PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

  • उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशको ‘सर्टलिष्ट’ सार्वजनिक, यी हुन् प्रतिस्पर्धी

    उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीशको ‘सर्टलिष्ट’ सार्वजनिक, यी हुन् प्रतिस्पर्धी

    काठमाडौंः न्याय परिषदले उच्च अदालतमा रिक्त मुख्य न्यायाधीश र न्यायाधीशमा आवेदन दिनमध्येका सम्भावित उम्मेदवारको नामावलीको संक्षिप्त सूची प्रकाशन गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले नामावली सर्टलिष्ट गरेर सार्वजनिक जानकारीका लागि प्रकाशन गरेको हो। न्यायाधीश नियुक्तिको मापदण्ड अनुसार सम्भावित उम्मेदवारमाथि कुनै उजुरी भए दिन आह्वान गर्दै परिषदले नामावली सार्वजनिक गरेको हो। परिषदको निर्णय अनुसार मुख्य न्यायाधीशमा १५ र न्यायाधीशमा ८१ जनाको नामावली…

    विस्तृतमा पढ्नुस्

  • भुटानविरुद्ध नेपालको सानदार जित, साबित्रा र अनिताको दोहोरो गोल

    भुटानविरुद्ध नेपालको सानदार जित, साबित्रा र अनिताको दोहोरो गोल

    काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत पहिलो खेलमा नेपालले भुटानविरुद्ध जित निकालेको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४-० गोलले हराएको हो। खेलको पहिलो हाफमा नेपालले १-० ले अग्रता लिएको थियो। वर्षाका बिच सुरु भएको खेलको १२औँ मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी हुन्। दोस्रो हाफमा नेपालले तीन गोल थप्यो। ६८औँ मिनेटमा भण्डारीले अर्को गोल गर्दै अग्रता…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्का प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

    लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्का प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश

    बुटवल : रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ। गत साउन २५ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले अल्पकालिन आदेश जारी गर्दै ठेक्का प्रक्रिया अगाडि नबढाउन आदेश दिएकोमा मंगलवार बसेको इजलासले यथास्थितिमा राख्न आदेश दिएको हो। उच्च अदालतबाट यथास्थितिमा राख्ने आदेश आएसँगै भवन निर्माणको ठेक्का प्रक्रिया दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको न्यायाधीशका लागि न्याय परिषद्ले गर्‍यो तीन जनाको नाम सिफारिस

    सर्वोच्चको न्यायाधीशका लागि न्याय परिषद्ले गर्‍यो तीन जनाको नाम सिफारिस

    काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ। परिषद्को आज दिउँसो बसेको बैठकले नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीको नाम सिफारिस गरेको हो। दीक्षित उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश हुन्। त्यस्तै, शर्मा उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश हुन् भने पराजुली नेपाल ल क्याम्पसमा प्राध्यापक हुन्।

    विस्तृतमा पढ्नुस्

  • पर्साबाट काङ्ग्रेसका यी नेताहरुको नाम सिफारिस, यी क्षेत्रमा देखियो विवाद

    पर्साबाट काङ्ग्रेसका यी नेताहरुको नाम सिफारिस, यी क्षेत्रमा देखियो विवाद

    वीरगंज : नेपाली काङ्ग्रेस पर्साले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ। केही क्षेत्रमा सिफारिस भइसकेको छ भने केही क्षेत्रको नाम आउन बाँकी छ। काङ्ग्रेस पर्साको विभिन्न क्षेत्रीय समितिको निर्णय अनुसार पर्सा क्षेत्र नम्बर १ मा अनिल रुगंटा र अजयकुमार द्विवेदी, २ मा अजयकुमार चौरसिया, ३ मा सुरेन्द्र प्रसाद चौधरी, ४…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र महतो पर्सा क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस

    राजेन्द्र महतो पर्सा क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस

    वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोको नाम पर्सा क्षेत्र नम्बर ३ बाट सिफारिस भएको छ। लोसपा क्षेत्र नम्बर ३ को आजको भेलाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा उनको एकल नाम सिफारिस गरेको हो। त्यसैगरी, उनको नाम धुनुषा ३ बाट पनि सिफारिस भएको छ। भेलाले पर्सा क्षेत्र नम्बर ३ को 'क'बाट  शिवपूजन साह र ३ 'ख'बाट…

    विस्तृतमा पढ्नुस्

  • वर्षाका बिच सुरु भएको खेलमा साबित्राको गोलले नेपाललाई अग्रता

    वर्षाका बिच सुरु भएको खेलमा साबित्राको गोलले नेपाललाई अग्रता

    काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत नेपाल र भुटानबिचको खेल अहिले जारी छ। नेपाल र भुटानबिचको खेलको पहिलो हाफको खेल भइरहेको छ। पहिलो हाफमा नेपाल १-० ले अघि छ। वर्षाका बिचपनि सुरु भएको खेलको १२औँ मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन्।  नेपाल अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा भुटानविरुद्ध उत्रिएको हो। भुटानविरुद्धको सुरुवाती ११ मा दीपा शाही र अमिशा कार्कीले…

    विस्तृतमा पढ्नुस्

  • अभिनेता पल शाह मुद्दाको बहस सकियो, आजै फैसला आउने

    अभिनेता पल शाह मुद्दाको बहस सकियो, आजै फैसला आउने

    काठमाडौं : एक १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभिनेता पल शाहको मुद्दामा अन्तिम फैसलाको लागि बहस सकिएको छ। नवलपुर जिल्ला अदालतमा आज बिहानैदेखि शाहका पक्षमा वकिल र सरकारी वकिलहरुलेहरुले बहस सकेका हुन्। आज नै फैसला आउने सम्भावना बढिरहेको जिल्ला अदालत नवलपरासीका एक कर्मचारीले जानकारी दिए। शाहको पक्षमा ७ जना वकिल र सरकारी वकिलका तर्फबाट ३ जना वकिलले बहस…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाको कार्यकालबारे अनावश्यक राजनीति गरियो : कानुनमन्त्री कोइराला

    प्रतिनिधिसभाको कार्यकालबारे अनावश्यक राजनीति गरियो : कानुनमन्त्री कोइराला

    काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालका सम्बन्धमा व्यवस्था गर्न खोजिएको बताएका छन्। उनले प्रतिनिधिसभाको कार्यकालका सम्बन्धमा अनावश्यक राजनीति गरिएको भन्दै कानुनी रिक्तता र अभाव परिपूर्ति गर्ने सोचका साथ प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालको प्रबन्ध गर्न खोजिएको बताएका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा केही नेपाल ऐन संशोधन विधेयक, २०७९ माथि दफाबार…

    विस्तृतमा पढ्नुस्

  • डेंगी नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह

    डेंगी नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह

    काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेंगी नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै डेंगीको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेका हुन्। कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेंगी रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति राष्ट्रिय आयोगले…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला अदालत नवलपुरमा अभिनेता पल शाह केसको बहस जारी, के आज नै आउला फैसला?

    जिल्ला अदालत नवलपुरमा अभिनेता पल शाह केसको बहस जारी, के आज नै आउला फैसला?

    काठमाडौं : एक १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभिनेत पल शाहको मुद्दामा अन्तिम फैसलाको लागि बहस भइरहेको छ। नवलपुर जिल्ला अदालतमा आज बिहानैदेखि शाहका पक्षमा वकिलहरुले बहस गरेका छन्। आज बसह सकिएको खण्डमा आज नै आदेश/ फैसला आउन सक्ने सम्भावना बढिरहेको जिल्ला सरकारी वकिल कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका एक कर्मचारीले जानकारी दिए। शाहको पक्षमा ७ जना वकिल र…

    विस्तृतमा पढ्नुस्

  • भुटानविरुद्ध नेपालको यस्तो छ सुरुवाती ११, दीपा र अमिशाको डेब्यू

    भुटानविरुद्ध नेपालको यस्तो छ सुरुवाती ११, दीपा र अमिशाको डेब्यू

    काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत पहिलो खेलमा नेपाल र भुटान खेल्दैछन्। भुटानविरुद्धको सुरुवाती ११ मा दीपा शाही र अमिशा कार्कीले डेब्यु गरेका छन्। नेपाल अन्जिला तुम्बापो सुब्बाको कप्तानीमा भुटानविरुद्ध खेल्न लागेको हो। खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ। यस्तो छ नेपालको प्लेइङ ११ अन्जिला तुम्बापो सुब्बा (कप्तान/गोलकिपर), पुनम जर्घा मगर, अमृता जैसी, हीराकुमारी भुजेल, अमिशा कार्की, साबित्रा भण्डारी, अनिता बस्नेत,…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवा र भारतीय सेनाप्रमुख पाण्डेबिच भेट

    प्रधानमन्त्री देउवा र भारतीय सेनाप्रमुख पाण्डेबिच भेट

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका सेना प्रमुख जनरल मनोज पाण्डेबिच आज शिष्टाचार भेट भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा देउवा र पाण्डेबिच भेट भएको हो। आइतवार काठमाडौं आएका पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी थिइन्। आज बिहान पाण्डेले माउन्टेन फ्लाइटबाट हिमालको दृश्य अवलोकन गरेका थिए। यस्तै, उनी शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म प्रचारका लागि ‘द कपिल शर्मा शो’मा ‘प्रेमगीत ३’को टोली जान लागेको हो?

    फिल्म प्रचारका लागि ‘द कपिल शर्मा शो’मा ‘प्रेमगीत ३’को टोली जान लागेको हो?

    काठमाडौं : प्रदीप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ आगामी असोज ७ गते रिलिज हुँदैछ। हिन्दी भाषामा समेत रिलिज हुन लागेको यस फिल्मको नेपालसहित भारतमा पनि चर्चा छ। यसैबिच, ‘द कपिल शर्मा शो’ मा नेपाली फिल्म ‘प्रेमगीत ३’ को टिम जाने चर्चा चलेको छ। सामाजिक संजाल र युटयबमा प्रदीप र कपिल शर्माको तस्विर जोडेर भिडियो र तस्विर सेयर भइरहेका छन्। तर, हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • मोबाइल, घडी र गितार ‘डिक’ राखेर लागुऔषधको लत मेट्दै दुर्व्यसनकर्ता, दाजुबहिनी नै ड्रग्सको कारोबारमा संलग्न

    मोबाइल, घडी र गितार ‘डिक’ राखेर लागुऔषधको लत मेट्दै दुर्व्यसनकर्ता, दाजुबहिनी नै ड्रग्सको कारोबारमा संलग्न

    काठमाडौं : लागुऔषध नियन्त्रण ब्युरोको टोलीले केही दिनको अपरेसनमा लागुऔषध कारोबारमा संलग्न १५ जनालाई पक्राउ गरेको छ। भदौ १६ गतेदेखि २० गतेसम्म काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा गरिएको अपरेसनमा १५ जनालाई पक्राउ गरिएको हो। त्यस्तै, प्रहरीले दुई किलो लागुऔषध गाँजा, खैरो हेरोइन २८७ ग्राम र नियन्त्रित लागुऔषध २५२ एम्पुल बरामद गरेको छ। कारोबारीहरूबाट १० लाख ४० हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने व्यवस्था गरौँ : गगन थापा

    मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने व्यवस्था गरौँ : गगन थापा

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसद्को कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न…

    विस्तृतमा पढ्नुस्

  • न्युरोडको कृषि विकास बैंक घोटाला प्रकरण : टेलर रेग्मीलाई ८ वर्ष कैद सजाय

    न्युरोडको कृषि विकास बैंक घोटाला प्रकरण : टेलर रेग्मीलाई ८ वर्ष कैद सजाय

    काठमाडौं : कृषि विकास बैंकको न्युरोड शाखामा अनियमितता गरेको प्रकरणमा विषेश अदालतले आरोपितहरुलाई सजाय निर्धारण गरेको छ। प्रहरीले न्युरोड शाखामा कार्यरत शाखा प्रमुख गोपाल गिरी, कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा, बैंकमा कार्यरत सहायक टेलर दीपिका रेग्मी, रमेश विष्ट र शाखा प्रबन्धक प्रेमहरि ढुंगेलमाथि ४ करोड रुपैयाँ भन्दाबढी हिनामिना गरेको आरोप लागेको थियो। भष्ट्रचार गरेर रकम हिनामिना गरेको कसुरमा विषेश अदालतले उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाबाट पठाएको ‘पार्सल’ खोल्दा दुई केजी गाँजा भेटियो

    अमेरिकाबाट पठाएको ‘पार्सल’ खोल्दा दुई केजी गाँजा भेटियो

    काठमाडौं : अमेरिकाबाट आएको पार्सल (सामान) पक्कै मूल्यवान् नै होला भन्ने धेरैले सोचेका हुन्छन्। त्यसमा पनि हुलाक प्रयोग गरेर आएको पार्सल झनै महत्त्वपूर्ण होला भन्ने धेरैको आशा हुन्छ। तर, अमेरिकाबाट आएको एउटा पार्सल खोल्दा लागु औषध गाँजा भेटिएको छ। सोमवार गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल खोल्दा दुई केजी लागुऔषध गाँजा भेटिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी विकासराज खनालले जानकारी दिए। प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाको कार्यकाल बढाउने विषयमा एमाले सहमत छैन : विशाल भट्टराई

    प्रतिनिधिसभाको कार्यकाल बढाउने विषयमा एमाले सहमत छैन : विशाल भट्टराई

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका हुन्। उनले सरकारले ल्याउन लागेको विधेयकका अनुसार प्रतिनिधिसभा भित्र…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभामा शून्य समय, सांसदले भने : नयाँ स्टक एक्सचेन्ज चाहिँदैन

    प्रतिनिधिसभामा शून्य समय, सांसदले भने : नयाँ स्टक एक्सचेन्ज चाहिँदैन

    काठमाडौं : प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक नभएको बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा दाहालले सरकारले अहिले संचालनमा रहेको स्टक एक्सेन्जलाई सक्षम र सुदृढ बनाउनुपर्नेमा नयाँ ल्याउने तयारी गरेको भन्दै आलोचना गरेका हुन्। उनले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउँदा पुँजी बजारमा असर पर्ने भन्दै भएका स्टक एक्सेन्जलाई आधुनिकीकरण गर्न माग गरेका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell