PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • गठबन्धन जोगाउन नसक्दा पहिलो पार्टी बने पनि कांग्रेसले गुमायो संघदेखि प्रदेश सम्मको सत्ता

    गठबन्धन जोगाउन नसक्दा पहिलो पार्टी बने पनि कांग्रेसले गुमायो संघदेखि प्रदेश सम्मको सत्ता

    काठमाडौं : गठबन्धन जोगाउन नसक्दा पहिलो दल बनेको नेपाली कांग्रेसले सत्ता गुमाएको छ। सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचनमा गएपछि अघिल्लो निर्वाचनमा दोस्रो बनेको कांग्रेस यसपटक ८९ सिट पाउँदै पहिलो बनेको थियो। यद्यपि गठबन्धन जोगाउन नसक्दा सत्ता गुमाएको हो। गठबन्धनमा राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने अडान लिएपछि माओवादी एमालेसँग मिल्दा कांग्रेसले सत्ता गुमाएको हो। योसँगै अब ७८ सिट पाएको एमालेको सहयोगमा ३२…

    विस्तृतमा पढ्नुस्

  • शीतल निवासमा प्रचण्ड - ओलीसँग प्रभु साह, अमरेशकुमार र उपेन्द्र यादव पनि

    शीतल निवासमा प्रचण्ड - ओलीसँग प्रभु साह, अमरेशकुमार र उपेन्द्र यादव पनि

    काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री दाबी पेश गरेका छन्। प्रचण्ड नेतृत्वको गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहेको छ। १६६ जना सांसदको हस्ताक्षर लिएर सरकारको नेतृत्व दाबी गर्न शीतल निवासमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै एमाले बंक गरी चुनाव लडेका प्रभु साह…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीका लागि प्रचण्डले राष्ट्रपति समक्ष पेश गरे दाबी

    प्रधानमन्त्रीका लागि प्रचण्डले राष्ट्रपति समक्ष पेश गरे दाबी

    काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन्। आइतवार साँझ एमालेसहित १६६ सांसदको समर्थनमा प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्। प्रचण्ड नेतृत्वको गठबन्धनलाई राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहेको छ। राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा…

    विस्तृतमा पढ्नुस्

  • एकीकृत समाजवादीले बोलायो आकस्मिक बैठक, सरकारमा सहभागी हुन नहुने बिषयमा छलफल

    एकीकृत समाजवादीले बोलायो आकस्मिक बैठक, सरकारमा सहभागी हुन नहुने बिषयमा छलफल

    काठमाडौंः नेकपा (एकीकृत समाजवादी)ले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। गठबन्धनको नेतृत्वमा सरकार निर्माणमा अन्योलता देखिएपछि मुलुकमा विकास भएको नयाँ राजनीतिक अवस्थाकाबारे छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठक बोलाएका हुन्। बैठकमा सत्तागठबन्धनमा अहिलेसम्म भएका प्रयासका साथै नयाँ स्थितिमा सरकार निर्माण भएमा पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल हुने महासचिव डा बेदुराम भुसालले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा अहिले बस्ने…

    विस्तृतमा पढ्नुस्

  • अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई

    अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस् : बाबुराम भट्टराई

    काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीमा सिफारिस भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्रीमा सिफारिस गर्दै राष्ट्रपति समक्ष पत्र पठाउने निर्णय गरेको थियो। बाबुरामको पार्टीले गएको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको थियो। सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेससँग कुरा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई प्रधानमन्त्रीमा दाबी गर्दै शीतल निवास पुगे सात दल

    प्रचण्डलाई प्रधानमन्त्रीमा दाबी गर्दै शीतल निवास पुगे सात दल

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्दै सात राजनीतिक दल शीतल निवास पुगेका छन्। राष्ट्रपित विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आज अपराह्न ५ बजेसम्मको समय दिएकी थिइन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको छलफलमा प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने सहमति भएको थियो। सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि प्रचण्ड आज बालुवाटार…

    विस्तृतमा पढ्नुस्

  • सरकार गठनपछि राष्ट्रपति बारे छलफल हुन्छ : शंकर पोखरेल

    सरकार गठनपछि राष्ट्रपति बारे छलफल हुन्छ : शंकर पोखरेल

    काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनपछि राष्ट्रपतिको विषयमा छलफल हुने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुने सहमति बारे सुनाउँदै उनले यसो भनेका हुन्। 'राष्ट्रपति पदको बारेमा सरकार गठनपछि छलफल गरेर सहमति गरिन्छ,' उनले भने। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको ७ दलको बैठकले नयाँ सत्ता समीकरण निर्माण…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा नक्कली नोट सहित एक पुरुष समातिए

    धनगढीमा नक्कली नोट सहित एक पुरुष समातिए

    काठमाडौंः धनगढीमा  नक्कली नोट सहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थान सहित चुरे गाउँपालिका-६ बस्ने ५५ वर्षीय लाल बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई ७ दलका १६६ जना सांसदको समर्थन

    प्रचण्डलाई ७ दलका १६६ जना सांसदको समर्थन

    काठमाडौं : बालकोट बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको छ। सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि प्रचण्ड आज बालुवाटार बैठक छाडेर बालकोट पुगेका थिए। बालकोटमा प्रचण्ड र ओलीसँगै अन्य सात दलका नेताहरु पनि थिए। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि…

    विस्तृतमा पढ्नुस्

  • १६६ जना सांसदको सहमति लिएर प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपति समक्ष पत्र प्रस्तुत गरिँदै

    १६६ जना सांसदको सहमति लिएर प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपति समक्ष पत्र प्रस्तुत गरिँदै

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन निर्णय गरेको छ। पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको एमाले महासचिव शंकर पोखरेलले बताए। आज दिउँसो ओली निवासमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादीका वरिष्ठ नेता अशोक राई लगायतको बैठक बसेको थियो। उनीहरू बिच वार्ता…

    विस्तृतमा पढ्नुस्

  • बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकार गठन गर्ने सहमति

    बालकोट बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकार गठन गर्ने सहमति

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। आज दिउँसो ओली निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादीका वरिष्ठ नेता अशोक राई लगायतको बैठक बसेको थियो। उनीहरू बिच वार्ता चलिरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउत पनि मिसिएका थिए। सो…

    विस्तृतमा पढ्नुस्

  • डेढ घण्टाको समय मागेर हिँडेका प्रचण्ड बालकोट पुगेपछि बालुवाटार सुनसान

    डेढ घण्टाको समय मागेर हिँडेका प्रचण्ड बालकोट पुगेपछि बालुवाटार सुनसान

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा छन्। सरकार बनाउने समय घर्किँदै गर्दा दलका नेताहरू सरकार बनाउने गठबन्धनको जोड घटाउमा लागेका छन्। बिहानदेखि नेपाली कांग्रेससँग छलफलमा रहेका माओवादी अध्यक्ष अहिले नयाँ गठबन्धनको सरकार बनाउन कसिएका छन्। जसको कारण नै उनी अहिले बालुवाटारबाट बालकोटमा छन्। मध्याह्नतिर बालुवाटरमा प्रधानमन्त्री पदको विषयमा सहमति हुन नसकेपछि नयाँ सरकार…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक दल बालकोट केन्द्रित हुँदा बाबुरामले भने : वर्ल्डकप फाइनल र नेपाली राजनीति उस्तै रोमाञ्चक

    राजनीतिक दल बालकोट केन्द्रित हुँदा बाबुरामले भने : वर्ल्डकप फाइनल र नेपाली राजनीति उस्तै रोमाञ्चक

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय केहीबेरमा सकिँदैछ। त्यसैले दलहरु छलफल केन्द्रित भएका छन्। सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास पुगेका छन्। बालकोटमा सरकार गठनका लागि चाहिने सिट भएका दलहरु अहिले भेला भएका छन्। बालकोटमा अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • ओलीले प्रचण्ड र रविसँग छलफल गरिरहँदा बालकोटमा सिके राउतको 'इन्ट्री'

    ओलीले प्रचण्ड र रविसँग छलफल गरिरहँदा बालकोटमा सिके राउतको 'इन्ट्री'

    काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिँनै लाग्दा दलहरु बालकोट केन्द्रित भएका हुन्। राउत सरकार निर्माणको विषयमा छलफल गर्न बालकोट पुगेका हुन्। बालकोटमा अहिले ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको छलफलमै छन्। बालकोटमै जनता समाजवादी पार्टीका नेता…

    विस्तृतमा पढ्नुस्

  • ओलीसँगको वार्तापछि अशोक राईले भने,' नयाँ गठबन्धन बन्ने सम्भावना छ'

    ओलीसँगको वार्तापछि अशोक राईले भने,' नयाँ गठबन्धन बन्ने सम्भावना छ'

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले नयाँ गठबन्धन बन्ने सम्भावना रहेको बताएका छन्। आज दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको चार दलको संयुक्त बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नयाँ गठबन्धन बन्ने सम्भावना रहेको उनले बताएका हुन्। 'नयाँ गठबन्धन बन्ला झैँ अवस्था छ,' नेता राईले भने। नेता राईले आफ्नो पार्टी भित्र सरकार बनाउने विषयमा संस्थागत निर्णय…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस बाहेकका दलले यसरी बनाउन सक्छन् सरकार

    कांग्रेस बाहेकका दलले यसरी बनाउन सक्छन् सरकार

    काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री बनाउन नमानेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन्। प्रचण्डले ओलीसँग प्रधानमन्त्रीका लागि वार्ता गर्न लागेका हुन्। महासचिव देव गुरुङ र बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहित प्रचण्ड बालकोटमा छलफलमा छन्।  सो छलफलमा माओवादी र एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीका नेताहरु पनि…

    विस्तृतमा पढ्नुस्

  • बालकोटमा बन्ला नयाँ सत्ता समीकरण ? ओली, प्रचण्ड, रवि र अशोकबिच संयुक्त बैठक

    बालकोटमा बन्ला नयाँ सत्ता समीकरण ? ओली, प्रचण्ड, रवि र अशोकबिच संयुक्त बैठक

    काठमाडौं : सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा सकिन लाग्दा दलहरुले छलफलाई तिब्रता दिएका छन्। बालुवाटारमा गठबन्धनबिच कुरा नमिलेपछि अहिले सत्ताका लागि समीकरण मिलाउन दलहरु बालकोटमा भेला भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीका नेताहरुबिच संयुक्त बैठक भइरहेको छ। माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्वतन्त्र पार्टीबाट…

    विस्तृतमा पढ्नुस्

  • बालकोटमा प्रचण्ड, ओलीसँग हुँदै वार्ता

    बालकोटमा प्रचण्ड, ओलीसँग हुँदै वार्ता

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटन ओली निवास बालकोट पुगेका छन्। महासचिव देव गुरुङसहित प्रचण्ड ओली निवासमा पुगेका हुन्। सत्ता गठबन्धनको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति नभएपछि प्रचण्ड ओलीसँग वार्ता गर्न लागेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • ओली निवासमा सरकार निर्माणको गृहकार्य तिब्र, रवि लामिछानेदेखि राजेन्द्र लिङ्देनसम्म बालकोटमा

    ओली निवासमा सरकार निर्माणको गृहकार्य तिब्र, रवि लामिछानेदेखि राजेन्द्र लिङ्देनसम्म बालकोटमा

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक हप्ताको समय आज सकिन लागेपछि दलहरु तिब्र गृहकार्यमा जुटेका छन्। सत्ता गठबन्धनको बैठक बालुवाटारमा निर्णय बिहीन भएर सकिएको छ भने उक्त बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन अघि बढ्न नसक्ने भन्दै निस्किएका छन्।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल तिब्र बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बालकोटमा…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको बैठक छाडेर हिँडेका प्रचण्ड बालकोट पुगेनन्, एमाले-माओवादीका दोस्रो तहका नेताको छलफल जारी

    गठबन्धनको बैठक छाडेर हिँडेका प्रचण्ड बालकोट पुगेनन्, एमाले-माओवादीका दोस्रो तहका नेताको छलफल जारी

    काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन्। बालुवाटारमा भएको गठबन्धन छाडेर गएका प्रचण्डलाई देउवाले फोन गरेका हुन्। देउवाले फोन गरेर फेरि छलफल गर्न भनेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट जान रोकिएका छन्। ओलीको सचिवालका एक सदस्यका अनुसार अहिलेसम्म प्रचण्ड बालकोट पुगेका छैनन्। 'उहाँ आइरहनुभएको थियो। तर आइपुग्नु भएन,' उनले भने। बालुवाटारमा बसेको गठबन्धनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell