युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकी अमेरिका पुगेका छन्। रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सुरु भयो युद्धपछि जेलेन्सकी पहिलोपटक विदेश भ्रमणमा निस्किएका हुन्। अमेरिका पुगेका जेलन्सकी र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच भेटवार्ता भएको छ। त्यसक्रममा बाइडेनले युक्रेनलाई सहयोग जारी रहने बताएका थिए। उनले किभमा प्याट्रियट मिसाइल डिफेन्स सिस्टम पठाउने घोषणा पनि गरेका छन्। त्यसक्रममा जेलेन्सकीले अमेरिकी सहयोग र…
काठमाडौंः नेपाली कांग्रेसको संसदीय दलको नेतामा पराजित गगनकुमार थापाले पार्टी सभापति एवं नवनिर्वाचित दलका नेता शेरबहादुर देउवालाइ बधाई दिएका छन्। भिडिओ सन्देशबाट थापाले देउवालाई बधाई दिएका हुन्। उनले मतदाताले प्रत्यक्ष मत हाल्न पाउने व्यवस्था भएमा परिणाम अर्कै हुन सक्ने पनि बताएका छन्। सन्देशमा उनले भनेका छन्, 'आज सांसदको ठाउँमा सांसद निर्वाचित गर्ने मतदाताले सिधै मत हाल्न पाएको भए परिणाम अर्कै…
काठमाडौंः सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजलाई थुनामुक्त गर्न आदेश गरेको छ। बन्दीप्रत्यक्षीकरण मुद्दामा न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थुनामुक्तको आदेश जारी गरेको हो। अदालतले अन्य मुद्दा नभए आदेश पाएकै मितिमा थुनामुक्त गर्न आदेश गरेको हो। साथै १५ दिनभित्र स्वदेश फर्कने व्यवस्था मिलाउन पनि आदेश गरेको छ। ७८ वर्षीय शोभराज १९ वर्षदेखि केन्द्रीय कारागारमा छन्। २०३२ सालमा…
काठमाडौं: सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शनसँगै नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १०औँ संस्करण सकिएको छ। फेस्टिभलमा नेपाल पानारोमातर्फ दिपक रौनियार निर्देशित फिल्म ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन फिल्म घोषित भयो। त्यस्तै, अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’ डकुमेन्ट्री विधातर्फको उत्कृष्ट अवार्ड जित्यो। यी दुई फिल्मले ५० हजार नेपाली रुपैयाँ पुरस्कार पाएका छन्। बगंलादेशी निर्देशक जुबोराज सामिमको फिल्म ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट…
सांघाई: चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सि चिनफिङसँग युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेडभेडेभले भेट गरेका छन्। सीपीसीको निमन्त्रणामा बेइजिङ आएका मेडभेडेभले सीपीसीको २०औँ महाधिवेशन सफल रुपमा सम्पन्न गरेकोमा बधाई दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तर्फबाट महासचिव तथा राष्ट्रपतिको बधाई सन्देश सुनाए। सो भेटमा चिनियाँ राष्ट्रतपि सिले महाधिवेशनका उपलब्धिको बारेमा ब्रिफिङ गरेका थिए। साथै उनले सीपीसी र युनाइटेड रसिया पार्टीबीच…
काठमाडौं : कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स गुरुमुख शोभराजलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो। ‘अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा…
काठमाडौंः यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ। आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई हजार जरिवाना गरिने विभागले जनाएको छ। सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा…
काठमाडौंः झारफुक गर्ने बहानामा तातो पन्यूले डाम्ने र तातो तेल खन्याएको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अर्घाखाँचीको सीतागंगा गाउँपालिका वडा नम्बर २ घर भएकी माता भनी चिनिने वर्ष १९ की सचिना सारु मगर सहित पाँच जनलाई पक्राउ गरेको हो। गत शनिवार सारुले ३६ की महिलालाई झारफुक गर्ने भन्दै तातो पन्यूले डाम्ने, शरीरमा तातो तेल…
कैलाली : कैलालीको गोदावरी नगरपालिकाको हरैयामा अवरुद्ध राजमार्ग संचालन भएको छ। बुधवार बिहान हरैया चोकमा टिप्परको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। मृतकका परिवारलाई साढे ७ ला क्षतिपूर्ति दिने, घाइते महिलाको उपचार गर्ने र अटो चालकलाई मर्मतका लागि ५० हजार दिने सहमति पछि राजमार्ग संचालन भएको हो। बुधवार बिहान हरैयामा पूर्वबाट पश्चिम तर्फ आइरहेको सु प प्र…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई निमोनिया देखिएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हाल अस्पतालमा रहेका नेपालको स्वास्थ्य सुधारउन्मुख रहेको बताइएको छ। नेपालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा आज अस्पताल पुगेका थिए। उनीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए।
बुटवल : बुटवलको सोह्र छत्तिस कुलोमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ। बुधबार बिहान बुटवल उपमहानगरपालिका वडा ९ र ११ को बिचमा पर्ने उक्त कुलोको किनारामा अन्दाजी ३५ वर्षिया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए। बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। हिजो साँझ कुलोमा केही नभएको र कुलोमा बगाउने पानी…
विश्वकप उपाधि जितेको खुसीयालीमा उत्सव मनाउने क्रममा अर्जेन्टिनामा एक फूटबल फ्यानको मृत्यु भएको छ। उत्सव मनाउने क्रममा २४ वर्षीय एक युवाको निधन भएको हो। सोही क्रममा ५ वर्षे एक बालक कोमामा पुगेका छन्। फ्रान्सविरुद्धको फाइनल खेलमा जित हासिल गरेपछि मंगलबारको विजय परेडमा उत्सव मनाउँदै गर्दा छतबाट लडेर २४ वर्षीय फ्यानको मृत्यु भएको हो। मंगलबारको बस परेडलाई सुरक्षा चिन्ताको कारण स्थगित गर्नुपरेको थियो। खेलाडीहरूसँग बसको माथि उफ्रने प्रशंसकहरू…
काठमाडौं : राप्रपाका सांसद पशुपतिशम्शेर राणाले जेष्ठ सदस्यका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्। बुधवार शीतल निवासमा राणाले राष्ट्रपतिबाट शपथ लिएका हुन्। योसँगै राणाले बिहीवार नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउनेछन्। उनी राप्रपाको समानुपातिकबाट सांसदमा निर्वाचित भएका हुन्।
काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित शपथ रोक्ने दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आज संवैधानिक इजलासमा भएको सुनुवाइ पछि अदालतले रवि लामिछानेको शपथ रोक्न अन्तरिम आदेश दिन अस्विकार गरेको हो। यस मुद्दामा छलफल गर्नको लागि अर्को पेशी तोक्ने निर्णय भएको छ। बुधवार युवराज पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर…
काठमाडौं : काठमाडौं महानगरले धोबीखोला करिडोरमा अनधिकृत रुपमा निर्माण भएको घर टहराहरु भत्काउन थालेको छ। महानगर डोजर लिएर पुगेपछि त्यहाँ बसोबास गर्दे आइरहेका मानिसहरुले घर टहराबाट सामान निकाल्न थालेका छन्। महानगरले अतिक्रमित संरचनामा बनेका घरमाथि डोजर चलाउन थालेको छ। देवीनगर क्षेत्रमा बनेका घरहरु भत्काउन महानगर डोजर लिएर पुगेको हो।
कैलाली : कैलालीमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिँदा घाइते भएका ३ वर्षीय बालकको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रमका मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनापछि स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। सडक अवरोध खुलाउन स्थानीय र प्रहरीबिच तनाव सिर्जना भएको छ। बुधवार बिहान कैलालीको गोदावरी ७ हरैयामा पूर्वबाट पश्चिम…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन्। पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरि देउवा निर्वाचित भएका हुन्। आजको मतदानमा कूल ८९ मत खसेको थियो। त्यसमध्ये सभापति देउवाले ६४ र महामन्त्री थापाले २५ मत प्राप्त गरेको कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले…
काठमाडौं : नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करणको आज अन्तिम दिन। दिउँसो ३ बजेदेखि सुरु हुने फेस्टिभलको समापन समारोहमा रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ को नेपाल प्रिमियर हुने भएको छ। यसअघि यो फिल्म ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो। यस फिल्ममा कलाकार दयाहाङ राई र आशा मग्रातीको अभिनय छ। महोत्सवमा प्रदर्शनका लागि कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले मतदातासँग गरेको वाचा पूरा गरेको बताएका छन्। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेर बहादुर देउवासँग संसदीय दलको निर्वाचनमा पराजित भएपछि उनले आफू विचलित नभएको प्रतिक्रिया दिएका छन्। काठमाडौं ४ बाट निर्वाचित भएका थापाले आफू प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेका थिए। आफूलाई मत नदिएका सांसदहरुले जनतासँग गरेको वाचा पुरा नगरेको थापाको आरोप छ। 'मलाई के…
काठमाडौंः सुनचाँदीको कारोबार मूल्य फेरि बढेको छ। बुधबार सुन तोलाको १ लाख १ हजार २ सय रुपैयाँ तोला भएको छ। मंगलबारका तुलनामा तोलामा ८ सय रुपैयाँको बढोत्तरी भएको हो। साताको तेस्रो दिन प्रतितोला १ हजार ४ सयमा कारोबार भएको सुन गत आइतबार प्रतितोला १ लाख ५ सय रुपैयाँ थियो। पुस पहिलो दिन ९९ हजार ९ सय रुपैयाँ प्रतितोला हुँदा मूल्य घट्न…