PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • म्यानचेस्टर सिटीको जितमा हल्याण्डको दोहोरो गोल

    म्यानचेस्टर सिटीको जितमा हल्याण्डको दोहोरो गोल

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिड्स युनाइटेडलाई हराएको छ। एल्याण्ड रोड स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली लिड्समाथि ३-१ गोलअन्तरको जित निकालेको हो। सिटीको जितमा रोड्रीले एक गोल गर्दा अर्लिङ हल्याण्डले कीर्तिमानी दोहोरो गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा रोड्रीको गोलमा सिटीले अग्रता बनाएको थियो। खेलको ५१ औं मिनेटमा ज्याक ग्रिलिसको पासमा हल्याण्डले गोल गर्दै अग्रता…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान

    लुम्बिनी प्रदेश सभाको अधिवेशन पुस १८ गतेका लागि आह्वान

    बुटवलः लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन यही पुस १८ गते सोमबार आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३(१) बमोजिम सोमबार दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। अधिवेशन लुम्बिनीको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी) बोलाइएको हो। यसअघि अस्थायी मुकाम बुटवलमा बस्दै आएको प्रदेश सभा सरेपछि पहिलोपटक त्यहाँ…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री भएको ३ दिनपछि बालुवाटारमा प्रचण्डको 'इन्ट्री'

    प्रधानमन्त्री भएको ३ दिनपछि बालुवाटारमा प्रचण्डको 'इन्ट्री'

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको ३ दिनमा बालुवाटार सरेका छन्। निजी निवास खुमलटारबाट बुधवार साझ बालुवाटारमा प्रचण्ड सरेका हुन्। यसअघि दुई पटक प्रधानमन्त्री भएका प्रचण्ड १०/१० महिना गरी २० महिना बालुवाटार बसिसकेका छन्। आइतवार प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रचण्ड निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट नसरेकाले…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड सरकारलाई समर्थन गर्ने - नगर्नेबारे एकीकृत समाजवादीले तत्काल निर्णय नगर्ने

    प्रचण्ड सरकारलाई समर्थन गर्ने - नगर्नेबारे एकीकृत समाजवादीले तत्काल निर्णय नगर्ने

    काठमाडौं : नेकपा (एकीकृत समाजवादीले) नयाँ सरकारलाई समर्थन गर्ने/नगर्नेबारे तत्काल निर्णय नगर्ने भएको छ। बुधवार भएको जिल्ला अध्यक्षहरुसँगको भर्चुअल छलफलमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा शीर्ष नेताहरुले 'ब्रिफिङ' गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गर्न भन्दै बुधवार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेरै प्रस्ताव गरेका थिए। नेपालले पार्टीमा छलफल गरेर मात्रै निर्णयमा पुग्ने बताएका थिए। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अहिले…

    विस्तृतमा पढ्नुस्

  • एसिया फाउन्डेसनले ल्यायो तीन सचित्र बालकथा

    एसिया फाउन्डेसनले ल्यायो तीन सचित्र बालकथा

    काठमाडौं : द एसिया फाउन्डेसनले साना बालबालिका लक्षित ३ वटा सचित्र बाल कथाको किताब सार्वजनिक गरेको छ। बुधवार कीर्तिपुरको हिलसाइट रिसोर्टमा एक कार्यक्रम आयोजना गरी फाउन्डेसनले किताब सार्वजनिक गरेको हो। हामी सबै नेपाली, जित्ने रहर र सोनु रमाइन् शीर्षकको किताब कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्य, फाउन्डेसनकी कार्यक्रम अधिकृत समीरा श्रेष्ठ र लेखकहरु अनुराधा, हरि खनालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। हामी…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङको थिङ्लाबुमा आगलागी, तीनवटा घर जलेर नष्ट

    ताप्लेजुङको थिङ्लाबुमा आगलागी, तीनवटा घर जलेर नष्ट

    काठमाडौं : ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन्। आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिए। भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए। तीनवटा घर नजिक नजिक…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसमा अन्तर्घात गर्नेविरुद्ध माघ १५ गतेसम्म उजुरी दिन सकिने

    कांग्रेसमा अन्तर्घात गर्नेविरुद्ध माघ १५ गतेसम्म उजुरी दिन सकिने

    काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरि असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घात गर्नेको उजुरी पठाउने समय यसअघि यही पुस १५ गतेसम्म निर्धारण गरेकामा पार्टीका स्थानीय तहबाट म्याद थप्नुपर्ने सिफारिसबमोजिम सो अवधि थप गरिएको पार्टी कार्यालयले आज जनाएको छ। कांग्रेसले निर्वाचनमा पार्टीका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस गण्डकीको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित

    कांग्रेस गण्डकीको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित

    काठमाडौं : कांग्रेस गण्डकी प्रदेशको संसदीय दलमा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन्। पाण्डेले १८ मत पाउँदा उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मतमात्र पाए। संस्थापन पक्षबाट उम्मेदवार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए। संस्थापनइतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावक महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए। गण्डकीमा कांग्रेसले २७ सिट जितेको छ।

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाललाई मनाउन एमाले र माओवादीका नेता सक्रिय, सरकारमा सहभागी हुने कि नहुने? गृहकार्य गर्दै एकीकृत समाजवादी

    माधव नेपाललाई मनाउन एमाले र माओवादीका नेता सक्रिय, सरकारमा सहभागी हुने कि नहुने? गृहकार्य गर्दै एकीकृत समाजवादी

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ राजनीतिक परिस्थिति देखा परेको भन्दै जिल्ला अध्यक्षहरुसँग संवाद गरिरहेका छन्। भर्चुअल रुपमा भइरहेको संवादमा नेकपा (माओवादी केन्द्र)ले कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेसँग सहकार्य गरेको विषयमा नेपालले आफ्ना पार्टीका नेताहरुको धारणा बुझ्न छलफलको आयोजना गरेका हुन्। 'जिल्लाका अध्यक्षहरुसँग पछिल्लो परिस्थितिका बारेमा छलफल भइरहेको हो,' एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने। आजै नेपालले…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले लिए शपथ

    वाग्मती प्रदेशका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले लिए शपथ

    हेटौंडा : वाग्मती प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका छन्। प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा ढुंगानाले प्रदेश प्रमुख शर्माबाट बुधवार सभामुखको पद तथा गोपनीयताको शपथ लिएका हुन्। ढुंगाना नेकपा माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद हुन्। नुवाकोट जिल्लाको क्षेत्र नं–२ को (१) बाट निर्वाचित उनी वाग्मती प्रदेशका ११० सांसदमध्ये जेष्ठ सदस्य हुन्।  ७२ वर्षका उनको…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा कांग्रेस संसदीय दलको नेता छान्न शुरु भयो मतदान

    वाग्मतीमा कांग्रेस संसदीय दलको नेता छान्न शुरु भयो मतदान

    हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेताको मतदान सुरु भएको छ। सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि बुधवार दिउँसोबाट मतदान सुरु भएको हो। २ बजेदेखि ३ बजेसम्म भनिएको मतदान भर्खर मात्र सुरु भएको हो। दलको नेताका लागि केन्द्रीय सदस्य बहादुर सिंह लामा र वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ प्रतिस्पर्धामा छन्। बानियाँ यसअघि पनि दलको नेता थिए। दुवै संस्थापन पक्षका…

    विस्तृतमा पढ्नुस्

  • जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्विरोध निर्वाचित

    जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्विरोध निर्वाचित

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्। संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित हुनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए। संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो। यादव बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • नगरकोटमा निर्वाचनको समीक्षा गर्दै निर्वाचन आयोग

    नगरकोटमा निर्वाचनको समीक्षा गर्दै निर्वाचन आयोग

    काठमाडौं : निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ। आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम संचालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि आज र भोलि भक्तपुरको नगरकोटमा कार्यक्रम संचालन गरेको छ। कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सबल र दुर्बल पक्षको समीक्षा गरेर निर्वाचन पश्चात्को अवधिमा आयोगले गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु

    रेल चढ्ने क्रममा किचिएर एक जनाको मृत्यु

    जनकपुरधाम : जयनगर-जनकपुर गुड्ने रेलबाट किचिएर एकजनाको मृत्यु भएको छ। भारतको जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलबाट किचिएर एक जनाको मृत्यु भएको हाे। मृत्यु हुनेमा धनुषाकाे नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पुरन दास रहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जयनगरबाट जनकपुरधामको लागि छुटेको रेल विदेह नगरपालिका वडा नम्बर ९ स्थित वैदेही स्टेसनबाट रेल चढ्ने क्रममा दासको मृत्यु भएको प्रहरीले जनाएकाे छ। रेल गुडेपछि चढ्ने…

    विस्तृतमा पढ्नुस्

  • सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने? प्रचण्ड र ओलीले गरे खुमलटारमा छलफल

    सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने? प्रचण्ड र ओलीले गरे खुमलटारमा छलफल

    काठमाडौं : सरकारको नीति कार्यक्रम कस्तो बनाउने भन्नेबारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन्। बुधवार प्रचण्डको निजि निवास खुमलटारमा प्रचण्ड-ओलीबिच भेटवार्ता भएको थियो। उक्त भेटमा सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा कुराकानी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 'सरकारको कामलाई कसरी प्रभाकारी बनाउने भन्नेबारेमा छलफल भयो। सरकारका नीति कार्यक्रम के बनाउने…

    विस्तृतमा पढ्नुस्

  • रोल्पाका तीन स्थानीय तहले राखे आफ्नै नगर/गाउँ प्रहरी

    रोल्पाका तीन स्थानीय तहले राखे आफ्नै नगर/गाउँ प्रहरी

    काठमाडौं : रोल्पाका तीन स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन्। रोल्पा नगरपालिका सहित रुन्टिगढी र माडी गाउँपालिकाले आफ्नै नगर/गाउँ प्रहरी भर्ना गरेका हुन्। रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने रुन्टिगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन्। रुन्टिगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ। रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ। नगर प्रहरीमा एक प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • ‘पावर सेयरिङ’बारे छलफल गर्न भोलि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

    ‘पावर सेयरिङ’बारे छलफल गर्न भोलि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

    काठमाडौं : सत्ता साझेदारी दलहरुबीच ‘पावर सेयरिङ’बारे छलफल गर्न भोलि बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेसँगै भोलि बालुवाटारमा बैठक बस्ने तय भएको हो। दुई नेताको भेटमा समसमायिक विषयमा कुराकानी भएको र बाँकी पावर सेयरिङबारे छलफल गर्न नेताहरु बालुवाटारमा जुट्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘भोलि बालुवाटारमा…

    विस्तृतमा पढ्नुस्

  • खुमलटारमा प्रचण्ड-ओलीको एक्लाएक्लै छलफल, के के विषयमा भयो कुराकानी?

    खुमलटारमा प्रचण्ड-ओलीको एक्लाएक्लै छलफल, के के विषयमा भयो कुराकानी?

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएका छन्। प्रचण्डको निजि निवास खुमलटारमा पुगेर ओलीले प्रचण्डसँग बुधवार भेटवार्ता गरेका हुन्। भेटमा मन्त्रिपरिषद बिस्तार, प्रदेश सरकार गठन र सत्ता गठबन्धनमा बाँकी रहेका पदहरुको बाँडफाँट लगायतका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रचण्डसँगको भेटपछि निस्किएका ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको प्रतिक्रिया दिएका छन्। 'सरकार…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संस्थापनइतरको भेलामा के  - के भयो छलफल?

    कांग्रेस संस्थापनइतरको भेलामा के  - के भयो छलफल?

    काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतरको भेला सकिएको छ। बालुवाटारस्थित डा शेखर कोइरालाको सचिवालयमा बुधवार बिहान भएको भेलामा प्रदेशहरुको संसदीय दलको नेता चयनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भएको बताइएको छ। शेखर पक्षका शीर्ष नेता र पदाधिकारी उपस्थित अनौपचारिक भेलामा केही दिनमै आफ्नो पक्षका केन्द्रीय समितिका सदस्यहरुको भेला डाक्नेबारे छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले बताए। ‘आज अनौपचारिक छलफल हो। केही…

    विस्तृतमा पढ्नुस्

  • किन १० मिनेट काटियो ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय?

    किन १० मिनेट काटियो ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय?

    हलिउड फिल्म ‘अवतार: द वे अफ वाटर’ को प्रदर्शन समय घटाइएको छ। निर्देशक जेम्स क्यामरुनले फिल्मको १० मिनेट लम्बाई काटेको भेराइटी म्यागेजिनसँग जानकारी दिएका हुन्। निर्देशक जेम्सका अनुसार अमेरिकालगायतका विभिन्न देशमा हालै भएका गोलीबारीका घटनालाई ध्यानमा राखेर फिल्मको लम्बाइ छोटाइएको हो। बुधबारदेखि दर्शकले फिल्मभित्र बन्दुक र हिंसाका केही दृश्यहरु हेर्न पाउनेछैनन्। १० मिनेट काटिएसँगै अब फिल्म जम्मा ३ घण्टा भएको छ। ‘मैले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell