काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसङ्गतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्। गौरा पर्व २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा गाइने विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन तथा देउडालगायतका नाच नेपालका अमूल्य लोक संस्कृति भएको उल्लेख गरेका छन्। गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दै देउवाले ती लोक संस्कृतिले हाम्रो जीवनको सुख दुःखको कथा, इतिहास र परम्परा बोकेको बताए। ती लोक संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु सबैको…
काठमाडौंः राष्ट्रिय सभाका चार विषयगत समिति सभापति चयन भदौ २३ गते हुने भएको छ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्। सोही अनुसार सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ। प्रकाशित कार्यतालिका अनुसार भदौ २२ गते ११ बजेदेखि ४ बजेसम्म…
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक संघीय संसद्का दुबै सदनले जस्ताको तस्तै पारित गरेका छन्। प्रादेशिक पहिचान, स्वघोषणालगायतका विषयमा स्पष्ट पुनर्विचारका लागि सन्देशमा प्राप्त भए पनि दुबै सदनले जस्ताको तस्तै विधेयक पारित गरेका हुन्। अब पारित विधेयक सभामुखबाट प्रमाणित भएपछि प्रमाणीकरणका लागि पेश हुनेछन्। यसअघि साउन १५ गते विधेयक प्रमाणीकरणका लागि पठाइएको थियो। साउन २९ गते विधेयक…
वीरगंजः वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफ्नो सिको गरेको बताएका छन्। निर्वाचित भएको सय दिनको उपलब्धि सार्वजनिक गर्दै सिंहले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘काठमाडौंका प्रमुखजस्तै मैले यहाँ गर्नुपर्दैन। हामी अर्काको नक्कल गर्दैनौं। बरु बालेनले मेरो नक्कल गरिरहेका छन्। सुरुमै मैले वीरगंजको नाला अतिक्रमण तथा फुटपाथ अतिक्रमण हटाएँ र त्यसैको सिको अहिले…
ललितपुर : साहित्यकार एवं बाल वाङ्मय तथा अनुसन्धान केन्द्रकी सल्लाहकार सिर्जना शर्माले आफ्नो जन्मदिनको अवसरमा किशोर साहित्य पुरस्कार घोषणा गरेकी छन्। साहित्य तथा सञ्चार क्षेत्रमा सक्रिय रहेकी शर्माले आफ्नो ६७ औं जन्मदिनको अवसरमा सानेपास्थित आफ्नै निवासमा पुरस्कार घोषणा गरेकी हुन्। बुवा जयदेव भट्ट र आमा हीरादेवी भट्टको सम्झनामा किशोर साहित्यमा कलम चलाउने सर्जकका लागि पुरस्कार घोषणा गरिएको शर्माले बताइन्। पुरस्कारका…
काठमाडौं: नेपाली क्रिकेट टोलीले केन्यासँगको एकदिवसीय (ओडी) अभ्यास सिरिजको पहिलो खेलमा जित निकालेको छ। आज सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली केन्यामाथि ७ विकेटको सहज जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो। केन्याका लागि राकेप पटेलले सर्वाधिक ६७ रन बनाउँदा कोलिन्स अबुयाले ६२ बनाए। त्यस्तै इर्फान करिमले ३० रन बनाउँदा…
काठमाडौं : नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट पारित भएको छ। राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेको राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक पुनः बहुमतले पारित गरेको हो। विधेयकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री खाणले नेपालमा रहेका सबै नेपाली नागरिकलाई अनागरिकबाट नागरिक बनाउन विधेयक ल्याइएको प्रष्ट पारे। नेपालको राष्ट्रियतालाई बलियो पार्ने…
काठमाडौं : उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ। बेलका नगरपालिका-७ बस्ने ३७ वर्षीय राजकुमार बस्नेत, उनकी ३३ वर्षीय श्रीमती सरिता बस्नेत र १२ वर्षीय छोरा सुजनको हत्या भएको हो। आज बिहान ११ बजेतिर तीन जनाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ। शव वालबुङ खोला नजिकै शव भेटिएको हो।…
काठमाडौं : राप्रपा नेपालले आसन्न निर्वाचनका लागि आर्थिक संकलन गर्ने भएको छ। आज काठमाडौंमा बसेको स्रोत परिचालन समितिको बैठकले अर्थ संकलनको निमित्त १० हजार गुणा ५ हजार अभियान कार्यान्वयन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको बैठकले यो अभियान अन्तर्गत पाँच हजार सहयोगीहरु प्रत्येकबाट दश/दश हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको स्रोत परिचालन समितिका प्रमुख एवं पार्टीका…
बुटवल : बिहीवार बेलुकादेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले केहिबेर अघिबाट सडक एकतर्फी रुपमा सञ्चालनमा आएको जानकारी दिए। पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदेखोलामा बिहीवार अपराह्न ४ बजे ४० मिटर सडक सवारी साधन सञ्चालन गर्न नमिल्नेगरी भासिएको थियो। राति पुनः रुखसहितको पहिरो झरेपछि सडक बन्द भएको थियो।…
हेटौँडा : नेकपा (एमाले) मकवानपुरले प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क)को लागि प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ। क्षेत्रीय समन्वय समितिको बैठकले प्रदेशसभातर्फ सम्भावित उम्मेदवारको रुपमा तीन जनाको नाम सिफारिस गरेको हो। बैठकले बलराम बल, विष्णुप्रसाद ढकाल र चमेली वाइबाको नाम प्रत्यक्षतर्फ सम्भावित उम्मेदवारको रुपमा अगाडि बढाउने निर्णय गरेको छ। एमालेको समन्वय समितिको बैठकले जिल्लामा रहेको…
बुटवल : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा नेपाली काङ्ग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ। प्रतिनिधिसभातर्फ २ वटा र प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा उम्मेदवार बन्न आकांक्षीको लर्को लागेको छ। क्षेत्रीय समितिले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार जना र क्षेत्र २ बाट तीन जनाको नाम सिफारिस गरेको…
काठमाडौं : नेपाल र केन्याबिचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि २१९ रनको लक्ष्य दिएको छ। केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले ४८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको हो। केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रनको योगदान दिए भने कोलिन्स ओबुयाले ६२ रन…
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आमसञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउनुपरेको बताएका छन्। उनले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथिको छलफलका क्रममा उनले आमसञ्चारमाध्यमलाई स्वच्छ, पारदर्शी, व्यावसायिक, मर्यादित र उत्तरदायी बनाउन, पत्रकारिताको विकास गर्न तथा पेशागत आचारण कायम राख्न आवश्यक…
भारतीय फुटबल संघ (एआईएफफ) को अध्यक्षमा कल्याण चौबे निर्वाचित भएका छन्। आज सम्पन्न निर्वाचनमा भाइचुङ भुटियालाई पछि पार्दै निर्वाचित भएका हुन्। ४५ वर्षीय चौबेले पूर्व कप्तान भुटियालाई ३३-१ को फराकिलो मतअन्तरले हराएका हुन्। चौबे भारतीय जनता पार्टीका नेता हुन्। गएको लोकसभा निर्वाचनमा उत्तर बंगालको कृष्णनगरबाट उनले निर्वाचन लडेका थिए जसमा उनी पराजित भएका थिए। उनले भारतीय फुटबल टोलीको सिनयर टिममा रहेर कहिलै खेलेका…
काठमाडौं : प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रतिनिधिसभाको शुक्रवार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो। बैठकमा सो विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन कानून, न्याय…
काठमाडौं : दक्षिण एसियाली फुटबल संघ (साफ)को कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २१ गते देखि असोज ३ गतेसम्म साफ महिला फुटबल प्रतियोगिता आयोजना गर्दैछ। आज एन्फाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी सकिएको जनाएको हो। प्रतियोगिताका लागि एन्फाले ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ। जसमध्ये सहभागी टिमहरुको र म्याच…
बुटवल : बुटवल उपमहानगरपालिकाको प्रगतिनगरमा स्मृति पार्क निर्माण हुने भएको छ। बुटवल उपमहानगरले वडा नम्बर ११ प्रगतिनगरमा नेपाली काङ्ग्रेसका संस्थापक स्व वीपी कोइराला, कम्युनिस्ट पार्टीका संस्थापक स्व पुष्पलाल श्रेष्ठ र बुटवलका पूर्व नगरप्रमुख स्व सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण गर्न लागेको हो। आफू निर्वाचित भएर पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा शुक्रवार एक कार्यक्रमका बिच नगरप्रमुख खेलराज पाण्डेयले…
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरिरहेको छ। तालाबन्दी लम्बिँदै जाँदा विश्वविद्यालय परिसरमा विपक्षी दलका भातृ संगठनसँग नेविसंघको झडप समेत हुँदै आएको छ। जसकारण विश्वविद्यालयको प्रशासन संचालनदेखि पढाइसम्ममा असर पुगेको छ। आजको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले त्रिभुवन विश्वविद्यालयमा भइरहेको अस्तव्यस्तताको बारेमा प्रश्न उठाएका छन्।नेकपा एमालेका सांसद पदम गिरीले वर्तमान गठबन्धन सरकार बनेदेखि…