमा जित हात पार्दै लेसु खोला र बेथलेहेमले फाईनल भेट पक्का गरेका हुन्। फाईनल खेल हाज हुँदैछ। भुजि मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा लेसु खोलाले…

    विस्तृतमा पढ्नुस्

  • रुसले २०१७ को अन्त्यसम्ममा सबै रासायनिक हातहतियार नष्ट गर्ने

    मस्को : रुसले आगामी वर्षको अन्त्यसम्ममा सबै खाले रासायनिक हातहतियार नष्ट गर्ने भएको छ। अन्तर्राष्ट्रिय जगतसँग रुसले गरेको पूर्वप्रतिबद्धताअनुसार बाँकी रहेका रासायनिक हातहतियार व्यवस्थापन गर्ने अन्तिम म्याद सन् २०१८ सम्म भए तापनि एक वर्ष अगावै अर्थात् सन् २०१७ को अन्त्यसम्म नष्ट गरिने एक उच्चपदस्थ रुसी सैनिक अधिकारीले बताए। रुसी सेनाको हात हतियार भण्डारण तथा रासायनिक हतियार मौज्दात विस्थापन केन्द्रका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • ६० वर्षिय दीर्घजिवी ओराङउटान 'गिनिस बूक अफ वर्ल्ड रेकर्ड' मा दर्ता

    ६० वर्षिय दीर्घजिवी ओराङउटान 'गिनिस बूक अफ वर्ल्ड रेकर्ड' मा दर्ता

     सिड्नी : अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङगउटान (हुबहू भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्प्यान्जी वा गोरिल्ला जस्तै एकथरी जङगली वनमान्छे) लाई 'गिनिस बूक अफ वर्ल्ड रेकर्ड' मा दर्ता गरिएको छ।   हिन्द महासागरमा अवस्थित द्वीपराष्ट्र सुमात्रा मूल थलो भई विश्वका अन्य देशमा पनि फैलिएका यस्ता प्रजातिका वनमान्छे –जङ्गली बाँदर) 'सुमात्रेली ओराङगउटान' उपजातिका नामले विश्वभरी परिचित…

    विस्तृतमा पढ्नुस्

  • अाजदेखि तिहारको यमपञ्चक सुरु

    अाजदेखि तिहारको यमपञ्चक सुरु

    काठमाडौँ : नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ। आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३७, र म्हपूजा अर्थात्…

    विस्तृतमा पढ्नुस्

  • धुर्मुस-सुन्तलीले बनाएको बस्ती पुगेर राष्ट्रपतिले भनिन् : नयाँ ठाउँमा नसर्दा जटिलता

    धुर्मुस-सुन्तलीले बनाएको बस्ती पुगेर राष्ट्रपतिले भनिन् : नयाँ ठाउँमा नसर्दा जटिलता

    मेलम्ची : राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको बताएकी छिन्।   सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले आज आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना गाउँ नछोड्ने, पुरानो संस्कार र संस्कृतिले सरकारलाई नयाँ बस्ती बसाल्न गाह्रो भएको उल्लेख गरिन्।   राष्ट्रपति भण्डारीले परआश्रित…

    विस्तृतमा पढ्नुस्

  • ​दुई युवतीको उद्धार, तीन समातिए

    लहान : चेलीबेटी बेचबिखनको आरोपमा सिरहा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।    दुई युवतीलाई प्रलोभनमा पारी बेचबिखनका लागि भारततर्फ लगिरहेको अवस्थामा सीमा क्षेत्रमा खटिएको प्रहरीटोली तथा साना हात संस्थाका पदाधिकारीले युवतीलाई उद्धार गरी संलग्न तीन जनालाई हिजो साँझ पक्राउ गरेका हुन्।    पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–८ निवासी ३५ वर्षीया लक्ष्मी भन्ने दुर्गा विक,…

    विस्तृतमा पढ्नुस्

  • सरकारको समर्थन फिर्ता हुनसक्छ : राजेन्द्र महतो

    सप्तरी : सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गरेका छन्।   सप्तरीको राजबिराजमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हने चेतावनी दिए।   ‘संविधान संशोधनमार्फत् मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिनेछ,’…

    विस्तृतमा पढ्नुस्

  • ​लाखौंसहित जुवाखालबाट १३ पक्राउ

    काठमाडौं : प्रहरीले जुवातास खेल्ने १३ जनालाई पक्राउ गरेको छ। विशेष सुचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलस्थित हिमालय होटेलको भूई तलामा जुवातास खेलाइरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा होटलले संचालक धादिङ घर भएका २९ वर्षीय ध्रुव अधिकारी, २० वर्षीय सजन अधिकारी, प्रकाश अधिकारी, रामप्रसाद सिम्खडा, पुस्कर घिमिरे, कुमार थपलिया, मिलन थापा, सन्तोष विक्रम अधिकारी लगायत रहेका…

    विस्तृतमा पढ्नुस्

  • सिसिटिभी फुटेज फलो गर्दै समातिए बुल्गेरियन, २८ नक्कली एटिएम र १७ हजार डलर जफत

    सिसिटिभी फुटेज फलो गर्दै समातिए बुल्गेरियन, २८ नक्कली एटिएम र १७ हजार डलर  जफत

    बुल्गेरियाली नागरिक पक्राउ काठमाडौँ : नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।    डिमो एटान्सोभ स्टेफनोभ नामका ३८ वर्षीय उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले बिहीबार ठमेलबाट पक्राउ गरेको हो।   उनले एटिएम बुथमा प्रवेश गरी त्यहाँ गोप्य रुपमा सानो आकारको क्यामेरा फिट गरी ग्राहकले हानेको पिन कोड नम्बर…

    विस्तृतमा पढ्नुस्

  • कसलाई किन चित्त बुझेन भारतीय राष्ट्रपति आउँदा बिदा दिने निर्णय?

    कसलाई किन चित्त बुझेन भारतीय राष्ट्रपति आउँदा बिदा दिने निर्णय?

    काठमाडौँ : मन्त्रिपरिषद्ले बिहीबार एउटा निर्णय गर्‍यो - भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिने। भारतीय राष्ट्रपति आउँदो १७ गते नेपाल आउँदैछन्। भारतीय राष्ट्रपतिको सम्मानमा बिदा दिने निर्णय गरिएको सरकारले बताए पनि सरकारले निर्णय गर्दा अर्को साहारा लियो। साहरा थियो – चीन। भारतको मात्र राष्ट्रपति आउँदा बिदा दिने निर्णयले आलोचना हुने देखिएपछि सरकारले भारत र चीनका राष्ट्रपति आउँदा नै बिदा…

    विस्तृतमा पढ्नुस्

  • रोजर फेडेरर बने सबैभन्दा बढी ब्राण्ड भ्यालु भएको खेलाडी, धोनी पनी शीर्ष दशमा

    रोजर फेडेरर बने सबैभन्दा बढी ब्राण्ड भ्यालु भएको खेलाडी, धोनी पनी शीर्ष दशमा

    कीर्तिमानी ग्राण्ड्सलाम टेनिस च्याम्पियन रोजर फेडेरर सन् २०१६ मा सबैभन्दा बढी ब्राण्ड भ्यालु भएका खेलाडी बनेका छन्। फोब्र्सले जारी गरेको सूचीमा १७ पटकका ग्राण्ड्सलाम  च्याम्पियन स्वीस स्टार फेडेरर ३७ मिलियन अमेरिकी डलर ब्राण्ड भ्यालुसहित शीर्ष स्थानमा छन्। विश्व टेनिस वरीयतामा शीर्ष स्थानबाट तल झर्दै गएपनि फेडेररको ब्राण्ड भ्यालुमा भने कुनै कमी आएको छैन।  गत महिना मात्र फोब्र्सले नै जारी गरेको…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनमा कसैले सहयोग चाहियो भनेकै छैन : प्रदीप ज्ञवाली

    संविधान संशोधनमा कसैले सहयोग चाहियो भनेकै छैन : प्रदीप ज्ञवाली

    सत्ता परिवर्तनपछि संविधान संशोधनको औचित्य नै नभएको बताए पनि पछिल्लो केन्द्रीय कमिटी बैठकबाट नेकपा एमालेले औचित्य हेरेर समर्थन वा विरोध गर्ने निर्णय गर्‍यो। त्यो औचित्य कसरी पुष्टि हुन्छ त? यसबारे एमालेले प्रस्ट धारणा बाहिर ल्याएको छैन। हिजो संसद बहिस्कार गरेका मधेस केन्द्रित दलहरु एमाले नेताका विरुद्ध मतदान गर्न भने सधै संसदमा उपस्थित भए। उनीहरुको मागमा हुन लागेको संविधान संशोधनमा एमालेले बदला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell