PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

  • दोलखाको १० मतदान केन्द्रमा मतदान सुरु

    दोलखाको १० मतदान केन्द्रमा मतदान सुरु

    काठमाडौं : दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो। उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए। निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका-६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग,…

    विस्तृतमा पढ्नुस्

  • अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम १६ मा

    अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम १६ मा

    विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले हरायो। जितसँगै अर्जेन्टिना समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ। अर्जेन्टिनाले साउदी अरेबियासँगको विश्वकपको सुरुवाती हारपछि प्रभावशाली शैलीमा समूह विजेता बनेको हो। अर्जेन्टिनासँगै पोल्याण्ड पनि अर्को चरणमा पुगेको छ। मेक्सिकोसँग अंक बराबरीमा भएपनि गोल अन्तरको आधारमा पोल्यान्ड क्वालिफाइ भएको हो। मेक्सिको भन्दा कम पहेँलो कार्ड पाएको कारण पोल्याण्ड…

    विस्तृतमा पढ्नुस्

  • साउदीविरुद्ध जित निकालेको मेक्सिको गोलअन्तरको आधारमा प्रतियोगिताबाट बाहिरियो

    साउदीविरुद्ध जित निकालेको मेक्सिको गोलअन्तरको आधारमा प्रतियोगिताबाट बाहिरियो

    विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा मेक्सिकोले साउदी अरेबियालाई २-१ ले हरायो। गएराति दोहामा भएको रोमाञ्चक खेलमा जित निकालेपनि गोल अन्तरमा पछाडि परेपछि मेक्सिको विश्वकपबाट बाहिरियो। स्टेडियम ९७४ मा भएको समूह ‘सी’को अर्को खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २-० ले हराउँदा लुसेल स्टेडियममा ९४औँ मिनेटमा मेक्सिको पनि सो स्कोर लाइनमा थियो। जेरार्डो मार्टिनोको टोलीलाई फिफाको फेयर प्ले नियम अनुसार बाहिरिनबाट रोक्न थप…

    विस्तृतमा पढ्नुस्

  • खरमुजुर नेपालबाट लोप हुने खतरातर्फ उन्मुख किन हुँदैछ, जोगाउने कसरी?

    खरमुजुर नेपालबाट लोप हुने खतरातर्फ उन्मुख किन हुँदैछ, जोगाउने कसरी?

    वेदबहादुर खड्का- सन् १९६१ मा बेलायतकी महारानी एलिजाबेथ द्वितीयले चितवन भ्यालीको भ्रमण गरेकी थिइन्। उक्त भ्रमणमा राजा महेन्द्रले बेलायती टोलीलाई खरमुजुरको परिकारले स्वागत गरेका थिए। यही घटनाले पुष्टि गर्छ - त्यतिखेर चितवनमा खरमुजुर कतिको प्रशस्त पाइन्थ्यो भन्ने कुरा। आज आएर त्यही खरमुजुर चितवनबाट मात्र होइन नेपालबाटै लोप हुने अवस्थामा पुगिसक्यो भन्दा अचम्म लाग्नु अस्वभाविक नहोला। खरमुजुर समथर भू-भागको घाँसे क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनमा सहभागी हुन सिके राउत तयार! बिमलेन्द्र निधिसँगको भेटमा अरु के भयो कुराकानी? 

    सत्ता गठबन्धनमा सहभागी हुन सिके राउत तयार! बिमलेन्द्र निधिसँगको भेटमा अरु के भयो कुराकानी? 

    काठमाडौं : नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। हालै सम्पन्न निर्वाचनमा सप्तरी-२ बाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधिबीच निधि निवास नयाँवानेश्वरमा भेटघाट भएको हो। निधिले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएको निधिको सचिवालयले जनाएको छ। बुधबार दिउँसो भएको एक घण्टा लामो भेटमा निधि र राउतबीच समसामयिक राजनीतिका…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकको गणना अन्तिमतिरः एकीकृत समाजवादी ‘थ्रेसहोल्ड’ कटाउन संघर्षरत, कसको कति मत?

    समानुपातिकको गणना अन्तिमतिरः एकीकृत समाजवादी ‘थ्रेसहोल्ड’ कटाउन संघर्षरत, कसको कति मत?

    काठमाडौं : प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड १ लाख ३९ हजार ७२१ मतगणना भएको छ। निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए। प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेको अनुमान छ। प्रत्यक्षतर्फ करिब पाँच प्रतिशत मत बदर भएको आलकनका आधारमा समानुपातिकमा पनि सोही हाराहारीमा…

    विस्तृतमा पढ्नुस्

  • मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा आउँछ : मन्त्री चौधरी

    मंसिर २७ सम्म मेलम्चीको पानी काठमाडौंमा आउँछ : मन्त्री चौधरी

    काठमाडौं : खानेपानीमन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएको छ। आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगती बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौंमा पानी वितरण सुरु गरिने बताएका हुन्। गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरुङमा पानी हाल्न थालिएको छ। पानी सुरुङमा हालेको करिब १० देखि १२ दिनपछि काठमाडौं पुग्ने मेलम्ची…

    विस्तृतमा पढ्नुस्

  • बाजुरा र स्याङजा-२ मा मतगणना गर्ने आयोगको निर्णय

    बाजुरा र स्याङजा-२ मा मतगणना गर्ने आयोगको निर्णय

    काठमाडौं : निर्वाचन आयोगले बाजुरा र स्याङजा-२ मा मतगणना गर्ने निर्णय गरेको छ। चुनावमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा मतगणना गरेको थिएन। दुबै ठाउँमा मतगणना हुने एक निर्वाचन आयुक्तले जानकारी दिए। यसअघि दोलखामा पनि चुनावमा धाँधली भएको भन्दै उजुरी परेपछि आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो। बाजुरा र स्याङ्जामा भने मतदान गर्न नपर्नेगरी आयोगको छानबिन…

    विस्तृतमा पढ्नुस्

  • भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

    भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

    काठमाडौं : भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो। विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर एक सूचना जारी गरेर निर्यात फुकुवा गरेको जनाएको हो। सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको…

    विस्तृतमा पढ्नुस्

  • अवैध संरचना हटाउन भरतपुर महानगरपालिकाले तोक्यो समय सीमा

    अवैध संरचना हटाउन भरतपुर महानगरपालिकाले तोक्यो समय सीमा

    काठमाडौं : भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ। महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो। महानगरपालिकाले सूचना जारी गरि तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए आफैले हटाउने चेतावनी दिएको छ। संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ। महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई निर्माण भएका…

    विस्तृतमा पढ्नुस्

  • बलिउड र तलेगु जोडीको मिलनबारे गसिप, प्रभाससँग प्रेमबारे कृति भन्छिन् : कुनै सत्यता छैन

    बलिउड र तलेगु जोडीको मिलनबारे गसिप, प्रभाससँग प्रेमबारे कृति भन्छिन् : कुनै सत्यता छैन

    दक्षिण भारतीय अभिनेता प्रभास र बलिउड अभिनेत्री कृति सेननबिच प्रेमसम्बन्ध रहेको खबर यतिखेर चर्चामा छ। प्रेमसम्बन्धमा रहेको देखि बिहे गर्न लागेको खबरहरु भारतीय संचारमाध्ममा हेडलाइन बने। तर, अफेयरको हल्लाबिच कृतिले आफ्नो मौनता तोडेकी छिन्। उनले सामाजिक सञ्जालबाट सार्वजनिक समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेकी छिन्। ‘न त यो प्यार हो न त पि आर। हाम्रो भेडिया (वरुण धवन) शोमा केही धेरै नै…

    विस्तृतमा पढ्नुस्

  • पूर्वाधार नबन्दै दाङमा राजधानी सार्न खोजेपछि कर्मचारी आन्दोलित

    पूर्वाधार नबन्दै दाङमा राजधानी सार्न खोजेपछि कर्मचारी आन्दोलित

    बुटवल : आवश्यक भौतिक पूर्वाधार नबन्दै सरकारले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्न हतारिएको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन्। प्रदेश सरकारका मन्त्रीहरुले राजधानी बुटवलबाट दाङ सार्न दबाब दिइरहेको भन्दै कर्मचारी संगठनहरुले आपत्ति प्रकट गरेका हुन्। सरकारी कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनसहित चार वटा कर्मचारी संगठनहरुले संयुक्त रुपमा प्रदेश सरकारका प्रमुख सचिव डा.दिपक काफ्लेमार्फत मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाउँदै भौतिक पूर्वाधार बिना…

    विस्तृतमा पढ्नुस्

  • परिजिता ‘द भ्वाइस’ को टप आठमा प्रवेश

    परिजिता ‘द भ्वाइस’ को टप आठमा प्रवेश

    गायन रियालिटी शो ‘द भ्वाइस’ को अमेरिकी संस्करणमा परिजिता बाँस्तोला टप आठमा छनोट भएकी छिन्। बुधबार बिहान प्रशारण भएको एपिसोडमा नेपाली मूलकी परिजिता सेमिफाइनलमा प्रवेश गरेकी हुन्। परिजिताले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन्। कोचहरुले उनको गायकीको प्रशंसा समेत गरेका थिए। सेमिफाइनल प्रवेश गरेपछि परिजिताले फेसबुकमा एक भिडियो राख्दै सबैलाई धन्यवाद भनेकी छिन्। आगामी प्रतिस्पर्धा निकै कठिन भएता पनि…

    विस्तृतमा पढ्नुस्

  • काम अलपत्र पार्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा, २ वर्षसम्म प्रतिबन्ध

    काम अलपत्र पार्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा, २ वर्षसम्म प्रतिबन्ध

    काठमाडौं : निर्धारित समयमा काम सम्पन्न नगर्ने १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सरकारले कालो सूचीमा राखेको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि साढे २ वर्षसम्मका लागि कालो सूचीमा राखेको जनाएको छ।  कालो सूचीमा राखिएका कम्पनीले यो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। कालो…

    विस्तृतमा पढ्नुस्

  • समूह 'सी' र 'डी' बाट नकआउट चरण पुग्ने टोलीको टुंगो लाग्दै, अर्जेन्टिनालाई कस्तो समीकरण चाहिएको छ?

    समूह 'सी' र 'डी' बाट नकआउट चरण पुग्ने टोलीको टुंगो लाग्दै, अर्जेन्टिनालाई कस्तो समीकरण चाहिएको छ?

    फिफा विश्वकपमा आज समूह 'सी' र 'डी' बाट नकआउट चरण पुग्ने टोलीको टुंगो लाग्दैछ। समूह 'डी' का दुई खेल आज बेलुकी पौने ९ बजे सुरु हुनेछन्। एजुकेशन सिटी स्टेडियममा हुने खेलमा फ्रान्स र ट्युनिसिया आमने सामने हुनेछन्। प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलियामाथि ४-१ र दोस्रो खेलमा डेनमार्कमाथि २-१ गोलको जित निकालेको फ्रान्सले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • विश्व स्वास्थ्य संगठनले 'मंकिपक्स' भाइरसको नाम परिवर्तन गरि 'एमपक्स' राख्यो

    विश्व स्वास्थ्य संगठनले 'मंकिपक्स' भाइरसको नाम परिवर्तन गरि 'एमपक्स' राख्यो

    विश्व स्वास्थ्य संगठनले 'मंकिपक्स' को नाम परिवर्तन गरि 'एमपक्स' राख्ने निर्णय गरेको छ। विश्वभरका स्वास्थ्य विज्ञहरुसँगको छलफलपछि यो निर्णय गरेको हो। यो वर्ष मंकिपक्स भाइरस फैलिएपछि केही समुदाय लक्षित विभेदकारी टिप्पणी भएको थियो। त्यसपछि यो भाइरसको नाम परिवर्तन गर्नुपर्ने माग उठेको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २३ जुलाईमा मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।  अमेरिका, युरोपहुँदै भारतमा समेत…

    विस्तृतमा पढ्नुस्

  • समानुपातिकतर्फको एक करोड बढी मत गणना : एमालेको अग्रता कायम रहँदा अन्य पार्टीको कति आयो मत?

    समानुपातिकतर्फको एक करोड बढी मत गणना : एमालेको अग्रता कायम रहँदा अन्य पार्टीको कति आयो मत?

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड २६ हजार ९६४ मत गणना गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २६ लाख ९९ हजार ७१८ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २५ लाख ५७ हजार ५९६,…

    विस्तृतमा पढ्नुस्

  • पुरुष विश्वकप फुटबलमा पहिलो पटक प्रमुख रेफ्रीको जिम्मेवारी महिलालाई

    पुरुष विश्वकप फुटबलमा पहिलो पटक प्रमुख रेफ्रीको जिम्मेवारी महिलालाई

    पुरुष विश्वकप फुटबलको इतिहासमा पहिलो पटक प्रमुख रेफ्रीको जिम्मेवारी महिलालाई दिइने भएको छ। कोस्टारिका र जर्मनीबिच बिहीवार हुने समूह चरणको खेलमा रेफ्रीको जिम्मा महिला रेफ्री टोलीले लिनेछ। उक्त टोलीका सबै सदस्य महिला हुने छन् भने टोलीलाई स्टेफनी फ्रेप्पार्टले नेतृत्व गर्नेछिन्। त्यतिमात्रै नभई फ्रेप्पार्ट पुरुष विश्वकपमा रेफ्री हुने पहिलो महिला हुनेछिन्। गत मंगलवार मेक्सिको र पोल्याण्डको खेलका लागि ‘फोर्थ अफिसियल’ बनेपछि…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेश सरकारका यी तीन मन्त्रीको मतदाताले खोजे विकल्प, चार मन्त्री पुनः निर्वाचित

    मधेश प्रदेश सरकारका यी तीन मन्त्रीको मतदाताले खोजे विकल्प, चार मन्त्री पुनः निर्वाचित

    जनकपुरधाम : मधेश प्रदेश सरकारका तीन जना मन्त्री पराजित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिएका मधेश प्रदेश सरकारका तीन मन्त्री पराजित भएका हुन्। मुख्यमन्त्रीसहित चार जना मन्त्री भने पुनः निर्वाचित भएका छन्। मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय कुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • वेल्स इङ्ग्याण्ड र इरान अमेरिकासँग पराजित, समूह 'बी' बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

    वेल्स इङ्ग्याण्ड र इरान अमेरिकासँग पराजित, समूह 'बी' बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

    फिफा विश्वकप अन्तर्गत समूह 'बी' को गएराति सम्पन्न खेलसँगै इङ्ग्ल्याण्ड र अमेरिकाले नकआउट चरणमा स्थान बनाएका छन्। गएराति सम्पन्न खेलमा इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाले इरानलाई हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन्। समूह 'बी' अन्तर्गतको अहमेद बिन अली स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले वेल्सलाई ३-० गोलअन्तरले हरायो। इङ्ग्ल्याण्डको जितमा मार्कस रासफोर्डले दोहोरो गोल गर्दा फिल फोडेनले १ गोल गरेका थिए। पहिलो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell