काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोगबारे आज तेस्रो दिनको समितिमा बयान दिएका छन्। आजको बयान पूर्व डीआइजी रञ्जन कोइरालाको फैसला केससँग जोडिएको थियो। कोइरालाको फैसलाको सम्पूर्ण जिम्मा आफूले लिने जबराले बताएका थिए। त्यस्तै यो केसमा भ्रम सिर्जना गर्न खोजेको आरोप समेत लगाए। आफ्नो विवेकको प्रयोग गरेर गहनता र तथ्यलाई हेरेर फैसला गरेको सुनाएका थिए। उल्टी गरेर रञ्जन कोइराला…
काठमाडौं : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ। प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्थानीय आयोजक गण्डकी प्रदेश सरकारले काम अघि बढाएका छन्। गण्डकी प्रदेशले प्रतियोगिताका लागि खेलाडी छनोट समेत गरिसकेको छ। जिल्लास्तरीय छनोटपछि गण्डकीको खेलकुद परिषद्ले प्रादेशिक खेलकुद प्रतियोगिता गरी खेलाडी छनोट गरेको हो। करिब ४० वर्षपछि राष्ट्रिय…
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई 'राज्यको शत्रु' भनेका छन्। फ्लोरिडास्थित ट्रम्प निवासमा एफबीआइले छापा हानेपछि पहिलोपटक र्यालीमा सहभागी भएका उनले बाइडेनले शक्तिको दुरुपयोग गरेको आरोपसमेत लगाएका छन्। भने, 'छापा हान्नु अमेरिकी इतिहासमै हालसम्म शक्तिको दुरुपयोगको चरम हद हो।' दुईजना रिपब्लिकन उम्मेदवारको प्रचारप्रसारका लागि उनी पेन्सिलिभानिया पुगेका थिए। र्यालीका क्रममा सम्बोधनको दुई घण्टा ट्रम्पले एफबिआइले हानेको छापाको…
विजय देवरकोन्डाको डेब्यू बलिउड फिल्म ‘लाइगर’ बक्सअफिसमा फ्लप भएको छ। बक्सअफिसमा फिल्म कमजोर साबित भएसँगै अभिनेता देवरकोन्डाले यस फिल्मका निर्मातालाई आर्थिक सहयोग गर्ने निर्णय लिएका छन्। भारतमा बलिउड फिल्महरुको बहिष्कारको ट्रेन्ड चलिरहेको बेला यस फिल्मबाट निकै आशा गरिएको थियो। तर, २५ अगस्टमा रिलिज भएको यस फिल्मले आफ्नो लगानी समेत उठाउन नसकिरहेको अवस्था छ। एक सय करोड बजेटमा बनेको यस फिल्मले १०…
बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले विष्णु पौडेललाई रुपन्देही क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका पौडेलको एकल नाम सर्वसम्मत सिफारिस गरेको हो। २०७४ सालमा पनि पौडेल यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। २०७४ मा पौडेलले नेपाली काङ्ग्रेसका युवराज गिरीलाई पराजित गरेका…
काठमाडौं : एक युवकलाई विभिन्न बहानामा भारत पुर्याएर मिर्गौला झिकिएको खुलेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पीडितको उजुरीपछि घटनामा संलग्नलाई पक्राउ गरेको थियो। त्यसपछि मृगौला तस्करीको अर्को घटना बाहिर आएको हो। ब्यूरोको टोलीले साउन २१ गते अभियुक्तहरुलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा नुवाकोट घर भएका ४६ वर्षीय बादरे भन्ने मुरली दमाई, ३० वर्षीय राजु नेपाली, २६ वर्षीय राजेश परियार, ३० वर्षीय सानु…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोगबारे आज तेस्रो दिनको बयान सकिएको छ। आफूमाथि लागेको महाभियोगका बारेमा बयान दिन उनी आज बिहान सिंहदरबार पुगेका थिए। गत बुधवार र बिहीवार उनीमाथि लागेको महाभियोग छानबिन गर्न बनेको समितिले उनलाई विभिन्न प्रश्न सोधेको थियो। आज पनि त्यो क्रम जारी रह्यो। तर, सवाल जवाफको कार्यतालिका लम्बिने देखिएपछि प्रक्रिया केही फेरिएको थियो। बुधवार र बिहीवार समितिका…
बुटवल : टिकटक बनाउने क्रममा भिरबाट खसेर दाङमा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए। शनिवार राति ९ बजेतिर सल्यानबाट तुलसीपुरतर्फ आउने क्रममा तुलसीपुर उपमहानगरपालिका-३ स्थित साततलेको भिरमा टिकटक बनाउने क्रममा केसी भिरबाट खसेका थिए। गम्भीर घाइते भएका केसीलाई उपचारका लागि…
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटलगायतका विषयमा दुई नेताहरूबिच छलफल भएको बताइएको छ। सत्तारूढ राजनीतिक पार्टीहरूको गठबन्धन बनाएर आसन्न निर्वाचनमा जाने सहमति भए बमोजिम कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठित…
काठमाडौं : संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा निर्वाचित भएका छन्। काठमाडौंमा शनिवार सम्पन्न ११औँ साधारण सभाले सापकोटालाई अध्यक्ष पदमा चयन गरेको हो। त्यसैगरी, सभाले सापकोटालाई अध्यक्षसहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। वरिष्ठ उपाध्यक्षमा अष्ट लामा, प्रथम उपाध्यक्षमा सुदाम थापा र द्वितीय उपाध्यक्षमा राजन ईशान चयन भएका छन्। बसन्त लामा महासचिव हुँदा प्रल्हाद बोगटी सचिव र राजेश थापा कोषाध्यक्ष…
काठमाडौं : नक्कली नोट बनाउने सामाग्रीसहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। कागजको बन्डलसहित नुवाकोट ककनी घर भएर हाल काठमाडौं बस्ने ३२ वर्षीय हिरामान लामा पक्राउ परेका हुन्। सशस्त्र प्रहरी बल नेपाल बीओपी बहादुरपुरले ६९ वटा बन्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाहीको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट नियन्त्रणमा लिएको हो। उनको साथमा १७ हजार तथा…
पोखरा : निर्वाचित भएर आइसकेपछि फूल रोपेर कार्यभार सम्हालेका थिए पोखरा महानगर जनप्रतिनिधिहरुले। जिरो किलोमिटर चोकदेखि हलनचोकसम्म सडकका डिभाइडरमा ३७५ वटा फूलका विरुवा रोप्दै महानगरका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेका थिए। महानगर प्रमुख धनराज आचार्य सहित अन्य जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको एक सय दिन पुगेको छ। पोखरा महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो सय दिनको सय उपलब्धिहरु सयवटा बुँदागत रुपमा सार्वजनिक गरेको छ। महानगरको…
काठमाडौं : भारतीय सेनाका प्रमुख मनोज पाण्डे आज नेपाल आउँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापति पदवी ग्रहण गर्न उनी काठमाडौं आउन लागेका हुन्। यो नेपाल र भारतबिच वर्षौं आदानप्रदान हुँदै आएको सामान्य चलन हो। तर, यसपटकको भारतीय सेनाको प्रमुखको पाँच दिने नेपाल भ्रमणलाई राष्ट्रिय सुरक्षाको दृष्टीकोणले पनि महत्वको साथ हेरिँदैछ। कारण – नरेन्द्र मोदी सरकारले ल्याएको ‘अग्निपथ’ योजना। यो…
काठमाडौंः स्रोत नखुलेको रुपैंयासहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षीय टिकाराम भट्टराईलाई नियन्त्रणमा लिएको हो। शुक्रवार चन्द्रागिरि नगरपालिका वडा नम्बर २ नागढुङ्गास्थित चेक प्वाइन्टमा ड्युटीमा खटिएको प्रहरी टोली स्रोत नखुलेको ३९ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो। धादिङबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसको ग्यालरीमा झोला बोकी…
काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले देशभरबाट आफ्नो उम्मेदवार सिफारिस थालेको छ। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पनि देशभरबाट उम्मेदवारहरुको नाम केन्द्रमा मागेको छ। यही मेसोमा प्रधानमन्त्रीपत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवा विभिन्न पाँच क्षेत्रबाट सिफारिसमा परेकी छिन्। उनी बाँके बार्दियादेखि वाग्लुङबाट प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकका लागि सिफारिस भएकी हुन्। आरजुको…
स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा रियल मड्रिडले रियल बेटिसलाई हराएको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले रियल बेटिसलाई २-१ गोलअन्तरले हराएको हो। खेलको ९ औं मिनेटमै डेभिड अलबाको पासमा गोर्दै भिनिसियस जुनियरले मड्रिडलाई अग्रता दिलाएका थिए। तर, १७ औं मिनेटमा बेटिसका सर्जियो क्यानालेसले बोर्जा इगलेसिअसको पासमा गोल फर्काउँदा पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्सपरले फुलहमलाई हराएको छ। लिगमा अपराजित यात्रा कायम राखेको टोटेनहमले घरेलु मैदानमा पाहुना टोली फुलहमलाई २-१ गोलअन्तरले हराएको हो। खेलअवधिभर फुलहमलाई दवाबमा राखेको टोटेनहमले कुल २३ वटा प्रहार गरेको थियो जसमा १० वटा प्रहार लक्ष्यमा थियो। घरेलु टोलीले अग्रता भने ४० औं मिनेटमा रिचार्लिसनको पासमा पिअरे इमिल होएबिअरले गरेको गोलमा बनाएको थियो।…
काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेससबाट एक सय २७ उम्मेदवार सिफारिस भएका छन्। दुई निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभाको चार क्षेत्रमा एक सय १३ जनालाई सिफारिस भएका हुन्। प्रत्यक्ष र समानुपातिक दुबैका लागि ठूलो संख्यामा सिफारिस भएको हो। प्रत्यक्षमा नुवाकोट १ बाट प्रकाशशरण महत र डा रामशरण महतलाई सिफारिस भएका छन्। रामशरणको नाम समानुपातिकमा…
चौताराः सिन्धुपाल्चोक २ बाट नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्वमन्त्री शेरबहादुर तामाङसहित तीन जनाको नाम सिफारिस गरेको छ। शनिबार बसेको जिल्ला कमिटी बैठकले तामाङ, हस्त पण्डित र माधव पाण्डेको नाम सिफारिस गरेको हो। समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरेको छ। कृष्णराज श्रेष्ठ, धर्मकृष्ण श्रेष्ठ, जगन्नाथ आचार्य, डम्बर अर्याल, कमल माझी, डोल्मा तामाङ र दावा तामाङ समानुपातिकमा सिफारिस भएका छन्।
काठमाडौंः सरकारले घरजग्गा कारोबारका लागि इजाजत लिनुपर्ने व्यवस्थासहित मालपोत ऐन संशोधन प्रस्ताव गरेको छ। केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। दर्ता विधेयक चालु अधिवेशनमै पारित गर्ने सरकारको तयारी छ। मालपोत ऐनको दफा २ संशोधन गरेर इजाजतको व्यवस्था थप गर्न लागिएको हो। प्रस्तावित व्यवस्थामा भनिएको छ, ‘‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा सोही सूचनामा…