काठमाडौं : सरकारले बिलासी गाडी, मोबाइल मदिरा र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै ती वस्तुहरुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ। सरकारले गत सोमवार राजपत्रमा सूचना जारी गर्दै १० मध्ये ४ वस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यो निर्णय पालना गर्न राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गरेको हो। गत बैशाख १३ गतेदेखि सरकारले विभिन्न…
काठमाडौं : सरकारले ५८औँ राष्ट्रिय बाल दिवसको नारा तय गरेको छ। भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवसका लागय यो वर्ष ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी समाज’ नारा तय गरिएको हो। उक्त दिवसका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालमैत्री अवधाराणालाई महत्व दिँदै उक्त नारा तय गरेको महिला विकास अधिकृत कमला दाहालले जानकारी दिए। नेपालले सन् १९९०…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने योजना अघि बढाएको बताएका छन्। काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा सुरु गर्नेबारे उनले सरोकारवालाहरुसँग छलफल समेत गरिरहेका छन्। श्रेष्ठले रात्रीकालिन सम्पदायात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्विने विश्वास व्यक्त गरे। रात्रीकालिन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई…
काठमाडौं : सप्तऋषिको पूजा गर्दै आज ऋषि पञ्चमी मनाइएको छ। बिहानैदेखि नदी किनारमा महिलाहरु पूजा र स्नानका लागि पुगेका थिए। रजश्वला दोष मुक्तिका लागि ब्रत तथा पूजा हुने भएकाले ऋषि पञ्चमी विवादित पनि हुँदै गएको छ। यो पर्वको व्याख्या परिवर्तन गर्नुपर्ने भन्दै आवाज पनि उठिरहेको छ। पछिल्लो समय महिलाहरुले यो पर्वको बहिस्कार पनि गर्दै आएका छन्। बहिष्कारबिच पनि आज बिहान गौरीघाटमा महिलाहरुले परम्परागत रुपमै पूजा गर्न…
बाढीका कारण अस्तव्यस्त बनेको पाकिस्तानको सिन्ध प्रान्तमा १०० किलोमिटर लामो ताल बनेको छ। बाढीका कारण पाकिस्तानको ३३ प्रतिशत भाग अहिले डुबानमा छ। मध्य जुन महिनाबाट सुरु भएको बाढीको कहरका कारण पाकिस्तानमा हालसम्म १ हजार १६२ जनाको मृत्यु भइसकेको छ। यस्तै, ३ करोड ३० लाख भन्दा बढी मानिस प्रभावित हुँदा ३ हजार भन्दा बढी मानिस घाइते भएका छन्। नासाको मोडिज् स्याटलाइट…
काठमाडौं : ट्राफिक प्रहरीले मोटरसाइकल तथा स्कुटरमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन थालेको छ। कानुन बमोजिम निर्माण भइसकेका मोटरसाइकल र स्कुटरमा कुनै वस्तु थप्नु वा हटाउनु मोडिफिकेसन भएको भन्दै ट्राफिक प्रहरीले हटाउन सुरु गरेको छ। पछिल्लो समय राडड सेयरिङ सेवा दिइरहेका अधिकांश सवारी चालकहरुले सहजता हुने भन्दै मोबाइल स्ट्यान्ड मोटरसाइकल र स्कुटरमा जोडेसँगै ट्राफिक प्रहरीले हटाउन थालेको छ। ट्राफिक प्रहरीले पठाओलगायतका राइड…
लमजुङ दोर्दी गाउँपालिका– ६ ढोडेनीमा गए राति पहिरो जाँदा घरहरु जोखिममा परेका छन्। उक्त पहिराले चार घर विस्थापित भएका छन् भने करिब ४० रोपनी खेतबारीमा नोक्सान पुगेको प्रहरीले जनाएको छ।
भारतको राजधानी नयाँ दिल्लीमा अगस्टभरमा कोरोना भाइरस संक्रमण भएका १५७ जनाको मृत्यु भएको छ। यो पछिल्लो ६ महिनाकै उच्च भएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। फेब्रुअरीमा २५७ जनाको मृत्यु भएको थियो। कोरोना संक्रमण भएर मृत्यु भएकाहरु अधिकांशमा क्यान्सर, क्षयरोग, एड्सजन्य रोग लागेको लोक नायक अस्पतालका डा सुरेश कुमारले बताए। अगस्टमा दिल्लीमा कोरोना संक्रमणदर पनि बढेको समाचारमा जनाइएको…
काठमाडौं : चितवनको भरतपुर महानगर वडा २९ स्थित केराबारीमा पर्ने नारायण मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ। बिहान पौने ६ बजे उक्त सडक खण्डमा लेदोसहितको पहिरो झरी बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनायो। पहिरो स्थलमा प्रहरी टोली पुगिसकेको र सडक विभागसँग समन्वय गरी सडक खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
काठमाडौं : निर्वाचन नजिकिए पनि सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो अझै लगाउन सकेको छैन। बुधवार बसेको सत्ता गठबन्धनको शीर्ष नेताको बैठकमा यसबारे गहन छलफल भएको बताइए पनि निष्कर्ष भने निस्केन। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीर रुपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए। बैठक बिहीवार…
काठमाडौं : हाल देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकोले देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो…
काठमाडौं : प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई हराएको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले न्युक्यासलमाथि २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो। खेलको ३८ औं मिनेटमा अलेक्जेन्ड इसकले सिअन लङस्टाफको पासमा गोल गर्दा न्युक्यासलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको लिभरपुललाई रोबेर्टो फर्मिन्होले बराबरीमा ल्याए। उनले खेलको ६१ औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले एस्टोनभिल्लालाई हराएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले एस्टोन भिल्लामाथि २-१ गोलको संघर्षपूर्ण जित निकालेको हो। खेलको ३० औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै आर्सनललाई जित दिलाएका थिए। पहलो हाफमा आर्सनल अघि रहे पनि दोस्रो हाफमा डोउग्लास लुइजले गोल फर्काउँदै एस्टोन भिल्लालाई खेलमा फर्काए। उनले खेलको ७४ औं मिनेटमा गोल…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टमाथि फराकिलो जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले फरेस्टमाथि ६-० को फराकिलो जित निकालेको हो। सिटीको जितमा अर्लिङ हल्याण्ड ह्याट्रिक पुरा गर्दा जुलियन अल्भारेजले २ गोल तथा जोआओ क्यान्सेलोले एक गोल गरे। हल्याण्डको यो लगातार दोस्रो ह्याट्रिक हो। यसअघिको खेलमा हल्याण्डले क्रिस्टल प्यालेस विरुद्ध ह्याट्रिक गर्दा…
काठमाडौं : न्याय परिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ। न्याय परिषद्को मङ्गलबार बसेको बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो। न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार कार्यक्षमता र न्यायिक आचरणमा सुधार नआएको साथै न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानविन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको होे। यसअघि परिषद्को बैठकले…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अहिले आफूमाथि लागेको महाभियोग सामना गरिरहेका छन्। गत वर्ष फागुन १ गते महाभियोग प्रस्ताव संसदमा दर्ता भएपछि निलम्बनमा परेका जबरा आज आफूमाथि लागेका आरोपहरुको जवाफ दिन सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेका थिए। महाभियोग सिफारिस समितिले बोलाएकै समयमा उनी सिंहदरबार पुगेका थिए। तर, निलम्बन भएको साढे ६ महिनापछि सांसदहरुको प्रश्नको उत्तर दिन पुगेका उनले सहजै उत्तर दिन…
काठमाडौं : नेपाल र अस्ट्रेलियाबिच द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक अस्ट्रेलियामा सम्पन्न भएको छ। नेपालको परराष्ट्र मन्त्रालय र त्यहाँको विदेश मामिला तथा व्यापार विभागबिच बैठक मंगलवार सम्पन्न भएको हो। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र अस्ट्रेलियाका तर्फबाट विभागका उपसचिव जस्टिन हेयर्स्टले टोलीको नेतृत्व गरेका थिए। क्यानबेरास्थित नेपाली दूतावासले बैठकमा द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै थप साझेदारीलाई कसरी अगाडि बढाउन सकिन्छ…
बुटवल : बुटवलमा सवारी दुर्घटनामा बाबु-छोराको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्याम अर्यालले जानकारी दिए। बुधवार दिउँसो बुटवल १३ बेलवासस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राजनीतिकरण गर्न नहुने बताएका छन्। बुधवार शीतल निवासमा राष्ट्रपतिसँग भेट गर्दै प्रचण्डले यस्तो बताएका हुन्। पार्टीका पदाधिकारीसहित शीतल निवास पुगेका प्रचण्डले राष्ट्रपतिसमक्ष विधेयकलाई अनावश्यक राजनीतिकरण गरिनु दु:खद भएको बताएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकबारे चासो राखेकी थिइन्। राष्ट्रपतिको चासोलाई सम्बोधन गर्दै प्रचण्डले वैवाहिक अंगिकृत…