काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ’ अब ज्येष्ठ नागरिकहरुले निःशुल्क हेर्न पाउने भएका छन्। राजधानीका बीएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन्। आमा-सन्तानबिचको भावनात्मक कथा भनेका कारण बीएसआर मुभिजले ६५ वर्षमाथिका ज्येष्ठ आमाहरुको लागि सित्तैमा सिनेमा देखाउने घोषणा गरेको हो। अष्टनारायण पिक्चर्स र शुभकामना हलले पनि प्रदर्शन अवधिसम्म…
काठमाडौं : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन्। संघीय संसद राष्ट्रियसभाबाट हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विरोधी रहेको जिकीर गर्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारविरुद्ध केही दिनभित्रै मुद्दा हाल्ने…
बुटवल : नेकपा (एकीकृत समाजवादी) गुल्मीका अध्यक्षसहित जिल्लाका अन्य नेता कार्यकर्ताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन्। सोमवार एमाले गुल्मीले आयोजना गरेको कार्यक्रममा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी, जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य गणेश खनालसहित अधिकांश जिल्लास्तरका नेता कार्यकर्ताहरू एमालेमा फर्किएका हुन्। एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतले केन्द्रीय सदस्यद्वय भण्डारी र खनालसहितको टोलीलाई…
काठमाडौं : वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको बताएका छन्। प्रदेश राजधानी हेटौँडामा सोमवार भएको संघीयता सवलीकरणसम्बन्धी छलफलमा उनले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका हुन्। उनले संघीयता आएपछि जनताले दिल्लीको अरविन्द केजरीवालको जस्तो काम खोजेको तर केन्द्रले अधिकार भने नदिएको समेत बताए। ‘दिल्लीको केजरीवालले…
काठमाडौं : मंसिर ४ गतेको लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वी नवलपरासीमा पनि दलहरुले उम्मेदवार सिफारिस गर्न सुरु गरेका छन्। दुई निर्वाचन क्षेत्र भएको जिल्लामा केन्द्रीय नेतालाई दलहरुले उम्मेदवारका रुपमा आफ्ना माथिल्ला कमिटीलाई नाम सिफारिस गर्न सुरु गरेका हुन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले २०६४ देखि निरन्तर निर्वाचन जितेका डा शशांक कोइराला र उद्योगपति विनोद…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिरासतमा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई भेटका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई अभद्र व्यवहार गरेको भन्दै गुरुङलाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको थियो। आइतवार गुरुङ विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। शुक्रवार ठमेलस्थित छायाँ सेन्टरमा रहेको एफएस ग्लोबल भिसा सेन्टरमा पुगेका मन्त्रीलाई गुरुङले…
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले)को क्षेत्रीय कमिटीहरुले कास्कीमा उम्मेदवार सिफारिस गरेका छन्। एमाले कास्कीका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतवार प्रतिनिधिसभा सदस्यका लागि आकांक्षीहरुको नाम सिफारिस गरेका छ। एमालेले गत शनिवार प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको थियो। कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट १५ , क्षेत्र नम्बर २ बाट चार र क्षेत्र नम्बर ३…
काठमाडौं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी गरिरहेको बताएका छन्। सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा गर्ने गरी तयारी भइरहेको बताएका हुन्। यादवले सबै सरोकारवाला निकाय र विज्ञसँग छलफल गरेर नेपाल जलवायु संकटमा पुगेको घोषणा गरिने बताएका हुन्। ‘जलवायु परिवर्तनका असर सबैतिर…
काठमाडौं : भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच दिवसीय नेपाल भ्रमणमा हिजो नेपाल आएका पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो। सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरेका थिए। त्यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित…
काठमाडौं : वाग्मती प्रदेशका स्थानीय जनप्रतिनिधिहरुले संघीयतालाई सबलीकरण गर्नुपर्नेमा जोड दिएका छन्। सोमवार वाग्मती प्रदेशको राजधानी हेटौँडामा भएको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको अन्तरक्रिया कार्यक्रममा उनीहरुले संघीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन्। स्थानीय तहका जनप्रतिनिधिहरुले संघ सरकारले सक्षम जनशक्ति केन्द्रमा राखेर कम अनुभवीहरुलाई स्थानीय तहमा पठाउँदा सोचेअनुरुपको कार्य व्यवस्थापनका कठिनाइ भइरहेको बताए। उनीहरुले ५ वर्षको कार्यकालमा देखिएका कमी…
अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ। सोमवार बिहान अफगानिस्तानको नानगरहर र कुनर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। स्थानीय मिडियाका अनुसार भूकम्प ५.१ म्याग्निच्युडको थियो। यस्तै, चीनमा पनि आइतवार भूकम्प गएको छ। ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु सिचुवान प्रान्तमा रहेको बताइएको छ। भूकम्पका कारण मानिसहरु घर बाहिर निस्किएका थिए। उक्त भूकम्पपछि अर्को ४.२ म्याग्निच्युडको भूकम्प पनि गएको छ। त्यसको…
काठमाडौं : ट्राफिक नियम पालना नगरी सवारी चलाउने ५१ जना विद्यार्थीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। आज बिहान विभिन्न स्कुल/कलेजका विद्यार्थीको सवारी चेक गर्दा ट्राफिक नियम विपरीत भएपछि कारबाही गरिएको छ। मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एक जना विद्यार्थीसहित ५१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा सवारी चालक अनुमति…
त्रिसुली : नुवाकोटको विदुर नगरपालिका-९ का सरोज श्रेष्ठले भेट्टाएको तीन लाख रुपैयाँ सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन्। विदुर-९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतवार तीन लाख सात सय ५० रुपैयाँ भेट्टाएका थिए। उनले प्रहरीमार्फत सम्बन्धित धनीलाई रकम फिर्ता गरेका हुन्। झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ तामाङको नाममा रहेको लु ३ च ५९१३ नम्बर को गाडीको…
भारतको उत्तर प्रदेशको राजधानी लखनउमा सोमबार एक होटलमा आगो लागेको छ। हजरतगंज क्षेत्रमा रहेको लेभाना होटलमा आगो लाग्दा २ जनाको ज्यान गएको छ। होटलमा १५ जना फसेको बताइएको छ। होटलबाट १८ जनालाई उद्धार गरिसकिएको भारतीय सञ्चार माध्यमले जनायो। आगो नियन्त्रणका लागि २४ वटा दमकल प्रयोगमा आएको छ। धुवाँका कारण होटलमा फसेकाहरु बेहोस भएका छन्। त्यहाँ एम्बुलेन्स पनि तैनाथ गरिएको छ…
काठमाडौंः भन्सार छलि गरे ल्याएका मोबाइल सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यसरी ल्याएका ६ थान आइफोन मोबाइलहरू सहित दुई जनालाई काठमाडौं महानगरपालिका-१४ बल्खुबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २६ वर्षीय सबिन छेंगुतला र स्याङ्जा बिरूवा गाउँपालिका-४ घर भई हाल काठमाडौं ठमेल बस्ने २२ वर्षीय कृष्ण बहादुर थापा रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा…
काठमाडौंः गत साता क्रमिक गिरावट भएको सुनचाँदीको मूल्य पुन: बढ्न थालेको छ। सोमबार सुन तोलामा एक सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।गत साताको अन्तिम दिनका तुलनामा तोलामा ६ सय रुपैयाँ बढ्दा आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको…
काठमाडौः ल्यापटप खरिद गर्ने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। भक्तपुर नगरपालिका-११ तौमडी बस्ने ३२ वर्षीय प्रबिन किजुलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित इन्फो टेक कम्पनीमा अनलाईन मार्फत् ल्यापटप खरिद गर्न १० हजार रूपैयाँ दिई काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरमा मगाएर बाँकी १ लाख ४८ हजार रूपैयाँ रकम एनएमबी बैंकको निजको खाताबाट भुक्तान हुने भनि विश्वास…
काठमाडौं : सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि आफ्नो दलभित्र र गठबन्धनभित्र लगातार छलफल चलाए पनि टुंगोमा भने पुग्न सकेको छैन। गत बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिनपछि नै सिट बाँडफाँटको टुंगो लाग्ने बताएका थिए। बालुवाटारमा छलफलपछि कार्कीले आइतवारसम्ममा सिट बाँडफाँट टुंगो लाग्ने बताएका थिए। 'अब दुई दिन दु:ख दिन्न। अब तेस्रो दिन पार्टीभित्र…
बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले गुल्मी क्षेत्र नम्बर १ मा प्रदीपकुमार ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। एमाले निर्वाचन क्षेत्र नम्बर १ कमिटीको बैठकले ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो। ज्ञवाली २०७४ सालमा पनि गुल्मी क्षेत्र नम्बर १ बाट विजयी सांसद हुन्। ज्ञवालीले २०६४ र २०५४ मा पनि गुल्मी…
टाटा ग्रुपका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी निधन भएको छ। भारतको गुजरातस्थित उदवाडँमा बनेको पारसी मन्दिरबाट फर्किरहेका ५४ वर्षीय मिस्त्री सवार मर्सिडिज कार डिभाइडरमा ठोक्किएपछि उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। मुम्बई अहमदवाद नेसनल हाइवेमा आइतवार दिउँसो कार दुर्घटनामा परेको हो। कार तीव्र गतिमा चलाएको कारण नियन्त्रणबाहिर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जनायो। महिला डाक्टर अनायता…