काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएकाहरुको संसदीय सुनुवाइका लागि पत्राचार गरेको छ। परिषद्को मंगलवार बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो। परिषद्ले तीन न्यायाधीशको संसदीय सुनुवाइका लागि संसदीय सुनुवाइ समितिलाई पत्र पठाएको हो। दीक्षित उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश हुन्। त्यस्तै, शर्मा उच्च अदालत जनकपुरका…
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले श्वेतपत्र जारी गरेकी छिन्। निर्वाचित भएर पदभार ग्रहण गरेको १०० दिन पुगेको उपलक्ष्यमा श्वेतपत्र जारी गर्दै डंगोलले आफू नेकपा एमालेको उम्मेदवारको रुपमा निर्वाचित भए पनि काठमाडौं महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहने उनले बताएकी छिन्। १०० दिनमा काठमाडौं महानगरमा आशाको बत्ती बाल्ने प्रयास गरेको भन्दै उनले सकारात्मक योजनाहरु अघि बढाएको बताएकी छिन्।…
काठमाडौं : साफ महिला च्याम्पियनसिपअन्तर्गत अहिले भारत र पाकिस्तानबिचको खेलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा भारतले २-० ले अग्रता लिएको छ। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको २१औँ मिनेटमा पाकिस्तानकी मारिया जमिला खानले आत्मघाती गोल गरेसँगै भारतले सुरुवाती अग्रता लिएको थियो। २३औँ मिनेटमा भारतकी ग्रेस दाङमेइले गोल गर्दै अग्रता दोब्बर पारिन्।
काठमाडौं : राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्। भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्। आज चार समितिको सभापतिमध्ये दिगो विकास तथा सुशासन समितिमा प्रकास पन्थ सर्वसम्मत चयन भएका छन्।…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुरले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताएका छन्। बुधवार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताएका हुन्। उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको भन्दै देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको बताए। उनले कर्मचारीहरु…
काठमाडौं : चिनियाँ जनकंग्रेसका सभामुख तथा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो स्टान्डिङ कमिटीका तेस्रो वरियताका नेता लि चान्शु छिमेकी देशको १० दिने भ्रमणका लागि निस्किएका छन्। बुधवार रसिया हिँडेका उनको नेपाल, मंगोलिया र दक्षिण कोरियाको भ्रमण गर्ने कार्यतालिका रहेको सिन्ह्वाले जनाएको छ। चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष समेत रहेका उनले १२ देखि १५ सेप्टेम्वर (भदौ २७-३०)सम्म नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। …
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीलाई जबरजस्ती करणी उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ। लामिछानेविरुद्ध मंगलबार महानगरीय प्रहरी वृत गौशालमा जबरजस्ती करणीमा उजुरी परेको थियो। कप्तान लामिछानेले १७ वर्षीय किशोरीलाई करणी गरेको उजुरी परेको हो। स्याङजा घर भएका लामिछाने हाल बुढानीलकण्ठमा बस्दै आएका छन्। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर…
काठमाडौं : साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। यी दुई टोलीबिच दिउँसो १ बजे दशरथ रंगशालामा खेल सुरु हुनेछ। 'हामी तयार छौं। पाकिस्तानलाई पनि हामीले अरु टिमलाई जसरी नै हेरेका छौं। साफका सबै टिमलाई हाम्रो सम्मान छ। खेलाडीहरु आजको म्याचका लागि तयार छन्। हामी अट्याकिङ फुटबल खेल्नेछौं। हामी यहाँ जित्नका…
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले इन्द्रजात्रालाई 'ग्लोबलाइज' गर्ने प्रयास आफूहरुले गरिरहेको बताएका छन्। इन्द्रजात्राको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बालेनले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास महानगरपालिकाले गरिरहेको बताएका हुन्। महानगरपालिकाले इन्द्रजात्रा अवलोकन गर्न भगिनी सम्बन्ध भएका पालिका र विभिन्न देशका शहरका जनप्रतिनिधिलाई निमन्त्रणा गरेको छ। अतिथिहरु काठमाडौं आउने क्रम सुरु भइसकेको छ। कोरोना संक्रमण जारी रहेकाले निमन्त्रणा गरिएका केही…
काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङको बेलबारी नगरपालिका-९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जेनरल फोटो स्टुडियोका सञ्चालिका ४३ वर्षीया सुमित्रा कोइराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका सञ्चालक…
काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिग किशोरीमाथि बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। यो घटना सार्वजनिक भएसँगै सन्दीपको खोजी हुन थालेको छ। केन्यामा सिरिज खेल्न पुगेका सन्दीप अहिले सिपिएल टि २० खेल्न क्यारेबियन राष्ट्र सेन्ट लुसियामा छन्। एक दिनअघिमात्रै सन्दीपले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जमैका क्याटअलवाजको जर्सीसहित रोन्डी बेस्थित होटल हार्बरको तस्विर राखेका छन्। आरोप लागेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपसँग सम्पर्क गर्ने प्रयास सुरु…
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छिन्। बुधवार बिहान य:सिं (इन्द्रध्वजोत्थान) का क्रममा हनुमानढोका पुगेकी उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले भरिएको पर्व भएको बताएकी हुन्। 'यो जात्राको महत्व विविधतायुक्त छ। आजबाट विधिवत इन्द्रजात्रा सुरु भएको छ। काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्छ। यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो,'…
दक्षिण भारतीय फिल्म ‘पोन्नियिन सेलवान (पीएस-आई)’ ट्रेलर सार्वजनिक भएको छ। मणि रत्नमको निर्देशित यस फिल्मको ट्रेलर हिन्दीसहित पाँच भाषामा रिलिज गरिएको हो। मुख्य कलाकार चियान विक्रम, ऐश्वर्या राय बच्चन लगायतलाई ट्रेलरमा देख्न सकिन्छ। यस फिल्मले भारतको इतिहासमा सबैभन्दा ठूलो चोल साम्राज्यको कथा बताउँछ। फिल्ममा रानी नन्दिनीको भूमिका निभाएकी ऐश्वर्यालाई सुन्दर र साहसी रानीको रुपमा देखाइएको छ। यस फिल्ममार्फत एश्वर्याले चार वर्षपछि…
भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले १५० दिन लामो 'भारत जोडो यात्रा' को आरम्भ गर्ने भएका छन्। कन्याकुमारीस्थित त्रिवेणी संगमबाट उनले यो यात्रा थाल्ने बताइएको छ। आज बिहानै राहुल तमिलनाडुस्थित आफ्ना पिता राजीव गान्धीको समाधीस्थलमा पुगेका थिए। भारतका पूर्व प्रधानमन्त्री राजिवको आत्मघाती बम विस्फोटमा मारिएका थिए। यो यात्राका क्रममा ३ हजार ५७० किलोमिटर यात्रा तय गरिनेछ। राहुल गान्धीको नेतृत्वमा कांग्रेस…
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परिसकेको छ। नेपाल प्रहरीले पनि उजुरी परेको आधिकारिक सूचना जारी गरेको छ। लामिछाने विरुद्ध महानगरीय प्रहरी बृत गौशालमा जबरजस्ती करणीमा उजुरी परेको हो। कप्तान लामिछानेले १७ वर्षीय किशोरीलाई करणी गरेको उजुरी परेको हो। स्याङजा घर भएका लामिछाने हाल बुढानीलकण्ठमा बस्दै आएका छन्। भदौ ५ गते कप्तान लामिछानेले…
काठमाडौं : हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि य:सिं ठड्याएसँगै आजबाट विधिवत् रुपमा येँया: (इन्द्रजात्रा) सुरु भएको छ। भक्तपुरको यसिगुँबाट तानेर हनुमानढोका पुर्याइएको य:सिंलाई आज बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा इन्द्रध्वज फहराएर ठड्याइएको हो। त्यसअघि हनुमानढोकास्थित डबलीमा किलागलको दी प्याखं प्रस्तुत गरिएको थियो। मजिपा लाखे आजु, सवभक्कु, पुलुकिसी लगायतका नाचहरु भने आज बेलुकीबाट सुरु हुनेछन्। आजै दिवंगत आफन्तहरुको सम्झनामा पाल्चामा बत्ती…
एसिया कप क्रिकेटमा गएराति सम्पन्न खेलमा भारत श्रीलंकासँग पराजित भयो। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको भारतले कप्तान रोहित शर्माको अर्धशतकीय पारिको सहायतामा निर्धारित २० ओभरमा ९ विकेट १७३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ओभरमा एक बल बाँकी छँदा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्दै ६ विकेटको जित निकाल्यो। यसअघि सुपर फोरकै खेलमा…
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति समूह चरणका ८ वटा खेल सम्पन्न भएका छन्। समूह 'ई' को खेलमा इङ्ग्लिस क्लब चेल्सी क्रोएसियन क्लब डाइनामो जाग्रेबसँग १-० ले पराजित भयो। जाग्रेबको जितमा मिस्लभ ओरसिचले निर्णायक गोल गरे त्यही समूहको अर्को खेलमा इटालियन क्लब एसीमिलान र जर्मन क्लब आरबी साल्जबर्ग १-१ गोलको बराबरीमा रोकिए। त्यस्तै समूह 'एफ'को खेलमा स्पेनिस क्लब रियल मड्रिडले स्कटिस क्लब…
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीमा उजुरी परेको छ। मंगलवार पीडितका आफन्त निवेदन लिएर गौशाला प्रहरी वृत्तमा पुगेका हुन्। १८ वर्ष मुनिका नाबलिकालाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध उजुरी परेको महानगरीय प्रहरी कार्यालयका एआइजी रवीन्द्र धानुकले पुष्टि गरे। 'गौशाला प्रहरी वृत्तमा पीडितका आफन्तहरु आउनुभएको थियो। घटना के हो हामी अनुसन्धान गर्छौ,' एआइजी धानुकले…
काठमाडौं : मंगलवार अन्तिम रुप दिएर प्रतिवेदन बुझाउने भनिए पनि सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले सिट बाँडफाँट अझै टुंगो लगाउन सकेको छैन। मंगलवार साँझ अबेर बसेको बैठकमा सिट बाँडफाँट सहमतिको नजिकमा पुगेको सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 'कार्यदललाई शीर्षस्थ नेताबाट जुन जिम्मेवारी दिएको थियो। सहमतिको नजिकमा हामी पुगेका छौं,' बैठकपछि मन्त्री कार्कीले भने।…