PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

  • सन्दीप प्रकरणमा आईसीसीको चासो, कप्तानीबाट निलम्बन गर्ने तयारीमा क्यान

    सन्दीप प्रकरणमा आईसीसीको चासो, कप्तानीबाट निलम्बन गर्ने तयारीमा क्यान

    काठमाडौं : नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणी आरोपलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले चासो देखाएको छ। नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले सन्दीपमाथि परेको उजुरीलाई लिएर आइसीसीले चासो देखाएको बताएका हुन्। 'आइसीसीले के हुन सक्छ भनेर चासो राखेको छ। नाबालिग केस भएकोले, रेपकेस भएकोले उनीहरुले चासो राखेका छन्,' उनले भने। सन्दीपमाथि नाबालिग…

    विस्तृतमा पढ्नुस्

  • ‘ब्रम्हास्त्र’ सेन्सर पास नभएको निहुँमा नेपाली फिल्मले पाएनन शो, निर्देशकको प्रश्न ‘कुन हलमा कुन समय फिल्म हेर्न जाने?’

    ‘ब्रम्हास्त्र’ सेन्सर पास नभएको निहुँमा नेपाली फिल्मले पाएनन शो, निर्देशकको प्रश्न ‘कुन हलमा कुन समय फिल्म हेर्न जाने?’

    काठमाडौं : भोलि शुक्रवारबाट प्रदर्शन हुने फिल्म ‘ऐना झ्यालको पुतली’ अहिले चर्चामा छ। सोमवार भएको प्रिमियरमा पाएको प्रतिक्रियाबाट दंग थिए निर्देशक सुजित बिडारी। तर बिहिवारसम्म आफ्नो फिल्मले हलमा शो नपाउँदा सुजित निराश बनेका छन्। चाबहिलस्थित एफ क्युब सिनेमाजबाहेक अरु कुनै पनि मल्टिप्लेक्स हलहरूलले यस फिल्मलाई शो दिएका छैनन्। अर्को फिल्म गोर्खालाई पनि शो दिइएको छैन। फिल्मका लागि अग्रिम टिकट पनि खुलाइएको…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति, अब विमानस्थलबाटै पक्राउ गर्न सक्ने

    सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति, अब विमानस्थलबाटै पक्राउ गर्न सक्ने

    काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जीको लागि जिल्ला अदालत काठमाडौंमा माग गरेको थियो। अदालतले आज लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।  लामिछानेविरुद्ध मंगलबार महानगरीय प्रहरी वृत गौशालमा जबरजस्ती करणीमा उजुरी परेको थियो। लामिछानेले १७ वर्षीय किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा परेपछि अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गको क्लब प्लाटिनममा मध्यराति 'ग्याङ् फाइट' प्रकरणमा संलग्नहरुको 'स्क्यानिङ' गर्दै प्रहरी, किन भयो झडप?

    दरबारमार्गको क्लब प्लाटिनममा मध्यराति 'ग्याङ् फाइट' प्रकरणमा संलग्नहरुको 'स्क्यानिङ' गर्दै प्रहरी, किन भयो झडप?

    काठमाडौं : दरबारमार्गमा रहेको क्लब प्लाटिनममा बुधवार मध्यराति ग्याङ फाइट हुँदा ६ जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेकाले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बाँकी घाइतेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न भएका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। गएको मध्यराती क्लबमा दुई पक्षबिच झडप भएको थियो। क्लबमा खटिने बाउन्सरले समेत झडप नियन्त्रण गर्न नसकेपछि डिएसपीको नेतृत्वमा ठूलो…

    विस्तृतमा पढ्नुस्

  • नेपालभाषाको फिल्म ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक

    नेपालभाषाको फिल्म ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक

    नेपालभाषाको फिल्म ‘लाखे आजु’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। बुधवारबाट इन्द्रजात्रा सुरु भइसकेको छ। मजिपा लाखे आजु, सव भक्कु र पुलुकिसी हिजैबाट निस्किएका छन्। भोलि जीवित देवी कुमारीसहित जीवित देव गणेश र भैरवको रथयात्रा हुँदैछ।  इन्द्रजात्राको रमझमबिच 'लाखे आजु' फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरमा मजिपा लाखे आजुल‍े नृत्य गरिरहेको तस्विरसहित र मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई देख्न सकिन्छ। बिके फिल्मस्को…

    विस्तृतमा पढ्नुस्

  • अहिलेको गठबन्धनलाई 'विचित्र' भन्दै शेखर कोइरालाले भने : उनीहरुसँग हाम्रो विचार र सिद्धान्त मिल्दैन

    अहिलेको गठबन्धनलाई 'विचित्र' भन्दै शेखर कोइरालाले भने : उनीहरुसँग हाम्रो विचार र सिद्धान्त मिल्दैन

    काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार बनाउनमात्र गठबन्धन गरे अप्ठ्यारो हुने बताएका छन्। नेपाल प्रेस युनियनले जनकपुरमा आयोजना गरेको १०९औँ वीपी जयन्तीको अवसरमा वीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्र र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता कोइरालाले यस्तो बताएका हुन्। उनले भने, ‘अहिलेको गठबन्धन विचित्रको छ, निर्वाचनपछि मात्रै थाहा हुन्छ के हुन्छ भनेर, १०० सिट नपाए कांग्रेसको एकल…

    विस्तृतमा पढ्नुस्

  • लिज ट्रसले घोषणा गरिन् आफ्नो 'क्याबिनेट' : गृहमन्त्रीमा भारतीय मूलकी सुएला नियुक्त

    लिज ट्रसले घोषणा गरिन् आफ्नो 'क्याबिनेट' : गृहमन्त्रीमा भारतीय मूलकी सुएला नियुक्त

    बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले सुएला ब्रेवरम्यानलाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन्। नयाँ क्याबिनेटको घोषणा गर्दै ट्रसले भारतीय मूलकफ सुएलालाई गृहमन्त्री बनाएकी हुन्। ट्रस भारतीय मूलकै ऋषि सुनकलाई पराजित गर्दै कन्जर्भेटिभ पार्टीको नेता बनेकी हुन्। निवर्तमान प्रधानमन्त्री बोरिस जोन्सनको क्याबिनेटमा पनि सांसद् प्रीति पटेल गृहमन्त्री थिइन्। ट्रसले क्वाजी क्वारटेंगलाई अर्थमन्त्रीमा नियुक्त गरेकी छिन्। यस्तै, स्वास्थ्य मन्त्री टेरेसा कैफलाई ट्रसले उपप्रधानमन्त्रीको जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को डिजिटल अडिसन खुल्ला

    रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को डिजिटल अडिसन खुल्ला

    काठमाडौं : टेलिभिजन रियालिटी शो ‘नेपाल ट्यालेन्ट हन्ट’ को अडिसन खुला भएको छ। नेपालभित्र रहेका अनेक प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित संचालन हुन लागेको यो शोको डिजिटल अडिसन सुरु भएको हो। आयोजक साईना साहारा ग्रुपले शोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताइएको छ। भाद्र २९ गतेसम्म खुला हुने अडिसनमा प्रतियोगीले १ मिनेटेखि ३ मिनेटसम्मको भिडियो बनाएर…

    विस्तृतमा पढ्नुस्

  • आफूमाथिको आरोप अस्वीकार गर्दै सन्दीपले क्यानसँग मागे कानुनी सहयोग

    आफूमाथिको आरोप अस्वीकार गर्दै सन्दीपले क्यानसँग मागे कानुनी सहयोग

    काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन्। हाल क्यारिबियन प्रिमियर लिग खेल्न सेन्ट लुसियामा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) को पदाधिकारीसँगको कुराकानीमा आफूमाथि लागेको आरोपको खण्डन गरेका हुन्। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले लामिछानेले क्यानसँग कानुनी सहयोग मागेको बताए। ''मैले केही गरेको छैन' भन्ने कुरा आएको छ,' सन्दीपलाई उदृत गर्दै मल्लले भने। सन्दीपमाथि…

    विस्तृतमा पढ्नुस्

  • शिव परिवारको विवादित टिप्पणी : बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौं

    शिव परिवारको विवादित टिप्पणी : बलात्कारलाई व्यवसाय बनाउनेको भण्डाफोर गरौं

    काठमाडौं: राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परेको छ। यस घटनासँगै अहिले सामाजिक सञ्जाल तातेको छ। धेरैले यस विषयमा आ-आफ्नो विचार र मत सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन्। यसैबिच, गायक शिव परियारले पीडितहरुलाई 'पेशेवर' भन्दै विवादित बयान दिएका छन्। बलात्कारलाई व्यवसाय बनाउने गिरोह पत्ता लगाएर परिवारले तत्काल यस्ता गिरोहको उपचार गर्नुपर्ने भन्दै उनले यस्तो नभए …

    विस्तृतमा पढ्नुस्

  • धनुषामा दिनदहाडै रकम लुट्ने दुई जना समातिए

    धनुषामा दिनदहाडै रकम लुट्ने दुई जना समातिए

    जनकपुरधाम : धनुषामा दिनदहाडै रकम लुट्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नम्बर ४ बस्ने २३ वर्षीय सरोज दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बुधवार लक्ष्मीनियाँ गाउँपालिका-४ सपहीस्थित रहेको मेगा बैंकबाट स्थानीय ७५ वर्षीय राम दासले १ लाख ८०…

    विस्तृतमा पढ्नुस्

  • भियतनामको कराओके बारमा आगलागी, ३२ जनाको मृत्यु

    भियतनामको कराओके बारमा आगलागी, ३२ जनाको मृत्यु

    भियतनामको हो ची मिन्ह शहरको कराओके बार रहेको कम्प्लेक्समा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ जना पुरुष र १५ जना महिला रहेका छन्। भवनको माथिल्लो तल्लामा आगो लाग्दा मानिसहरु भित्रै फसेका थिए। आगो लागेपछि भाग्ने क्रममा मानिसहरु घाइते भएको स्थानीय मिडियाले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगो लाग्दा बारमा करिब ६० जना मानिस थिए।

    विस्तृतमा पढ्नुस्

  • भियतनामको कराओके बारमा आगलागी, ३२ जनाको मृत्यु

    भियतनामको हो ची मिन्ह शहरको कराओके बार रहेको कम्प्लेक्समा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ जना पुरुष र १५ जना महिला रहेका छन्। भवनको माथिल्लो तल्लामा आगो लाग्दा मानिसहरु भित्रै फसेका थिए। आगो लागेपछि भाग्ने क्रममा मानिसहरु घाइते भएको स्थानीय मिडियाले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगो लाग्दा बारमा करिब ६० जना मानिस थिए।

    विस्तृतमा पढ्नुस्

  • भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित, महासचिवमा रोशन श्रेष्ठ विजयी

    भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित, महासचिवमा रोशन श्रेष्ठ विजयी

    काठमाडौं : नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्। प्रतिस्पर्धी निरोज मास्केलाई २६ मतअन्तरले पराजित गर्दै चन्द संघको नयाँ अध्यक्षमा चार वर्षका लागि निर्वाचित भएका हुन्। आज बिहान सार्वजनिक भएको निर्वाचनको नतिजाअनुसार अध्यक्षमा निर्वाचित चन्दले ७६ मत तथा मास्केले ५० मत प्राप्त गरे। नवनिर्वाचित अध्यक्ष चन्द यसअघि संघको महासचिव थिए। यसैगरी महासचिवमा अध्यक्ष चन्दकै प्यानलबाट रोशन श्रेष्ठ निर्वाचित…

    विस्तृतमा पढ्नुस्

  • धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल आज गुडाएर परीक्षण गरिँदै

    धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल आज गुडाएर परीक्षण गरिँदै

    काठमाडौं : जयनगर-बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ। कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन लागिएको हो। रेल्वे ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले रेल गुडाएर परीक्षण गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए। सो ट्रयाकको मुख्य कार्य सम्पन्न भइसकेको र…

    विस्तृतमा पढ्नुस्

  • गठबन्धनको कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदै

    गठबन्धनको कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदै

    काठमाडौं : पाँच दलीय गठबन्धनको कार्यदलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेलका लागि आज प्रतिवेदन बुझाउने तयारी गरेको छ। कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको थियो। बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज बिहान बैठक बसेर शीर्ष नेतृत्वलाई बुझाउने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

    काठमाडौं : ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श नारा तय गरेको छ। दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिइएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन दिवसकै अवसरमा आज सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : राति प्रदेश १ र वाग्मतीमा भारी वर्षाको सम्भावना

    आजको मौसम : राति प्रदेश १ र वाग्मतीमा भारी वर्षाको सम्भावना

    काठमाडौं : बिहीवार बिहान प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य प्रदेशहरूमा भने आंशिकदेखि सामान्य बदली रहेको छ। अहिले प्रदेश १, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्ज र चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्गको क्लब प्लाटिनममा मध्यराति 'ग्याङ् फाइट'

    दरबारमार्गको क्लब प्लाटिनममा मध्यराति 'ग्याङ् फाइट'

    काठमाडौं : दरबारमार्गमा रहेको नाइट क्लबमा बुधवार मध्यराति झगडा हुँदा ६ जना घाइते भएका छन्। क्लब प्लाटिनममा राति पौन १२ बजेतिर 'ग्याङ फाइट' हुँदा ६ जना घाइते भएका हुन्। घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा उपचारको लागि लगिएको छ।  क्लबममा झगडा गरेको अभियोगमा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। 'राती झगडा भएर हाम्रो टोली पुगेको थियो,' जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने।…

    विस्तृतमा पढ्नुस्

  • एप्पलको नयाँ आइफोन सार्वजनिक, १४ प्रो म्याक्सको मूल्य १ हजार ९९ अमेरिकी डलर

    एप्पलको नयाँ आइफोन सार्वजनिक, १४ प्रो म्याक्सको मूल्य १ हजार ९९ अमेरिकी डलर

    एप्पलले नयाँ आइफोन, एयरपड र एप्पल वाच सार्वजनिक गरेको छ। बुधबार राति एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच ल्याएका छन्।  कम्पनीले आइफोन १४, एयरपड्स प्रो टु, एप्पल वाच सिरिज एट र एप्पल वाच अल्ट्रा औपचारिक रुपमा सार्वजनिक गरेको छ। ‘फार आउट’ नाम दिइएको उक्त कार्यक्रम नेपाली समयअनुसार बुधबार राति १०:४५ बाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell