काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको दाबी गरेका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि प्रधानमन्त्रीका लागि प्रचण्डले दबाब बढाइरहेका बेला ओलीको प्रचण्ड प्रधानमन्त्री नबन्ने दाबी आएको हो। प्रचण्डले निर्णय गर्न ढिलो गरेको ओलीको भनाइ छ। 'पुष्पकमल दाहालजीले प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ तर उहाँले ढिलो…
नेपालमा १९ वर्ष जेल जीवन बिताएर रिहा भएका कुख्यात अपराधी चार्ल्स शोभराज पेरिस पुगेका छन्। बिकिनी किलर र दी सर्पेन्टका रुपमा परिचित ‘सिरियल किलर’ शोभराजलाई हिजो नेपालबाट 'डिपोर्ट' गरिएको थियो। हिजो प्रहरीले उनलाई अध्यागन विभाग बुझाएको थियो। त्यसपछि अध्यागनले हिजो नै उनलाई डिपोर्ट गरेको थियो। दोहा हुँदै आज उनी फ्रान्सको राजधानी पेरिस पुगेका हुन्। नेपालबाट डिपोर्ट भएर फर्किँदै गर्दै…
काठमाडौं : प्रधानमन्त्री को बन्ने भन्नेबारेको विवाद टुङ्ग्याउन सत्ता गठबन्धनको फेरि बैठक बस्ने भएको छ। शनिवार दिउँसो ४ बजेका लागि बैठक डाकिएको हो। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेपछि प्रधानमन्त्री चयनको विषय पेचिलो बनेको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रधानमन्त्रीमा देउवा-प्रचण्डले नै दाबी गरेपछि सहमति हुन नसकेको…
पोखरा : स्वयंसेवी शिक्षिकाका रुपमा झापाकी गुञ्जन लुइँटेल नेपालका दुर्गम विद्यालयमा पढाउन पुग्छिन। दुर्गमका कुनाकन्दरामा पुगेर शिक्षा दिएकी उनले 'कर्णालीकी गुञ्जन मिस' का रुपमा आफ्नो परिचय बनाएकी छिन्। पहिलोपटक २०१८ सालमा नेपालको दुर्गम विद्यालयमा पढाउन पुगेकी हुन् उनी। दुर्गम भेगमा उनको पहिलोपटक शिक्षीका भएर डोल्पा पुगिन्, तर त्यहाँ उनले शिक्षक नै भेट्न पाइन्न। ‘डोल्पामा म गएको सरकारी स्कुलमा टिचर भेट्नै…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन लाग्दा पौडेल प्रचण्डलाई मनाउन शनिवार बिहानै खुमलटार पुगेका हुन्। भेटमा पौडेलले गठबन्धन कायम रहनुपर्छ भन्नेमा जोड दिएको उनको सचिवालयले जनायो। पौडेलले प्रधानमन्त्री सहमति गरेर अघि बढ्नसमेत सुझाव दिएका थिए। सरकार गठनका लागि एकदिनमात्र बाँकी रहँदा पौडेल…
काठमाडौं : रसियामा गैरकानुनी रुपमा संचालित वृद्धवृद्धाहरुका लागि आश्रयस्थलमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ। दुई तल्ले भवनको माथिल्लो तल्ला आगलागीका कारण पूर्णरुपमा क्षतिग्रस्त भएको छ। तास न्यूज एजेन्सीले गैरकानुनी रुपमा संचालन भइरहेको सो आश्रयस्थलमा 'हिटिङ बोइलर' को खराबीका कारण आगलागी भएको बताइएको छ। आगलागी नियन्त्रणका लागि एक दर्जनभन्दा बढी अग्नी नियन्त्रक परिचालन गरिएको थियो। स्थानीय अधिकारीहरुका अनुसार रसियामा…
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताए। 'हामीले त्रिवि पदाधिकारी, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका…
काठमाडौं : मोबाइलको गैरकानुनी कारोबार नियन्त्रण गर्न 'मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम' पुस १५ देखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मिति घोषणा गरेको छ। परीक्षंण चरण भन्दै सिस्टम पूर्णरूपमा कार्यान्वयनमा ल्याउने मिति पछि सार्दै आएको प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेको छ। आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैध भित्रिएका मोबाइल नचल्नेगरी रोकिने जनाएको हो। मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण…
काठमाडौं : जनमत पार्टीले मधेशी आयोगका पदाधिकारीहरुमागि कारवाहीको माग गरेको छ। पार्टीका नेता बीपी शाहले आयोगले द्वन्द्व गराउन खोजेको भन्दै कारवाहीको माग गरिएको बताए। जनमत पार्टीका अध्यक्ष डा सिके राउतले प्रतिनिधिसभा सदस्यको शपथ लिँदा मधेशी भाषामा शपथ लिएका थिए। मधेशी आयोगले राउतले मधेशी भाषामा शपथ ग्रहण गरेको विषयमा आपत्ति जनाएको थियो। आयोगले संसद सचिवालयलाई मधेशी भाषामा राउतले कसरी शपथ ग्रहण…
अमेरिकामा हिमपातका कारण जनजीवन प्रभावित भएको छ। क्रिसमस र नयाँ वर्षको विदाको समयमा अत्याधिक हिमपातका कारण १० करोड मानिस प्रभावित भएका छन्। टेकसस देखि क्यूबेकसम्म हिमपातसहितको 'बम साइक्लोन'को गति २ हजार माइल्स रहेको बीबीसीले उल्लेख गरेको छ। शुक्रवार हिमपात र आँधीका कारण हजारौं उडानहरु रद्द भए भने १५ लाख मानिस बिजुली बिहीन भएका थिए। क्यानडामा समेत हिमपातक कारण जाडो अत्याधिक…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमा सांसदहरुको भेला बोलाएका छन्। कांग्रेसका सांसदहरुको भेला अहिले १२:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ। प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न ५ बजेसम्मको म्याद दिएकी छन्। तर, गठबन्धनमा सहमति जुटेको छैन। त्यसैकारण यो भेला हुन लागेको बताइएको छ। देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबिच को पहिले प्रधानमन्त्री बन्ने भन्ने…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरुले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गर्न लागिपरेको बताए। सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उनको आरोप छ। ‘भ्रष्टाचारमा प्रकाशमानको केही छैन। चुनावको समयमा…
सन्तोष महतारा- रेसुङ्गा : केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ। विश्वास पनि अरूले गर्न नपर्ने रहेछ। आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ। गुल्मीको चन्द्रकोट गाउँपालिका-३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन्। घरपरिवार र छिमेकीले त्योभन्दा विदेश गएर धन…
काठमाडौं : नेपाल टी २० लिग आजबाट काठमाडौंमा सुरु भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङको निर्णय लिएको हो। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंको प्लेइङ ११ मा ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसीर अहमद, कमलसिंह ऐरी, अविनास बोहोरा, अनिल खरेल, सन्तोष कार्की, सुनम गौतम, विरनदीप सिंह, अजमतुल्लाह ओमर्जाइ र अलेक्सेन्डर जेम्स ब्लेक रहेका छन्। शरद भेषवाकरको कप्तानीमा…
विवेक मिश्र- बेलबारी : दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ। सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो। असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन्। सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा…
पेरिसमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। आक्रमणकारीले कुर्दिश साँस्कृतिक केन्द्रलाई निशाना बनाएर स्थानीय समुदायका सदस्यहरूलाई गोली हानेको बताइएको छ। ६९ वर्षीय एक संदिग्धलाई घटना लगत्तै गिरफ्तार गरिएको थियो। उनी हालसालै जेलबाट छुटेको खुलेको छ। आक्रमणपछि घटनास्थलमा जम्मा भएका समूह र प्रहरीबिच झडप भएको थियो। फुटेजमा देखिएअनुसार मानिसहरूले सडकको बिचमा…
जनकपुरधामः जनमत पार्टीका सांसदहरुले मैथिली भाषामा शपथ ग्रहण गरेर मधेशी भाषामा शपथ लिएको भन्दै गरिएको प्रचारप्रति मैथिली विकास कोषले आपत्ति जनाएको छ । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी र सदस्यसचिव श्यामसुन्दर शशीले संयुक्त विज्ञप्ति जारी गर्दै मधेशी भाषामा शपथ लिएको भन्दै गरिएको प्रचारप्रति आपत्ति जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘यो आपत्तिजनक हो, मातृभाषामाथिको कुठाराघात हो।’ भाषा आयोग र भाषा…
विकिनी किलर र द सर्पेन्ट नामले परिचित चार्ल्स शोभराज नेपालमा १९ वर्ष जेल जीवन बिताएर आज फ्रान्स फर्किएका छन्। सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएसँगै प्रहरीले उनलाई अध्यागमन विभागमा बुझाएको थियो। विभागले सबै प्रक्रिया पूरा गरेर शोभराजलाई डिपोर्ट गरेको छ। शोभराज छुट्ने भएपछि उनीमाथि आधारित दुई फिल्मको निकै चर्चा भयो। एउटा नेटफिल्क्स र बिबिसीले बनाएको 'द सर्पेन्ट' र बलिउड…
काठमाडौंः नेपालको कारागारमा १९ वर्षभन्दा बढी समय कैद भुक्तान गरेको ‘सिरियल किलर’ चार्ल्स शोभराजले नेपाललाई मुद्दा हाल्ने बताएका छन्। सर्वोच्च अदालतको फैसलापछि नेपालबाट फ्रान्स डिपोर्ट हुने क्रममा विमानस्थलमा फ्रान्सेली समाचार संस्था एएफपीलाई प्रतिक्रिया दिँदै शोभराजले यस्तो चेतावनी दिएका हुन्। शोभराज फ्रान्सेली नागरिक हुन्। एएफपीसँगको प्रतिक्रियामा उनले भनेका छन्, ‘मैले धेरै गर्नुपर्ने छ। नेपाल राज्यसहित धेरै मानिसलाई मैले मुद्दा हाल्नु पर्छ।’ #UPDATE…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सरकार गठनका बारेमा बालुवाटारमा छलफल भइरहेको छ। देउवाका प्रेस प्रमुख गोविन्द परियारले दुई नेताबिच छलफल भइरहेको जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते सरकार गठनाका लागि दिएको ७ दिनको समय सकिन २ दिन बाँकी रहेका बेला देउवा-प्रचण्ड लगातार संवादमा जुटेका हुन्। यसअघि बिहीवार पनि देउवा-प्रचण्ड सहित…