अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डिज डि किर्चनरको हत्या गर्ने प्रयास भएको छ। राजधानी ब्यूनसस्थित आफ्नै निवास बाहिर समर्थनसँग भेटिरहेको अवस्थामा एक बन्दुकधारीले उनीमाथि आक्रमण गरेको बीबीसीले जनाएको छ। ती व्यक्तिले भिडबाट निकल्नेर क्रिस्टिनाको अनुहार नजिकै पेस्टोल तेर्साएका थिए। त्यहाँ उपस्थित समर्थक र प्रहरीले सो व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डिजका अनुसार पेस्तोलमा पाँच राउन्ड गोली थियो। जब सो व्यक्तिले…
काठमाडौं : १९९० साल अघिसम्म वसन्तपुर क्षेत्रमा अहिलेजस्तो खुला डबली थिएन। त्यहाँ श्रीखण्ड तरमुल महाबिहार अन्तर्गतका संरचना थिए। पाँचवटा कचा बहा:हरु थिए। चैत्य थियो। मन्दिर थियो। इनार पनि थियो। १९९० सालको भूकम्पपछि त्यहाँ रहेका घरहरु केही भत्किए, केही चर्किए। राणा शासकले भूकम्पले भत्किएका संरचना बनाउनुको सट्टा उक्त स्थानलाई खुल्ला छाड्ने निधो गरे। त्यहाँ बसोवास गर्दै आइरहेकालाई अन्यत्र सारियो। र, आधा…
काठमाडौं : प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ले एकसातामा १ करोड ७० लाखको व्यापार गरेको छ। गत शुक्रवार रिलिज भएको यस फिल्मले नेपालभरबाट १ करोड ७० लाख ग्रस कलेक्सन गरेको वितरक रोहित कट्टेलले जानकारी दिए। ‘हिजो बिहीवारसम्म ‘प्रकाश’ले बक्सअफिसमा १ करोड ७० करोड कलेक्सन गरेको छ। प्रदर्शनको पहिलो दिन दर्शक ठीकै आएपनि शनिवारदेखि नै हलहरु हाउसफुल छन्। राम्रो कथा भएका कारण दर्शकले…
हेटौँडा : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख)ले प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ। काङ्ग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि एक मात्र उम्मेदवार सिफारिस भएकी छिन्। समानुपातिकतर्फ भने हालका वाग्मती प्रदेश सदस्य एवं प्रदेशका भौतिक पूर्वाधार विकास…
एसिया कपको सुपर ४ मा पुग्ने तीन टोलीको टुंगो लागिसकेको छ। समूह ‘बी’को विजेता टोली अफगानिस्तानले शतप्रतिशत जित निकाल्दै सुपर चारमा स्थानमा बनाउँदा समूह ‘ए’बाट भारतले शतप्रतिशत जित निकाल्दै आफूलाई सुरक्षित गरिसकेको छ। त्यस्तै, गएराति सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशमाथि रोमाञ्चक जित निकाल्दै सुपर चारमा पुग्ने तेस्रो टोली बन्यो। आज समूह ‘ए’मा भारतसँग पराजय ब्यहोरेका पाकिस्तान र हङकङ प्रतिस्पर्धा गर्दैछन्। जित्ने…
वीरगंज : नेकपा एमालेले पर्साको विभिन्न क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नाम सिफारिस गर्न शुरु गरेको छ। पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि सभातर्फ बसरुद्दीन अन्सारी, पूर्व सांसद जुनैद अन्सारी, इस्लाम हवारीको नाम सिफारिस गरेको छ भने पर्सा क्षेत्र नं ३ को समन्वय समितिको बैठकले क्षेत्र नं ३ बाट नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ताको एकल नाम सिफारिस गर्ने निर्णय…
काठमाडौं : दीपेन्द्र के खनाल निर्देशित ‘के घर, के डेरा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मको अफिसियल पोस्टरसँगै क्यारेक्टर पोस्टरसमेत सार्वजनिक गरिएको हो। आगामी कार्तिक ४ मा रिलिज हुने फिल्मको अफिसियल पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झाले स्थान पाएका छन्। रिलिज भएकामध्ये दुईवटा क्यारेक्टर पोस्टर दयाहाङ राई र विपिन कार्की फिचर्ड छन्। महेश…
काठमाडौं : आज शुक्रवारदेखि दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’ र ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ’ रिलिज भएका हुन्। त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ। कभर गीत गाएर चर्चामा आएका तोप्देनले यसै फिल्ममार्फत डेब्यू गरेका हुन्। यो फिल्म सुगम पोखरेलको ‘सम्हालिन्छ कहिले…
काठमाडौं : सत्तारुढ गठबन्धन दलले निर्वाचन क्षेत्र र प्रदेश सभा क्षेत्र नै तोकेर सिट बाँडफाँट गर्ने तयारी गरेको छ। मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धन सिट बाँडफाँटका लागि लामो समयदेखि छलफलमा जुटे पनि सहमति भने हुन सकेको छैन। बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दिनभरको छलफलपछि दलहरु क्षेत्र र प्रदेश…
काठमाडौंः बारामा एक पुरुष मृत भेटिएका छन्। बाराजितपुर सिमरा उपमहानगरपालिका-१९ मटिअरिया टोल बस्ने ७७ वर्षीय प्रेमी चौधरी सोही ठाउँस्थित खोलाको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घरबाट सोमबार खेतमा काम गर्न जान्छु भन्दै गएका उनी केही समयसम्म पनि नफर्किएपछि खोजी गर्ने क्रममा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौंः वर्षाको कारण नारायणगढ- मुग्लिङ सडक अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका-२९ अठार किलो र केराबारीस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा अविरल वर्षाको कारण शुक्रवार बिहान पहिरो जाँदा सडक अवरोध भएको हो। बिहानैदेखि सडक अवरुद्ध भएकाले प्रहरीले स्थानीय निकायहरू सँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ। केही समयदेखि वर्षाको कारण यो सडक खण्ड अवरुद्ध हुँदै आएको छ।
काठमाडौंः कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा शिवसताक्षी नगरपालिका-८ बस्ने ३७ वर्षीय दिप्सन लावतीलाई बिहीबार पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको २०६३ असोज ३ गतेको फैसलाले जन्म कैद ठहर भएको र पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा उक्त फैसला सदर भएको थियो। लावतीले उक्त मुद्दामा १ वर्ष ७ महिना २४ दिन कैद भुक्तान गरी सकेका थिए…
काठमाडौंः बिल बिजकभन्दा बढी सामान बोकेको भारतीय नम्बर प्लेटको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर २४ स्थित सडकबाट भन्सार प्रज्ञापन पत्र भन्दा बढी सामान लोड गरेको ट्रकलाई नियन्त्रणमा लिएको हो। ट्रकमा विभिन्न परिमाणमा फरक फरक चक्लेटहरु लोड गरिएको पाइएको छ। ट्रकको सामान सहित ५० लाख मूल्याङ्कन गरी थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय…
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्वाचनको निमित्त भदौ २१ गतेभित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरि केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको छ। यसैगरि बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत राखी निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ। महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा…
काठमाडौं : मंसिर ४ मा निर्वाचनपछि गठबन्धनमा प्रधानमन्त्रीको उम्मेदवार को हुने? अहिले धेरैको चासोको विषय बनेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसक्दा पाँच दलीय गठबन्धन भने यसबारे मौन रहँदै आएको छ। यसै विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सञ्चारकर्मीले प्रश्न गरेका छन्। कार्यक्रमका सिलसिलामा शुक्रवार सुर्खेत पुगेका उनलाई विमानस्थलमा सञ्चारकर्मीले प्रश्न गरे…
चीनको चेङ्दुमा कोरोना संक्रमणदर बढेपछि लकडाउन गरिएको छ। पछिल्लो हप्ता ७६६ जनामा कोरोना पोजेटिभ देखिएपछि बिहीवार साँझ ६ बजेपछि अतिआवश्यक काम नपरेसम्म घरबाहिर ननिस्कन त्यहाँको स्थानीय सरकारले आग्रह गरेको हो। उक्त निर्णयपछि सिचुवान प्रान्तका २ करोड बढी मानिस घरबाहिर निस्कन पाउने छैनन्। बिहीवारमात्र चेङ्दुमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जिरो कोभिड नीति अन्तर्गत अब आइतवारसम्म मास टेस्टिङ हुने…
वीरगंज : जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा ट्रमा सेन्टर सञ्चालन गर्न माग गरेको छ। समितिका संयोजक मनोज पौडेलले एक विज्ञप्ति जारी गर्दै मधेस प्रदेश सरकारसँग ट्रमा सेन्टर सञ्चालन गर्न माग गरेका हुन्। विगत तीन वर्षदेखि पथलैयामा ट्रमा सेन्टरका लागि बजेट बिनियोजन गर्दै आएको भए तापनि सञ्चालन नगरेर बारा, पर्सा, रौतहट र राजमार्गमा यात्राका क्रममा दुर्घटनामा घाइते हुने यात्रीको उपचार पाउने…
काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकोले मौसममा फेरबदल भइरहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो। शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम…
बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा कांग्रेसबाट संघीय संसदकी उपसभामुख पुष्पा भुसालसहित ६ जनाको नाम सिफारिस भएको छ। क्षेत्रीय समितिले उपसभामुख भुसालसहित कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधिहरु रामबहादुर बिसी, लेखनाथ पोखरेल र मुक्तिराम श्रेष्ठलाइ सिफारिस गरेको क्षेत्रीय सचिव सुरज रायमाझीले जानकारी दिए। एक मात्र निर्वाचन क्षेत्र रहेको…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टरसिटीमाथि संघर्षपूर्ण जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा युनाइटेडले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। युनाइटेडलाई जित दिलाउन जडोन साञ्चोले निर्णायक गोल गरे। उनले खेलको २३ औं मिनेटमा मार्कस रासफोर्डको पासमा गरेको गोल नै युनाइटेडको जितमा कोषेढुंगा साबित भयो। लिगमा खराब सुरुवात गरेको युनाइटेडलाई पछिल्ला जितले राहत…