काठमाडौं : मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। नेकपा (एमाले) दोस्रो र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। नेकपा (एकीकृत समाजवादी) १० सिटका साथ चौथो स्थानमा छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २५ लाख २५ हजार ९९ मत प्राप्त गरेको…
फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा स्पेन र जर्मनी बराबरीमा रोकिएका छन्। अब बायत स्टेडियममा सम्पन्न खेलमा समूह 'ई' को खेलमा सब्सिच्युड खेलाडीका रुपमा मैदान पसेका निक्लास फुलक्रुगले अन्तिम समयमा गोल फर्काउँदा जर्मनी हारबाट जोगिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता बनाएको थियो। तर, सब्सिच्युड खेलाडीका रुपमा थोमस मुलरको स्थानमा…
काठमाडौँः प्रतिनिधि सभाको समानुपातिक मतगाणनामा राष्ट्रिय स्वतन्त्र पार्टी पुनः तेस्रो स्थानमा आएको छ। करिब ९१ लाख मतगणना सम्पन्न हुँदा माओवादी केन्द्रलाई पछि पार्दै स्वतन्त्र पार्टी तेस्रो स्थानमा उक्लिएको हो। जारी गणनामा एमालेले सबैभन्दा बढी मत पाएको पहिलो स्थानमा छ। एमालेले आइतबार राति १० बजेसम्म २४ लाख ७९ हजार ९०० मत पाएको छ। यस्तै, दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ५७…
फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा मोरोक्कोले बेल्जियमलाई हराएको छ। अल थुममा स्टेडियममा सम्पन्न खेलमा समूह 'एफ' को खेलमा मोरोक्कोले फिफा वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियममाथि २-० गोलको जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा अब्दिलहमिद सबिरीले ७३ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता बनाएका थिए। त्यस्तै इन्ज्युरी समयमा जाकैरा अबोउख्लाले गोल थप्दा अधिकांश समय बेल्जियमको पकडमा…
काठमाडौंः धनुषा ४ मा नेकपा (एमाले) का रघुवीर महासेठले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन्। महासेठले २४ हजार ४८२ मत पाएका छन्। यस्तै, यादवले २४ हजार ४४८ मतका साथ पछ्याइरहेका छन्।
काठमाडौं : समानुपातिक मतगणनामा नेकपा एकीकृत समाजवादीलाई सिके राउत नेतृत्वको जनमत पार्टीले पछि पारेको छ। ८९ लाख ९६ हजार मत गनिसक्दा जनमतले २ लाख ४१ हजार ६६ मत पाएको छ। निर्वाचन आयोगको पछिल्लो डाटाअनुसार एकीकृत समाजवादीले २ लाख ४० हजार ९१९ मतमात्र पाएको छ। एकीकृत समाजवादीलाई नागरिक उन्मुक्ति पार्टीले पछ्याइरहेको छ। अहिलेसम्मको मत हेर्दा नेकपा एमाले २४ लाख ५७ हजार…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओली निवास बालकोटमा आइतवार भएको भेटमा चुनावी बधाई साटासाट भएको सिंहको सचिवालयले जनाएको छ। सिंह काठमाडौं-१ बाट निर्वाचित भएका हुन् भने ओलीले झापा-५ बाट चुनाव जितेका हुन्। नयाँ सरकार गठनको अंकगणितबारे चर्चा भइरहेका बेला ओली र सिंहबिच भेटवार्ता भएको हो। एमालेले प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणाम आइनसक्दै…
काठमाडौं : दोलखाका चार मतदान केन्द्रका १० बुथमा फेरि निर्वाचन हुने भएको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधसभा तथा प्रदेश सभा निर्वाचनका क्रममा यी मतदान केन्द्रहरुमा निष्पक्ष ढंगबाट निर्वाचन नभएको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ। वैत्यश्वर र तामाकोशी गाउँपालिकाका १० बुथमा निर्वाचन हुने भएको हो। कुहाँ पुनः मतदान ? वैत्यश्वार गाउँपालिका वडा ६ वैतेश्वर माध्यामिक विद्यालय मतदान केन्द्रको 'क', 'ख' र 'ग' वैत्यश्वर गाउँपालिका वडा…
काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशतभन्दा बढी मतगणना सम्पन्न भएको छ। सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ…
फिफा विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा कोस्टारिकाले जापानलाई पराजित गरेको छ। अहमेद बिन अली स्टेडियममा सम्पन्न समूह 'ई' को खेलमा एसियाली मुलुक जापान १-० गोलअन्तरले कोस्टारिकासँग पराजित भएको हो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलमा कोस्टारिकालाई जित दिलाउन किशेर फुलेरले निर्णायक गोल गरे। उनले खेलको ८१ औं मिनेटमा गोल गर्दा खेलअवधिभर पकड बनाएर पनि जापान १-० गोलअन्तरले पराजित हुन पुगेको हो।…
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनाल पराजित भएका छन्। प्रतिनिधिसभा निर्वाचनमा इलाम-१ बाट नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग खनाल पराजित भएको मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए। खनालले २३ हजार ४५ मत पाउँदा बस्नेतले २५ हजार ६९९ मत ल्याएका हुन्। प्रदेश तर्फको मत गणनामा प्रतिनिधिसभाको पनि मतपत्र भेटिएकाले औपचारिक रुपमा चुनावी परिणाम घोषणा…
काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ। पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ। त्यस्तै नेकपा (एमाले) ४१ स्थानमा विजयी भएको छ भने दुई…
चीनमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। संक्रमण दर बढेसँग सरकारले फेरि कडा प्रतिबन्धहरु घोषणा गरेको छ। बुहानबाट देखिएको भाइरसको संक्रमण विश्वभर फैलिएपछि लकडाउनको कहर पनि विश्वभर देखियो। चीनमा पनि लकडाउन र कोरोना परीक्षणलाई कडाइका साथ लागू गरियो। 'जिरो कोभिड' नीति लिएको चीनमा अहिलेसम्म यात्रा प्रतिबन्धहरु कायम छन्। अहिले विश्व कोरोना महामारीलाई बिर्सिँदै गर्दा चीनमा संक्रमण दर बढेको हो।…
साउदी अरेबियामा आधिकारिक प्लाटफर्मबाटै प्रशारण भैरहेको विश्वकप प्रतियोगिता अवरुद्ध भएपछि साउदी नागरिक निराश भएका छन्। साउदी अरेबियमा कतारी ब्रोडकास्टर बिइआईएन मिडिया ग्रुपले संचालन गरिरहेको टिओडी टिभीमा विश्वकप प्रशारण भैरहेको छ। आधिकारिक रुपमा विश्वकप प्रशारण गरिरहेको प्लाटफर्मबाट प्रशारण भैरहेको विश्वकप बिना कुनै जानकारी 'ब्लक' भएपछि फुटबल प्रेमीले राम्रोसँग प्रतियोगिता हेर्न नपाएको गुनासो गरेका हुन्। टिओडी त्यही टेलिभिजन च्यानल हो जुन साउदी…
वरुण धवन र कृति सेनन अभिनित बलिउड फिल्म 'भेडिया' ले दुईदिनमा भारतभर १७ करोड भारतीय रुपैयाँ कलेक्सन गरिसकेको छ। गत शुक्रवार रिलिज भएको यस फिल्मले दर्शकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ। प्रदर्शनको पहिलो दिन शुक्रबार फिल्मले ७.४८ करोड रुपैयाँ कलेक्सन गरेको थियो। शनिबार भने फिल्मले भारतभर ९.५७ करोड भारतीय रुपैयाँ कलेक्सन गर्न सफल भयो। त्यसैगरि, शुक्रवार फिल्मले विश्वभर १२.०६ करोड र दोस्रो दिन १४.६०…
ट्वीटरका नयाँ मालिक इलन मस्कले ट्वीटरमा 'सस्पेन्ड' गरिएका केही एकाउन्टहरुलाई आगामी सातादेखि पुनः संचालन गर्न दिइने बताएका छन्। केही अघिमात्रै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट खुला गरेका मस्कले कानुन उल्लंघन नगरेका र गम्भीर अपराधमा संलग्न नरहेका एकाउन्टहरु खोलिदिने बताएका हुन्। उनले बुधबार यसबारे जनमत लिनका लागि ट्वीटरमा पोल समेत गरेका थिए। त्यस्ता एकाउन्टहरुलाई सोसल मिडिया प्लाटफर्ममा ल्याउन हुने/नहुने बारे उनले…
फिफा विश्वकप अन्तर्गत आज चार खेल हुँदैछ। समूह 'ई' र 'एफ' तर्फका खेलहरु आज हुनेछन्। आज हुने पहिलो खेलमा समूह 'ई' मा रहेको जापान र कोस्टारिका भिड्नेछन्। अहमेद बिन अली स्टेडियममा खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ। आफ्नो पहिलो खेलमा उपाधिको दाबेदार जर्मनीमाथि २-१ गोलको जित निकाल्दै सानदार सुरुवात गरेको जापान आजको खेलमा जित निकालेर विश्वकपमा यात्रा लम्बाउन चाहन्छ। अर्कोतर्फ पहिलो…
नोभेम्बर महिनाको सुरुवातमा क्यानडाको संघीय सरकारले प्रत्येक वर्ष ५ लाख आप्रवासी ल्याउने योजनाको घोषणा गर्यो। यो घोषणासँगै सन् २०२५ सम्म १५ लाख आप्रवासी नागरिकले क्यानडा जान पाउने भएका छन्। यो योजना अन्तर्गत स्थायी बासिन्दाको जनसंख्याको अनुपातमा क्यानाडामा नयाँ आप्रवासीहरू बेलायत भन्दा आठ गुणा र अमेरिका भन्दा चार गुणा बढी आउनेछन्। तर, आउने आप्रवासीलाई लिएर त्यहाँका मानिसहरुमा असहजता भने सिर्जना भएको…
काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। विमानस्थलको आन्तरिक उडानतर्फबाट स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित भारत घर भएका अकबाल अलीलाई शनिवार बिहान प्रहरीले पक्राउ गरेको हो। बुद्ध एयरको उडानबाट विराटनगर जान लागेको अवस्थामा विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ४८४ थान र ५०० दरको १…
भैरहवा : गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन्। आइतवार रुपन्देहीको भैरहवामा भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आबद्ध दलहरूबिच पाँच वर्षसम्म व्यवस्थालाई मजबुत बनाउँदै गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यही अनुरूप अगाडि बढ्ने बताए। प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुङ्ग्याउने गृहमन्त्री खाणको भनाइ छ। ‘पाँच दलीय गठबन्धनको…