काठमाडौं : आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। मंगलवार आयोगको कार्यालय पुल्चोकमा पत्रकार सम्मेलन गरी आयोगले समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानार्षण गराएको हो। ‘नेपाली जनताले आफू शासित हुने शासन व्यवस्थाको लागि आफ्नो प्रतिनिधि (जनप्रतिनिधि) छान्ने दोश्रो आम चुनाव (संघीय प्रतिनिधिसभा तथा प्रदेशसभा)…
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो। विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद तुलसाकुमारी दाहाल र देवेन्द्र दाहालले प्रश्न गरेका थिए। छलफलमा उठेका प्रश्नको जावाफ दिँदै अर्थमन्त्री शर्माले संविधानको भावना बमोजिम सरकारको समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यलाई सार्वजनिक तथा…
काठमाडौं : राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेकी छिन्। मंगलवार राष्ट्रियसभाको बैठकमा शून्य समयमा पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डले रोक्दा पक्राउ प्रकरणबारे प्रश्न उठाएकी हुन्। उनले मन्त्रीको व्यवहार अस्वीकार्य भएको भन्दै जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरु जनताको शासक नभई सेवक हुनुपर्ने बताएकी…
नुवाकोट : आगामी मंसिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मत रुपमा चार जनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट हितबहादुर तामाङ, प्रदेशसभा ‘क’ बाट राधिका तामाङ, ‘ख’ बाट पुष्प लामिछाने र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट रामप्रसाद ढुङ्गानाको नाम सर्वसम्मतरुपमा सिफारिस भएको हो। प्रतिनिधिसभा…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन्। पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरु भएको केन्द्रिय कमिटी बैठकमा नेपालले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबिच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न भन्ने…
काठमाडौं : अहिले नेपाली सिनाेमा हलमा तीनवटा नेपाली फिल्म चलिरहेको छ। हलहरुमा राम्रै व्यापार गरिरहेको यी फिल्महरुबिच अर्को एउटा फिल्म पनि अहिले चर्चामा छ। त्यो हो ‘ऐना झ्यालको पुतली’। सोमवार यही फिल्मको ‘ग्र्यान्ड प्रिमियर’ गरिएको थियो। फिल्मको प्रिमियरपछि ‘ऐना झ्यालको पुतली’लाई कलाकार, नेता तथा साहित्यकारले सकारात्मक प्रतिक्रिया दिए। फिल्मको प्रिमियरमा नेतादेखि कलाकारहरुको राम्रै उपस्थिति थियो। धेरैले फिल्म हेरिरहँदा आफ्नै कथा हेरिरहे जस्तो महसुस भएको बताएका थिए। फिल्म हेर्न नेकपा (एमाले)की उपाध्यक्ष…
बलिउड फिल्मको बहिष्कार अभियान चलिरहेको बेला फिल्म ‘ब्रह्मास्त्र’ले भने शुभ संकेत देखाएको छ। रणवीर कपुर र आलिया भट्ट अभिनित ‘ब्रह्मास्त्र’ आउँदो ९ सेप्टेम्बरमा रिलिज हुँदैछ। रिलिज मिति नजिकिँदै गर्दा गत शनिवारदेखि यस फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। रियल कपल आलिया र रणवीरको फिल्मको टिकट बुकिङ आक्रामक देखिएको छ। मल्टिप्लेक्स सिनेमा हल सञ्चालन गर्ने पीवीआरले अग्रिम टिकट बिक्रीको तथ्यांक…
बुटवल : गुल्मी र पाल्पामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ४२ वर्षका मानबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए। रानालाई मंगलवार बिहान आफ्नै घरको छतमा करेन्ट लागेको थियो। करेन्ट लागेपछि २ तला माथिबाट खसेर गम्भीर घाइते भएका रानालाई उपचारका लागि गुल्मी…
काठमाडौं : टिकटक बनाउने भन्दै मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान…
काठमाडौं : आगामी नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्। विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेज हो। विश्वकप फुटबल प्रतियोगिता हेर्न चाहने दुई सय जनाभन्दा बढीले जान बुकिङ गरिसकेको कम्पनीकी प्रबन्ध निर्देशक मिहिका शाहले बताइन्। यसबाहेक फिफाले प्रतियोगिताका स्पोन्सर कम्पनीहरु…
काठमाडौं:आगामी नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालबाट दुई सय जनाभन्दा बढी नेपाली जाने भएका छन्। विश्वकप हेर्न जान चाहनेका लागि फिफाले तोकेको आधिकारिक कम्पनी म्याच हस्पिटालिटीको नेपालका लागि एक मात्र एजेन्ट जेनिथ एक्सपेरियन्सेस ट्राभल सर्भिसेज छ। विश्वकप फुटबल प्रतियोगिता हेर्न चाहने दुई सय जनाभन्दा बढीले जान बुकिङ गरिसकेको कम्पनीकी प्रबन्ध निर्देशक मिहिका शाहले बताइन। यसबाहेक फिफाले प्रतियोगिताका स्पोन्सर कम्पनीहरु तथा एन्फालाई…
फूलमान तामाङ- चौतारा : नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले विष्णुविक्रम थापालाई प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारका लागि सिफारिस गरेको छ। प्रतिनिधि सभातर्फ सिफारिस सूचीमा पहिलो नम्बरमा रहेका उनी क्षेत्र २ को क तर्फ पनि पहिलो नम्बरमा छन्। उनलाई प्रदेशसभा क कार्यसमितिले प्रदेश सदस्यको लागि सिफारिस गर्दा क्षेत्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको हो। यही सिफारिसलाई…
चीनमा आइतवार गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६५ पुगेको छ। हिजो गएको ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु सिचुवान प्रान्तमा रहेको थियो। भूकम्पका कारण २४३ शहरमा घर भत्किएका छन् भने १३ हजार १० वटा घरमा क्षति पुगेको छ। हजारौँ विस्थापित हुँदा अहिले पनि प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको छ। करिब २०० मानिस अहिले उद्धारको प्रतिक्षामा छन्। भूकम्पमा घाइते भएका करिब २५० जनाको…
अमेरिकी रक ब्याण्ड निरभानाको सन् १९९१ मा रिलिज भएको ‘नेभरमाइन्ड’ एल्बमको कभरविरुद्ध लागेको मुद्दा अदालतले खारेज गरेको छ। सन् १९९१ मा रक ब्यान्ड निरभाले ‘नेभरमाइन्ड’ एल्बममा रहेको कभरले निकै चर्चा पाएको थियो। एल्बमको कभरको तस्विरमा देखिएका थिए स्पेन्सर एल्डन। स्विमिङ पुलमा कुनै कपडा नलगाएका ४ महिनाका बालक डलरको नोट लिन पौडी रहेको जस्तो देखिन्छ कभरमा। तर, एल्बम रिलिज भएको ३० वर्षपछि उनै…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकोमा बधाई दिएका छन्। लिज ट्रस ‘टोरी लिडर’मा निर्वाचित भएको सोमवार घोषणा गरिएको थियो। ऋषि सुनकलाई पराजित गर्दै उनी बेलायतको नयाँ प्रधानमन्त्री बन्दैछिन्। आज लिजले बेलायती महामारी एलिजाबेथसँग प्रधानमन्त्रीका रुपमा सपथ लिँदैछिन्। देउवाले लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन लिजसँग काम गर्न आफू तत्पर रहेको बताएका छन्।
इन्स्टाग्रामलाई बालबालिकाको गोपनियता भंग भएको आरोपमा ४०५ मिलियन युरो (करिब ५१ अर्ब) जरिबाना तिर्न आदेश दिइएको छ। आयरल्यान्डको डाटा प्रोटेक्शन कमिसनरले सो जरिबाना तिराउने निर्णय गरेको हो। इनस्टाग्रामले बालबालिकाको फोन नम्बर र इमेल नम्बर सुरक्षित राख्न नसकेको अधिकारीहरुले बताएका छन्। इनस्टाग्राम संचालन गरिरहेको मेटाले भने जरिबानाको निर्णयविरुद्ध अपील गर्ने जनाएको छ। मेटाले एक वर्ष पुरानो सेटिङहरुको आधारमा अनुसन्धान भएको भन्दै…
दक्षिण कोरियामा हिन्नामनोर आँधीका कारण जनजीवन प्रभावित भएको छ। बाढी र पहिरोको जोखिम औंल्याउँदै गेजियो शहरबाट आँधी आउन अघि नै ३ हजार ५०० जनालाई स्थानान्तरण गरिएको जनाएका छन्। आँधीका कारण विभन्न शहर जलमग्न भएका छन्। हालसम्म मानविय क्षतिको कुनै विवरण नआएको तर २५ वर्षीय पुरुष भने बेपत्ता रहेको जनाइएको छ। सन् २००३ मा आएको माएमी आँधीपछिकै यो सबैभन्दा शक्तिशाली आँधी…
काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-२ स्थित नारायणी नदीमा एक युवकले हाम फालेको सूचना आएपछि प्रहरीले खोजी गरिरहेको छ। आज बिहान ९ बजेतिर नाम नखुलेका अन्दाजी २५ वर्षीय युवकले हाम फालेको सूचना आएपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए। वडा प्रहरी कार्यालय, नारायणगढबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणाली जनताको हितमा नभएको बताएका छन्। मंगलवार सुदूरपश्चिम प्रदेशको अगुवा कार्यकर्तालाई प्रशिक्षणमा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले यस्तो बताएका हुन्। 'निर्वाचन प्रणाली र शासकीय प्रणाली जनताको आवश्यकता र राष्ट्रको आवश्यकता अनुसार छैन,' प्रचण्डले भने, 'सामान्य जनताले लड्न सक्ने खालको छैन। यो निकै महंगो भयो। संसद हुने र बहुमतको…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले ८० को वरपर सिट पाउने बताएका छन्। मंगलवार सुदूरपश्चिम प्रदेशको अगुवा कार्यकर्तालाई प्रशिक्षणमा सहभागी हुन जाने क्रममा कैलालीको गेटा विमानस्थलमा सञ्चारकर्मीसँग प्रचण्डले यस्तो बताएका हुन्। कसले कति सिट पाउने तयारी छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने, 'कांग्रेसले शुरुमा १०० सिट भनेको थियो। पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ।…