PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

  • रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै, महामारी बन्न नदिन अभियान चलाउँदै बुटवल उपमहानगर

    रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै, महामारी बन्न नदिन अभियान चलाउँदै बुटवल उपमहानगर

    काठमाडौं : रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ। गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन्। आर्थिक वर्ष २०७८-७९ मा यहाँ २६९ डेङ्गुका बिरामी भेटिएका थिए। गत आर्थिक वर्षमा ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए। जिल्लामा २०६७ देखि डेङ्गुको समस्या देखिएको हो। २०६७-६८ मा दुई सय ९० जनामा डेङ्गुको सङ्क्रमण…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो बैठकका लागि जुट्दै गठबन्धनले गठन गरेको कार्यदलका सदस्य,के के विषयमा हुँदैछ छलफल?

    दोस्रो बैठकका लागि जुट्दै गठबन्धनले गठन गरेको कार्यदलका सदस्य,के के विषयमा हुँदैछ छलफल?

    काठमाडौं : सत्ता गठबन्धनले गठन गरेको टिकट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बिहीवार दिउँसो २ बजेका लागि बैठक बोलाइएको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए।  ‘२ बजेका लागि बैठक बोलाइएको हो। आजको बैठकमा मापदण्डका बारेमा छलफल होला,’उनले भने। साउन २० गते गठन भएको कार्यदलको पहिलो बैठक साउन २३ मा बसेको थियो।  पहिलो बैठकले संयोजकमा नेपाली…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा ट्रकले ठक्कर दिँदा २४ वर्षीय पैदयात्रुको घटनास्थलमा नै मृत्यु

    चितवनमा ट्रकले ठक्कर दिँदा २४ वर्षीय पैदयात्रुको घटनास्थलमा नै मृत्यु

    काठमाडौंः चितवनमा ट्रकले ठक्कर दिँदा एक पैदयात्रुको घटनास्थलमा नै मृत्यु भएको छ। चितवन भरतपुर महानगरपालिका २९ जुगेडी स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा भरतपुरबाट मुग्लिङ तर्फ  जाँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको थियो। मृतको भने सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • सियोलमा 'प्यारासाइट स्टाइल' फ्ल्याटमाथि प्रतिबन्ध

    सियोलमा 'प्यारासाइट स्टाइल' फ्ल्याटमाथि प्रतिबन्ध

    दक्षिण कोरिया सरकारले राजधानी सियोलमा जमिन मुनि रहेका फ्ल्याटलाई आवासिय स्वीकृति नदिने भएको छ। यो हप्तादेखि नयाँ बन्ने घरहरुमा ‘सेमी बेसमेन्ट फ्ल्याट’का लागि स्वीकृति नदिइने भएको छ। यो हप्ता गएको बाढीमा त्यस्ता फ्ल्याटमा बस्दै आएका दुईजना महिला र एक किशोरको मृत्यु भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो। ओस्कार विजेता फिल्म प्यारासाइटमा ‘सेमी बेसमेन्ट फ्ल्याट’ मा बस्ने नागरिकहरुको जीवन र बाढीका…

    विस्तृतमा पढ्नुस्

  • शैक्षिक सत्र सुरु भएको महिनौं बितिसक्दा कर्णालीमा अझै पाठ्यपुस्तक अभाव

    शैक्षिक सत्र सुरु भएको महिनौं बितिसक्दा कर्णालीमा अझै पाठ्यपुस्तक अभाव

    काठमाडौं : कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक पठाउन नसकेको जनाएको छ। यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ। जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा आठको नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक र पेशा विषय अलि…

    विस्तृतमा पढ्नुस्

  • धानबालीमा गभारोको प्रकोप बढेपछि किसानले धानको बिरुवा उखेलेर गाउँपालिकामा फाले

    धानबालीमा गभारोको प्रकोप बढेपछि किसानले धानको बिरुवा उखेलेर गाउँपालिकामा फाले

    काठमाडौं : म्याग्दीमा धान बालीमा गभारो रोगको प्रकोप देखिएको छ। धान बालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन्। रासायनिक मलको अभाव भएपछि बिना मल नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउँदै गभारो लाग्न थालेपछि उत्पादन घट्ने चिन्ताले पिरोलिएका हुन्। जिल्लाको रघुगङ्गा, मङ्गला, मालिका र बेनी नगरपालिकाका लेकाली क्षेत्रमा लगाएको बर्खे धान बालीमा गभारो देखिन थालेको छ। रघुगङ्गा गाउँपालिकाका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज आइपुग्यो एक लाख बोरा रासायनिक मल, जिल्लाहरुमा पठाउन थालियो

    वीरगंज आइपुग्यो एक लाख बोरा रासायनिक मल, जिल्लाहरुमा पठाउन थालियो

    काठमाडौं : कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया)लाई विभिन्न जिल्ला पठाउन थालेको छ। पर्साको वीरगंज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो।  दुई चरणमा गरि वीरगंज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    आजको मौसम : वाग्मती र कर्णाली प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    काठमाडौं : आज पनि देशका अधिकांश स्थानमा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान प्रदेश नं १, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ। हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

    रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

    स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ। फिनल्याण्डस्थित हेल्सिन्की स्टेडियममा सम्पन्न खेलमा च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले युरोपा लिगको विजेता जर्मन क्लब फ्रान्कफर्टलाई हराउँदै सुपर कपको उपाधिक जितेको हो। खेलको ३७ औं मिनेटमा कासेमिरोको पासमा डेभिड अल्बाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा करिम बेन्जेमाले अर्को गोल थपे। उनले खेलको ६५ औं मिनेटमा भिनिसियस जुनियरको…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको आदेशमा बालेनको टिप्पणी, ‘नक्सा पासको अधिकार सर्वोच्चलाई दिन अनुरोध गर्दछौं’ 

    सर्वोच्चको आदेशमा बालेनको टिप्पणी, ‘नक्सा पासको अधिकार सर्वोच्चलाई दिन अनुरोध गर्दछौं’ 

    काठमाडौंः नर्भिक इन्टरनेशनल अस्पतालको संरचना साउन ३० गतेसम्म नभत्काउन सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आपत्ति जनाएका छन्। बुधबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले अस्पतालको संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।  साथै दुबै पक्षलाई साउन ३० गते नै छलफलमा बोलाएको थियो। दुई पक्षको छलफबाट उक्त आदेश निरन्तर हुने वा नहुने निक्र्यौल हुनेछ। …

    विस्तृतमा पढ्नुस्

  • बालेनलाई अदालतको झट्काः नर्भिकको पक्षमा सर्वोच्चले दियो अल्पकालीन अन्तरिम, दुबै पक्षलाई छलफलमा झिकायो

    बालेनलाई अदालतको झट्काः नर्भिकको पक्षमा सर्वोच्चले दियो अल्पकालीन अन्तरिम, दुबै पक्षलाई छलफलमा झिकायो

    काठमाडौंः सर्वोच्च अदालतले नर्भिक इन्टरनेशनल हस्पिटलको संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। काठमाडौं महानगरपालिकाले अस्पतालले सार्वजनिक जग्गामा भवन निर्माण गरेको भन्दै २४ घण्टाभित्र भत्काउन निर्देशन दिएको थियो। तर, द्विपक्षीय संवादपछि मंगलबार आफ्नो निर्णयबाट महानगर पछि हटेको थियो।  सोलगत्तै बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अदालतले पनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलले साउन ३०…

    विस्तृतमा पढ्नुस्

  • थपिए ८ सय ६८ जना कोरोना संक्रमित, तीन जनाको मृत्यु

    थपिए ८ सय ६८ जना कोरोना संक्रमित, तीन जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ७०५ जनामा परीक्षण गर्दा ८ सय ६८ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ४ सय १४ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ८५ रहेको छ। यस्तै, पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • दुई छोराछोरीसहित २२ वर्षीया गीता झुन्डिएको अवस्थामा फेला, दुई दिनअघिमात्र भारतबाट फर्किएका थिए श्रीमान

    दुई छोराछोरीसहित २२ वर्षीया गीता झुन्डिएको अवस्थामा फेला, दुई दिनअघिमात्र भारतबाट फर्किएका थिए श्रीमान

    कैलाली : बझाङमा २२ वर्षीया महिला दुई सन्तानसहित मृत फेला परेकी छन्। जिल्लाको बुङ्गल नगरपालिका-९ मा २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको बझाङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार मृतक गीताका श्रीमान पुष्कर पार्की मंगलवारमात्र भारतबाट घर…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता संशोधन विधेयक 'राष्ट्रपतिले रोक्नुहुन्न' भन्ने लाग्छ : प्रचण्ड

    नागरिकता संशोधन विधेयक 'राष्ट्रपतिले रोक्नुहुन्न' भन्ने लाग्छ : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसदबाट पारित नागरिकता संशोधन विधेयक राष्ट्रपतिले नरोक्ने बताएका छन्। 'राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लाग्छ,' जापान भ्रमणबाट फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा भने।  प्रचण्डले गठबन्धनले सिटको बाँडफाँट छिट्टै टुंग्याउनेसमेत बताए।  यसैबीच उनले जापान भ्रमण फलदायी भएको बताए। पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले त्यहाँ रहँदा जापानी अधिकारीसँग भएको भेटमा नेपालमा प्रविधि,…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा गठबन्धनबाट मोहन कि अग्नि, शेरबहादुरविरुद्ध कसलाई उतार्ला?

    सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा गठबन्धनबाट मोहन कि अग्नि, शेरबहादुरविरुद्ध कसलाई उतार्ला?

    फूलमान तामाङ- चौतारा : सरकारले आगामी मंसिर ४ को लागि संघ र प्रदेशको निर्वाचन तोकेसँगै ४ वटा प्रदेशसभा र २ क्षेत्र रहेको सिन्धुपाल्चोकमा माहोल तातिँदैछ। सत्ता गठबन्धन दलले निर्वाचनमा तालमेल गरेर जाने सहमति गरे पनि त्यसको मोडालिटी के हो? अझै तय भएको छैन। जसकारण गठबन्धनलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उम्मेदवार चयन गर्नै हम्मेहम्मे हुने देखिएको छ। क्षेत्र नम्बर १ सभामुख…

    विस्तृतमा पढ्नुस्

  • बिहारमा आठौंपटक नितिश सरकार : राजभवनमा लिए मुख्यमन्त्रीको सपथ, तेजश्वी बने उपमुख्यमन्त्री

    बिहारमा आठौंपटक नितिश सरकार : राजभवनमा लिए मुख्यमन्त्रीको सपथ, तेजश्वी बने उपमुख्यमन्त्री

    नितिश कुमार आठौंपटक बिहारको मुख्यमन्त्री बनेका छन्। मंगलवार भारतीय जनता पार्टी (भाजपा) सँगको गठबन्धन तोड्दै मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिशले महागठबन्धन बनाएर फेरि सरकारको नेतृत्व गरेका छन्। बुधवार दिउँसो बिहारका राज्यपाल फागू चौहानले नितिशलाई राजभवनमा सपथ दिलाएका हुन्। नितिशसँगै बुधवार राष्ट्रिय जनता दलका तेजश्वी यादवले उपमुख्यमन्त्री पदको सपथ लिएका छन्। तेजश्वी लालु प्रसाद यादवका छोरा हुन्। भाजपाले नितिशमाथि जनमतको अवमूल्यन गरेको…

    विस्तृतमा पढ्नुस्

  • दुई घण्टापछि नियन्त्रणमा आयो बालाजुको कारखानामा लागेको आगो, औद्योगिक क्षेत्रको गेटमा वारुण यन्त्रको बोर्ड मात्रै

    दुई घण्टापछि नियन्त्रणमा आयो बालाजुको कारखानामा लागेको आगो, औद्योगिक क्षेत्रको गेटमा वारुण यन्त्रको बोर्ड मात्रै

    काठमाडौं : बालाजुको बाइसधारा र बाइपासको बिचमा रहेको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ। आज बिहान करिब साढे ११ बजे श्रीराम पाण्डेले संचालन गरेको कारखानामा आगो लागेको थियो। दिउँसो साढे १ बजेसम्ममा आगोलाई नियन्त्रणमा लिइएको हो। आगलागीका कारण कारखानासँगै रहेको घर प्रभावित भएको छ। घरको कोठाभित्र आगोको मुस्लो पसेको छ। कारखानासँगै रहेको अन्य केही घरसमेत धुँवाका कारण प्रभावित भएका…

    विस्तृतमा पढ्नुस्

  • रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकभित्र भेटियो १ सय ४४ किलो गाँजा

    रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकभित्र भेटियो १ सय ४४ किलो गाँजा

    काठमाडौं : सशस्त्र प्रहरीले पर्साबाट १ सय ४४ किलो गाँजा बरामद गरेको छ। वीरगंज महानगरपालिका-२४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट सशस्त्र प्रहरीले करिब १ सय ४४ किलो गाँजा बरामद गरेको हो। रोकिराखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले गाँजा बरामद गरेको हो। ट्रकको जाँच गर्दा हुटमा लुकाइ राखेको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘चपली हाइट ३’ भदौ २५ गतेबाट अस्ट्रेलियामा प्रदर्शन हुने

    फिल्म ‘चपली हाइट ३’ भदौ २५ गतेबाट अस्ट्रेलियामा प्रदर्शन हुने

    काठमाडौं : निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शन भइसकेको यो फिल्म आगामी भदौ २५ गते (सेप्टेम्बर १०)बाट अस्ट्रेलियाको सिड्नीमा रिलिज हुनेछ। बाबा एजुकेसन कन्सल्टेन्सी र आरकेएस अस्ट्रेलियाले यस फिल्मलाई रिलिज गर्न लागेका हुन्। यो फिल्म सिड्नीसहित ब्रिसबेन, एडिलेड, तास्मानिया सहितका राज्यमा देखाइनेछ। कोरोनाको तेस्रो लहरका कारण रोकिएको यो फिल्म तेस्रो पटक गत…

    विस्तृतमा पढ्नुस्

  • सन्ध्याको तीज गीत ‘झमझम झम्कना’ लाई युट्युबमा करोड भ्युज

    सन्ध्याको तीज गीत ‘झमझम झम्कना’ लाई युट्युबमा करोड भ्युज

    काठमाडौं: तीज गीत ‘झमझम झम्कना’ करोड क्लबमा प्रवेश गरेको छ। एक महिनाअघि सार्वजनिक भएको यस गीतले युट्युबमा एक करोड बढी भ्युज पाएको हो। भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको यस गीतलाई दर्शकले निकै रुचाएका छन्। यसवर्ष सार्वजनिक तीज लक्षित गीतमध्ये अहिलेसम्म करोड क्लबमा पुग्ने एकमात्र तीजगीत हो। यो समाचार तयार पर्दासम्म गीतलाई युट्युबमा हालसम्म एक करोड २ लाख बढी भ्युज आएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell