धनगढी : विभेदको सामना गरेका व्यक्तिमाथि लैंगिक हिंसा अझ बढी हुने गरेको तथ्य सहित यसविरुद्ध १६ दिने अभियान संचालन भएको छ। सन् १९९१ बाट सुरु भएको यसखाले अभियानलाई नेपालमा सयुक्त राष्ट्रसंघ आवासीय समूहको प्रयासमा सचेतना अभिवृद्धिको उद्देश्य सहित संचालन गरिएको हो। समूहका अनुसार नेपालमा यसखाले हिंसाबाट प्रत्येक चारमध्ये एक जना महिला तथा बालिका प्रभावित हुने गरेको तथ्याङ्क छ। यद्यपि, शारीरिक…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा सीके राउतबिच भेटवार्ता भएको छ। राउतले बालुवाटार पुगेर देउवालाई भेटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज अपरान्ह भएको भेटमा आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ।
काठमाडौं : गायक सुनिल गिरीले लगनगाँठो कसेका छन्। गायक तथा संगीतकार गिरीले उदयपुरकी अञ्जु आचार्यसँगको ९ वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। हालै जर्मनी बसेर फर्किएका गायक गिरीले विवाह गरेको केही समयपछि फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आफूले विवाह गरेको फ्यानलाई जानकारी दिएका हुन्। गीतको भिडियोमा गायक गिरी र अञ्जु बेहुला बेहुली लुक्समा फिचर्ड छन्। नेपाल र…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ३ लाख ५९ हजार ५५० मत गणना गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २७ लाख ६६ हजार ९७६ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २६ लाख ३५…
काठमाडौं : काठमाडौंमा सञ्चालित क्लब, डिस्को तथा रात्रिकालिन व्यवसायको समय तोकिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गर्दै समय तोकेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेष्टुरेन्टहरु राति १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ। त्यस्तै, दोहोरी रेष्टुरेन्ट र लाउन्ज बारहरु बिहान २ बजेसम्म र क्लव तथा डिस्कोहरु भने बिहान ४ बजेसम्म सञ्चालन गर्न…
काठमाडौं : नेपथ्यको एक महिने सांगीतिक यात्रा भोलिदेखि सुरु हुँदैछ। मंसिर १६ गते विराटनगरदेखि सुरु हुने उक्त कन्सर्ट देशभरका सातै प्रदेशमा आयोजना हुनेछ। नेपथ्य टिम एक महिने सांगीतिक यात्राको लागि देशदौडाहमा जान निकै उत्साहित छ। विराटनगरको हाटखोला मैदानमा आयोजना हुने पहिलो कन्सर्टका लागि आफ्नो टिम तयारी अवस्थामा रहेको नेपथ्यका गायक अमृत गुरुङले फेसबुकमा उल्लेख गरेका छन्। यसरी पूर्वी नेपालको केन्द्र विराटनगरबाट सुरु…
काठमाडौं : साउनदेखि तलब नपाएको भन्दै मेलम्ची खानेपानी विकास समितिका कर्मचारीहरुले पानी रोक्ने चेतावनी दिएका छन्। प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह मेलम्ची खानेपानी आयोजना निरीक्षणका लागि मेलम्चीको मुहान अम्बाथान पुगेका थिए। सोही क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले सरकारले मेलम्ची खानेपानी आयोजना खारेजी गरेपछि पैसा नहुँदा कर्मचारीलाई तलब खुवाउन नसकिएको बताए। ‘साउनदेखि कर्मचारीहरुले तलब…
कैलाली : बाजुरामा मतगणना गर्ने सहमति भएको छ। मङ्सिर ४ गते नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताको झडपपछि बाजुरामा मतदान बिथोलिएको थियो। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ मा मङ्सिर १० गते पुनः मतदान गरिए पनि मङ्सिर ४ मा दुई विद्यार्थी नेताको ज्यान जाने गरी भएको घटना विवादले यहाँ मतगणना सुरु हुन सकेको थिएन। केही बेरअघि उक्त विषयमा सहमति भएर मतगणना अघि…
काठमाडौं : वाग्मती प्रदेशले आइतवारदेखि सवारीचालक लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। केन्द्र सरकारले ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका जारी गरेको दुई वर्षपछि वाग्मती प्रदेशले सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ट्रायलमा अंकभार प्रणाली लागू गर्ने निर्णय गरेको हो। वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले आइतवारदेखि यो प्रणाली कार्यान्वयनमा आउने…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताउँदै अधिकांश सूचकांक सकारात्मक रहेको जिकिर गरेका छन्। नेपाल आर्थिक पत्रकार समाजको २६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त दाबी गरेका हुन्। ‘नेपालको आर्थिक अवस्था फरक छ। अर्थतन्त्रको चरित्र फरक छ। हाम्रो अर्थतन्त्र एकैपटक माथि जाने र एकैपटक तल झर्ने हुँदैन’, उनले भने, ‘अर्थतन्त्रमा कहाँ समस्या छ?’ गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएको समस्यालाई राष्ट्र…
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ। चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ। आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले आठ अर्ब ५० करोड…
काठमाडौं : दोलखाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ। शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए। उक्त मतदान केन्द्रमा चार स्थलमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन्। आयोगको यही ११…
कैलाली : कैलालीको धनगढीमा ग्रेडरले कुल्चिएर एक छात्राको मृत्यु भएको छ। पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। साउदको मृत्यु पछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। उक्त विद्यालयका विद्यार्थीहरुले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका छन्। उनीहरुले टायर जलाउँदै सडक अवरुद्ध पारेका छन्। बिहान धनगढी उपमहानगरपालिका-५ तारानगरकी चेतना…
काठमाडौं : नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’को नाट्य पुस्तिका सार्वजनिक भएको छ। बुधवार मण्डला थिएटरमा आयोजित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’मा ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरित पुस्तकको विमोचन गरिएको हो। विमोचनका क्रममा कवि नवराज पराजुली र नाट्य रुपान्तरक सुरज सुवेदीले पुस्तक अंशलाई वाचन गरेका थिए। जहाँ सुवेदीले उपन्यासलाई नाटकका रुपमा पुनर्लेखनको अनुभव सुनाए। उनले भने, ‘मैले उपन्यासको कथावस्तुमै रहँदारहँदै पनि आफ्नो…
काठमाडौं : बिहीवार सुन तोलामा ५ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९८ हजार एकसय रुपैयाँ निर्धारण भएको छ। बुधवार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बिहीवार तोलामा ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३ सय ३० रुपैयाँ कायम छ। बुधवार चाँदीको मूल्य ५ रुपैयाँले बढेर…
काठमाडौं : सिरहामा प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। सिरहा गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट बाह्रबोरको कटुवा पेस्तोल १ थान सहित २ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका-११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन्। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित…
काठमाडौं : नेपाली फिल्म ‘सायरा’को विश्वव्यापी रुपमा प्रदर्शन हुने भएको छ। यस फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’बारे सम्झौता गरेका छन्। पावनी फिल्मका प्रवन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए। ‘नेपाली फिल्मको मेकिङ अनुसार अझै बजार पाउन सकेको छैन। यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौँ। नेपाली-इण्डो…
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आज सातौं दिनमा आइपुगेको छ। महोत्सवमा आज इटालीको नाटक ‘मेड इन इल्भा’ मञ्चन हुनेछ। यस नाटकले प्रतिकुल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ। उत्तरआधुनिक परिवेशमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ। मानिसलाई मानवीय रुपमा नभई उपकरणको रुपमा मात्र…
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड २ लाख २२ हजार २२२ मत गणना गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ। निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा(एमाले)ले २७ लाख २८ हजार ३०५ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २५ लाख ९६…
वालिङ : स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) की पद्माकुमारी अर्यालको अग्रता कायमै रहेको छ। अर्यालले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङलाई ११ मतले पछि पारेकी छन्। निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म छ हजार आठ सय २६ मत गणना हुँदा एमाले उम्मेदवार अर्यालले दुई हजार नौ सय २० मत तथा कांग्रेसका गुरुङले दुई…