PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • कोभिड-१९ को व्यवस्थापनलाई ‘डाउनग्रेड’ गर्दै चीन, हटाउने भयो अनिवार्य क्वारेन्टाइन

    कोभिड-१९ को व्यवस्थापनलाई ‘डाउनग्रेड’ गर्दै चीन, हटाउने भयो अनिवार्य क्वारेन्टाइन

    चीनले कोभिड-१९ को कडाइलाई कम गर्ने भएको छ। आगामी वर्षको जनवरी ८ देखि कोभिड-१९ को ‘क्लास ए’ व्यवस्थापनलाई ‘क्लास बी’मा झार्ने तयारी गरिएको राष्ट्रिय स्वास्थ्य आयोगले घोषणा गरेको छ। जनवरी ८ पछि चीनले देशमा प्रवेश गर्ने व्यक्ति र सामानहरूमा क्वारेन्टाइन लगाउने छैन। त्यस्तै, अब कोभिड-१९ का बिरामीहरूलाई समेत क्वारेन्टाइनको आवश्यकता पर्ने छैन। कोभिड-१९ व्यवस्थापनलाई ‘डाउनग्रेड’ गरिसकेपछि संक्रमणका आधारमा उच्च जोखिम…

    विस्तृतमा पढ्नुस्

  • तापक्रम क्रमिकरूपमा घट्दै, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    तापक्रम क्रमिकरूपमा घट्दै, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    काठमाडौं : पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ। उक्त प्रणालीको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भई प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आगामी २४ घण्टा प्रदेश १, गण्डकी र कर्णाली…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलले एस्टोन भिल्लालाई हरायो, न्युक्यासल दोस्रो स्थानमा

    लिभरपुलले एस्टोन भिल्लालाई हरायो, न्युक्यासल दोस्रो स्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले एस्टोन भिल्लालाई हराएको छ। भिल्लापार्क स्टेडियममा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोलीलाई १-३ गोलअन्तरले हराएको हो। खेलको पाँचौ मिनेटमै लिभरपुलका लागि एन्डी रोबर्टसनको पासमा गोल गर्दै मोहम्मद सलाहले अग्रता दिलाए। त्यस्तै ३७ औं मिनेटमा भर्जिल भान डाइकले सलाहको पासमा गोल गर्दा पहिलो हाफमा लिभरपुल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोलीका ओल्ली…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपपछि प्रिमियर लिग: आर्सनलको सानदार जित, टोटेनहम बराबरीमा रोकियो

    विश्वकपपछि प्रिमियर लिग: आर्सनलको सानदार जित, टोटेनहम बराबरीमा रोकियो

    फिफा विश्वकपका कारण बिच सिजनमा रोकिएको इङ्ग्लिस प्रिमियर लिग सुरु भएको छ। लिग सुरु भएसँगै लिग लिडर आर्सनलले वेस्ट ह्यामलाई हराउँदै सानदार पुनरागमन जित निकालेको छ। आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले वेस्टह्यामलाई ३-१ गोलअन्तरले हराएको हो। खेलको २७ औं मिनेटमा पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै वेस्ट ह्यामका सइद बेनरहमाले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि…

    विस्तृतमा पढ्नुस्

  • राहदानी र लाइसेन्समा लाइन बस्नुपर्ने अवस्था हटाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

    राहदानी र लाइसेन्समा लाइन बस्नुपर्ने अवस्था हटाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौंः नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका आधारभूत सवालमा काम गर्ने प्रतिवद्धता जनाएका छन्। पदभार ग्रहणलगत्तै बसेको मन्त्रिपरिषदको पहिलो बैठकपछि प्रधानमन्त्री प्रचण्डले यातायात कार्यालय, राहादानी कार्यालय लगायतको लाइनको अवस्था हटाउने प्रतिवद्धता जनाए।  विकासका काम र सुशासनमा प्रभावकारी बनाइने पनि उनले बताए। प्रधानमन्त्रीले प्रतिनिधि सभाको अधिवेशन बोलाउने निर्णय भएको पनि बताए।   

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकारलाई चीनको बधाई, बीआरआई साझेदारीलाई अगाडि बढाउन तयार

    नयाँ सरकारलाई चीनको बधाई, बीआरआई साझेदारीलाई अगाडि बढाउन तयार

    सांघाई: नयाँ सरकार निर्माणसँगै चीनले नेपालमा स्थायित्वसँगै सामाजिक आर्थिक विकासको दिशामा अगाडि बढ्ने विश्वास राखेको छ। चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा नयाँ सरकार गठनको विषयमा गरिएको प्रश्नमा प्रवक्ता माओ निङले यस्तो बताएकी हुन्।  उनले नेपालमा सफल रुपमा आम निर्वाचन सम्पन्न भएको र प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई बधाई व्यक्त गरिन्। 'नेपाल सरकार र जनताको साझा प्रयास र विभिन्न राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीमा प्रचण्डको तेस्रो इनिङ्स [तस्विरहरु]

    प्रधानमन्त्रीमा प्रचण्डको तेस्रो इनिङ्स [तस्विरहरु]

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक मुलुकको प्रमुख कार्यकारी पदमा आसिन भएका छन्। आइतबार प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथलगत्तै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार सम्हालेका छन्।  नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,  नागरिक उन्मुक्ति पार्टी लगायतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्। कांग्रेससँगको गठबन्धन…

    विस्तृतमा पढ्नुस्

  • पाँच महिनामा चलचित्र विकास बोर्डबाट ५६ फिल्मले लिए निर्माणको लागि इजाजत

    पाँच महिनामा चलचित्र विकास बोर्डबाट ५६ फिल्मले लिए निर्माणको लागि इजाजत

    काठमाडौं: चलचित्र विकास बोर्डले पछिल्लो पाँच महिनामा ५६ वटा फिल्मलाई निर्माणका लागि इजाजत दिएको छ। आर्थिक वर्ष २०७९/८० साउन महिनादेखि हालसम्म ५६ वटा फिल्मले निर्माणका लागि बोर्डबाट इजाजत लिएका हुन्। इजाजत लिएका केही फिल्महरुले भने समयसीमा सकिएका कारण पुन: नयाँ प्रक्रियाबाट इजाजत लिएका हुन्। ३ वर्षसम्म फिल्म प्रदर्शनमा नआए पुनः इजाजत लिनुपर्ने प्रावधान छ। जसमा ‘पानी फोटो’, ‘प्रेम गीत ३’ ‘हुतुतु’,…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्र छाडेका नारायणकाजीद्वारा भौतिकमा पदभार ग्रहण

    परराष्ट्र छाडेका नारायणकाजीद्वारा भौतिकमा पदभार ग्रहण

    काठमाडौं : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन्। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित श्रेष्ठले पदभार ग्रहण गरेका हुन्। शूरुमा परराष्ट्र मन्त्री बन्ने इच्छा देखाएका श्रेष्ठले पछि भौतिक मन्त्रालय रोजेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण

    अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण

    काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि सिंहदरवारस्थित अर्थमन्त्रालय पुगेर पौडेलले पदभार ग्रहण गरेका हुन्। 

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले सत्ता गुमाएपछि शेखरको टिप्पणी : माओवादीको राजनीतिक चरित्र उदाङ्गिएको छ

    कांग्रेसले सत्ता गुमाएपछि शेखरको टिप्पणी : माओवादीको राजनीतिक चरित्र उदाङ्गिएको छ

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको बताएका छन्। एमालेलगायत सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि कोइरालाले आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्। नेपालको पछिल्लो परिवर्तित राजनीतिप्रति कांग्रेस नेता दृष्टिकोण सार्वजनिक गर्दै कोइरालाले प्रचण्डलाई बधाईसमेत दिएका छन्। ‘संविधानसभावाट जारी संविधान अन्तर्गत मुलुकमा दोस्रो आम निर्वाचनको माध्यमबाट देशले भर्खरै…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्त प्रकरणको अनुसन्धान

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्त प्रकरणको अनुसन्धान

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीको पदभार ग्रहण गरेका छन्। शीतल निवासमा सपथ ग्रहण लगत्तै गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका उनले निर्मला पन्ताको घटनाको अनुसन्धान गर्नेमा जोड दिने बताएका छन्। उनले मन्त्रीका रुपमा पहिलो निर्णय गर्दै निर्मला पन्तको हत्याबारे अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका छन्। उनले निर्मलालाई न्याय दिलाउन आफूले पहलकदमी लिने बताएका हुन्। लामिछानेले केही समय अगाडि मात्र राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरे पदभार ग्रहण, भने,' नागरिकता विवादमा स्वतन्त्र रुपमा अनुसन्धान हुन्छ'

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरे पदभार ग्रहण, भने,' नागरिकता विवादमा स्वतन्त्र रुपमा अनुसन्धान हुन्छ'

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्रीको सपथ लिएर गृह मन्त्रालय पुगेका रवि लामिछानेले गृहमन्त्रीको पदभार ग्रहण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले केही समय अगाडी मात्र राष्ट्रपति निवास शितल निवास पुगेर सपथ खाएका थिए। पदभार ग्रहण गर्दै उनले आफ्नो कार्यकालमा आम नागरिकले महसुस गर्ने गरि शान्ति सुरक्षाको व्यवस्था मिलाउने अभिव्यक्ति दिएका छन्। त्यस्तै, आफ्नो नागरिकता विवादमा स्वतन्त्ररुपमा अनुसन्धान गर्न सहयोग…

    विस्तृतमा पढ्नुस्

  • शीतल निवासमा प्रचण्ड र ओलीको अभिवादन

    शीतल निवासमा प्रचण्ड र ओलीको अभिवादन

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई सपथ ग्रहण गराएपछि ओलीले प्रचण्डलाई बधाई दिएका हुन्। मञ्चमै प्रचण्डलाई बधाई दिएपछि दुवै नेताले हात हल्लाउँदै सबैलाई अभिवादन गरेका थिए। प्रचण्ड एमालेसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। ओलीपछि प्रधानमन्त्री प्रचण्डलाई विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई बधाई दिए, सपथ नसकिँदै बाहिरिए देउवा

    प्रचण्डलाई बधाई दिए, सपथ नसकिँदै बाहिरिए देउवा

    काठमाडौं : निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आज नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथ ग्रहण कार्यक्रममा पुगे। मञ्चमा सुरुमा नै पुगेका थिए देउवा। त्यसपछि मञ्चमा पुगे प्रचण्ड अनि दुवैले हात मिलाए। देउवाले प्रचण्डलाई बधाई दिए। बालुवाटारको बैठक छाडेर बालकोट पुगेपछि सम्भवत दुईजना बिच यो पहिलो भेट हो। प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराए लगत्तै देउवा समारोह संचालन भइरहेको स्थानबाट बाहिरिए।…

    विस्तृतमा पढ्नुस्

  • राजवंशीले लिए पाँच विकेट, वाल्टनले बनाए अर्धशतक: विराटनगरमाथि अन्तिम बलमा जनकपुरको रोमाञ्चक जित

    राजवंशीले लिए पाँच विकेट, वाल्टनले बनाए अर्धशतक: विराटनगरमाथि अन्तिम बलमा जनकपुरको रोमाञ्चक जित

    काठमाडौं: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किंग्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न दोस्रो खेलमा ललितनारायण राजवंशीको सानदार बलिङ र चाडविक वाल्टनको उत्कृष्ट अर्धशतकीय पारिको सहायतामा जनकपुरले विराटनगरलाई ५ विकेटले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो। विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • ८ सदस्यीय प्रचण्ड सरकार : तीन उपप्रधानमन्त्री, चार मन्त्री

    ८ सदस्यीय प्रचण्ड सरकार : तीन उपप्रधानमन्त्री, चार मन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रीपरिषद् गठन भएको छ। राष्ट्रपति विद्यदेवी भण्डारीले आज नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछि तीनजना उपप्रधानमन्त्रीले सपथ लिएका छन्। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्री सहित अर्थमन्त्री, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड सरकार : चार मन्त्रीले लिए शपथ

    प्रचण्ड सरकार : चार मन्त्रीले लिए शपथ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा चार जना मन्त्रीले शपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा ज्वाला कुमारी साह, दामोदार भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानले सपथ लिएका हुन्। मन्त्रीहरु अघि तीनजना उपप्रधानमन्त्रीहरुले शपथग्रहण गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीले लिए सपथ : विष्णुलाई अर्थ, श्रेष्ठलाई भौतिक र रविलाई गृहको जिम्मेवारी

    प्रचण्ड सरकारका तीन उपप्रधानमन्त्रीले लिए सपथ : विष्णुलाई अर्थ, श्रेष्ठलाई भौतिक र रविलाई गृहको जिम्मेवारी

    काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्त्रिपरिषद्मा ३ जनालाई उपप्रधानमन्त्री बनाएका छन्।   नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्री सहित अर्थमन्त्री, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारी दिइएको छ। तीनैजना उपप्रधानमन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ दिलाएकी छिन्।

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले लिए प्रधानमन्त्रीको सपथ

    प्रचण्डले लिए प्रधानमन्त्रीको सपथ

    काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपियन्ताको सपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई सपथ ग्रहण गराएकी हुन्। तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक दौरा सुरुवाल लगाएर सपथ लिएका छन्। यसअघिको सपथ ग्रहणमा उनले सुट पाइन्ट लगाएका थिए।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell