PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

  • एमाले र कांग्रेस मिलेर सरकार बनाएको हेर्ने चाहना छ : राजेन्द्र लिङ्देन

    एमाले र कांग्रेस मिलेर सरकार बनाएको हेर्ने चाहना छ : राजेन्द्र लिङ्देन

    काठमाडौं :  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकार निर्माणको दौडमा नरहेको बताएका छन्। सांसदमा शपथ ग्रहण लगत्तै लिङ्देनले सरकार बनाउने विषयमा राप्रपाको कुनै चासो नरहेको बताएका हुन्। लिङ्देनले पाँच वर्ष ढुक्का सरकार चलेको हेर्न चाहेको र यसका लागि एमाले र कांग्रेस मिल्नुपर्ने बताए। ‘एमाले र कांग्रेस मिलेर सरकार बनाएको हेर्ने चाहना छ,’ लिङ्देनले भने।

    विस्तृतमा पढ्नुस्

  • शपथपछि विक्रम पाण्डेले भने : राजतन्त्र अहिलेको आवश्यकता हो, यसैका लागि लाग्छु

    शपथपछि विक्रम पाण्डेले भने : राजतन्त्र अहिलेको आवश्यकता हो, यसैका लागि लाग्छु

    काठमाडौं : राप्रपाका सांसद विक्रम पाण्डेले राजतन्त्र अहिलेको आवश्यकता भएको बताएका छन्। प्रतिनिधि सभाको सांसदमा शपथपछि पाण्डेले उक्त भनाई राखेका हुन्। ‘राजतन्त्र अहिलेको आवश्यकता हो भन्ने सबलाई थाहा छ। यसैका लागि लाग्छु,’ पाण्डेले भने। राप्रपा राजतन्त्रको मुद्दालाई अघि बढाउँदै निर्वाचनमा गएको थियो।

    विस्तृतमा पढ्नुस्

  • नवनिर्वाचित सांसदहरुले लिए शपथ, शपथ लगत्तै चियापान

    नवनिर्वाचित सांसदहरुले लिए शपथ, शपथ लगत्तै चियापान

    काठमाडौं : नवनिर्वाचित सांसदहरुले गोपनियताको शपथ लिएका छन्। प्रतिनिधि सभाका सबैभन्दा जेष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट बिहीवार दिउँसो १ बजेर २५ मिनेटमा सांसदहरुले शपथ लिएका हुन्। शपथ लिएसँग नवनिर्वाचित सांसदहरु जेष्ठ सदस्यले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा यसपटक नेपाली कांग्रेसबाट ८९, एमालेबाट ७८, माओवादीबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राप्रपाबाट १४, जसपाबाट १२, एकीकृत समाजवादीबाट…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशसँग खेल्दै नेपाल, प्रशिक्षक भट्ट भन्छन्: अनुभवको कमी छ, आफुसँग भएको क्षमतालाई प्रयोग गर्छौँ

    बंगलादेशसँग खेल्दै नेपाल, प्रशिक्षक भट्ट भन्छन्: अनुभवको कमी छ, आफुसँग भएको क्षमतालाई प्रयोग गर्छौँ

    काठमाडौ: काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशको ढाकामा खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगितामा सहज सुरुवात गर्ने योजनामा छ। तर, बलियो बंगलादेशसँग जित निकाल्न नेपाललाई सहज भने हुने छैन। प्रतियोगिताका लागि मात्र एक महिना तयारी गरेको नेपाल प्रतियोगितामा जितका लागि गएको मुख्य प्रशिक्षक…

    विस्तृतमा पढ्नुस्

  • चार्ल्स शोभराजलाई लिन कारागार पुगे सासु र वकिल, अध्यागमनले अनुमति दिए केहीदिन पाँचतारे होटलमा बस्ने

    चार्ल्स शोभराजलाई लिन कारागार पुगे सासु र वकिल, अध्यागमनले अनुमति दिए केहीदिन पाँचतारे होटलमा बस्ने

    काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराज १९ वर्षपछि जेल मुक्त हुँदैछन्। बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो। त्यही आधारमा अदालतको कागजपत्र पाएपछि केन्द्रीय कारागार सुन्धाराले रिहा गर्ने तयारी गरेको छ। आज रिहा हुने भएपछि शोभराजलाई लिन कारागारमा उनकी सासु शकुन्तला विश्वास र शोभराजको पक्षमा वकालत गर्ने वकिल…

    विस्तृतमा पढ्नुस्

  • अस्करको 'सर्टलिस्ट'मा परेनन् 'ऐना झ्यालको पुतली' र 'लोरी'

    अस्करको 'सर्टलिस्ट'मा परेनन् 'ऐना झ्यालको पुतली' र 'लोरी'

    विश्वप्रतिष्ठित अस्कर अवार्डको ९५ औँ संस्करणका लागि मनोनयन सूची घोषणा गरिएको छ। एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजले अस्करको १० विधाको मनोनयन सूची सार्वजनिक गरेको हो। डकुमेन्ट्री, इन्टरनेसनल फिचर, लाइभ-एक्सन, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट्, ध्वनी र भिजुअल इफेक्ट लगायतका विधामा मनोनयन सार्वजनिक भएको हो। अन्तर्राष्ट्रिय फिचर विधातर्फ नेपालबाट फिल्म ‘ऐना झ्यालको पुतली’ प्रतिस्पर्धामा थियो। तर, ‘ऐना झ्यालको पुतली’…

    विस्तृतमा पढ्नुस्

  • हट्यो कुहिरो र हुस्सु, त्रिभुवन विमानस्थलबाट उडान नियमित

    हट्यो कुहिरो र हुस्सु, त्रिभुवन विमानस्थलबाट उडान नियमित

    काठमाडौं : बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा अवतरण पुनः सुरु भएको हो। कुहिरो र हुस्सु हटेपछि अहिले विमानस्थलमा जहाज उडान…

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछानेको शपथ रोक्न संघीय संसदमा निवेदन

    रवि लामिछानेको शपथ रोक्न संघीय संसदमा निवेदन

    काठमाडौं : समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका नवनिर्वाचित सांसद रवि लामिछानेको शपथ रोक्न माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन्। संसदका जेष्ठ सदस्य पशुपतिशम्शेर जबरा र महासचिव भरतराज गौतमलाई सम्बोधन गर्दै युवराजले लामिछानेको शपथ रोक्न माग गरेका हुन्। नागरिकता विवाद देखाउँदै यसअघि उनले सर्वोच्चमा लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर…

    विस्तृतमा पढ्नुस्

  • दुई सुगठन संगठन गभिएर बन्यो महासंघ, राजेशबाबु श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति

    दुई सुगठन संगठन गभिएर बन्यो महासंघ, राजेशबाबु श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति

    काठमाडौं : नेपाल शारिरीक सुगठन तथा फिट्नेस संघ र नेपलिज फेडरेसन अफ बडीबिल्डिङ एन्ड फिट्नेस संघ एक भएको छ। दुई संघका पदाधिकारीहरुको आपसी सहमतिपछि बडीबिल्डिङ एन्ड फिट्नेस संघलाई खारेज गरी एकै संगठन बनेको हो। एक भएको संगठनको नाम नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ राखिएको छ। सहमति पछि महासंघको राजेशबाबु श्रेष्ठको संयोजकत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरिएको राष्ट्रिय खेलकुद परिषदले…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चलचित्र संघको घोषणा

    चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चलचित्र संघको घोषणा

    काठमाडौं : नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बुधबार काठमाडौंमा भएको संघको राष्ट्रिय भेलाको बैठकले एक प्रेस विज्ञप्ति निकाल्दै आन्दोलनको कार्यक्रम तय गरेको हो। नेपाल चलचित्र संघको महासचिव नरेन्द्र महर्जनको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन समेत भएको छ। चलचित्र विकास बोर्डसँगको पटक पटकको वार्तामा समेत बोर्डले व्यवसायीको समस्यालाई गम्भीरतापूर्वक नलिएको संघको आरोप छ।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीले सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने

    राष्ट्रपति भण्डारीले सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने

    बुटवल : राष्ट्रपति विद्यादेवी भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने भएकी छिन्। रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको उद्घाटनका लागि बुटवल आउन लागेकी राष्ट्रपति भण्डारीले रूपन्देही र पाल्पाको सिमाना नजिकै रहेको मन्दिरमा पूजा गर्ने भएकी हुन्।  पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा मन्दिरमा विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम तय भएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • अबबाट रात्रि बस नयाँ बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने, के भन्छन् यातायात व्यवसायी?

    अबबाट रात्रि बस नयाँ बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने, के भन्छन् यातायात व्यवसायी?

    काठमाडौं : काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ। ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरि मुलुकको सङ्घीय राजधानी काठमाडौंबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • बिहानैदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान प्रभावित

    बिहानैदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान प्रभावित

    काठमाडौंः काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु÷कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन्। बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन्। विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए। “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उनले भने। मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि भरतपुरमा यातायात व्यवस्थापन मोडल परिवर्तन : हर्न निषेध, कहाँ गर्ने पार्किङ?

    आजदेखि भरतपुरमा यातायात व्यवस्थापन मोडल परिवर्तन : हर्न निषेध, कहाँ गर्ने पार्किङ?

    काठमाडौं : चितवनको भरतपुर महानगरपालिकामा आजदेखि हर्न निषेध गरिएको छ। यस्तै, महानगरपालिकाले साना तथा ठूला सवारी साधनको समेत व्यवस्थापन गर्ने भएको छ। बढ्दो शहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको छ। एक साताअघि महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारी साधन व्यवस्थापन गर्न विभिन्न निर्णय गरि आजदेखि कार्यान्वनमा ल्याउने समझदारीसहित निर्णय…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति विद्यादेवी भण्डारी बुटवल आउँदै, औद्योगिक प्रदर्शनीको उद्घाटन गर्ने  

    राष्ट्रपति विद्यादेवी भण्डारी बुटवल आउँदै, औद्योगिक प्रदर्शनीको उद्घाटन गर्ने  

    बुटवल : राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउने भएकी छिन्। रूपन्देही उद्योग संघको आयोजनामा आजदेखि सुरु हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन गर्न राष्ट्रपति भण्डारी बुटवल आउन लागेकी हुन्। भण्डारीले आज दिउँसो १ बजे बुटवल उपमहानगरपालिका-१० स्थित बुटवल मण्डपमा प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको रूपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • पेलेको घरमा क्रिसमस कार्यक्रम रद्द, छोरीले भनिन् : अस्पतालमा बुवासँगै बस्छौं

    पेलेको घरमा क्रिसमस कार्यक्रम रद्द, छोरीले भनिन् : अस्पतालमा बुवासँगै बस्छौं

    ब्राजिलका महान् फुटबलर पेलेको क्यान्सर बढ्दै गएको अस्पतालले जनाएको छ। साओ पालोस्थित हस्पिटल इस्रालिटा अलबर्ट आइन्सटाइनमा उपचार गराइरहेका पेलेलाई धेरै हेरचाहको आवश्यकता रहेको जनाइएको छ। पेले तीन हप्तादेखि अस्पतालमा उपचाररत् छन्। पेलेकी छोरीले बुवाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै घरमा आयोजना गरिने क्रिसमस कार्यक्रम रद्द गरिएको बताएकी छिन्। इनस्टाग्राममा पेलेकी छोरी केली नाससिमेन्टोले लेखेकी छिन् ' हाम्रो घरको क्रिसमस रद्द गरिएको…

    विस्तृतमा पढ्नुस्

  • चीनमा कोरोना संक्रमण बढ्दै, विश्व स्वास्थ्य संगठनले माग्यो आधिकारिक तथ्यांक

    चीनमा कोरोना संक्रमण बढ्दै, विश्व स्वास्थ्य संगठनले माग्यो आधिकारिक तथ्यांक

    विश्व स्वास्थ्य संगठनले चीनमा फेरि कोरोना भाइरस संक्रमण बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेको छ। संगठनका स्वास्थ्य अधिकारीहरुका अनुसार चीनमा संक्रमणका कारण अस्पतालहरु संक्रमितहरुले भरिँदै गएका छन्। यद्यपि, चिनियाँ अधिकारीहरुले भने संक्रमण दर धेरै भएको बताउँदै आएका छन्। बेइजिङमा अस्पतालहरु संक्रमितले भरिएको बीबीसीले उल्लेख गरेको छ। संगठनका एमर्जेन्सी प्रमुख डा माइकल रायनले संक्रमण दर घटेको भनिए पनि आइसीयुहरुमा संक्रमितको संख्या…

    विस्तृतमा पढ्नुस्

  • स्ववियु निर्वाचनको तयारीमा त्रिवि, पुस ११ गते विद्यार्थी संगठनसँग छलफल हुने

    स्ववियु निर्वाचनको तयारीमा त्रिवि, पुस ११ गते विद्यार्थी संगठनसँग छलफल हुने

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका सम्बन्धमा छलफल सुरु गरेको छ। आगामी फागुन महिनामा स्ववियु निर्वाचन गर्ने गरि छलफल सुरु गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए। निर्वाचनबारे त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको अध्यक्षतामा शिक्षाध्यक्ष डा शिवलाल भुसाल, रजिष्ट्रार डा पेशल दाहालसहित विभिन्न सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचनका सम्बन्धमा छलफल भएको…

    विस्तृतमा पढ्नुस्

  • मधेस प्रदेश : ज्येष्ठ सदस्य कलवारले सांसदहरुलाई शपथ गराउने

    मधेस प्रदेश : ज्येष्ठ सदस्य कलवारले सांसदहरुलाई शपथ गराउने

    काठमाडौं : मधेश प्रदेशसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य शारदाशङ्करप्रसाद कलवारले शपथ गराउने भएका छन्। संसद् सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय गरिएको बताए। सचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई पहिले शपथ गराउने र कलवारले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन्। यादवले, 'कानुनी प्रावधान…

    विस्तृतमा पढ्नुस्

  • नवनिर्वाचित सांसदहरुको शपथ आज : पशुपतिशमशेरले शपथ खुवाउने, अल्लोको झोला उपहार

    नवनिर्वाचित सांसदहरुको शपथ आज : पशुपतिशमशेरले शपथ खुवाउने, अल्लोको झोला उपहार

    काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्दैछन्। संघीय संसद भवनमा सांसदहरुको शपथ ग्रहणको लागि तयारी अन्तिम चरणमा पुगेको छ। प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट निर्वाचित ११० जना गरि १७५ जना सांसद छन्। आज जेष्ठ सदस्य पशुपतिशम्शेर राणाले प्रत्यक्षबाट १६५ जना र समानुपातिकबाट निर्वाचित १०९ जनालाई खुवाउनेछन्।  राणाले भने बुधवार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेष्ठ सदस्यका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell