काठमाडौंः काठमाडौंका दुई ठाउँमा दुई जना मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित लामपोखरीमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ घर भएका ४९ वर्षीय सागर शाह आइतबार मृत अवस्थामा फेला परेका हुन्। यसैगरी, काठमाडौं महानगरपालिका-७ चाबहिल भत्केको पुलस्थित निर्माणाधिन घरमा काम गर्ने सिन्धुली घर भएका ३५ वर्षीय तेज नारायण दनुवार सोही स्थानमा आइतबार मृत अवस्थामा फेला परेका छन्। दुबै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको…
काठमाडौं : नेपाल जनमत पार्टीका अध्यक्ष सीके राउतले आफूहरु सरकारमा बसेर जनताको सेवामा खरो रुपमा उत्रने बताएका छन्। सत्ता राजनीतिमा पहिलोपटक भएकोले आफूहरुले गठबन्धनको बारेमा धेरै ज्ञान हुन नसकेपनि सरकारमा मन्त्री बन्ने निश्चित भएकोसमेत बताए। ‘यो सरकारमा जाने निश्चित हो। मधेश प्रदेशको नेतृत्वमा पनि हाम्रो दाबी रहन्छ,’ राउतले भने। एमालेसहित सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता परिवर्तनबारे सबैलाई थाह भएकै कुरा भएको बताए। कांग्रेसले सत्ता गठबन्धनको नेतृत्व गरेर सरकारमा जाने तयारी गरिरहेकै बेला एमालेलगायत सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि शर्माको यस्तो प्रतिक्रिया आएको हो। सामाजिक सञ्जाल ट्वीटरमा शर्माले आलोचना र आत्मालोचनाको चरण आउनेसमेत बताएका छन्। ‘देशभरबाट साथीहरूले सोधिरहनु भएको छ- कसरी यस्तो भयो?…
काठमाडौं : नवनिर्वाचित वाग्मती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठले आफ्नो क्षेत्रमा भइरहेको डुबानको समस्या हटाउन ढल व्यवस्थापनमा जोड दिएकी छिन्। काठमाडौं ६ (क) बाट निर्वाचित खड्गीले आज गोङ्गबु क्षेत्रमा डुबान हुने स्थानको अवलोकन गरेकी हुन्। त्यसक्रममा उनले चक्रपथ विस्तार आयोजना अन्तर्गत भइरहेको ढल व्यवस्थापन कार्यको अवलोकन पनि गरेकी छिन्। गोङ्गबुको टोके बजार क्षेत्रमा बर्खाको समयमा डुबान हुने र सो क्षेत्र…
काठमाडौः बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी पक्राउ परेका छन्। आइतवार केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। बरामद गरिएको अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो। खिमबहादुर जिसीको साथबाट ९ लाख ५० हजार रुपैयाँको चेक र…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले आज ४ बजे शपथ लिँदैछन्। प्रचण्डसँगै माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीमा शपथ लिने भएका छन्। सोमवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई परराष्ट्रसहित उपप्रधानको जिम्मेवारी दिने निर्णय गरेको…
काठमाडौं : नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा छ। यसैबिच, चलचित्र निर्देशक समाजले चलचित्र संघ र चलचित्र विकास बोर्डलाई वार्ता गरि समस्याको समाधान गर्न आग्रह गरेको छ। संघले एक विज्ञप्ति निकाल्दै यस्ता समस्याहरुलाई संवेदनशिल भएर वार्ताद्वारा नै समाधान गर्न अपिल गरेको हो। ‘बेला बेलामा चलचित्र क्षेत्रमा देखापर्ने यस्ता समस्याहरुलाई समाधान गर्न वार्तानै एक बलियो माध्यम भएको…
काठमाडौंः नेपाल भारतको नाका जोगवनीबाट भन्सार छलि गरेर ल्याएको सामान प्रहरीले बरामद गरेको छ। मोरङ विराटनगर महानरगपालिका रानी एरियाका बिभिन्न स्थानमा भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी अन्दाजी ९ लाख २६ हजार ९ सय २८ रुपैयाँ बराबरको लत्ताकपडा, खाध्यान्न सामाग्री, घरायसी सामान लगायतका सामाग्रीहरु प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट…
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेता कार्यकर्ताको भिड लागेको छ। आज बिहानैदेखि प्रचण्डलाई बधाई तथा शुभकामना दिन कार्यकर्ताहरु पेरिसडाँडा पुगेका हुन्। ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड हिजो प्रधानमन्त्री बनेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे प्रचण्डलाई सपथ ग्रहण गराउँदैछिन्। पेरिसडाँडामा नै आयोजित कार्यक्रममा प्रचण्ड माओत्सेतुङको…
काठमाडौं : माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ। सोमवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको हो। यसको आधिकारिक निर्णय भने सिंहदरबारमा बस्ने गठबन्धनको बैठकले टुंगो लगाउने माओवादीले जनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। आजै अपराह्नन ४ बजे प्रचण्डले प्रधानमन्त्रीमा शपथ…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ सरकारमा सहभागी भएकोप्रति केन्द्रीय सदस्य गणेश कार्कीले असहमति जनाएका छन्। कार्कीले सोमवार असहमति पत्र जारी गरेका हुन्। पछिल्लो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा औपचारिक रुपमा सांसदको सरकार बनाउने/ढाल्ने भन्दा अन्य धेरै जनमुखी कामहरु हुने र तिनलाई प्राथमिकता दिनुपर्ने आफ्नो धारणाले फरक नपारेको उनले बताए। उनले भने, ‘हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएछ,…
अफगानिस्तानमा तालिबान सरकारले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि पाँच शीर्ष गैरसरकारी संस्था (एनजीओ)ले काम रोकेका छन्। केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले ‘महिला कर्मचारी बिना’ आफ्नो काम जारी राख्न नसकिने बताएका छन्। अन्तर्राष्ट्रिय उद्धार समितिले पनि सेवाहरू रोकेको छ भने इस्लामिक रिलिफले आफ्नो अधिकांश काम रोकिरहेको बताएको छ। अफगानिस्तानको सत्तारुढ तालिबानले महिला अधिकारहरुको निरन्तर दमन गर्दै…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। ८ बजेका लागि बोलाइएको बैठक भर्खर सुरु भएको हो। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो। बैठकले माओवादी केन्द्रबाट को-को मन्त्री हुने भन्ने टुंगो लगाउने छ। नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको नाम चर्चामा छ। नेकपा (एमाले) विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ। पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। माओवादी केन्द्रबाट को-को मन्त्री हुने भन्नेबारे टुंगो लागेको छैन। तर, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनको नाम चर्चामा छ। नेकपा (एमाले) विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारीमा रहेको बताइएको छ। प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…
काठमाडौंः नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा दुबै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। सत्ता गठबन्धन टुटेपछि सामाजिक सञ्जालमा घिमिरेले देउवाको राजीनामा माग गरेका हुन्। घिमिरेले गठबन्धन गलत भन्दाभन्दै निर्णय गरेको र जोगाउन नसकेको पनि आरोप लगाए। उनले भनेका छन्, 'नेका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ। हिजो…
वीरगंजः एक महिना पाँच दिन अगाडि पर्सामा अपहरणपछि हत्या गरिएका एक बालकको शव बरामद भएको छ। वीरगंज महानगरपालिका २५ भन्सार श्रीसियाबाट सोही वडाका श्रीराम पासवानका १४ वर्षीय छोरा निरज पासवानको शव बरामद भएको पर्सा प्रहरीले जनाएको छ। फिरौतीको लोभमा बालकलाई अपहरण गरिएको र केही दिनपछि हत्या गरेर सेफ्टी ट्याङ्कीमा शव लुकाइएको अवस्थामा फेला पारिएको हो। घटनामा निरज पढ्ने वीरगंज -१७…
काठमाडौं: नेपाली यू २३ भलिबल टोली बंगलादेशसँग पराजित भएको छ। बंगबन्धु एसियन सेन्ट्रल जोन यू-२३ अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनल खेलमा नेपाली टोली घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो। पहिलो सेटमा २५-१५ ले पराजय ब्यहोरेको नेपाली टोली दोस्रो सेटमा २५-२२ ले पराजित ब्यहोरेको थियो। त्यस्तै तेस्रो सेटमा २५-१३ नेपाललाई हराउँदै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको हो। प्रतियोगितामा यसअघिको…
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालस्थित चिनियाँ दूतावासले बधाई दिएको छ। ७ पार्टी र ३ स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चीनले पहिलो शुभकामना दिएको हो। अध्यक्ष प्रचण्डलाई नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त्त हुनुभएकोमा हार्दिक बधाई !! — Spokesperson Of Chinese Embassy In Nepal (@PRCSpoxNepal) December 25, 2022 पछिल्लो समय सरकार निर्माणको लागि भारतीय…
काठमाडौंः नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथ सोमबार हुने भएको छ। सोमबार अपराह्न शपथ कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। अपराह्न ४ बजे शीतल निवासमा शपथ हुनेछ। नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतको समर्थनमा प्रचण्ड तेस्रोपटक आइतबार प्रधानमन्त्री नियुक्त भएका हुन्। संविधानको धारा ७६(२) को व्यवस्था अनुसार प्रचण्ड नियुक्त भएका हुन्। अब उनले…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्। यो सँगै उनी तेस्रोपटक प्रधानमन्त्री बनेका हुन्। एमाले, रास्वपा, राप्रपालगयत ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।