विराटनगर : प्रदेश नम्बर १ कांग्रेस संसदीय दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको छ। संसदीय दलको नेता चुन्न शुक्रवार बिहान गरिने मतदानका लागि बिहीबार ३ जना प्रदेश सांसदले आआफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने प्रदेश सांसदमा प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की, पार्टीका केन्द्रीय सदस्य अमृत अर्याल र पार्टीका प्रदेश सभापति उद्धव थापा छन्। तीन जनामा…
हेटौंडा : नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलको नेतामा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलिया चयन भएका छन्। बिहीवार बसेको वाग्मती प्रदेश एमाले संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत दलको नेता चयन गरेको हो। थपलिया चितवन क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सद्स्यमा निर्वाचित भएका थिए। एमालेको वागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित १३ र समानुपातिक तर्फ १४ गरि २७ जना सांसद्…
काठमाडौं : सुरक्षा निकायका कुनै पनि पदाधिकारी तथा कर्मचारीले कूटनीतिक व्यक्ति तथा राजनीतिक दलका नेतृत्वलाई भेट्दा स्वीकृति लिनुपर्ने भएको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै कर्तव्य सिलसिलाको कामबाहेक अन्य समयमा भेट गर्दा स्वीकृति लिनुपर्ने भएको हो। कुनै पनि सिलसिलामा भेट्नु परे प्रयोजन खुलाएर विभागीय रुपमा स्वीकृति लिनुपर्ने भएको हो। गृह मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,'सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि…
बुटवल : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ। पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले संसदीय दलको बैठकले रूपन्देही १ (क) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको जानकारी दिए। त्यस्तै, बैठकले सचेतकमा बाँकेकी मीनाकुमार श्रेष्ठलाई चयन गरेको छ। लुम्बिनीमा राप्रपाका प्रत्यक्ष २ र समानुपातिक २ गरी ४ सांसद रहेका छन्। यसअघि नै…
कम्बोडिया र थाइल्यान्डको सीमा रहेको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। स्थानीय मिडियाका अनुसार कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनोमा आगलागी भएको हो। सामाजिक संजालमा मानिसहरु होटलको माथिल्लो तल्लाबाट हाम फालिरहेको भिडियोहरु सार्वजनिक भएका छन्। आगलागी हुँदा क्यासिनोमा थाइल्यान्डका धेरै नागरिक रहेको बताइन्छ। घाइतेहरुलाई थाइल्यान्डको सा केव प्रान्तको अस्पतालमा लगिएको छ। थाइल्यान्डमा जुवातास खेल्न प्रतिबन्ध लगाइएको हुनाले सीमामा…
काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले ८ विकेटको सहज जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। पोखराका लागि अमीर हम्जाले सर्वाधिक अविजित ३७ रन बनाउँदा सुमित महर्जनले २६ रन बनाए।…
जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि दुईजना नेताबिच प्रतिस्पर्धा हुने भएको छ। संसदीय दलको नेता चयनका लागि सहमति जुटाउने प्रयास असफल भएपछि प्रतिस्पर्धा हुने भएको हो। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादव र मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव बिच प्रतिस्पर्धा हुने कांग्रेसका एक नेताले…
काठमाडौं : अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने निर्णय गरेका छन्। उनले भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्र पुगेर मृत्युपछि अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन्। मञ्जुरीनाको फोटोसहित अंगदान गर्नेबारे सविनले फेसबुकमार्फत जानकारी दिएका हुन्। ‘मानवको मृत्युपछि शरीर खरानी हुने हो। एकबार पाएको मानव जुनीबाट केही त राम्रो काम गरु की भनेर मृत्यु पछि पनि काम त लाग्ला। यस कार्यबाट खुसी…
काठमाडौंः सिरहाको विभिन्न स्थानबाट बुधबार सशस्त्र प्रहरीले करिब २९ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिका लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा अगरबत्तीको धुलो बरामद गरेको हो। सिरहाको नवराजपुर गाउँपालिका ५ मेनहा बस्ने सञ्जय महतोको जस्तापाताले छाएको टहरामा…
काठमाडौंः काठमाडौंको यट्खामा भएको भीषण आगलागीबाट ४ जनाको घरमा क्षति पुगेको छ। काठमाडौं महानगरपालिका-१८ तमु गल्लीस्थित सर्लाही बराही डुम्रा नगरपालिका-१८ घर भएका मनोज शाहको कवाडी दोकानमा बुधबार राति आगलागी सुरु भएको थियो। कवाडी दोकान भित्रका सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ। साथै उक्त आगलागी फैलिएर बीर बहादुर भट्ट लगायत ४ जनाको घरमा समेत सामान्य क्षति भएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट…
काठमाडौं : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) फिल्म ‘हात्तीछाप’ को निर्माताका रुपमा जोडिएका छन्। दयाहाङ राई र सौगात मल्ल मुख्य भूमिकामा देखिने फिल्ममा मनाङले लगानी गर्ने पक्का भएको हो। हात्तीछापमा मनाङेले निर्माताका रुपमा जोडिन सम्झौता गरिसकेको प्रस्तुतकर्ता तथा निर्माता किरण नेपालीले जानकारी दिए। निर्माताको रुपमा हात्तीछाप मनाङेको चौथो 'प्रोजेक्ट' हो। यसअघि उनले वान वे, पोइ पर्यो काले र दुई नम्बरी…
काठमाडौंः सट्टेबाजी गराउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधर समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत बिराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको…
काठमाडौं : सत्ता गठबन्धनले ५ दिनमा सरकारको न्युनतम साझा कार्यक्रम बनाउने भएको छ। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले न्युनतम कार्यक्रम बनाउने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन्। न्युनतम साझा कार्यक्रम बनाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक तोकिएका छन्। 'ओलीलाई संयोजकका रुपमा अघि बढाउने निर्णय भएको छ,' लामिछानेले भने। यस्तै, आजको बैठकमा मन्त्रिपरिषद् विस्तारका…
काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज परेको छ। न्यायधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेशी चढेको हो। उच्च अदालत पाटनमा आज सन्दीपको पेशीमा बहस सकिएको खण्डमा आदेश आउने छ। आदेशको आधारमा सन्दीप जेलभित्र नै बसेर मुद्दा लड्ने, साधारण धरौटीमा रिहा हुने वा धरौटीमा रिहा हुने छ। जिल्ला अदालत काठमाडौंको…
बोलिभायामा विपक्षी दलका नेतालाई प्रहरीले पक्राउ गरेको छ। 'कू' गर्न खोजेको आरोपमा लुइस फर्नान्डो चमाचोलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थकले विरोध प्रदर्शन गरेका छन्। सान्ता क्रजका गभर्नरसमेत रहेका चमाचो विगत एक महिनदेखि सरकारविरुद्ध आन्दोलनको नेतृत्व गर्दै हड्तालमा थिए। जनगणनाको मुद्दा उठाउँदै उनी हड्तालमा थिए। बोलिभामा सन् २०२४ का लागि जनगणना आयोजना हुने कार्यतालिका सार्वजनिक भए पनि चमाचो र उनका समर्थक…
काठमाडौं : कलाकार रामचन्द्र अधिकारीले चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाअन्तर्गत ४६ हजार ६ सय रकम पाएका छन्। विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमाको लाभ लिने उनी पहिलो व्यक्ति हुन्। अधिकारीले दाबी गरेअनुरुप राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराएको उक्त रकम चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई प्रदान गरेका हुन्। बीमा रकम पाएसँगै…
काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा सरेको भोलिपल्ट आज गठबन्धनको बैठक बालुवाटारमा बसेको हो। गठबन्धनभित्र शक्ति बाँडफाँटका विषयमा गठबन्धन दलहरु छलफलमा जुटेका हुन्। बैठकमा प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु बैठकमा…
अमेरिकाले चीनबाट आउने यात्रुहरूको कोभिड-१९ परीक्षण अनिवार्य गरेको छ। चीनले अर्को हप्तादेखि कोभिड-१९ व्यवस्थापनलाई खुकुलो बनाउने तथा आफ्नो सीमानाहरू खोल्ने घोषणा गरेपछि अमेरिकाको यस्तो घोषणा आएको हो। इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि कोभिड-१९ नियन्त्रणका कडा नियमहरू लागू गरेका छन्। झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई सहज रूपमा यात्रा गर्न दिने भएको छ। यही समयमा चीनमा…
काठमाडौं : पश्चिमी वायुको प्रभावले प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ। उक्त प्रणालीको प्रभावले प्रदेश १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीका साथै प्रदेश १ को हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले…
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्टार्सबर्गलाई हराएको छ। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले २-१ गोलअन्तरको जित निकालेको हो। खेलको १४ औं मिनेटमा नेइमारले फ्रिकिकमा प्रहार गरेको बललाई हेडरमार्फत गोल गर्दै मार्क्विन्होसले पीएसजीलाई अग्रता दिलाउँदा घरेलु टोली पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा मार्क्विन्होसले नै आत्मघाती गोल गर्न पुगे।…