PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • ब्रुनो फर्नान्डेजको दोहोरो गोलमा पोर्चुगलले उरुग्वेलाई हरायो, नकआउट चरणको यात्रा पक्का

    ब्रुनो फर्नान्डेजको दोहोरो गोलमा पोर्चुगलले उरुग्वेलाई हरायो, नकआउट चरणको यात्रा पक्का

    फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा पोर्चुगलले उरुग्वेलाई हराएको छ। लुसइल स्टेडियममा सम्पन्न समूह 'एच' को खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोल अन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दोहोरो गोल गरे। खेलको ५४ औं मिनेटमा राफेल गुरेइरोको गोलमा अग्रता बनाएका उनले दोस्रो गोल ९० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • स्वीजरल्याण्डमाथि संघर्षपूर्ण जित निकाल्दै ब्राजिल नकआउट चरणमा

    स्वीजरल्याण्डमाथि संघर्षपूर्ण जित निकाल्दै ब्राजिल नकआउट चरणमा

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा ब्राजिलले स्वीजरल्याण्डलाई हराएको छ। स्टेडियम ९७४ मा स्पम्पन्न समूह 'जी'को खेलमा ब्राजिलले स्वीजरल्याण्डमाथि १-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ब्राजिललाई जित दिलाउन कासेमिरोले निर्णायक गोल गरे। खेलअवधिर पकड जमाएको ब्राजिलका लागि कासेमिरोले खेलको ८३ औं मिनेटमा रोड्रिगोको पासमा निर्णायक गोल गरे। त्यसअघि भिनिसियस जुनियरको गोललाई रेफ्रीले भिएआरको सहायतामा अफसाइड…

    विस्तृतमा पढ्नुस्

  • नगर प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महानगरको माग 

    नगर प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महानगरको माग 

    काठमाडौंः काठमाडौं महानगरपालिकाले अनधिकृत संचरना हटाउने क्रममा सोमबार थापाथपलीमा नगर प्रहरी बलमाथि भएको आक्रमणको घटना छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ। प्रवक्ता ननीन मानन्धरले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेका हुन्।  नियन्त्रणमा लिएर नगर प्रहरी शर्मिला बोगटीसहित १८ जनामाथि सांघातिक रुपमा घरेलु हतियार प्रयोग गरी आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ। घाइतेमध्ये बोगटीसहित तीन जनाको आइसियूमा उपचार भइरहेको छ। …

    विस्तृतमा पढ्नुस्

  • समूह 'एच'को नाटकीय खेल: घानाको दुई गोलको अग्रता, कोरियाको पुनरागमन अनि घानाकै जित

    समूह 'एच'को नाटकीय खेल: घानाको दुई गोलको अग्रता, कोरियाको पुनरागमन अनि घानाकै जित

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा दक्षिण कोरिया घानासँग पराजित भएको छ। एजुकेसन सिटी स्टेडियममा सम्पन्न समूह 'एच'को खेलमा घानासँग कोरिया ३-२ गोलअन्तरले पराजित भएको हो। खेलको २४ औं मिनेटमा मोहम्मद सलिसुको गोलको घानाले खेलमा अग्रता बनाएको थियो। त्यस्तै मोहम्मद कुडोसले ३४ औं मिनेटमा गोल थप्दा पहिलो हाफमा घान २-० गोलले अघि रह्यो। दोस्रो हाफमा कोरियाले सानदार पुनरागमन गरे…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानी सुरुङमा हालियो, काठमाडौं पुग्न कति दिन लाग्छ?

    मेलम्चीको पानी सुरुङमा हालियो, काठमाडौं पुग्न कति दिन लाग्छ?

    काठमाडौं : वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ। असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको हो। यो पानी काठमाडौंस्थित सुरुङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। एक हप्तापछि भने दैनिक १७ करोड ५० लाख लिटर पानी…

    विस्तृतमा पढ्नुस्

  • मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले अस्थिरता निम्त्याउदैन : सुवास नेम्वाङ

    मिश्रित निर्वाचन प्रणालीबाट आएको परिणामले अस्थिरता निम्त्याउदैन : सुवास नेम्वाङ

    काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताएका छन्। इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडौं आएपछि प्रतिक्रिया दिँदै उनले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गरेका हुन्। 'जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ, जनताका अगाडि धेरै विषय र प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • सर्बिया र क्यामरुनको रोमाञ्चक बराबरी

    सर्बिया र क्यामरुनको रोमाञ्चक बराबरी

    फिफा विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सर्बिया र क्यामरुन बराबरीमा रोकिएका छन्। अल जानउब स्टेडियममा सम्पन्न समूह 'जी'को खेलमा सर्बिया र क्यामरुन ३-३ गोलको बराबरीमा रोकिएका हुन्। खेलको २९ औं मिनेटमा जिन चार्ल्स कास्टेलेटोले २९ औं मिनेटमा क्यामरुनलाई अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्ज्युरी समयमा स्ट्राहिन्जा पाभ्लोभिच र सेरजेज मिलिनकोभिच साबिचले गोल गर्दा पहिलो हाफमा सर्बिया २-१ गोलअन्तरले…

    विस्तृतमा पढ्नुस्

  • उदयपुर-१ मा मतगणना सुरु गर्न आयोगको आदेश

    उदयपुर-१ मा मतगणना सुरु गर्न आयोगको आदेश

    काठमाडौं : निर्वाचन आयोगले उदयपुर-१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ। मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो। विवादका कारण सो क्षेत्रमा मतगणना रोकिएको थियो। उदयपुर-१ बाट नेपाली कांग्रेसका डा नारायण खड्कार र नेकपा एमालेबाट मन्जु कुमारी चौधरी प्रतिस्पर्धामा छन्।  

    विस्तृतमा पढ्नुस्

  • खसेका सयौं मतपत्र नभेटिएको झलनाथ खनालको आरोप, अदालत जाने चेतावनी

    खसेका सयौं मतपत्र नभेटिएको झलनाथ खनालको आरोप, अदालत जाने चेतावनी

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू पराजित भएको निर्वाचनको परिणाम अस्वीकार गरेका छन्। सोमवार विज्ञप्ती जारी गर्दै खनालले निर्वाचन आयोगले निस्पक्ष निर्वाचन नगराएको आरोप लगाएका हुन्। इलाम-१ मा एमालेका महेश बस्नेत २५ हजार ७५३ मत ल्याएर निर्वाचित भएका छन् भने खनालले २३ हजार ८९ मतमात्र पाए। खनालले आयोगविरुद्ध अदालत जाने चेतावनी दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘भगवत् गीता’ मा सुहाना थापाको जोडी खोज्न 'अडिसन' खुला

    ‘भगवत् गीता’ मा सुहाना थापाको जोडी खोज्न 'अडिसन' खुला

    काठमाडौं : फिल्म ‘भगवत् गीता’ को लागि मुख्य अभिनेताको लागि अडिसन खुला गरिएको छ। फिल्ममा अभिनेत्री सुहाना थापाको जोडीको लागि अभिनेताको खोजी गरिएको हो। अडिसनमा २० देखि २५ वर्ष उमेरका ‍युवाले सहभागी हुन पाउने फिल्मकी निर्देशक झरना थापाले बताएकी छिन्। फिल्मका लागि ८ देखि १० वर्ष उमेरका बालकलाकारका लागि पनि अडिसन खुला गरिएको छ। अडिसन दिन इच्छुकले आफ्नो बारेमा १…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा कति खर्च भयो? ३५ दिनभित्र खर्च विवरण पेस गर्न आयोगको निर्देशन

    निर्वाचनमा कति खर्च भयो? ३५ दिनभित्र खर्च विवरण पेस गर्न आयोगको निर्देशन

    काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ। आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित…

    विस्तृतमा पढ्नुस्

  • प्रेमिका करिश्मासँग सलोनले गरे बिहे

    प्रेमिका करिश्मासँग सलोनले गरे बिहे

    काठमाडौं : अभिनेता सलोन बस्नेत वैवाहिक बन्धनमा बाधिएका छन्। सलोनले प्रेमीका करिश्मा केसीसँग बिहे गरेका हुन्। दुवै पक्षका परिवार, साथीभाइ, आफन्त र चलचित्रकर्मीहरुको उपस्थितिमा चन्दागिरि रिसोर्टमा विवाह समारोह भइरहेको छ। सलोन र करिश्माले तीन वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेसको काम गर्छिन्। होस्टल, ए मेरो हजुर २, ए मेरो हजुर ३ ए मेरो हजुर ४,…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले इरानको झण्डा नै फेरिदियो, राजनीतिक द्वन्द्वले विश्वकप मैदानमा कस्तो प्रभाव पर्ला?

    अमेरिकाले इरानको झण्डा नै फेरिदियो, राजनीतिक द्वन्द्वले विश्वकप मैदानमा कस्तो प्रभाव पर्ला?

    इरान र अमेरिकाबिचको राजनीतिक द्वन्द्व अहिले फुटबलको मैदानसम्म पुगेको छ। कतारमा जारी फिफा विश्वकपमा यी दुई राष्ट्रबीचको लफडा फेरि सुरु भएको छ। समूह 'बी' मा यी दुई टोली इङ्ग्ल्याण्ड र वेल्ससँग रहेको छ। अमेरिका र इरान दुबैले आफ्ना पहिला दुई खेलमा इङ्ग्ल्याण्ड र वेल्ससँग भिडिसकेका छन्। अब बुधवार खेल छ इरान र अमेरिकाबिच। मैदानमा खेल हुनु अघि नै फ यी दुई देशबीच…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धन हुँदा पनि हारे देउवाका यी विश्वासपात्र

    गठबन्धन हुँदा पनि हारे देउवाका यी विश्वासपात्र

    काठमाडौं : वाम गठबन्धनको फुट र नेकपा एमाले टुक्रिएको अवस्थामा यसपटक सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसलाई चुनावमा सहज वातावरण बनेको थियो। त्यसमाथि पाँच दलसँग तालमेल गर्ने अनुकूल वातावरण पनि बन्यो। त्यही अनुसार कांग्रेसले सिट बाँडफाँडमा पनि सुरक्षित देखिएका ठाउँहरु छानेर लियो। तर, गठबन्धनबाट ९१ सिट पाएको कांग्रेसले ६० सिटमा पनि जित निकाल्न सकेन। अझ सत्ताको बागडोर सम्हालिरहेका कांग्रेस सभापति शेरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • फिफा विश्वकपमा आज समूह 'जी' र 'एच'का चारवटा खेल, कुनकुन टिम भिड्दैछन?

    फिफा विश्वकपमा आज समूह 'जी' र 'एच'का चारवटा खेल, कुनकुन टिम भिड्दैछन?

    फिफा विश्वकप अन्तर्गत आज चारवटा खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'जी' का क्यामरुन र सर्बिया भिड्दैछन। अल जानोउब स्टेडियममा खेल पौने ४ बजे सुरु हुनेछ। समूहमा यसअघिको खेलमा दुबै टोलीले पराजय ब्यहोरेका थिए। क्यामरुनले स्वीजरल्याण्डसँग १-० गोलअन्तरले र सर्बियाले ब्राजिलसँग २-० गोलको पराजय ब्यहोरेको थियो। आज हुने दोस्रो खेलमा समूह 'एच'का दक्षिण कोरिया र घाना भिड्दै छन्। एजुकेसन…

    विस्तृतमा पढ्नुस्

  • मोरोक्कोले विश्वकपमा पराजित गरेपछि बेल्जियम र नेदरल्यान्ड्समा दंगा

    मोरोक्कोले विश्वकपमा पराजित गरेपछि बेल्जियम र नेदरल्यान्ड्समा दंगा

    विश्वकप फुटबलमा मोरोक्कोसँग पराजय ब्यहोरेपछि युरोपियन राष्ट्रहरु बेल्जियम र नेदरल्यान्ड्समा दंगा भएको छ। हिजो बेल्जियम मोरोक्कोसँग २-० गोल अन्तरले पराजित भएको थियो। हारपछि बेल्जियम र नेदरल्यान्ड्सका केही शहरहरुमा प्रदर्शन भएको हो। प्रदर्शनकारीहरुले पसलका तोडफोड गर्नुका साथै गाडीहरुमा आगजनीसमेत गरेका छन्। ब्रसल्स र एन्टवर्प शहरमा प्रदर्शनमा उत्रिएका करिब २० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ। बेल्जियममा पाँच लाखभन्दा बढी मानिस मोरोक्कोका छन्।  …

    विस्तृतमा पढ्नुस्

  • दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते चुनाव तोकियो

    दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते चुनाव तोकियो

    काठमाडौं : दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यसअघि भएको मतदानलाई रद्द गरेर पुनः मतदान गर्ने निर्णय गरेको हो। एमालेले चुनावमा धाँधली भएको भन्दै फेरि निर्वाचनको माग गरेर आयोगमा उजुरी दिएको थियो। वैतेश्वर गाउँपालिका वडा नम्बर २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र क र ख, सोही गाउँपालिकाको वडा नम्बर ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान…

    विस्तृतमा पढ्नुस्

  • रामचन्द्र पौडेललाई माधव नेपालले भने : अबको प्रधानमन्त्रीको हकदार तपाईँ नै हो

    रामचन्द्र पौडेललाई माधव नेपालले भने : अबको प्रधानमन्त्रीको हकदार तपाईँ नै हो

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबिच भेटवार्ता भएको छ। दुई नेताबिच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको पौडेलको सचिवालयले जनाएको छ। भेटका क्रममा गठबन्धनलाई कायम राख्नेबारे छलफल भएको बताइएको छ। पौडेलले प्रधानमन्त्रीको लागि सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए। जवाफमा नेपालले पौडेललाई सहयोगको आश्वासन दिएका छन्। नेपाल भने, ‘समकालीन सबै पीएम…

    विस्तृतमा पढ्नुस्

  • बहुमत नपाएपनि एमालेले सरकारको नेतृत्वका लागि पहल गर्छ : विष्णु पौडेल

    बहुमत नपाएपनि एमालेले सरकारको नेतृत्वका लागि पहल गर्छ : विष्णु पौडेल

    बुटवल : नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले हालै सम्पन्न निर्वाचनबाट कुनैपनि दलको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्। ‘कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगर्नु मुलुकका लागि दुर्भाग्यपूर्ण कुरा हो’, पौडेलले भने, ‘कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरतातर्फ जान सक्ने खतरा बढेको छ।’ प्रेस चौतारी नेपाल रुपन्देहीद्वारा सोमवार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा…

    विस्तृतमा पढ्नुस्

  • धनुषा ४ मा एमालेका महासेठको १४१ मतको अग्रता

    धनुषा ४ मा एमालेका महासेठको १४१ मतको अग्रता

    काठमाडौं : धनुषा ४ मा नेकपा (एमाले)का रघुवीर महासेठले अग्रता लिएका छन्। कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै महासेठले अग्रता लिएका हुन्।  महासेठले २५ हजार १७२ मत पाएका छन्। यस्तै, यादवले २५ हजार ३१ मतका साथ पछ्याइरहेका छन्। उनीहरुबिचको मतान्तर १४१ रहेको छ।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell