काठमाडौं : मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभातर्फ प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। नेकपा (एमाले) कांग्रेसलाई पछ्याइरहेको छ भने तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको छ। नेकपा (एकीकृत समाजवादी) १० सिटका साथ चौथो स्थानमा छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले…
बुटवलः रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहराले अग्रता बढाउदै लगेका छन्। मत गणनाको पछिल्लो अपडेट अनुसार बोहोराले ३४ हजार ९४८ मत प्राप्त गरेका छन्। त्यस्तै गृहमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार बालकृष्ण खाणले ३२ हजार ५०६ मत प्राप्त गरेका छन्। मत गणनाको अन्तिम चरणमा आइपुग्दा बोहोरा खाणभन्दा २ हजार ४४२ मतले अगाडी छन्।
काठमाडौं : मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। एमाले कांग्रेसलाई पछ्याइरहेको छ भने तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। एकीकृत समाजवादी १० सिटका साथ चौथो स्थानमा छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ भने नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले १८…
काठमाडौं : चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च ११ लाख ८१ हजार रुपैयाँ भएको बताएका छन्। शनिवार बिहान फेसबुकमार्फत उनले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका हुन्। 'मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ,' फेसबुकमा लामिछानेले लेखेका छन्। यी खर्चमा कार्यालय सामग्रीहरुको हिसाब भने…
फिफा विश्वकपमा आज चार खेल हुँदैछन्। आज हुने पहिलो खेलमा ट्युनिसिया र अस्ट्रेलिया भिड्दैछन्। अल जानउब स्टेडियममा हुन समूह समूह 'डी' को खेलमा यी दुई टोली पौने ४ बजे आमनेसामने हुनेछन्। यसअघिको खेलमा अस्ट्रेलिया फ्रान्ससँग ४-१ गोलअन्तरले पराजित भएको थियो भने ट्युनिसिया डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो। आजको खेलमा ट्युनिसिया र अस्ट्रेलियाबीचको यो तेस्रो भेट हुनेछ। यसअघिका खेलमा दुबै टोलीले…
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ताको रसियाको मिसाइल आक्रमणपछि ६० लाख युक्रेनी जनता अझै पनि विद्युतविहीन रहेको बताएका छन्। ‘आज साँझसम्म, अधिकांश क्षेत्र र कीभमा ब्ल्याकआउट जारी छ,’ जेलेन्स्कीले गएरातिको सम्बोधनमा भने। बुधवारदेखि प्रभावित घरपरिवारको संख्या आधाले घटेको उनले बताए। तर, जाडो सुरु भएसँगै लाखौं मानिस बत्ती, पानी वा तातोविहीन छन्। भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले राजधानी र आसपासका क्षेत्रहरू आक्रमणबाट…
काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ। त्यसैगरी, नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ। घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार…
फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा यूएसए र इङ्ग्ल्याण्ड बराबरीमा रोकिएका छन्। अल बायेत स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। खेलमा राम्रो पकड बनाएको इङ्ग्ल्याण्ड फिनिसिङमा भने असफल भयो। इङग्ल्याण्डका ह्यारि म्यागुएरले डिफेन्समा राम्रो प्रदर्शन गरे। अर्कोतर्फ अमेरिकाका वेस्टन म्याकिनीले पाएको सजिलो अवसरलाई गोलमा परिणत गर्न सकेनन्। त्यस्तै क्रिस्टियन पुलिसिचको प्रहार गोलपोस्टमा ठोक्किएर…
फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्स र इक्वेडरले बराबरी खेलेका छन्। विश्वकपको समूह 'ए' अन्तर्गत खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेदरल्याण्ड्स र इक्वेडर १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको छैटौं मिनेटमै कोडे गाक्पोको गोलमा नेदरल्याण्ड्सले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको इक्वेडरका लागि इन्नेर भ्यालेन्सियाले ४९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। जारी विश्वकपमा…
बुटवलः प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही १ बाट नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। एमालेका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका विश्वकर्माले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन्। विश्वकर्माले २४ हजार ८७२ मत ल्याएर विजयी हुँदा भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै नागरिक…
सांघाई: चिनियाँ राष्ट्रपति सि चिनफिङ र क्युवाका राष्ट्रपति मिगुयल डियाज-कनेल बेर्मुडेजसँग भेटवार्ता गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का महासचिवसमेत रहेका सि र कम्युनिस्ट पार्टी अफ क्युवा (सीपीसी) को केन्द्रीय कमिटीका प्रथम सचिवसमेत राष्ट्रपति बेर्मुडेजबीच बेइजिङमा भेटवार्ता भएको हो। सीपीसीको २०औं राष्ट्रिय कंग्रेसपछि चीन भ्रमण गर्ने उनी पहिलो दक्षिण अमेरिकी नेता हुन्। क्युवा जनवादी गणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने…
फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा आयोजक राष्ट्र कतार सेनेगलसँग पराजित भएको छ। अल थुममा स्टेडियममा सम्पन्न समूह 'ए' को खेलमा कतार सेनेगलसँग ३-१ गोलअन्तरले पराजित भएको हो। जारी विश्वकपमा अफ्रिकी राष्ट्रले निकालेको यो पहिलो जित हो। खेलको ४१ औं मिनेटमा बोउलाए डियाको गोलमा सेनेगलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको सेनेगलका लागि दोस्रो गोल ४८…
बुटवलः प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल विजयी भएका छन्। शुक्रबार राति निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार विष्णुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १ हजार ३९३ मतले पराजित गरेका हुन्। पौडेलले २७ हजार १७४ ल्याएर विजयी हुँदा गणेशले २५ हजार ७८१ मत पाएका छन्। त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा…
काठमाडौंः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ २ बाट पराजित भएकी छिन्। एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग कोइराला पराजित भएकी हुन्। निकै प्रतिस्पर्धात्मक भइरहेको मतगणनामा पोखरेलले एक हजार २०८ मतको अन्तरले कोइरालालाई पराजित गरेका हुन्। पोखरेलले ३३ हजार १४८ मत पाए। कोइरालाले ३१ हजार ९४० मत पाइन। पोखरेल २०७० मा उक्त क्षेत्रबाट निर्वाचित भएका थिए। कांग्रेसको पकड मानिने उक्त क्षेत्रमा आमोदप्रसाद उपाध्यायलाई…
काठमाडौंः लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट निर्वाचित भएका छन्। मतगणनाको सुरुवातमा पछि परेका ठाकुरले अन्तिम समयमा अग्रता बनाएका थिए। ठाकुरले जनता समाजवादी पार्टीका हरिनारायण यादवलाई पराजित गरे। ठाकुरलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को पनि साथ थियो। यादवलाई एमालेले साथ दिएको थियो। अध्यक्ष ठाकुरले १६ हजार ३७५ मत पाएका छन्। यस्तै, यादवले १४ हजार ३२५…
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) आजबाट सुरु भएको छ। मण्डला थिएटरमा आयोजित एक कार्यक्रमबिच दोस्रो संस्करण सुरु गरिएको हो। यसपटक महोत्सवमा भारतीय रंगकर्मी तथा अभिनेत्री शबाना आजमीलाई विशेष आतिथका रुपमा निमन्त्रणा गरिएको छ। कार्यक्रमको उद्घाटन गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मण्डला थिएटरले प्रशंसनीय कार्य गरेको बताउँदै आगामी संस्करणको निरन्तरताको लागि शुभकामना दिए। नेपाली…
फिफा विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा इरानले वेल्सलाई हराएको छ। अहमेद बिन अली स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा एसियाली राष्ट्रमध्ये शीर्ष वरीयताको इरानले युरोपेली मुलुक वेल्समाथि २-० गोलको रोमाञ्चक जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको निर्धारित ९० मिनेटको समयसम्म दुबै पक्षले गोल गर्न सकेका थिएनन्। पहिलो हाफमा वेल्स र दोस्रो हाफमा इरानले खेलमा राम्रो पकड…
विश्वकप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा वेल्सलाई इरानले पराजित गरेको छ। ९० मिनेटसम्म खेलमा दुवै टोलीले गोल गर्न सकेको थिएन। इन्ज्युरी समयमा इरानका खेलाडीहरुले लगातार दुई गोल गरेका हुन्। रुउजवेह चेसीले ९८ मिनेटमा र रमिन रजेइनले १०१ मिनेटमा इरानका लागि गोल गरेका थिए।
हेटौंडा : धरान-चतरा सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ गौरीटारमा शुक्रबार दिउँसो सवारी दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ। शुक्रवार दिउँसो साढे ३ बजेको समयमा फुर्केचौरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ४ ख ९००२ नम्वरको बसले विपरित दिशाबाट जाँदै गरेको बा ९९ प २९८१ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई…
बुटवल : प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा-१ मा भारी मतान्तरसहित नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य विजयी भएका छन्। उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर गाहालाई १० हजार ८४८ मतान्तरले पराजित गरेका हुन्। अन्तिम मतपरिणामअनुसार आचार्यले ३१ हजार १०३ मत प्राप्त गरेर विजयी हुँदा गाहाले २० हजार २५५ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार विपिन कंडेलले २ हजार ८६३ मत पाएका छन्। यसैगरि,…