एसिया कप क्रिकेट अन्तर्गत गएराति सम्पन्न सुपर फोरको खेलमा पाकिस्तानले भारतमाथि सानदार जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले भारतमाथि पाँच विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। सुरुवाती ब्याटिङ गरेको भारतका…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले लिगको पाँच खेलसम्म लगातार जित निकालेको आर्सनललाई ३-१ गोलअन्तरले हराएको हो। युनाइटेडको जितमा मार्कस रासफोर्डको प्रदर्शन शानदार रह्यो। उनले दुई गोल र एक एसिस्ट प्रदान गरे। खेलको ३५ औं मिनेटमा एन्टोनीले रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा…
जनकपुरधाम : आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा (एमाले)ले धनुषा क्षेत्र नम्बर ३ र ४ बाट रघुवीर महासेठ दम्पतीलाई उम्मेदवारमा सिफारिस गरेको छ। एमालेको क्षेत्रीय कमिटी बैठकले धनुषा क्षेत्र नम्बर ३ मा पोलिटब्युरो सदस्य जुलीकुमारी महतोको एकल नाम सिफारिस गरेको छ। त्यस्तै, धनुषाको क्षेत्र नम्बर ४ को बैठकबाट स्थायी समिति सदस्य महासेठको एकल नाम…
बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले ठाकुर गैरेलाई पाल्पा क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। आइतवार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिए। गैरे पहिलोपटक प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने निश्चित भएको हो। विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका गैरेले…
काठमाडौं : कात्तिक ११ बाट विश्वव्यापी रिलिज हुन लागेको फिल्म ‘महापुरुष’ विदेशमा पनि नियमित शोमा प्रदर्शन हुने भएको छ। प्रदीप भट्टराई निर्देशित यो फिल्म अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पूर्वका देशहरुमा एक साथ रिलिज हुँदैछ। यीमध्ये अमेरिका र अस्ट्रेलियाको प्रदर्शनको लागि लगभग नियमित शोको चाँजोपाँजो मिलेको छ। एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि २ जनाको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट युवराज दुलाल र चन्द्रबहादुर थापाको नाम सिफारिस भएको हो। माओवादी केन्द्र क्षेत्रीय समन्वय समितिद्वारा प्रस्तावित नामावलीमा प्रतिनिधिसभा २ मा समानुपातिकतर्फ बलराम बिक (दलित), उद्दन आले मगर (जनजाति) र ठूलोबाबु श्रेष्ठ (जनजाति) उम्मेदवार सिफारिसमा परेका छन्। प्रतिनिधिसभा १…
काठमाडौं : नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सभामुख अग्निप्रसाद सापकोटासहित तीन जनाको नाम सिफारिस भएको छ। सभामुख सापकोटासँगै उनका भतिजा माधव सापकोटा ‘सुबोध’ र फुलम तामाङ ‘प्रज्ञा’को नाम सिफारिस भएको छ। सुबोध पार्टीका केन्द्रीय सदस्य हुन् भने प्रज्ञा वाग्मती प्रदेश सदस्य हुन्। सिन्धुपाल्चोकको यो क्षेत्र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको गृह क्षेत्र…
बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले गृहमन्त्री बालकृष्ण खाणलाई रूपन्देही क्षेत्र नम्बर ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। कांग्रेसका नेता खाणको नाम रूपन्देही २ बाट पनि सिफारिस भएको छ। कांग्रेस रुपन्देही क्षेत्रीय समितिको बैठकले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ खाणको एकल नाम सर्वसम्मतिले टुंगो लगाएको क्षेत्रीय सभापति सुशील गुरूङले जानकारी दिए। खाणले…
बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले शंकर पोखरेललाई दाङ क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। आइतवार बसेको २ नम्बर क्षेत्रीय कमिटीको बैठकले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका महासचिवसमेत रहेका पोखरेलको एकल नाम सिफारिस गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए। २०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ दाङ क्षेत्र नम्बर २ (क)…
बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नम्बर ३ मा घनश्याम भुसालसहित ४ जना उम्मेदवार सिफारिस गरेको छ। एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले रुपन्देही ३ मा पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भुसालसहित लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरे, लुम्बिनी प्रदेश कमिटी सदस्य यज्ञजित शाह र दुर्गा भुसालको नाम सिफारिस गरेको…
काठमाडौं : चिनियाँ सभामुख सेप्टेम्बर १२ (भदौ २७)मा नेपाल भ्रमणका लागि आउने भएका छन्। सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ सभामुख ली झान्सुले १२ देखि १५ सेप्टेम्बरसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। दुई सभामुखबिच १२ सेप्टेम्बरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने बताइएको छ। सभामुखले लीको सम्मानमा सोही दिन साँझ भोज आयोजना गर्ने कार्यक्रम तय भएको छ। नेपालमा…
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसेर क्रमसँग आउनु भनेको अभियोगमा एक जना सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरिएको घटना बाहिरिएको छ। ठमेलस्थित छाया सेन्टरमा रहेको एफएस ग्लोबल भिसा सेन्टरमा शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री जीवनराम श्रेष्ठ भिसाको लागि आवेदन दिन श्रीमतीसँगै पुगेका थिए। बिहान ९ बजे श्रीमती र क्यानका केही सदस्यहरु पनि मन्त्री श्रेष्ठसँगै…
काठमाडौं : नेपाल भलिबल संघको अध्यक्ष पदमा संघका वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले उम्मेदवारी दिने घोषणा गरेका छन्। चन्दले आज पत्रकार सम्मेलन गर्दै भदौ २२ गते हुन गइरहेको नवौं चुनावी अधिवेशनबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। यस्तै, निरोज मास्केले केहीदिन अघि पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेकी थिइन्। यसअघि इन्दिरा निरौलाले सामाजिक सञ्जालबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् तर आज उनले उम्मेवदारी फिर्ता लिइन्। उनले चन्दको…
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले राजनीतिक दलको हैसियत बढाउन आगामी निर्वाचनमा कांग्रेसको जित आवश्यक भएको बताएका छन्। राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित छलफलमा उनले स्वतन्त्र उम्मेदवार बढ्नुको कारण खोजिरहेको भन्दै कांग्रेसको जित महत्वपूर्ण रहेको बताएका हुन्। 'स्वतन्त्र उम्मेदवार किन बढिरहेका छन् भनेर नजिकबाट नियालिरहेका छौं। राजनीति दलको हैसियत बढाउन आगामी निर्वाचनमा कांग्रेसको जित आवश्यक छ,' उनले भने।…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र चल्ने स्कुल बसका चालकले मापसे गरेर सवारी चलाएको भेटिएको छ। आइतवार मात्र काठमाडौंका विभिन्न ठाउँमा भएको ट्राफिक चेकिङमा मापसे गरेर सवारी चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। बिहान साढे ५ बजे देखि साढे ८ बजे सम्म गरिएको जाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन। मापसे गरेर स्कुल बस चलाउने चालकहरूमा काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलको…
बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नम्बर ५ बाट खिमलाल भट्टराईलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले राष्ट्रियसभामा एमाले संसदीय दलका नेता एवं पोलिटब्युरो सदस्य भट्टराईको एकल नाम सिफारिस गरेको छ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका भट्टराई अहिले राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्। निर्वाचन घोषणा भइसेको समयमा सांसदमा रहेर प्रतिनिधिसभामा उपस्थित हुन नैतिकताले नदिएको भन्दै राजीनामा दिएका हुन्। ‘म आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन,’ सांसद लिङ्देनले भने। आगामी निर्वाचनबाट बलियो पार्टीको रुपमा उपस्थित हुने प्रयास गर्ने बताउँदै उनले…
काठमाडौं: सुवर्ण थापा निर्देशित ‘द सिक्रेट अफ राधा’ पुन: प्रदर्शन हुने भएको छ। हलले शो नदिएको भन्दै बिचमा प्रदर्शन रोकिएको यो फिल्म फेरि रिलिज हुने लागेको हो। फिल्म हेर्न नपाएको दर्शकको गुनासो र मागलाई सम्बोधन गर्दै फेरि राधालाई रिलिज गर्ने तयारी गरेको सुवर्ण थापाले सुनाए। ‘फिल्मको कथा राम्रो भए पनि हेर्न नपाएको धेरै दर्शकको गुनासो थियो। उहाँहरूको गुनासोपछि नै फेरि रिलिज…
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन्। आइतवार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले सरकारले शून्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेन्टहरुमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताएका हुन्। कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजीकरण गर्ने भन्दै ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा…
काठमाडौं : गायक तथा सर्जक कमल खनालले नयाँ गीत सार्वजनिक गरेका छन्। ‘बाकस’ बोलको गीति कहानीमा बाल गायक/गायिका सुप्रिम मल्ल ठकुरी र पूजा देवकोटाको स्वर सुन्न सकिन्छ। खनालकै शब्द र संगीत रहेको गीतलाई मनोज खड्काले एरेन्ज गरेका हुन्। लामो समयदेखि अमेरिकामा बस्दै आएका खनालको यस गीतमार्फत बाध्यताले खाडी मुलुक पुग्ने महिलाहरुको कथा भनेका छन्। मिराज अर्याल निर्देशित गीतको भिडियोमा सारिका केसी, कुलदीप…