वीरगंज : पर्सा प्रहरीले वीरगंजबाट जबरजस्ती करणी मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१६ बस्ने अनिल प्रसाद चौरसिया रहेका छन्। २०७६ असार १२ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजले जबरजस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गरेको थियो। फैसला आदेशमा उनलाई ६ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तोकिएको थियो। घटना लगत्तै फरार भएका…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ९२० जनामा परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण देखिएको हो। २ हजार ४८५ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र १ हजार ४३५ एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा १ सय…
बुटवल : बुटवलमा बहुतले पार्किङस्थल निर्माणका लागि अध्ययनको प्रक्रिया अघि बढेको छ। बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बिचमा डीपीआर तयारका लागि सम्झौता भएको छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबिच सम्झौता भएको हो। सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभित्र बहुतले कार…
काठमाडौं : ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ आगामी शुक्रवारदेखि प्रदर्शन हुँदैछ। भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित यो फिल्म दाउपेजको कथा भएको अभिनेत्री केकी अधिकारीको भनाइ छ। पहिलेको कथा भएपनि वर्तमान समयमा निकै सान्दर्भिक भएको उनले बताइन्। ‘२०२५ सालतिर भीमनिधिजीले समसामयिक घटनालाई कथामा उतार्नुभएको थियो। यो पुरानो कथा अहिले पनि समसामयिक हुन्छ। आजको दिनसम्ममा पनि घरमा सम्पतिको निहुँमा दाजुभाईबिच झगडा भइरहेको…
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन्। कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। प्रत्यक्ष र समानुपातिक गरेर १५० सिट जित्दै दुनियाँलाई आश्चर्य चकित पार्ने उनको दाबी थियो। उनले भने, ‘नेपाली जनताको ताकत देखाउनु पर्नेछ यसपाली। अरुको भरमा होइन, अरुका बलमा…
काठमाडौं : निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बार एशोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठमाथि गम्भीर आरोप लगाएका छन्। जबराको विरोध गर्दै बेञ्च बहिष्कार गरेका न्यायधीशमाथि प्रश्न उठाएका जबराले श्रेष्ठलाई पनि आरोप लगाएका हुन्। महाभियोग सिफारिस समितिमा बुधवार जवाफ दिन उपस्थित भएका जबराले श्रेष्ठले न्यायाधीश बन्न 'बार्ग्रेनिङ' गरेको दाबी गरेका छन्। श्रेष्ठले उच्च अदालतको न्यायाधीशका लागि बार्गेनिङ गरेको जबराको आरोप छ। यस्तै,…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालले महाअभियोगमा आज लिएको बयान ‘हेर्दाहेर्दै’मा राखिएको छ। आज मध्यान्हदेखि सुरु भएको बयान नसकिएपछि भोलिलाई पनि राखिएको हो। भोलि बिहान ११ बजे बयानको लागि बोलाइएको समितिका एक सदस्यले जानकारी दिए। फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो। फागुन २२ गते ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन भएकोमा समितिले बुधवारका लागि जबरालाई बयान दिन बोलाएको…
कैलाली : नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका नेताहरू नेकपा (एमाले)मै फर्किएका छन्। बुधवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको एमाले कञ्चनपुरको पार्टी प्रवेश कार्यक्रममा यसअघि एमाले छोडेर समाजवादी रोजेका नेताहरू पुनः पुरानै पार्टीमा फर्किएका हुन्। एमाले विभाजनपछि एकीकृत समाजवादीमा खुलेकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्यहरू तारा लामा तामाङ र कुरवीर चौधरी, समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रम बहादुर शाही, वेदकोट…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन्। २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित थापाले आज आवेदन दिएका हुन्। थापालाई कास्की १ बाट पनि उम्मेदवार दिन आग्रह गरिएको थियो। उम्मेदवार सिफारिसका लागि अहिले देशभर नेता/ कार्यकर्ताले आवेदन दिइरहेका छन्। आकांक्षी उम्मेदवारले वडा समितिबाट समेत सिफारिस लिएर…
काठमाडौं : नेपाली क्रिकेट टोलीको टी २० वरीयता फेरि खस्किएको छ। आईसीसी वरीयतामा पछाडि रहेको टोली केन्यासँगको पाँच खेलको टी २० सिरिज ३-२ ले जितेको नेपालको टी २० वरीयता फेरि खस्किएको हो। आईसीसीले जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १६ औं स्थानमा झरेको छ। नेपालभन्दा अगाडी ११ औं स्थानमा जिम्बावे, १२ औं स्थानमा आयरल्याण्ड, १३ औं स्थानमा यूएई, १४ औं…
काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे यहीँ भदौ १९ गते नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी भदौ १९ गते पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेको नेपाली सेनाले जनाएको छ। भदौ १९ देखि २३ गते (सेप्टेम्बर ४ देखि ८ तारिख) सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण,…
काठमाडौं : प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरालले महाभियोग प्रक्रिया नमिलेको जवाफ दिएका छन्। बुधवार महाभियोग सिफारिस समितिको बैठकमा आफूमाथि लागेको अभियोगको जवाफ दिँदै उनले आफूले कानुन बाहिर गएर काम नगरेको दाबी गर्दै प्रक्रियामा नै प्रश्न उठाएका हुन्। 'म माथि लागेको अभियोगका विषयमा म कुनै दिन लेखौंला बोलौंला। कानुन र संविधानभन्दा बाहिर गएर काम गरेको छैन। यो महाभियोगको प्रक्रिया मिलेको छैन्,' जबराले भने।…
काठमाडौं : महाभियोग सिफारिस समितिको बैठक सुरु भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगबारे बयान लिन सिहंदरवारमा बैठक सुरु भएको हो। जबरा बयानका लागि ११ बजे नै सिंहदरबार पुगेका थिए। तर, ढिला गरि बैठक सुरु भएको हो। फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो। फागुन २२ गते ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएकोमा समितिले बुधवारका लागि जबरालाई बयान…
काठमाडौंः चामलको कालोबजारी गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। रौतहटको गौर नगरपालिका-१ रमजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारत विहार सितामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। राजेन्द्रले इन्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिङ गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्ने क्रममा ३…
काठमाडौं : चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नुवाकोट ककनी गाउँपालिका वडा नम्बर २ घर भएका ४२ वर्षीय बुद्धि तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले सोमवार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित एक घरमा चोरी गरेका थिए। घरको तेस्रो तलाको किचेनको झ्यालबाट भित्र छिरेर नगद चोरी गरेका थिए। प्रहरीमा उजुरी परेपछि तामाङलाई काठमाडौं महानगरपालिका वडा नम्बर १६ वटा…
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिहान ११ बजे नै बयानको लागि सिंहदरबार पुगेका थिए। तर एक घण्टा बितिसक्दा पनि बैठक सुरु भएको छैन। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई एक साताअघि बयानको लागि बोलाउने निर्णय गरेको थियो। आज समितिको गणपुरक सङ्ख्या पनि पुग्यो तर मिडियालाई प्रवेश दिने की नदिने भन्ने विषयमा विवाद हुँदा अझै बैठक सुरु हुन सकेको…
काठमाडौंः सुनको मूल्यमा ८ सय रुपैयाँ घटेको छ। घट्ने क्रममा ब्रेक लाग्दै मंगलबार तोला ३ सय बढेको थियो, बुधबार पुनः घटेर प्रतितोला ९४ हजार रुपैयाँ भएको छ। बुधबार कायम कारोबार मूल्य भदौ लागेयताकै सस्तो हो। मंगलबार प्रतितोला ९४ हजार ८ सयमा कारोबार भएको थियो। यसअघि अघिल्लो दिनको भन्दा ६ सय घट्दा सोमबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँ थियो। साताको पहिलो…
काठमाडौं : पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड संचालनमा आएको छ। सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै अहिले दुईतर्फी यातायात संचालनमा आएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी संचालनमा आएको जानकारी दिए। सडक संचालनमा आएसँगै पहिराका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्।
अछामः अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन्। मध्यपहाडी सडकखण्डको विनायक गैरीटाडअन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीको शव भेटिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार धामीको टाउकोमा चोट लागेको छ। मृत्युको कारण यकिन हुन नसकेको विष्टले बताए। गए राति करिब १० बजे घटनाको जानकारी प्राप्त हुनासाथ अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको…
बलिउड फिल्म ‘शेरशाह’ ‘फिल्मफेयर अवार्ड २०२२’ मा उत्कृष्ट फिल्म घोषित भएको छ। मंगलवार साँझ मुम्बईमा आयोजित ६७ औँ संस्करणको अवार्ड समारोहमा सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘शेरशाह’ यसवर्षको उत्कृष्ट फिल्म बनेको हो। ‘शेरशाह’ बाटै विष्णु वर्धनले उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारे।त्यस्तै, फिल्म ‘८३’ बाट रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। कृति सेनन फिल्म ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्री घोषित भइन्। विद्या बालनले फिल्म ‘शेरनी’…