PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • सुपर ओभरमा फार वेस्टमाथि अलस्टारको रोमाञ्चक जित

    सुपर ओभरमा फार वेस्टमाथि अलस्टारको रोमाञ्चक जित

    काठमाडौं: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अलस्टारले फार वेस्ट युनाइटेडलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा अलस्टारले सुपर ओभरमा जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको फार वेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। फार वेस्टका लागि देव खनालले सर्वाधिक ४८ रन बनाउँदा कप्तान हसमतुल्लाह शाहिदीले ३२ रन बनाए।…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाललाई के भने प्रचण्डले ?

    माधव नेपाललाई के भने प्रचण्डले ?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। ललितपुरको एक घरमा प्रचण्ड र नेपालबिच भेटवार्ता भएको हो। प्रचण्ड प्रधानमन्त्री भएपछि नेपालसँग पहिलोपटक वार्ता भएको प्रचण्डको सचिवालयले जनाएको छ। उनीहरुका बिचमा कांग्रेस नेतृत्वको गठबन्धन फुटाउनुपर्नुको कारण र एमालेसँग भएको गठबन्धनका बारेमा छलफल भएको थियो। आफूलाई थाहै नदिएर प्रचण्ड ओलीसँग मिलेको नेपालले गुनासो गरेपछि प्रचण्डले नेपालसमक्ष…

    विस्तृतमा पढ्नुस्

  • महाराजगञ्ज पुगेर गौतम* निवासमा घाम ताप्दै देउवा

    महाराजगञ्ज पुगेर गौतम* निवासमा घाम ताप्दै देउवा

    काठमाडौं : निर्वाचनपछि नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बन्यो। तालमेल गरि चुनावमा गएको पाँच दलीय सत्ता गठबन्धनलाई बहुमत नजिकको सिट पनि पायो। त्यसपछि कांग्रेसले पुन: नेतृत्वको तयारी थाल्यो। कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दाउमा थिए। तर, अन्तिम समयमा गठबन्धन टुट्यो र एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए। प्रचण्ड प्रधानमन्त्री भएपछि कांग्रेस सभापति देउवा…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड भोलिमात्रै बालुवाटार सर्ने

    प्रचण्ड भोलिमात्रै बालुवाटार सर्ने

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार सर्ने भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधवार बालुवाटारबाट महाराजगञ्जमा भाडाको घरमा सरेका छन्। देउवा बालुवाटारबाट सरेपछि प्रचण्ड बालुवाटारमा जाने तयारीमा लागेका हुन्। प्रचण्डको सचिवालयले भने प्रधानमन्त्री भोली मात्रै बालुवाटार सर्ने जानकारी दिएको छ।  देउवाको बालुवाटारमा बसाइ यसपटक १८ महिना रह्यो। २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। पुस १०…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारबाट महाराजगञ्जको डेरामा सरे देउवा

    बालुवाटारबाट महाराजगञ्जको डेरामा सरे देउवा

    काठमाडौं : निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारबाट महाराजगञ्जस्थित गौतम निवासमा सरेका छन्।  बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकोले देउवा महाराजगञ्जस्थित भाडाको घरमा सरेका हुन्। 'आज सरिसक्नु भो। महाराजगञ्ज भाडाको घरमा सर्नु भएको हो,' प्रेस प्रमुख गोविन्द परियारले भने। पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका देउवाको बालुवाटारको बसाइ यसपटक १८ महिना रह्यो। २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड भेट्न खुमलटारमा ओली, शक्ति बाँडफाँटबारे छलफल

    प्रचण्ड भेट्न खुमलटारमा ओली, शक्ति बाँडफाँटबारे छलफल

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार गएका छन्। मन्त्रिपरिषद बिस्तार, सत्ता गठबन्धनमा शक्ति बाँडफाँट लगायतका विषयमा छलफल गर्न ओली प्रचण्ड निवास खुमलटार गएको ओलीको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्रीका लागि सहमति गर्न प्रचण्ड ओली निवास बालोकोट गएका थिए। २०७७ पुस ४ गते ओलीले भोलिपल्ट प्रतिनिधि सभा विघटन गर्नुअघि प्रचण्ड निवास खुमलटार पुगेका थिए। त्यसयता…

    विस्तृतमा पढ्नुस्

  • आज पनि बढ्यो सुनको मूल्य

    आज पनि बढ्यो सुनको मूल्य

    काठमाडौंः सुनको मूल्य पुन: उकालो लागेको छ। अघिल्लो दिनको भन्दा तोलामा ४ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ भएको छ। मंगलबार तोलामा २ सय रुपैयाँले बढ्दा प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो। पुस लागेयता सुन सस्तिएको छैन।चाँदीको मूल्य चार दिनपछि तोलामा १० रुपैयाँले…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्मण सुवेदीको निर्माण र निर्देशनमा बन्ने फिल्ममा मलिका महत अनुबन्धित

    लक्ष्मण सुवेदीको निर्माण र निर्देशनमा बन्ने फिल्ममा मलिका महत अनुबन्धित

    काठमाडौं : पत्रकार लक्ष्मण सुवेदीको नयाँ फिल्ममा मलिका महत अनुबन्धित भएकी छिन्। महतलाई मुख्य भूमिकाको लागि सम्झौता भएको हो। मलिकासँग नयाँ फिल्मको लागि सम्झौता भएको सुवेदीले फेसबुकमार्फत जानकारी दिएका हुन्। दिलासा कृएसनको ब्यानरमा निर्माण हुने फिल्मको नाम भने फिक्स हुन सकेको छैन। फिल्मको लेखन, गीत, निर्माण तथा निर्देशन पनि सुवेदीको छ। सुवेदीका अनुसार अन्य प्रमुख कलाकारका लागि अडिसन आह्वान हुनेछ। फागुन पहिलो…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा जारी नेपाल टी-२० क्रिकेटमा सट्टेबाजी गर्ने तीन जना समातिए

    कीर्तिपुरमा जारी नेपाल टी-२० क्रिकेटमा सट्टेबाजी गर्ने तीन जना समातिए

    काठमाडौं : अनलाइन बेटिङमार्फत सट्टेबाजी गराएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा नेपाल टी २० पुरुष राष्ट्रिय क्रिकेट लिगमा अनलाईन बेटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका-३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डे समेत ३ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • बिक्री भयो फिल्म ‘गुलाबी’को प्रदर्शन र डिजिटल अधिकार

    बिक्री भयो फिल्म ‘गुलाबी’को प्रदर्शन र डिजिटल अधिकार

    काठमाडौं : समुन्द्र भट्टद्वारा निर्देशित फिल्म ‘गुलाबी’को प्रदर्शन र डिजिटल अधिकार एकसाथ बिक्री भएको छ। अभिनेत्री सुहाना थापा सीईओ रहेको कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले ‘गुलाबी’को प्रदर्शन अधिकार किनेको हो। सुहाना र निर्देशक भट्टबिच यसबारे लिखित भइसकेको छ। योसँगै सुहानाले नेपाली फिल्म वितरणमा पनि यात्रा थालनी गरेकी छिन्। त्यसैगरी, फिल्मको डिजिटल अधिकार भने डिजिटल कम्पनी ओएसआरले खरिद गरेको छ। ओएसआरका प्रमुख ओम…

    विस्तृतमा पढ्नुस्

  • आरआर क्याम्पसमा दुई समूहबिच झडप

    आरआर क्याम्पसमा दुई समूहबिच झडप

    काठमाडौं : प्रदर्शनी मार्गस्थित रत्न राज्य क्याम्पस (आरआर)मा दुई समूहबिच झडप भएको छ। आज बिहान दुई समूहबिच झडप हुँदा दुई जना घाइते भएका छन्। धारिलो हतियार प्रहार गर्दा दुई जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। खुकुरी प्रहार गर्ने केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। नेकपा (एमाले)को विद्यार्थी सङ्गठनका युवाहरूबिच विवाद हुँदा झडप…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताका लागि बानियाँ र लामाको उम्मेदवारी

    कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताका लागि बानियाँ र लामाको उम्मेदवारी

    हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताका लागि इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामाले उम्मेदवारी दर्ता गरेका छन्। हेटौंडा-१० स्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर बानियाँ र लामाले उम्मेदवारी दर्ता गरेका हुन्। कांग्रेस वाग्मती प्रदेश सभापतिसमेत रहेका बानियाँको उम्मेदवारी दर्ताका लागि सांसद प्रभात तामाङ प्रस्तावक रहेका छन् भने समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन्। त्यसैगरी, लामाको प्रस्तावक कुन्दनराज…

    विस्तृतमा पढ्नुस्

  • सङ्कटमा ‘प्रकृतिका कुचीकार’ : गिद्धको सङ्ख्या कम हुनु पर्यावरणका लागि खतरा

    सङ्कटमा ‘प्रकृतिका कुचीकार’ : गिद्धको सङ्ख्या कम हुनु पर्यावरणका लागि खतरा

    रामविकास चौधरी- बुटवल : चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन्। दश-पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर ‘प्रकृतिका कुचीकार’ उपनामले परिचित गिद्धको बास हुन्थ्यो। मानवीय सचेतनासँगै जथाभावी फालिने चौपायाको सिनोलाई गाड्ने तथा व्यवस्थितरूपमा राख्न थालिएपछि आहारा अपुग भई गिद्ध देखिन छाडेको लुम्बिनी सांस्कृतिक नगरपालिका-९ महिलवारका चराप्रेमी भोला गुप्ताले…

    विस्तृतमा पढ्नुस्

  • महिलामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन तालिबानलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को आग्रह

    महिलामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन तालिबानलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को आग्रह

    संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले अफगानिस्तानमा महिलालक्षित प्रतिबन्धलाई लिएर तालिबान सरकारको नीतिको निन्दा गरेको छ। तालिबानले गत हप्ता महिलाहरूलाई विश्वविद्यालयमा जान र गैरसरकारी संस्थाहरू (एनजीओ)मा काम गर्न प्रतिबन्ध लगाएको छ। १५ सदस्यीय सुरक्षा परिषद्ले महिला शिक्षामा बढ्दो प्रतिबन्धबाट ‘चिन्तित’ भएको बताएको छ। राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले पछिल्लो प्रतिबन्ध ‘फिर्ता लिनुपर्ने’ बताएका छन्। परिषद्को एक विज्ञप्तिमा ‘अफगानिस्तानमा महिलाहरूको पूर्ण, समान…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : मनाङ छाडेर चर्च ब्वाइज पुगे अञ्जन

    ए डिभिजन लिग : मनाङ छाडेर चर्च ब्वाइज पुगे अञ्जन

    काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा अघिल्लो सिजन मनाङ मर्स्याङ्दी क्लबको कप्तानी गरेका अञ्जन बिस्ट यस सिजन चर्च ब्वाइज युनाइटेड पुगेका छन्। बिस्टले एक वर्षका लागि करार गरेको चर्च ब्वाइज युनाइटेडले जनाएको छ। केही ब्यक्तिको स्वार्थले गर्दा मनाङ छाडेँ : अञ्जन मंगलवार मनाङ मर्स्याङदी क्लब छाडेको घोषणा गरेका अञ्जनले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै केही व्यक्तिको स्वार्थका कारण क्लब छोड्नुपरेको…

    विस्तृतमा पढ्नुस्

  • नटिङ्घम फरेस्टमाथि म्यानचेस्टर युनाइटेडको जित

    नटिङ्घम फरेस्टमाथि म्यानचेस्टर युनाइटेडको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फरेस्टलाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले फरेस्टमाथि ३-० गोलअन्तरको जित निकालेको हो। खेलको १९ औं मिनेटमा क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै मार्कस रासफोर्डले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै २२ औं मिनेटमा रासफोर्डको पासमा एन्टोनी मार्सियले गोल थप्दा पहिलो हाफमा युनाइटेड दुई गोलले अघि रह्यो। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • अञ्जनले छाडे मनाङ मर्स्याङदी क्लब

    अञ्जनले छाडे मनाङ मर्स्याङदी क्लब

    काठमाडौँ: नेपाली फुटबलर अन्जन बिस्टले मनाङ मर्स्याङदी क्लब छाडेका छन्। शहीद स्मारक ए डिभिजन लिगको चर्चा नजिकिँदै गर्दा क्लबको कप्तान समेत रहेका बिस्टले मनाङ छाडेको उद्घोष गरेका हुन्। 'सानोमा फुटबल खेल्न सुरू गर्दादेखि नै ठूलो भएर एकदिन मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने सपना देखेको थिएँ र पहिलोपल्ट मनाङको जर्सी लगाएर खेल्दा निकै भाग्यमानी ठानेको थिए,' बिस्टले सामाजिक सञ्जालमा लेखेका छन्, 'जुन…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीको सहज जित

    चेल्सीको सहज जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज राति सम्पन्न खेलमा चेल्सीले बर्नेमाउथमाथि जित निकालेको छ। स्टामफोर्ड ब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले बर्नेमाउथलाई २-० गोलअन्तरले हराएको हो। खेलको १६ औं मिनेटमा काइ हाभर्ट्ज रहीम स्ट्रलिङको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। त्यस्तै २४ औं मिनेटमा हाभर्ट्जकै पासमा म्यासन माउन्टले गोल थपे। त्यसपछि दुबै टोलीले गोल थप्न नसक्दा चेल्सीले खेल २-०…

    विस्तृतमा पढ्नुस्

  • ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

    ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने

    काठमाडौंः नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ। अमनप्रताप अधिकारीद्वारा निर्माण/निर्देशन गरिएको सोको प्रसारण एपीवान टेलिभिजनबाट पुस १४ गतेदेखि हुनेछ। सो हरेक साता बिहीबार र शुक्रबार राति साढे ८ मा प्रसारण हुनेछ। साथै ओएरआर रियालिटी युट्युब च्यानलमा पनि प्रसारण हुने छ। असोज अन्तिमसम्म भएको अडिसनमा नेपालबाट १६२ जना छानिएका छन्। विदेशबाट…

    विस्तृतमा पढ्नुस्

  • 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स यूनिभर्स'को घोषणा, विजेतालाई १ करोड पुरस्कार

    'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स यूनिभर्स'को घोषणा, विजेतालाई १ करोड पुरस्कार

    काठमाडौं: रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को औपचारिक घोषणा भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच दुबै शोको घोषणासहित निर्णायकहरुको नाम सार्वजनिक गरिएको हो। मेरो भ्वाइस युनिभर्सको निर्णायकमा सुरेश अधिकारी, शिव परिवार, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता वर्मा र सुनिता थेगिम रहेका छन्। त्यसैगरि, मेरो डान्स युनिभर्सको निर्णायकमा मिथिला शर्मा, प्रियंका कार्की, दिलीप रायमाझी, केकी अधिकारी, शंकर बिसी र नर्मन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell