PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • दौरा सुरुवाल लगाएर सपथ ग्रहण गर्न शीतल निवास पुगे प्रचण्ड

    दौरा सुरुवाल लगाएर सपथ ग्रहण गर्न शीतल निवास पुगे प्रचण्ड

    काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपियन्ताको सपथ लिँदैछन्। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई सपथ दिलाउँदैछिन्। सपथ लिनका लागि प्रचण्ड दौरा सुरुवाल लगाएर पुगेका छन्। प्रचण्ड यसअघि दुईपटक प्रधानमन्त्री भइसकेका छन्। तर, प्रधानमन्त्रीको सपथग्रहणका लागि उनले पहिलोपटक दौरा सुरुवाल लगाएका हुन्। यसअघिको सपथ ग्रहणमा उनले सुट पाइन्ट लगाएका थिए।

    विस्तृतमा पढ्नुस्

  • रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय लिएर सरकारमा जाँदै

    रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय लिएर सरकारमा जाँदै

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान सहित गृहमन्त्रालय लिएर सरकारमा जाने भएका छन्। सभापति लामिछानेले उपप्रधान सहित गृहमन्त्रालय दावी गरेका थिए। लामिछानेको माग अनुसार नै मन्त्रालय दिएर सरकारमा लगिएको हो। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजे राष्ट्रपति निवासमा प्रधानमन्त्रीको शपथ लिंदैछन्। दाहाल नेतृत्वको सरकारमा रविसँगै नेकपा एमाले र जनमत पार्टीबाट पनि आजै शपथ लिँदैछन्। माओवादी केन्द्रले वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • बारामा भारतीय नागरिकलाई गोली हानि हत्या गरेको अभियोगमा भारतीय युवक समातिए

    बारामा भारतीय नागरिकलाई गोली हानि हत्या गरेको अभियोगमा भारतीय युवक समातिए

    काठमाडौंः बारामा भएको गोली प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले भारतको बिहार मोतिहारी घर भएका ३८ वर्षीय प्रमोद राम भारतलाई पक्राउ गरेको हो। गत शुक्रबार अज्ञात समूहले गोली प्रहार गर्दा एक जना भारतीय नागरिकको मृत्यु भएको थियो। कलैया बरियारपुर सडकखण्ड अन्तर्गत महागढीमाई नगरपालिका २ स्थित भूतही पूल नजिकै रहेको खाजा घरमा गोली चलेको थियो। मोटरसाइकलमा आएका समूहले गोली…

    विस्तृतमा पढ्नुस्

  • मधेस प्रदेश : नवनिर्वाचित सांसदहरूकाे सपथ ग्रहण पुस १५ गते

    मधेस प्रदेश : नवनिर्वाचित सांसदहरूकाे सपथ ग्रहण पुस १५ गते

    जनकपुरधाम : मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पुस १५ गते पद तथा गोपनियताको सपथ लिने भएका छन्। सोमबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकले पुस १५ गते दिउँसो २ बजे सपथ ग्रहणका लागि समय निर्धारण गरेको प्रदेशसभा सचिवालयका सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए। सपथग्रहणका लागि दुई घण्टा अगावै निर्वाचित प्रदेशसभा सदस्यहरु राष्ट्रिय पोशाक वा आ-आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन सचिवालयले अनुरोध…

    विस्तृतमा पढ्नुस्

  • युटयुबमा चलेनन् नेपाली फिल्मका हिन्दी डब

    युटयुबमा चलेनन् नेपाली फिल्मका हिन्दी डब

    काठमाडौं : पछिल्लो समय नेपाली फिल्मलाई हिन्दीमा डब गरेर प्रदर्शन गर्ने क्रम बढ्दो छ। ‘प्रेम गीत ३’ को हिन्दी भर्सनको चर्चापछि युट्युबमा अहिले नेपाली फिल्मको हिन्दी डब सार्वजनिक हुन थालेका छन्। एकैमहिनाको बिचमा ओएसआर इन्टरनेसनल अफिसियल युट्युब च्यानल मार्फत रिलिज भए : ‘बीर विक्रम २’ र ‘सुश्री सम्पति’ को हिन्दी डब। तर, दुबै फिल्मको हिन्दी डबले युट्युबमा भ्युज भने पाउन सकेका…

    विस्तृतमा पढ्नुस्

  • सीके राउत सरकारमा सहभागी नहुने : म सांसदको लागि पनि योग्य मान्छे हैन, मन्त्रीमा खानलाई पठाउने

    सीके राउत सरकारमा सहभागी नहुने : म सांसदको लागि पनि योग्य मान्छे हैन, मन्त्रीमा खानलाई पठाउने

    काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउत तत्काल सरकारमा सहभागी नहुने भएका छन्। जनमतबाट उपाध्यक्ष अब्दुल खानलाई मन्त्री बनाउने निर्णय पार्टीले गरेको राउतले बताए। संसदीय दलको उपनेतासमेत रहेका खानले उद्योग वाणिज्यमन्त्री पाउने भएका छन्। पार्टीको अध्यक्ष भएर पनि सरकारमा सहभागी नहुने? सञ्चारकर्मीको प्रश्नमा राउतले भने, ‘म सांसदको लागि पनि योग्य मान्छे हैन।’  

    विस्तृतमा पढ्नुस्

  • राप्रपा वाग्मती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा

    राप्रपा वाग्मती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा

    हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वाग्मती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन भएका छन्। सोमवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको वाग्मती प्रदेश संसदीय दलको बैठकले थापालाई सर्वसम्मत चयन गरेको हो। सो पदमा राप्रपाका महामन्त्री शरदराज पाठक र थापाको दाबेदारी रहेको थियो। अन्तिममा सहमतिकै आधारमा पाठकको समर्थनमा थापा नेता चयन भएका हुन्। महामन्त्री पाठकले बैठकले संसदीय मोर्चामा पार्टीको एजेण्डालाई सिद्धान्तलाई प्राथमिकतालाई…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री

    प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री

    काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सपथ लिँदैछन्। अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराउँदैछिन्। सपथ ग्रहण अघि गठबन्धनमा मन्त्री भागबन्डा गर्न बैठक चलिरहेको छ। संघीय संसद भवनमा मन्त्रालयबारे सहमति जुटाउन अहिले नेताहरु छलफलमा छन्। ७ दलको गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रचण्डको सरकारमा तीनजना उपप्रधानमन्त्री हुने लगभग पक्का भएको छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानसहित गृह मन्त्रालयमा रवि लामिछानेको दाबी

    उपप्रधानसहित गृह मन्त्रालयमा रवि लामिछानेको दाबी

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित सरकारमा जानको लागि उपप्रधानसहित गृह मन्त्रालय माग गरेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय माग गरेका हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्न लागेको सरकारलाई लामिछानेको पार्टीले पनि समर्थन गरेको छ। सभापति लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी रास्वपाले थालेको छ। रास्वपामा २० सांसद रहेका छन्। अध्यक्ष दाहालले आज…

    विस्तृतमा पढ्नुस्

  • यो सरकार एकदम राम्रो बन्छ : बाबुराम भट्टराई

    यो सरकार एकदम राम्रो बन्छ : बाबुराम भट्टराई

    काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ सरकार एकदम राम्रो बन्ने बताएका छन्। संघीय संसद भवनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा को को शपथ खान जाने भन्ने विषयको छलफलपछि भट्टराईले उक्त प्रतिक्रिया दिएका हुन्। ‘यो एकदमै राम्रो बन्छ सरकार। अहिले साथीहरु छलफल गरिरहनु भएको छ। कति जनाले प्रमसँगै सपथ खाने भनेर छलफल भइरहेको छ,’ बैठकबाट बाहिरिएका…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी प्रधानमन्त्रीले प्रचण्डलाई बधाई दिँदै भने : सहकार्य गर्न प्रतिक्षा गरिरहेको छु

    पाकिस्तानी प्रधानमन्त्रीले प्रचण्डलाई बधाई दिँदै भने : सहकार्य गर्न प्रतिक्षा गरिरहेको छु

    काठमाडौं : नवनियुक्त प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बधाई ज्ञापन गरेका छन्। पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई दिएका हुन्। 'क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको छ। हाम्रो दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतिक्षा गरिरहेको छु', उनले भने।

    विस्तृतमा पढ्नुस्

  • भलिबलमा नेपाल लगातार पाँच खेलमा पराजित, प्रशिक्षक भट्ट भन्छन् : कहिलेकाहीँ भाग्यले पनि साथ दिँदैन

    भलिबलमा नेपाल लगातार पाँच खेलमा पराजित, प्रशिक्षक भट्ट भन्छन् : कहिलेकाहीँ भाग्यले पनि साथ दिँदैन

    काठमाडौं : नेपाली राष्ट्रिय यू-२३ भलिबल टोली बंगबन्धु एसियन सेन्ट्रल जोन यू-२३ अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप प्रतियोगितामा जितविहीन बनेको छ। बंगालादेशको ढाकामा जारी प्रतियोगितामा तेस्रो स्थानका लागि आज भएको खेलमा श्रीलंकासँग पराजय ब्यहोरेर नेपालले चौथो बनेको छ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरि चार टोलीको सहभागिता छ। लिग चरणपछि चारवटै टोलीले सेमिफाइनल खेलेका थिए। लिग चरणका तीन खेलमा हार ब्यहोरेको नेपालले सेमिफाइनलमा बंगलादेशसँग हार ब्यहोरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • चीनमा जब घोडाहरु एकआपसमा जुधे..

    चीनमा जब घोडाहरु एकआपसमा जुधे..

    चीनको मियाओ जनजाति समुदायले नयाँ वर्ष मनाउदैछन्। उनीहरुले विभिन्न कार्यक्रम गरेर ३० दिनसम्म नयाँ वर्ष मनाउँछन्। नयाँ वर्षकै अवसरमा रोङसुली मियाओ स्वायत्त काउन्टीमा घोडाबिच प्रतिस्पर्धा आयोजन गरियो। यो प्रतियोगितामा ६० वटा घोडाहरु सहभागी भएका थिए। विवाहमा देखिएको समस्या समाधान गर्न यो घोडा जुधाई प्रतियोगिता सुरु भएको कथन छ। यो परम्परा करिब ५०० वर्ष पुरानो भएको बताइन्छ।   

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस एम्बाप्पेजस्तै भयो, धेरै गोल हाने पनि कप अर्कैले लग्यो : विश्वप्रकाश शर्मा

    कांग्रेस एम्बाप्पेजस्तै भयो, धेरै गोल हाने पनि कप अर्कैले लग्यो : विश्वप्रकाश शर्मा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस फुटबल फाइनलमा फ्रान्सका किलियन एम्बाप्पेजस्तै भएको बताएका छन्। पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा महामन्त्री शर्माले उक्त भनाई राखेका हुन्। कांग्रेस अहिले जितेर पनि हारेर आएको शर्माको भनाई थियो। ‘जितेर पनि हारेर आएको। अस्ति वर्ल्डकप भएको थियो नि।सबभन्दा बढी गोल गरेको थियो एम्बाप्पेले,’ शर्माले भने, ‘गएको मंसिर ४ मा सबैभन्दा बढी सिट कांग्रेसले…

    विस्तृतमा पढ्नुस्

  • रणवीर सिंह 'फ्लप स्टार' बन्ने बाटोमा !

    रणवीर सिंह 'फ्लप स्टार' बन्ने बाटोमा !

    अभिनेता रणवीर सिंहले बलिउड उद्योगमा आएको १२ वर्ष भइसकेको छ। फिल्म ‘ब्याण्ड बाजा बारात’ बाट बलिउडमा डेब्यू गरेका उनले कहिल्यै पछाडि फर्कनु परेन। रणवीरले ‘गोलियों की रासलीला राम-लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ जस्ता हिट फिल्महरु दिए। तर, पछिल्लो समय भने रणवीर 'फ्लप स्टार'को बाटोमा छन्। सन् २०१९ पछि रणवीरका कुनै पनि फिल्महरु व्यावसायिक रुपमा सफल हुन सकेका छन्। गत शुक्रवारदेखि…

    विस्तृतमा पढ्नुस्

  • देउवाबाट अपमानित भएर आएको हुँ पोखरा : गगन थापा

    देउवाबाट अपमानित भएर आएको हुँ पोखरा : गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापति शेरबहादुर देउवाबाट अपमानित भएर पोखरा आएको बताएका छन्। समोवार पोखरामा आयोजित साहित्य महोत्समा थापाले यस्तो बताएका हुन्। सत्ता गठबन्धनको निर्णयका लागि आफ्नो पार्टीभित्र छलफल हुन्छ भनेपछि आफू टिकट सार्दै बसेको तर सभापति देउवाबाट फोन नै नआएको थापाले गुनासो गरे। ‘म सभापतिको कल कुरेर बसेको। मैले समाचारमा के पढे भने मेरो…

    विस्तृतमा पढ्नुस्

  • शाहीदीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा फार वेस्टको पहिलो जित, काठमाडौँ ४ विकेटले पराजित

    शाहीदीको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा फार वेस्टको पहिलो जित, काठमाडौँ ४ विकेटले पराजित

    काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा फार वेस्ट युनाइटेडले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा फार वेस्ट युनाइटेडले हसमतुल्ला शाहीदीको अलराउण्ड प्रदर्शनको सहायतामा काठमाडौँमाथि ४ विकेटको जित निकालेको हो। उनले ब्याटिङतर्फ अविजित अर्धशतकीय पारि खेल्दा बलिङतर्फ २ विकेट लिँदै प्लेयरअफदी म्याच बने। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौँले कमजोर ब्याटिङ गर्दै ९…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने : हामी सरकारमा जाँदैनौं  

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने : हामी सरकारमा जाँदैनौं  

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सरकारलाई समर्थन गर्ने बताएका छन्। एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। आजै प्रधानमन्त्रीका रुपमा प्रचण्डले शपथ लिँदैछन्। सरकारलाई समर्थन गर्ने भए पनि सहभागी पनि नहुने अध्यक्ष लिङ्देनले बताए। ‘नयाँ सरकारलाई हाम्रो समर्थन रहन्छ। तर हामी सरकारमा सहभागी हुँदैनौ,’ नयाँ बानेश्वरमा नयाँ सत्ता गठबन्धनको बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

    अमेरिकाले दियो नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई

    काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सरकारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। आइतवार ७ दलसहित ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई अमेरिकाले आज बधाई सन्देश पठाएको हो। संघीय निर्वाचनमा जितको बधाई दिँदै अमेरिकाले अब बन्ने सरकारसँग काम गर्न र नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको छ। अमेरिकाले नेपालको प्रजातन्त्र विश्वका अन्य देशका लागि उदाहरणीय भएको…

    विस्तृतमा पढ्नुस्

  • बानेश्वर पुगे प्रचण्ड, सुरु भयो ७ दलीय गठबन्धनको बैठक

    बानेश्वर पुगे प्रचण्ड, सुरु भयो ७ दलीय गठबन्धनको बैठक

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेका दलहरुको बैठक सुरु भएको छ। संघीय संसद भवन बानेश्वरमा ७ दलीय गठबन्धनको बैठक सुरु भएको हो। बैठकमा सहभागी हुन नवनियुक्त प्रधानमन्त्री प्रचण्ड बैठकस्थल पुगेका छन्। उनीसँगै अन्य दलका शीर्ष नेता पछि बैठक स्थलमा पुगेका छन्। हिजो ६ वटा दलको समर्थनमा प्रचण्डले प्रधानमन्त्री पदमा दाबी गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell