PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • कर्णेल छत्रबहादुर थापा स्मृति कोषबाट बिष्ट र अधिकारी सम्मानित

    कर्णेल छत्रबहादुर थापा स्मृति कोषबाट बिष्ट र अधिकारी सम्मानित

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अन्जनलाई छत्रबहादुर थापा स्मृति ट्रस्ट र कमललाई शिव विष्णु स्मृति ट्रस्टले सम्मान गरेको हो। दुवै खेलाडीलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका थिए। सम्मानित दुबै खेलाडीले नगद जनही ५० हजार प्राप्त गरे। तत्कालीन शाही नेपाली सेनाका महासेनानी स्व. छत्रबहादुर थापाको…

    विस्तृतमा पढ्नुस्

  • विमानस्थलमा ठूलो परिमाणमा सुन बरामद, १९ किलो कम्मरमै बाँधेर ल्याएका थिए सुडानी युवकले

    विमानस्थलमा ठूलो परिमाणमा सुन बरामद, १९ किलो कम्मरमै बाँधेर ल्याएका थिए सुडानी युवकले

    काठमाडौं : त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट १९ किलो सुन बरामद भएको छ। शुक्रवार दिउँसो फ्लाइ दुबईबाट आएका विदेशी नागरिकको साथबाट अवैध रुपमा ल्याएको सुन बरामद भएको हो। सुडानका २७ वर्षीय युवकले कम्मर बाँधेर सुन ल्याएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले बताए। 'शंका लागेर चेक गर्दा कम्मरमा १० वटा प्याकेट फेला परेको हो,' प्रवक्ता पाण्डेले भने। मोहमहद अहमद नाम गरेका युवक…

    विस्तृतमा पढ्नुस्

  • सुनिल गिरीको 'जुम्ला' बोलको गीतमा मिस पबी र रोशनको अभिनय

    सुनिल गिरीको 'जुम्ला' बोलको गीतमा मिस पबी र रोशनको अभिनय

    काठमाडौं : गायक सुनिल गिरीको ‘जुम्ला’ बोलको गीत सार्वजनिक भएको छ। सुनिल गिरी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा गिरीको नै स्वर सुन्न सकिन्छ। यस गीतको शब्द अमन निलसागर र गिरीले मिलेर लेखेका हुन्। साथै गीतमा संगीत तथा संगीत संयोजन पनि गिरीको नै छ।​ म्युजिक भिडियोमा टिकटकर मिस पबी र रोशन केसीको अभिनय रहेको छ। गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली कांग्रेसको संसदीय दलको नेतामा शाही सर्वसम्मत

    कर्णाली कांग्रेसको संसदीय दलको नेतामा शाही सर्वसम्मत

    काठमाडौं : कर्णाली कांग्रेसको संसदीय दलको नेतामा मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्। शुक्रवार बसेको कर्णाली कांग्रेस संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्रीबाट राजीनामा

    राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्रीबाट राजीनामा

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन्। बिहीवार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेका मुख्यमन्त्री पाण्डेले शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीबाट राजीनामा नदिई सङ्घीय सांसदको शपथ लिएको भन्दै उनको चर्को आलोचना पनि भएको थियो। राजीनामा दिए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म पाण्डेले नै मुख्यमन्त्रीको कार्य सञ्चालन गर्नुपर्ने संवैधानिक बाध्यता छ। संविधानको धारा १६९ ले…

    विस्तृतमा पढ्नुस्

  • शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिँदै, कतार एयरलायन्सबाट दोहा हुँदै पुग्नेछन् पेरिस

    शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिँदै, कतार एयरलायन्सबाट दोहा हुँदै पुग्नेछन् पेरिस

    काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई आजै डिपोर्ट गरिने भएको छ। शोभराज आज मध्यान्हमा केन्द्रीय कारागारबाट थुनामुक्त भएका थिए। त्यसपछि अध्यागमन विभाग पुर्‍याएका शोभराजलाई आवश्यक प्रकृया पुर्‍याएर आज नै फ्रान्स डिपोर्ट गर्न लागिएको छ। साढे ६ बजे कतार एयरलाइन्सको विमानमार्फत फ्रान्स डिपोर्ट गर्न लागिएको हो। शोभराजले भने केही दिन नेपालमा नै बस्न चाहेका थिए। तर अध्यागमनले आज नै फ्रान्स डिपोर्ट…

    विस्तृतमा पढ्नुस्

  • जाँदाजाँदै मुख्यमन्त्रीहरुको सम्मेलन, देउखुरीमा हुँदै भेला

    जाँदाजाँदै मुख्यमन्त्रीहरुको सम्मेलन, देउखुरीमा हुँदै भेला

    बुटवल : पदावधि सकिनै लाग्दा सातै प्रदेशका मुख्यमन्त्रीहरु सम्मेलन गरेर छुट्ने तयारीमा जुटेका छन्। सातै प्रदेशका मुख्यमन्त्रीहरु लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा भेला हुँदैछन्। लुम्बिनी प्रदेश सरकारको आयोजनामा आउँदो शुक्रवार सम्मेलन हुन लागेको हो। सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिनका लागि मुख्यमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • ‘दोहोरी आइडल’ को विजेतालाई १५ लाख नगद र कार

    ‘दोहोरी आइडल’ को विजेतालाई १५ लाख नगद र कार

    काठमाडौं : लोकदोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ को विजेताले १५ लाख रुपैयाँ नगद र कार पुरस्कार पाउने आयोजकले जनाएको छ।डिएआर मुभिजले आयोजना गरेको दोहोरी आइडलको दोस्रो हुनेले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।  पुस १३ बाट शुरु हुने अडिसन २९ गते सकिनेछ। ७७ जिल्लाबाट जिल्लास्तरीय प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो भएकाहरुले आवेदन दिनसक्ने आयोजकले जनायो। पूरुषोतम न्यौपाने,राजु परियार,घमेश दुलाल र रीता…

    विस्तृतमा पढ्नुस्

  • चार्ल्स शोभराज अध्यागमनको सुरक्षा घेराभित्र, प्रेमिका निहिता भने गेट बाहिरै

    चार्ल्स शोभराज अध्यागमनको सुरक्षा घेराभित्र, प्रेमिका निहिता भने गेट बाहिरै

    काठमाडौं : केही मिनेट अगाडि अध्यागमन पुर्‍याएका कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराज अहिले अध्यागमनको कडा सुरक्षा घेरामा कागजी प्रक्रिया मिलाइरहेका छन्। बाहिर भने शोभराजकी प्रेमिका निहिता विश्वास पार्खिरहेकी छिन्। शोभराजको फोटो/भिडियो लिन नपाएपछि पत्रकारहरु अहिले निहितासँग प्रतिक्रिया लिइरहेका छन्। निहितासँगै उनकी आमा शकुन्तला पनि छिन्। सुरक्षा थ्रेट देखाउँदै अध्यागमनभित्र कसैलाई पनि छिर्न दिइएको छैन। शोभराजको मुद्दा लडेकी र प्रेमिका भनिएकी निहितालाई पनि भित्र प्रवेश गर्न…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका प्रदेशसभा सदस्यलाई रामप्रसाद ढुंगानाले शपथ खुवाउने, १४ गते शपथ  

    वाग्मती प्रदेशका प्रदेशसभा सदस्यलाई रामप्रसाद ढुंगानाले शपथ खुवाउने, १४ गते शपथ  

    हेटौंडा : वाग्मती प्रदेशसभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण पुस १४ गते हुने भएको छ। ४ मंसिरमा सम्पन्न निर्वाचनबाट प्रदेशसभाको दोस्रो कार्यकालको लागि निर्वाचित भएर आएका सांसदहरुको शपथग्रहण पुस १४ गते हुने भएको हो। शुक्रवार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले १३ गते प्रदेशसभाको ज्येष्ठ सदस्यले प्रदेश प्रमुखसमक्ष शपथ लिने र १४ गते सांसदहरुको शपथग्रहण गर्ने विषयमा सहमति भएको छ। सचिवालयका अनुसार नेकपा माओवादी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टी २० आयोजकलाई अवरोध गरिएको चन्दको गुनासो, जतिनको प्रश्न : यति धेरै आलोचना किन?

    नेपाल टी २० आयोजकलाई अवरोध गरिएको चन्दको गुनासो, जतिनको प्रश्न : यति धेरै आलोचना किन?

    काठमाडौं : नेपाल टी २० लिगको पछिल्लो तयारी शुक्रवारबाट सुरु गर्ने गरिएको थियो। तर, बिहीवार साँझपख विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई एक दिन पछाडि धकेलियो। अर्थात शनिवार काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स आमनेसामने भएसँगै बहुप्रतिक्षित, आलोचित र क्यानले लामो समयदेखि रटान लगाउँदै आएको नेपाल टी २० लिग कीर्तिपुरमा सुरु हुनेछ। खेलको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • 'गुञ्जन' को ट्रेलर सार्वजनिक, अष्ट महर्जनको डेब्यू निर्देशन

    'गुञ्जन' को ट्रेलर सार्वजनिक, अष्ट महर्जनको डेब्यू निर्देशन

    काठमाडौं : पुस २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलरले प्रेम, बिछोड र बदलाको कथा भन्छ। फिल्मका तीन मुख्य कलाकार सारा सिर्पाइली, प्रितमराज सेन्चुरी र कबिर खड्काले सार्वजनिक ट्रेलरमा स्थान पाएका छन्। फिल्ममा सारा, प्रितमराज र कविरका साथै सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी…

    विस्तृतमा पढ्नुस्

  • मिडिया फेस गर्न चाहेनन् चार्ल्स शोभराजले, कडा सुरक्षाबिच सबैको आँखा छलाउँदै पुर्‍याइयो अध्यागमन

    मिडिया फेस गर्न चाहेनन् चार्ल्स शोभराजले, कडा सुरक्षाबिच सबैको आँखा छलाउँदै पुर्‍याइयो अध्यागमन

    काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई सर्वोच्च अदालतले बुधवार छाड्न आदेश दिएको थियो। आदेश आउनसाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको लागि पनि चासोको विषय बन्यो यो। आदेशलगत्तै पत्रकार र फोटोपत्रकार सुन्धारा कारागारको गेट पुगे।   तर दुई दिन त विभिन्न प्रक्रिया पुरा गर्नै समय लाग्यो। आदेश आएको तेस्रो दिन शुक्रवार मध्यान्हमा शोभराज छुटे। १९ वर्षपछि उनी कारागारमुक्त भएका हुन्। सुन्धारा कारागारबाट उनलाई अध्यागमन…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशभा सदस्यको शपथ कहिले ? सर्वदलीय बैठक बसेर टुंगो लगाइँदै

    वाग्मती प्रदेशभा सदस्यको शपथ कहिले ? सर्वदलीय बैठक बसेर टुंगो लगाइँदै

    हेटौंडा : वाग्तमी प्रदेशका सांसदहरुको शपथ ग्रहणको विषयमा छलफल गर्न अहिले सर्वदलीय बैठक बस्दैछ छ। प्रदेशसभा सचिवालय हेटौंडमा बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक एक घण्टा ढिलो गरि सुरु भएको हो। बैठकमा सातै दलका सांसदहरुको सहभागी रहेका छन्। प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम निर्णय, शपथ ग्रहणको मिति टुंग्याउन बैठक बसिरहेको हो। प्रदेश सरकारसँगको समन्वयमा…

    विस्तृतमा पढ्नुस्

  • 'द भ्वाइस अफ नेपाल सिजन -४' को ग्रान्ड फिनाले आज

    'द भ्वाइस अफ नेपाल सिजन -४' को ग्रान्ड फिनाले आज

    काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन -४' को फिनाले आज हुँदैछ। आज बेलुकी ७:३० बजेदेखि सुरु हुने ग्रान्ड फिनालेमा अन्तिम चार प्रतिपर्धीमध्ये एक जना विजेता बन्नेछ। फिनालेमा चार टिमबाट उपाधिका लागि चारजना प्रतिस्पर्धामा छन्। प्रमोद खरेलको टिमबाट योगेश मगर, राजु लामाको टिमबाट करण राई, राजेश पायल राईको टिमबाट सविना योङहाङ र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बु उपाधिका लागि…

    विस्तृतमा पढ्नुस्

  • सांसदको स्वागतका लागि तयार भयो वाग्मती प्रदेशसभा बैठक कक्ष

    सांसदको स्वागतका लागि तयार भयो वाग्मती प्रदेशसभा बैठक कक्ष

    हेटौंडा : वाग्मती प्रदेशसभामा ११० जना नयाँ सांसदहरुका लागि पुरानै भवन मर्मत गरेर तयार पारिएको छ। नयाँ भवन निर्माण हुन समय लाग्ने भएपछि पुरानै भवनको मर्मत गरेर तयार पारिएको हो। हाल प्रदेशसभा बैठक कक्षको रंगरोगन र सरसफाइदेखि संसदीय दलको कार्यालयसम्म निर्माण गरिएको छ। यसअघिका प्रदेशसभाका सभामुख, उपसभामुखको २–२ कोठा भत्काएर अहिले फराकिलो पारिएको छ।

    विस्तृतमा पढ्नुस्

  • १९ वर्ष जेल बसेर थुनामुक्त भए कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज, अब अध्यागमनको जिम्मामा

    १९ वर्ष जेल बसेर थुनामुक्त भए  कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज, अब अध्यागमनको जिम्मामा

    काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराज थुनामुक्त भएका छन्। शोभराज शुक्रवार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन्। १९ वर्षपछि कारागारमुक्त भएका उनलाई सुन्धारा कारागारबाट अध्यागमन विभाग लगिएको छ। बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। तर जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा भएकाले शोभराजलाई रिहा गर्ने विषयमा अन्योल भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • रसुवा - काठमाडौं र रक्सौल - काठमाडौं रेल अनुदानमा बन्नुपर्छ : कांग्रेस प्रवक्ता महत

    रसुवा - काठमाडौं र रक्सौल - काठमाडौं रेल अनुदानमा बन्नुपर्छ : कांग्रेस प्रवक्ता महत

    काठमाडौं :  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विदेशी ऋण लिएर कुनै प्रोजेक्ट बन्नु नेपालको लागि घाटाको कुरा रहेको बताएका छन्। इन्टरनेसनल सेमिनार अन जियोपोलिटिक्स एन्ड बिआरआई इन साउथ एसिया कार्यक्रममा प्रवक्ता महतले यस्तो भनाई राखेका हुन्। विदेशीले ऋण दिँदा सामानदेखि ठेकेदारसम्म आफ्नै देशबाट पठाउँदा देशलाई घाटा हुने भएकाले त्यस्ता ऋण स्विकार गर्नु नहुनेसमेत बताए। ‘कुनै प्रोजेक्टमा हामीले लागत अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • छैटौँपटक इजरायलको प्रधानमन्त्री बन्दै नेतान्याहू, विपक्षीको आरोप : इतिहासकै कट्टरपन्थी सरकार

    छैटौँपटक इजरायलको प्रधानमन्त्री बन्दै नेतान्याहू, विपक्षीको आरोप : इतिहासकै कट्टरपन्थी सरकार

    बेन्जामिन नेतान्याहू फेरि इजरालयका प्रधानमन्त्री बन्ने भएका छन्। संसदीय निर्वाचनमा बेन्जामिनको पार्टी लुकिडले ३२ सिटमा जित निकालेको छ। कट्टरपन्थी यहूदी पार्टीहरु र धुर राष्ट्रवादी पार्टीसँग गठबन्धन गरेर नेतान्याहू फेरि सत्तामा पुग्न लागेका हुन्। नेतान्याहूले आफूले नयाँ सरकार गठन गर्ने बारे इजरालयका राष्ट्रपति इसाक हेर्जोगलाई जानकारी गराइसकेका छन्। लगातार १५ वर्षसम्म प्रधानमन्त्री भएका बेन्जामिन गत वर्षमात्र पदमुक्त भएका थिए। अहिले फेरि…

    विस्तृतमा पढ्नुस्

  • उर्फी जावेदलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ

    उर्फी जावेदलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ

    भारतीय कलाकार उर्फी जावेदलाई बलात्कार गरि मार्ने धम्की दिने युवक पकाउ परेका छन्। गोरेगाउँ पुलिस स्टेशनले ‘आईटी ऐन’ अन्तर्गत नवीन गिरी नामका व्यक्तिलाई हिरासतमा लिएको हो। असामान्य पहिरन र फेसनका लागि चर्चित छिन् उर्फी। जसकारण उनी बेला बेला विवादमा समेत पर्छिन्। हालै ती युवकले व्हाट्सएपमार्फत बलात्कार गरि मार्ने धम्की दिएका थिए। त्यसपछि उर्फीले ट्विटरमा च्याटको स्क्रिनसर्ट सेयर गर्दै आफूलाई धम्की…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell