काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन्। ओलीको सचिवालयले प्रचण्ड सत्ता गठबन्धनको बैठक सकिएपछि बालकोट आउँदै गरेको जानकारी दिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारको बैठक निर्णयमा पुग्न नसकेपछि दाहाल बालकोट लागेका हुन्। नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति माओवादी केन्द्रलाई दिन नसकिने बताएपछि एमालेसँग छलफल भइरहेको माओवादी केन्द्रका नेताहरुले…
भारतीय अभिनेत्री तुनिषा शर्माको आत्महत्या प्रकरणमा को-एक्टर शीजान खान पक्राउ परेका छन्। तुनिषाका परिवारले खानविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। शीजानविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा दर्ता भएको हो। उनलाई सोमबार अदालतमा पेस गर्ने बताइएको छ। तुनिषाको शवको पोस्टमोर्टम गरिएता पनि रिपोर्ट भने सार्वजनिक भएको छैन। शनिवार सुटिङ सेटमै शर्माले आत्महत्या गरेकी थिइन्। २० वर्षीया तुनिषा सिरियलको छायाङ्कन सेटमा थिइन्। सुटिङको ब्रेक टाइममा तुनिषा…
काठमाडौं : सत्ता गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो। पहिला प्रधानमन्त्री को बन्ने भन्नेबारमा विवाद नमिलेपछि गठबन्धनको बैठक निर्णय बिहीन भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले दाबी गरेका छन्। आज बालुवाटारमा बसेको बैठकमा देउवा, प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, कांग्रेस उपसभापति पूर्ण…
काठमाडौं: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टारले विराटनगर सुपरकिंग्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा अलस्टारले विराटनगरमाथि ३ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनी अलस्टारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। अलस्टारका लागि लाहिरु मिलान्थाले सर्वाधिक अविजित ८० रन बनाउँदा कुशल भुर्तेलले २६ रन बनाए।…
काठमाडौं : नेपाली राष्ट्रिय यू-२३ भलिबल टोलीले बंगबन्धु एसियन सेन्ट्रल जोन यू-२३ अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप प्रतियोगिताको फाइनल प्रवेशका लागि आज आयोजक बंगलादेशसँग खेल्दैछ। बंगलादेशको राजधानी ढाकास्थित शाहीद सुहरावर्दी इनडोर स्टेडियममा हुने नेपाल र बंगलादेशबिचको सेमिफाइनल खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ। प्रतियोगितामा यसअघिको तीनवटै खेलमा नेपालले पराजय ब्यहोरेको छ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरि चार टोलीको…
काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शन भएको बलिउड फिल्म ‘सर्कस’ बक्स अफिसमा कमजोर देखिएको छ। रोहित शेट्टी निर्देशित यस फिल्मले भारतभर दुई दिनमा जम्मा १३ करोड २५ लाख भारतीय रुपैयाँ कमाएको हो। कोरोनाकालमा सुटिङ गरिएको यस फिल्मले राम्रो व्यापार गर्ने आशा गरिएको थियो। तर, रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्मले उत्साहजनक व्यापार गर्न सकेन। प्रदर्शनको पहिलो दिन शुक्रवार ‘सर्कस’ले ६ करोड ५० लाख भारतीय…
भारतमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न सक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। पछिल्लो २४ घण्टामा दुई सयजनामा संक्रमण देखिएको छ। यससँगै भारतामा कोरोना संक्रमितको संख्या ३ हजार ४२४ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिले पनि भारतमा दैनिक एक लाखभन्दा बढी भ्याक्सिन प्रदान गरिँदैछ। चीनमा कोरोना भाइरसको दर ह्वात्तै बढेपछि भारतमा पनि…
काठमाडौंः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अहिले दुर्घटना नियन्त्रण गर्न भन्दै लागूपदार्थ सेवन( लापसे) चेकिङमा कडाइ गरेको छ। लागु पदार्थ सेवन गरेर सवारी चलाउने बढेको भन्दै चेकिङ बढाइएको हो। आज बिहान १५ वटा सवारी साधनका चालकलाई चेकिङ गर्दा ७ जनाले लागु पदार्थ सेवन गरेर चलाएको भेटियो कार्यालयकी प्रमुख डिआइजी मिरा चौधरीले बताइन्। यसरी कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै दुई पाङग्रे सवारी चालक…
काठमाडौं : नयाँ बन्ने सरकारमा प्रधानमन्त्री कसलाई बनाउने भन्नेबारेमा सहमति जुटाउत सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री बालुवाटारमा सुरु भएको छ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का लगायतका नेताहरु बैठकमा सहभागी रहेको गठबन्धनका एक नेताले बताए। गठबन्धनको बैठक अघि देउवा-प्रचण्डबिच वार्ता भएको थियो। राष्ट्रपति भण्डारीले सरकार…
काठमाडौः साताको पहिलो दिन सुनको मूल्य थोरै बढेको छ। तोलामा २ सय रुपैयाँ बढ्दै बजार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रवार सुन एकै दिन तोलामा १२ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो।सुनको मूल्य केही दिनयता क्रमिक बढ्दै प्रतितोला १ लाख १ हजार ५…
काठमाडौं : काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ। यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो। केही दिनयतादेखि काठमाडौँ सहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ। पुस लागेसँगै देशभर चिसो…
अफगानिस्तानमा महिलाहरूलाई गैरसरकारी संस्थाहरू (एनजीओ)मा काम गर्न प्रतिबन्ध लगाउने तालिबानको आदेशको संयुक्त राष्ट्र संघले निन्दा गरेको छ। यो कदमले मौलिक अधिकारको उल्लङ्घन गरेको राष्ट्र संघको ठहर छ। तालिबानी इस्लामवादी शासकहरूले एनजीओका महिला कर्मचारीहरूले हिजाब नलगाएर ड्रेस कोड तोडेको भन्दै यस कदमलाई जायज भनेका छन्। युनिभर्सिटीमा छात्राहरूलाई प्रतिबन्ध लगाएको केही दिनपछि शनिवार यस्तो आदेश आएको हो। अमेरिकी विदेशमन्त्रीले पनि यो कदम…
टेकराज पोखरेल- नवलपुर : ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन्। पूर्व-पश्चिम राजमार्गको गैँडाकोटस्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ करिब चार किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा स्थानीयवासी दैनिक व्यायाम गर्न आउने गरेका छन्। टाढा-टाढाबाट देवीको दर्शन गर्न श्रद्धालु आउने उल्लेख गर्दै ‘धार्मिक सेवा समिति मौलाकाली’का अध्यक्ष शालिकराम सापकोटाले…
काठमाडौं : बेलायतमा रहेका साहित्यकार कृष्ण बजगाईको नियात्रा संग्रह 'उमिहोतारु'को भर्चुअल लोकार्पण भएको छ। लोकार्पणपछि उमिहोतारुमाथि अन्तरक्रियासमेत भयो। समकालीन साहित्य प्रतिष्ठान बेलायतले शनिवार नेपाली समयअनुसार साँझ गरेको अन्तरक्रियामा अमेरिकादेखि जापानसम्मका साहित्यकारहरुले उमिहोतारुबारे आफ्नो धारणा प्रस्तुत गरे। साहित्यकार डा विदुर चालिसेले उमिहोतारु अरु कृतिको तुलनामा कवितात्मक र भावुक रहेको बताए। 'यात्राको विवरणभन्दा भावनात्मक बढी देखिन्छ उमिहोतारुमा। कवितात्मक छन् र भावुक छन्,'…
जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ। गोली लागेर मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर २ का धानुक दासको मृत्यु भएको हो। गोली लागी घाइते भएका ४० वर्षीय दासको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। गोली धानुकको देब्रे पाखुरामा लागेको थियो। गोली कसले र किन चलाएको विषयमा प्रहरीले अनुसन्धान थालेको जिल्ला…
काठमाडौंः गृह मन्त्रालयले सार्वजनिक यातायात तथा बढी भीडभाड हुने क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन गरेको छ। छिमेकी राष्ट्रलगायतका अन्य केही देशमा संक्रमण पुनः बढिरहेको भन्दै सतर्क रहन मन्त्रालयले निर्देशन दिएको हो। नयाँ भेरियन्टको जोखिम नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले जिल्ला सुरक्षा समिति, स्वास्थ्य कार्यालय तथा स्थानीय तहको समन्वयमा स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको हो।
काठमाडौं: गायिका तथा मोडल लक्ष्मी आचार्यले ‘लाईहेल कालो टिको’ बोलको देउडा गीत ल्याएकी छिन्। लक्ष्मी आचार्य युट्यव अकाउन्टमार्फत सार्वजनिक गीतमा प्रकाश सपुत र लक्ष्मीको स्वर सुन्न सकिन्छ। सुदूरपश्चिमको देउडा भाकामा प्रकाशले पहिलोपटक स्वर भरेका हुन्। यो गीत सुदूरपश्चिमको चर्चित देउडा गीत ‘लाइहेल कालो टिको’ को नयाँ भर्सन हो। गीतमा लोकप्रिय देउडा गायक नरेन्द्रराज रेग्मीको शब्द संकलन र संगीत रहेको छ।…
काठमाडौं : सत्तारुढ दलबीच आगामी सरकार गठनका लागि सहमति जुटाउन बसेको बैठक बिना सहमति टुंगिएको छ। प्रधानमन्त्रीमा टुंगो लाग्न नसकेपछि बैठक भोलि बिहान बस्ने गरी टुंगिएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए। पाँच दलीय सत्ता गठबन्धनको बैठक सकारात्मक रुपमा अघि बढेको कार्कीले दाबी गरे। 'प्रधानमन्त्री को पहिले बन्ने भन्ने कुरा गौण हो, मुलुकलाई जनताको आकंक्षाअनुसार अघि बढाउनु महत्वपूर्ण…
काठमाडौं: काभा यु२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा नेपाल जित बिहिन बनेको छ। शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल कीर्गिस्तानसँग ३-२ सेटमा पराजित भएको हो। नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ। बंगललादेशको शाहीद सुहरावर्दी इनडोर स्टेडियममा पहिलो सेट २५-१६ ले गुमाएको नेपालले दोस्रो सेटमा पुनरागमन गर्दै २५-२३ को जित निकालेको थियो। त्यस्तै तेस्रो सेट २५-१७ ले गुमाएको नेपालले चौथो सेट…
काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अब बन्ने सरकारमा प्रधानमन्त्री पदमा सहमति जुटाउन गठबन्धनको बैठक बसेको हो। देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका छन्। दुबैजनाले एक अर्कालाई प्रधानमन्त्री बनाउन दाबाब बढाइरहेका बेला बैठक सुरु भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवारसम्म संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि दाबी गर्न दिएको…