बुटवलः नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग एक्लै चुनावमा भिड्ने आँट कुनै पनि राजनीतिक पार्टीसँग नभएको दाबी गरेका छन्। प्रेस चौतारी रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता पौडेलले गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिसपर्धा गरे पनि त्यो असफल हुने बताए। ‘हामीसँग चुनावी प्रतिस्पर्धा गर्न कसैको पनि आँट छैन’, पौडेलले भने ‘हामीसँग एक्लै भिड्ने आँट नभएपछि गठबन्धनको वैशाखी टेकेर…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। गुडिसन पार्क स्टेडियममा सम्पन्न मर्सीसाइड डर्बीमा लिभरपुल घरेलु टोली एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा लिभरपुलले दवाब बनाए पनि गोल गर्न भने चुकेको थियो। खेलको ७० औं मिनेटमा घरेलु टोलीको गोललाई रेफ्रीले भिएआरको सहायतामा मान्यता नदिए पछि खेल बराबरीमा रोकियो। जारी लिगमा एभर्टनको यो लगातार चौथो बराबरी हो। योसँगै…
काठमाडौँः पानीजहाज बिनाको कार्यालय उद्घाटन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेको वर्तमान सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको सरकारले ५२ वर्ष पुरानो पानीजहाज दर्ता ऐन संशोधन संशोधनको प्रस्ताव गरेको छ। २०२७ सालमा लालमोहर लागेको ऐन सरकारले ५२ वर्षपछि संशोधन गर्न प्रस्ताव गरेको हो। केही नेपाल ऐन संशोधन विधेयकमा समेटेर सरकारले संशोधन प्रस्ताव अघि बढाएको हो। ऐनको दफा २४…
काठमाडौं: नेपाली क्रिकेट टोलीले केन्याविरुद्ध लगातार दोस्रो जित निकाल्दै एकदिवसीय अभ्यास सिरिज जितेको छ। आज सम्पन्न खेलमा घरेलु टोली केन्यामाथि १७ रनको जित निकाल्दै नेपालले तीन खेलको सिरिज एक खेल अगावै सिरिज जितेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको सहायतामा २३० रन बनाएको थियो। नेपालका लागिरोहित पौडेलले सर्वाधिक ७८ रन बनाउँदा देव खनालले ३७ तथा सोमपाल कामीले…
हेटौँडा : मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ बाट नेकपा (एमाले)ले ८ जनाको नाम सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि शनिवार एमालेको २ वटै क्षेत्रीय कमिटीले ८ जनाको नाम सिफारिस गरेको हो। एमाले मकवानपुर क्षेत्र नम्बर १ कमिटीले प्रतिनिधिसभा निर्वाचनको लागि ५ जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय कमिटीको हेटौँडामा सम्पन्न बैठकले एमालेका केन्द्रीय…
मकवानपुर : मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका-१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका-१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका-३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश०१-०२५ च १९४२ नम्बरको तरकारी…
काठमाडौं : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले राज्यले स्वास्थ्य र शिक्षामा लगानी नबढाएसम्म देश समृद्धिको बाटोमा नजाने बताएका छन्। प्रजातन्त्रवादी चिकित्सक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘एकातिर हामी समृद्धिको कुरा गर्छौँ, अर्को तिर यी विषयमा न्यून बजेट छुट्ट्याउँछौँ, अनि कसरी देश उँभो लाग्छ,’ कोइरालाले भने। शिक्षा र स्वास्थ्य मन्त्रालय काङ्ग्रेसले नलिएर गल्ती गरिरहेको पनि उनले…
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक दर्जन नेताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्। शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टीको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्। नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला…
तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन्। दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६औँ वार्षिकोत्सवमा शनिवार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताए। उनले भने, ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ। त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ।’ पौडेलले सिंगै देशलाई…
हेटौँडा : राष्ट्रिय प्रजातान्त्रिक पार्टी (नेपाल)ले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट केन्द्रीय अध्यक्ष कमल थापाको नाम सिफारिस गरेको छ। मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा राप्रपा नेपालले थापाको नाम सिफारिस गरेको हो। शनिवार दिउँसो हेटौँडामा बसेको जिल्ला संयुक्त क्षेत्रीय बैठकले थापालाई सर्वसम्वत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताए। जिल्लाको अन्य प्रतिनिधि तथा…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५ सय ३७ जनामा परीक्षण गर्दा २ सय जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै सोही अवधिमा ३ सय ३९ जना संक्रमण मुक्त भएका छन्। अहिले देशभर संक्रिय संक्रमितको सङ्ख्या २ हजार ६ सय ४२ रहेको छ। त्यस्तै, २४…
काठमाडौं : रोहित कुमार पौडेलको कप्तानीमा नेपालले आज केन्यासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ। केन्याको नैरोवीस्थित जिमखाना मैदानमा पहिलो इनिङ्स सकिएको छ। नेपालले जीतका लागि घरेलु टोली केन्यालाई २३१ रनको सम्मानजनक लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ दशमलव २ ओभरमा अल आउट हुँदै २३० रन बनाएको छ। नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकिय पारी खेले। उनी ९५ बलमा ७८…
भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परेर १४ जना घाइते भएका छन्। नेपालगञ्जको सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपी ३२ पीटी ३९४४ नम्बरको यात्रुबाहक बसलाई तीव्रगतिमा आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवल डेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्र…
जनकपुरधाम: मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारी गरेका झाले शनिवार मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएका हुन्। आज नै जनता समाजवादी पार्टीमा विधिवत् प्रवेश गरेर निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्न लागेका झाले उम्मेदवार बन्नु अगाडि पदबाट राजीनामा दिएको बताएका छन्। झालाई जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। झा महोत्तरी क्षेत्र…
इनरुवाः सुनसरीको इटहरी २ मा पिकअपको ठक्करबाट गए राति एक मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परि अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी २ का २८ वर्षीय लोमस दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। इटहरी–२ गङ्गामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश१–०२–००२ च ४६६२ नम्बरको पिकअप गाडीले सोही दिशातर्फ आउँदै गरेको को १६…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रवार राति सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई पक्राउ गरेको हो। आलमलाई नक्सालस्थित होटल मेरियटबाट नियन्त्रणमा लिइएको कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। विदेशमा उच्चशिक्षाको लागि भन्दै आलमले १ करोड ६८ करोड रुपैयाँ ठगी गरेको प्रकरणमा जिल्ला अदालतल काठमाडौंले गत फागुनमा…
सोभियत संघका अन्तिम नेता मिखाइल गोर्भाचोभको मृत्यु भएको चार दिनपछि अन्त्यष्टि गरिने भएको छ। रुसको मस्कोमाा हुने उनको अन्त्यष्टिमा राष्ट्रपति भ्लादिमिर पुटिन भने अनुपस्थित हुने भएका छन्। कार्यव्यस्ततालाई उनी अनुपस्थित हुनुको कारण बताइएको छ। लामो शितयुद्धलाई शान्तपूर्ण रुपमा अवतरण गराउन मूख्य भूमिका निर्वाह गरेका गर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो। शितयुद्ध समाप्त भएसँगै सोभियत संघको अस्तित्व पनि समाप्त भएको…
काठमाडौं : नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ह्दयराम थानीको नाम प्रतिनिधिसभा सदस्यका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ। शुक्रवार साँझ बसको क्षेत्रीय समितिको बैठकले उक्त क्षेत्रबाट थानीसहित श्याम भारती, टिएन जोशी, निरन्जन केसी र कमलबहादुर खत्रीको नाम सिफारिस गरेको हो। समानुपातिक तर्फ भने शिवराज जोशी, जानकी सिंह, गोविन्द बहादुर मल्ल, साधना घिमिर लोकबहादुर विश्वकर्मा लगायतका नेताहरुको नाम…
काठमाडौं : रामलाल जोशीको आख्यान 'बाआमा'सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शुक्रवार ‘बाआमा’ आख्यान विमोचन गरिएको हो। कांग्रेसका महामन्त्री गगन थापा, नायक राजेश हमाल, साहित्यकार नयनराज पाण्डे र लेखक सगुना शाहले संयुक्त रुपमा उक्त कृति लोकार्पण गरेका हुन्। बुक हिल प्रकाशक गरेको उनको यो तेस्रो कृति हो। नयनराज पाण्डेले प्रजातन्त्रदेखि हालसम्मको कालखण्डलाई जोडेर परिवारिक सम्बन्धको कुराहरू यस पुस्तकमा समेटिएको…
देश छाडी भागेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाये राजापाक्षे स्वदेश फर्केका छन्। उनी गत जुलाईमा सिंगापुर एयरलाइन्यसबाट देश छाडी भागेका थिए। देश छाडेर भागेको झन्डै ५० दिनपछि शनिवार बिहानै उनी श्रीलंका फर्किएको बताइएको छ। श्रीलंकाको सञ्चारमाध्यमका अनुसार राजापाक्षे बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा कडा सुरक्षा व्यवस्था गरिएको थियो। उनलाई स्वागत गर्न मन्त्रीहरु त्यहाँ पुगेका थिए। राजापाक्षे कोलम्बोमै बस्ने र त्यहाँ कडा सुरक्षा…